अर्थ

तनहुँ जलविद्युत् आयोजना स् ३४ प्रतिशत प्रगति

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ३४ प्रतिशत पुगेको छ । तीन चरणमा काम भइरहेको आयोजनाको हालसम्म ३१ दशमलव ८२ प्रतिशत वित्तीय प्रगति हासिल गरेको आयोजनाको प्रबद्र्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार यस अवधिमा रू १३ अर्ब ७५ करोड ६७ लाख ५० हजार खर्च भएको छ । केही दिन अगाडि मात्रै आयोजनाको प्रवेश सुरुङको ‘ब्रेक थ्रु’ भएको थियो । सेती नदीको बायाँ… पुरा पढौ

नेपाल उद्योग व्यापार महासंघ महिला विभागको केन्द्रीय अध्यक्षमा गोमा ढकाल

पोखरा, फागुन २० नेपाल उद्योग व्यापार महासंघ महिला विभागको केन्द्रीय अध्यक्षमा पोखराकी गोमा ढकाल अध्यक्षमा निर्वाचित भएकी छन् । नेकपा माओवादी केन्द्र निकट नेपाल उद्योग व्यापार महासंघमा आबद्ध देशभरका महिलाहरुको शनिबार पोखरामा सम्पन्न भेलाले ढकालको अध्यक्षतामा १५ सदस्यीय महिला विभाग सर्वसम्मत चयन गरिएको हो । सदस्यहरुमा तारा नेपाली (कर्णाली), भानु कडेंल, सृजना सोति (गण्डकी), सृजना पाण्डे बाग्मती, ममताकुमारी सिंह लुम्बिनी, मुना कटुवाल कोशी, कल्पना जैसीलगायतलाई चयन गरेको नवनिर्वाचित अध्यक्ष गोमा ढकालले जानकारी दिईन् । नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय अध्यक्ष… पुरा पढौ

बैंक तथा वित्तीय संस्थाविरुद्धका गैरकानूनी क्रियाकलाप रोक्न गृहको निर्देशन

काठमाण्डौं । गृहमन्त्रालयले बैंक तथा वित्तीय संस्थाविरुद्ध हुने गैरकानूनी गतिविधि रोक्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । गृहसचिव विनोदप्रकाश सिंहले कतिपय ठाउँमा वित्तीय संस्थाका प्रतिनिधिलाई कालोमोसोसमेत दलेका घटना सार्वजनिक भएकाले यस्ता अवैध गतिविधि रोक्न निर्देशन दिइएको जानकारी दिए । “त्यस्ता गतिविधि हुन नदिन र आवश्यक निगरानी बढाउन निर्देश गरिएको छ”, गृहसचिव सिंहले भने,“गृह प्रशासनको काम शान्ति सुरक्षा कायम गर्नु हो र निर्वाधरूपमा सेवा गर्ने वातावरण दिनु हो, सोहीअनुसारको निर्देशन गएको छ ।” पछिल्लो समयमा बैंक तथा वित्तीय संस्था र… पुरा पढौ

युवा तथा साना व्यवसायी स्वरोजगार कोषले मनायो १४ औं स्थापना दिवस

फागुन १९ काठमाण्डौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोष स्थापनको १५ वर्षमा प्रवेश गरेको छ । शुक्रबार कोषले एक कार्यक्रमको आयोजना गरि १४ औं स्थापना दिवस मनाएको छ । कार्यक्रमको राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतले उद्घाटन गरे । उनले वेरोजगार यूवाहरुलाई स्वरोजगार बनाउन कोषको भूमिका महत्वपूर्ण रहेको बताए । उनले कोषलाई अझ प्रभावकारी हुनेगरि ऐन निर्माण गरि अगाडी बढ्न आवश्यक रहेको औंल्याए । उनले धेरैभन्दा धेरै यूवा तथा साना व्यवसायीलाई स्वरोजगार हुने कार्यक्रमहरु अगाडी बढाउन आग्रह गरे… पुरा पढौ

स्वाद र गुणस्तर परीक्षणमा नेपालका १० वटा चिया पुरस्कृत

काठमाडौ । नेपालका १० वटा चिया उत्पादन स्वाद र गुणस्तर परीक्षणमा पुरस्कृत भएका छन् । चीनमा गत २०२२ सेप्टेम्बर २० देखि २१ सम्म चाइना टि मार्केटिङ एसोसिएनद्वारा आयोजित दोस्रो चिया गुणस्तर प्रतिस्पर्धामा नेपाली चिया उत्पादक संस्थाले स्वर्ण तथा रजत पदक जितेका हुन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले बिहीबार आयोजना गरेको कार्यक्रममा यी पुरस्कार वितरण गरिएको थियो । प्रतिस्पर्धामा बोर्डले नेपाल भरका ४० वटा चियाका नमूना सङ्कलन गरी बोर्डमै भएको टेस्टिङ ९चियाको स्वाद एव गुणस्तर परीक्षण०का आधारमा १६ वटा… पुरा पढौ

