अर्थ

सुनको मूल्य वर्षकै उच्च

साताको तेस्रो दिन मंगलबार सुनको मूल्यले यो वर्षकै उच्च मूल्य रेर्कड कायम गरेको छ । मंगलबार सुनको मूल्य प्रतितोला एक लाख २ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख एक हजार ७ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ९ सय रूपैयाँले बढेर एक लाख दुई हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला एक लाख एक हजार २ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ… पुरा पढौ

कफीको व्यापारबारे क्षमता अभिवृद्धि गर्न पोखरामा तिन दिने तालिम

पोखरा । अन्तर्राष्ट्रिय बजारका लागि नेपाली कफी उत्पादक तथा निर्यातकर्ताको आपूर्ति क्षमता बढाउने उद्देश्यका साथ आजदेखि पोखरामा तीनदिने तालिम सुरु भएको छ । युरोपियन युनियनको आर्थिक सहयोगमा अन्तर्राष्ट्रिय व्यापार केन्द्र (आइटिसी)द्वारा कार्यान्वयन भइरहेको इयु नेपाल व्यापार तथा लगानी कार्यक्रम (टिआइपी), उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रद्वारा संयुक्तरूपमा आयोजित तालिममा व्यवसायीले निर्यात प्रक्रिया तथा पालना गर्नुपर्ने विषयबारे क्षमता अभिवृद्धि गर्नेछन् । तालिमको उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव तोयम रायले व्यवसायीले कफी निर्यातका लागि चाहिने… पुरा पढौ

पत्रकारको रु १० लाखको दुर्घटना बीमा

चितवन । चितवनको कालिका नगरपालिकाले नेपाल पत्रकार महासङ्घ चितवन शाखा सदस्यको रु १० लाखको दुर्घटना बीमा गर्ने भएको छ । नगरपालिका र महासङ्घबीच दुर्घटना बिमासम्बन्धी आज सम्झौता गरिएको हो । नगरपालिकाले पत्रकार सामूहिक दुर्घटना बिमा कार्यविधि २०७९ निर्माण गरी कार्यपालिका बैठकबाट अनुमोदन गरेपछि आज नगरप्रमुख विनोद रेग्मी र महासङ्घका अध्यक्ष नारायणप्रसाद अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरे । आगामी दिनमा बीमा कार्यक्रमलाई निरन्तरता दिनेगरी कार्यबिधि बनाएर व्यवस्थित गरिएको महानगरप्रमुख रेग्मीले जानकारी दिए । कार्यविधिमा बीमाका लागि नगरप्रमुखको संयोजकत्वमा एक समिति गठन गरिएको… पुरा पढौ

सामूहिक आलु खेतीमा आकर्षित किसान

बर्दघाट । नवलपरासी(बर्दघाट सुस्तापूर्व)का किसान सामूहिक आलुखेतीमा आकिर्षत भएका छन् ।समूहमा आबद्ध यहाँका किसान कृषिमा आत्मनिर्भर हुन यतिबेला आलु गोडमेलमा व्यस्त देखिन्छन् । एक बिघा जमिन भाडामा लिएर पशुपति किसान समूहमार्फत सामूहिकरुपमा आलुखेती गर्दै आइरहेको समूहका अध्यक्ष बलराम पोख्रेलले बताए । सामूहिकरुपमा कृषिमा केही गर्ने उद्देश्यले आलुखेतीमा लागेका उनीहरु बजारीकरण र जिल्लामा उपयुक्त कोल्डस्टोर नहुँदा आफूहरुले लगाएको आलु बिग्रने चिन्तामा छन् । “आलु स्थानीय बजारले खपत नगर्दा घाटामा जान्छ कि भन्ने चिन्ता छ”अध्यक्ष पोख्रेलले भने “सबै मिलेर धेरै मेहनत गरेका… पुरा पढौ

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ । पछिल्ला दिनमा लगातार उकालो लागेको नेप्से परिसूचकले आज पनि त्यही लय पछ्याएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७ दशमलव ५६ अङ्कले उकालो लागेर दुई हजार ६३ दशमलव ८३ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ८८ अङ्कले उकालो लागेर तीन सय ९४ दशमलव ८९ अङ्कमा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज… पुरा पढौ

सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

साताको दोस्रो दिन आज सोमबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख १ हजार ७०० रुपैयाँ कायम भएको छ। तेजाबी सुनको मूल्य १ लाख १ हजार २०० रुपैयाँ छ। यसैगरी , सोमबार चाँदीको मूल्य पनि यथावत् रहेको महासंघले जनाएको छ। आइतबार जस्तै सोमबार पनि चाँदीको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँ कायम भएको छ। पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः अर्थतन्त्र चलायमान हुने विश्वास

पोखरामा आइतबारदेखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सही उपयोग भएमा यसले पोखरासँगै समग्र राष्ट्रको अर्थतन्त्र चलायमान गराउने विश्वास व्यक्त गरिएको छ । झण्डै पाँच दशकको निरन्तरको प्रयाससगै विमानस्थलबाट जहाज उड्ने र अवतरण हुन थालेसँगै आगामी दिनमा यो पोखराको समृद्धि र विकासका लागि कोसेढुङ्गा बन्नुपर्ने सरोकारवालाले बताएका छन् । विमानस्थल सञ्चालनका विभिन्न पूर्वाधारको अभावकै बीच विमानस्थल सञ्चालनमा आएपनि यसले पोखरेलीलाई कति उत्साहित बनाएको थियो भन्ने कुरालाई आइतबार उर्लेको पोखरेलीको जनसागरले प्रष्ट सङ्केत गर्दथ्यो । हजारौँ पोखरेलीको सहभागितामा भव्यताका साथ उद्घाटन भएको… पुरा पढौ

अधिकारीचौरगाउँ अर्थात् ‘तरकारी गाउँ’

ढोरपाटन । अधिकारीचौरगाउँ अर्थात् ‘तरकारी गाउँ’ । गाउँभरी प्लास्टिकका टनेल । टनेलभित्र लटरम्म फलेका गोलभेँडा, फक्रिएका बन्दा र काउली । एकदशक अगाडिसम्म गहुँ, जौ, धान र मकै फल्ने अधिकारीचौरका खेतीयोग्य जमिनमा अहिले तरकारीखेती भइरहेका छन् । अहिले ती बारीमा सेताम्मे प्लास्टिका टनेल छन् । पहिले गहुँ, मकै उत्पादन गरे परिवार पाल्न गाह्रो हुने किसानलाई अहिले लाखौँ रुपैयाँ आम्दानी गर्दै आएका छन् । ढोरपाटन नगरपालिका–५ मा पर्ने अधिकारी चौर र नाथुरी गाउँका अधिकांश नागरिक तरकारी खेतीमा आबद्ध छन् । विसं २०७५… पुरा पढौ

मनाङको हिउँदे कठिनाइःपठनपाठनमा समस्यादेखि पर्यटकको कम आवगमनले आयस्रोतमा कमि

मनाङ । जाडो बढेसँगै मनाङको जनजीवन प्रभावित बनेको छ । चिसोले जीवनयापन अझ कष्टकर हुनुका साथै विकास निर्माणका काम अघि बढ्न सकेका छैनन् । चिसो बढे पनि यसपटक हिउँ परेको छैन । मौसम विज्ञान विभागले हिमपात हुनसक्ने अनुमान गरेको भए पनि हालसम्म हिमपात भएको छैन । चिसो बढ्दै गएपछि यहाँका कतिपय बासिन्दा घर, गोठ र व्यापार हेर्ने मान्छे राखेर चिसो छल्न पहाड तथा तराईतर्फ झर्न थालेका छन् । गत वर्ष निरन्तरको वर्षाले क्षति पु¥याएको भौतिक संरचनाको निर्माण कार्य चिसोकै कारण… पुरा पढौ

पोखरा अन्र्तराष्ट्रिय विमानस्थल बनाउने पोखरेलीको ५० वर्षदेखिको सपना पूरा

पोखरा, पुस १७ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने पोखरेलीको सपना पूरा भएको छ । पोखरामा अन्र्तराष्ट्रिय विमानस्थल उद्घाटन भएसँगै पोखरा अन्र्तराष्ट्रिय विमानस्थल बनाउने पोखरेलीको सपना पूरा भएको हो । विमानस्थलको आईतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरे । उद्घाटन अघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज उडान र अवतरण भएका थिए । शुरुमा बुद्ध एयर र त्यसपछि यति एयरलाईन्स, गुण, सौर्य र हिमालय एयरलाईन्सका जहाज अवतरण भएको थियो । त्यसपछि भने पोखराबाट उडान शुरु गरिएको पोखरा अन्र्तराष्ट्रिय विमानस्थलले जनाएको छ । उद्घाटन समारोहमा… पुरा पढौ