अर्थ

नेउवामहासंघको चुनाव : ६३ पदका लागि १ सय २५ जनाको उम्मेदवारी

नेपाल उद्योग वाणिज्य महासंघको चुनाव नजिकिँदै गर्दा उम्मेदवारहरु तीब्र प्रचार अभियानमा जुटेका छन्। वरिष्ठ उपाध्यक्षदेखि कार्यकारिणी सदस्यसम्मका उम्मेदवारहरूले भोट माग्न सामाजिक सञ्जालको उपयोग गरेका छन्। महासंघको आउँदो ११ गतेदेखि १३ गतेसम्म ५४ औं वार्षिक साधारणसभा र नयाँ कार्यसमिति चयनका लागि चुनाव हुँदैछ। महासंघको विधानले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरेसँगै अध्यक्षबाहेकका पदमा चुनाव हुनेछ। वरिष्ठ उपाध्यक्षका चन्द्र ढकाल र किशोर प्रधानले प्यानलसहित उम्मेदवारी दिएका छन्। महासंघको ६३ पदका लागि १ सय २५ जनाले उम्मेदवारी दर्ता गराएका छन्। महासंघको विधानअनुसार… पुरा पढौ

कौसी खेती गर्ने पुरस्कृत

वाग्मती प्रदेश भित्र कौसी खेती गरेका महिला पुरस्कृत भएका छन् । वाग्मती प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालको सहकार्य तथा हलो खबर डट कमको आयोजना आज भएको ‘कौसी क्वीन–२०७७ पुरस्कार वितरण कार्यक्रम’ मा सो खेती गर्ने सात महिला पुरस्कृत भएका हुन् । विगत १५ वर्ष अघिदेखि घरमै तरकारी तथा फलफूल उत्पादन गर्दै आइरहनुभएकी स्वयंभू निवासी भगवती श्रेष्ठले रु ५५ हजार ३५० बराबरको सो खेतीका लागि आवश्यक सामग्री पुरस्कार स्वरुप पाउनुभयो । भान्छाबाट निस्कने फोहर प्रयोग गरेर विभिन्न प्रकारको तरकारी… पुरा पढौ

सहकारीमा करसम्बन्धी गण्डकी प्रदेशस्तरीय अन्तरक्रिया

सहकारीमा करसम्बन्धी गण्डकी प्रदेश स्तरीय एक दिने अन्तरक्रिया कार्यक्रम बिहीवार भएको छ। राष्ट्रिय सहकारी बैंक लिमिटेडको आयोजना र आर्थिक मामिला तथा योजना मन्त्रालय गण्डकी प्रदेशको प्राविधिक सहयोगमा सहकारीमा कर सम्बन्धी व्यवस्था र कर भुक्तानका प्राविधिक पक्षमा जानकारी दिई सहकारी संस्था संचालनमा सहजता प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बैंकले जनाएको छ। कोरोना संक्रमणका कारण उत्पन्न असहज परिस्थितिमा बैंकले सहकारी व्यवस्थापन, लेखा तथा कर लगायतका विषयमा नियमित रुपमा सहजीकरण गर्दै आएको बैंकका अध्यक्ष केबी उप्रेतीले जानकारी दिए। उनले सहकारी व्यवसायलाई थप… पुरा पढौ

कपिलवस्तुमा प्रदेश सरकारको कृषि क्षेत्रमा योजनै योजना

लुम्बिनी प्रदेश सरकारले कृषिलाई उत्पादनसँग जोडेर कपिलवस्तुको आर्थिक विकास र समृद्धिका लागि विभिन्न योजना अगाडि सारेको छ । “कृषि क्षेत्रलाई व्यावसायीकरण, आधुनिकीकरण र यान्त्रीकरणमा जोड दिने प्रदेश सरकारको नीति अनुरुप कपिलवस्तुमा कृषि क्षेत्रको विकासका लागि विभिन्न योजना अगाडि सारिएको छ”, प्रदेश सरकारद्वारा कपिलवस्तुमा सञ्चालित कृषि तथा पशु सम्बन्धि विभिन्न योजनाको स्थलगत अवलोकनका क्रममा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले भनिन् “हालको निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायिक तथा उत्पादनमूलक कृषिमा रुपान्तरण गर्न कपिलवस्तुमा प्रदेश सरकारले विभिन्न महत्वाकांक्षी कृषि कार्यक्रमहरु तर्जुमा गरी… पुरा पढौ

धान मासेर लगाइएको किबीले मालामाल

स्थानीय जातको धान लगाउँदा वर्षदिनमा पाँचमुरी धान फल्ने खेतमा रोपाइ, गोडाइ र उठाउने बेला लाग्ने खेतालाको खर्चसमेत धान र परालले उठाउन बागलुङ नगरपालिका–१३ पैंयुपाटाका भोलानाथ रिजाललाई हम्मेहम्मे हुन्थ्यो । उनले परम्परागत खेती नै गर्दै आएका थिय । झण्डै पाँच रोपनी जमीन जोत्न दुई दिन लाग्थ्यो । पछि उनले छोरा महेन्द्रको आग्रहमा घर छेउको त्यस पाखो खेतमा किबी खेती गर्न थालेपछि भने मनग्गे आमदानी गर्न सक्नु भएको छ । वर्षमा एक बाली धान खेती पनि राम्रो नहुने त्यस खेतमा अहिले किबीले… पुरा पढौ