फोक्सो र कलेजोबाट पीडितका लागि सामाजिक सञ्जालले जुटायो उपचार खर्च

तनहुँ । तनहुँको भानु नगरपालिका–१३ का सामाजिक अभियान्ता गलबहादुर गुरुङले सामाजिक सञ्जाल मार्फत एक बालकको उपचार सहयोग खर्च जुटाएका छन् । फोक्सो र कलेजोबाट पीडित सोही वडा निवासी १६ वर्षीय मनोज मौरातीको उपचारका लागि गुरुङले सामाजिक सञ्जालको प्रयोग गरी उपचारमा सहयोग पु¥याउन खर्च जुटाएका हुन् । फोक्सो र कलेजोमा जुकाले अण्डा बनाएपछि पीडित बन्नुभएका मौरातीको उपचारका लागि गुरुङको सक्रियतामा देश तथा विदेशबाट उपचार खर्च जुटाइएको छ । हालसम्म रु तीन लाख ५० हजार सङ्कलन भएको गुरुङले बताए । सङ्कलित रकम… पुरा पढौ

सामान्य घट्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनकोतुलनामा प्रतितोला रू एक सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख दुई हजार छ सय कायम भएकोमा आज रू एक लाख दुई हजार पाँच सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख दुई हजार एक सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला… पुरा पढौ

यूवा तथा साना व्यवसायी कोष १५ वर्षमा प्रवेश : ९५ हजार जना बढी बने स्वरोजगार

फागुन १८ ललितपुर । यूवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत हालसम्म ९५ हजार जना बढी स्वरोजगार भएका छन । विशेषगरि आर्थिक रुपमा विपन्न १८ वर्ष देखि ६० वर्ष उमेर समूहका वेरोजगार, यूवा तथा साना व्यवसायीलाई बिनाधितो सुलभ व्याजदरमा व्यवसायिक कर्जा प्रवाह गर्दै आएको कोषले हालसम्म ९५ हजार १६१ जनाको संख्यामा स्वरोजगार सिर्जना गरेको हो । नेपाल सरकारद्वारा तत्कालिन अर्थमन्त्रालय अन्र्तगत २०६५ फागुन १९ गतेबाट औपचारिक शूरुवात भएको कोषले स्थापनाको १५ वर्ष पुगेको पूर्वसंध्यामा यस्तो जनाएको हो । कोषले विनाधितो स्वरोगार… पुरा पढौ

नेप्से दोहोरो अङ्कले ओरालो

काठमाडौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २६ दशमलव ४७ अङ्कले घटेर एक हजार नौ सय ६९ दशमलव शुन्य दुईमा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ८१ अङ्कले घटेर तीन सय ७३ दशमलव ५६ मा पुगेको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । कूल कारोबार भएका कम्पनीमध्ये १९ कम्पनीको शेयर मूल्य बढ्दा एक… पुरा पढौ

बादल माथीको मनमोहक हाँडिकोटले पर्यटक पर्खिदै

बाग्लुङ । यस वर्षको हिउँदमा हिमपात नभएर सेताम्मे हुन नपाएको हाँडिकोट पर्यटक पर्खिरहेको छ । हिउँका पारखीका लागि न्यानो हिउँदले हाँडिकोट पुग्न दिएन् तर खुलेको आकाश, कोपिला लागेका गुराँस र बिहान बेलुकाको सिरेठो अनी पुरातात्वीक संरचनाले पर्यटकलाई पर्खिरहेका छन् । सहरको कोलाहल र प्रदूषण छाडेर हाँडिकोट पुग्दा मन प्रफुल्लित हुन्छ । माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरि जस्ता दर्जनौँ हिमश्रृङ्खलाको मनमोहक दृश्यले हाँडिकोट पुग्ने जोकोहीलाई प्रफुल्लित बनाउँछन् । बिहानी सूर्योदयको पहिलो किरणदेखि बेलुकी सूर्यास्तसम्म हिमालले अनेक रङ्ग फेर्छ । तल हरियाली वनजङ्गल डाँडामा… पुरा पढौ