प्रदेशको गौरवको आयोजना शिलान्यास

गण्डकी प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा रहेको शालिग्राम कोरिडोरको शिलान्यास गरिएको छ । घिरिङको बैदीदेखि देवघाटसम्म जोडिने शालिग्राम कोरिडोरको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शिलान्यास गरेका हुन । बैदीलाई शून्य विन्दु मानेर सोही ठाउँबाट सडक निर्माणको शिलान्यास गरिएको छ । शालिग्राम कोरिडोरलाई प्रदेश सरकारले गौरवको योजनाको रुपमा सूचीकृत गरेकाले कोरिडोर निर्माण सम्पन्न भएपश्चात् यस क्षेत्रकै विकासका ढोका खुल्ने मन्त्री गुरुङले बताए । देवघाट र मुक्तिनाथलाई जोड्ने उद्देश्यले प्रदेश सरकारले शालिग्राम कोरिडोरलाई विकास गर्न लागेको उनको भनाइ छ… पुरा पढौ

आलु उत्पादन घटेपछि किसान मर्कामा

गत वर्ष ४० मुरी आलु भित्र्याउनुभएका किसान योगेन्द्रमान छन्त्यालले यसपालि बल्लतल्ल २० मुरी आलु फलाउन सके । बीउको जोगाड र आफन्तलाई कोसेली दिएपछि बेच्ने आलु अझै कम ठहरियो । तमानखोला गाउँपालिका–४ लाम्मेलाका छन्त्यालले भने, “अहिले आलु राम्रो फलेन, कसैलाई त बिउ जोगाउनै ठिक्क भयो ।” चार वर्षअघिसम्म आफूले ७० मुरीसम्म आलु उत्पादन गरेको छन्त्यालले सुनाए। आलु कम फलेपछि यो वर्ष भाउ पनि महँगियो । शुरुमा एक पाथी आलु रु १०० मा बिके पनि पछि बढेर गाउँमै रु १५० सम्म पुग्यो… पुरा पढौ

नारायणगढ–बुटवल विस्तार आयोजना समयमै सक्न निर्देशन

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल सडक विस्तार आयोजना समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् । मन्त्रालयमा सरोकार निकायका प्रतिनिधि सम्मिलित छलफलमा मन्त्री नेम्वाङले कार्ययोजना बनाएर अघि बढ्न आग्रह गरेका हुन्। छलफलमा मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ, एडिबीका आयोजना निर्देशक दीपक श्रेष्ठ, सडक विभागका महानिर्देशक केशवकुमार शर्मा, सहसचिव गोपाल सिग्देललगायतको उपस्थिति थियो । मन्त्री नेम्वाङले देशकै महत्वपूर्ण यस सडक विस्तारका लागि सम्बन्धित निर्माण कम्पनी र परामर्शदातासँग बसी कार्ययोजना बनाएर अघि बढ्न आयोजना कार्यालयलाई निर्देशन दिए। जम्मा १ सय… पुरा पढौ

पोखरामा एक करोड लिटर क्षमताको पेट्रोलियम भण्डारण गृह बन्दै

पर्याप्त भण्डारण क्षमताको अभावमा पेट्रोलियम पदार्थको वितरणमा देखिएको समस्या समाधान गर्ने उद्देश्यले नेपाल आयल निगमले गण्डकी प्रदेशको पोखरामा एक करोड लिटर क्षमताको पेट्रोलियम भण्डारण गृह निर्माण गर्ने भएको छ। तीन महिनाको माग धान्ने गरी पेट्रोलियम पदार्थको भण्डारण गृह निर्माण गर्ने नेपाल सरकारको नीति अनुसार पोखरा भण्डारण गृह निर्माण तथा पुनरुत्थान गर्न लागिएको निगमले जनाएको छ। पोखरा महानगरपालिका वडा नं २९ र ३० गगनगौँडास्थित निगमको गण्डकी प्रादेशिक कार्यालय मातहत ५÷५ हजार किलोलिटर क्षमताका दुई वटा भण्डारण ट्याङ्क निर्माण गरिने छ। ७७… पुरा पढौ

अनधिकृत रुपमा गुणस्तरहिन स्यानिटाइजर उत्पादन गर्दै हुनुहुन्छ ?

एक महिनाअघि जफत गरिएको करिब २ हजार लिटर स्यानिटाइजर नष्ट गरिएको छ। विराटनगरस्थित ग्यालेक्सी डेण्टल एण्ड र्सर्जिकल प्रालिले अनधिकृत रुपमा उत्पादन गरेको स्यानिटाइजर गुणस्तरहिन रहेको र मेथानोल मिसाइएको पाइएपछि नष्ट गरिएको हो । औषधि व्यवस्था विभागबाट अनुमतिको प्रक्रिया समेत सुरु नगरी उत्पादन गरेर गोदाममा राखिएको अवस्थामा औषधि व्यवस्था कार्यालयले सो स्यानिटाइजर फेला पारेको थियो। यसैबीच औषधी व्यवस्था कार्यालयको टोलीले सिता आयुर्वेद सुनसरी र मकालु जडिबुटी उद्योग सुनसरीले उत्पादन गरेको स्यानिटाइजर पनि गुणस्तरहीन पाइएपछि जफत गरेको छ । औषधी व्यवस्था कार्यालयका… पुरा पढौ