अर्थ

पोखरा फुड डेलिभरीले रेष्टुरेण्टको स्वाद घर घरमा पुर्याउने

पोखरामा पोखरा फुड डेलिभरी कम्पनीको औपचारिक रुपमा सुभारम्भ भएको छ । सुभारम्भको अवसरमा पोखरा फुड डेलिभरीले पोखरा १५ नयाँगाउँस्थित हिमालयन लाइफ नेपालमा आश्रित ५३ बालबालिकाहरुलाई खाना वितरण गरेको छ ।कार्यक्रममा पोखरा फुड डेलिभरीका सञ्चालक प्रसिद्ध पालिखेले संस्थाको सुभारम्भको अवसरमा बालबालिकालाई खाना वितरण गर्न पाउँदा खुसी लागेको बताए । पालिखेले संस्थाको बारेमा जानकारी दिँदै भने, “हामी यस्तो प्लेटफर्म बन्न चाहन्छौ जहाँ मानिसहरु खानाको गुणस्तरमा भरोसा गर्न सकुन् , स्थानीय रेष्टुरेन्टहरुले स्थानीय सामग्री तथा खाद्यान्नको प्रवद्र्धन गर्दै सहज ढङ्गले बिक्री गर्न सकुन्… पुरा पढौ

रोयल डिपार्टमेन्टलको चौथो शाखा बागमारामा

पोखराको मुख्य बजार क्षेत्र चिप्लेढुंगा पोखरा मलमा २०७२ सालमा संचालनमा आएको रोयल डिपार्टमेन्टल स्टोर्स प्रा.लि.ले आफ्नो चौथो शाखा पोखरा ३३ वागमारामा शनिबार देखि संचालनमा ल्याएको छ ।स्टोर्सको पोखरा महानगरपालिका वडा नंं ३३ का अध्यक्ष शिवराज आचार्यले उद्घाटन गर्दै स्टोर्सले स्थानिय किसानले उत्पादन गरेका वस्तुहरुको उचित मुल्यमा खरिद गरी अन्य शाखाहरुबाट विक्रिवितरणमा सहयोग गर्नुपर्ने वताउँदै सफलताको शुभकामना व्यक्त गरेका थिए ।विभिन्न स्थानिय संघसंस्था, आमा समुह, टोलविकास संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको सो कार्यक्रममा स्टोर्सका अध्यक्ष कृष्णप्रसाद काफ्लेले आफुहरु कमाउन मात्रै नभई सेवा… पुरा पढौ

मानहुँको विकासका लागि प्रदेश सरकारको चासो

तनहुँको व्यास नगरपालिका–५ स्थित मानहुँकोटको विकासका लागि गण्डकी प्रदेश सरकारले चासो देखाएको छ । पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेको मानहुँकोटमा आवश्यक पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले चासो देखाएको हो । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बुधबार मानहुँकोटको अवलोकन गर्दै यहाँको विकासका लागि प्रदेश सरकारको तर्फबाट सहयोग रहने प्रतिबद्धता जनाए। “मानहुँकोटको विकासका लागि एकीकृत ढङ्गबाट पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता देखिएको छ”, रासससँग कुरा गर्दै मन्त्री गुरुङले भने, “यहाँ खानेपानी, सडक र सरसफाइको मुख्य समस्या देखिएको छ । गुरुयोजना… पुरा पढौ

कोभिड उपचारमा ४ महिनामा ७ अर्ब खर्च

पछिल्लो ४ महिनामा मात्र कोरोना संक्रमणको जोखिम न्यूनिकरण तथा उपचार व्यवस्थापनमा करिब ७ अर्ब खर्च भएको समाचार छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको पछिल्ला ४ महिनामा ६ अर्ब ८१ करोड ५९ लाख रुपैयाँ खर्च भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमित व्यवस्थापन कन्ट्याक्ट ट्रेसिङ, जोखिम भत्ताका लागि १ अर्ब १४ करोड २९ लाख ६ हजार निकासा भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्। उनले सरकारले कोरोनाको परीक्षण र उपचार निशुल्क गर्ने निणर्य गरेको… पुरा पढौ

तिहार र छठ पर्वमा नेपाल टेलिकमको नयाँ अफर

कार्तिक २७ काठमाडौं । नेपाल टेलिकमले तिहार, छठ, नेपाल संवतको अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ । टेलिकमले आफ्ना ग्राहकहरुका लागि एसएमएस प्याक तथा विभिन्न प्रकारका प्याकेजहरु उपलब्ध गराएको विज्ञप्ती मार्फत जनाएको छ । टेलिकमले सामान्य अवस्थामा एउटा एसएमएस पठाउँदा ५० पैसा शुल्क लाग्ने गरेको तर अहिले ल्याइएको अटम अफर अन्तर्गत तीन प्रकारका सहुलियत उपलव्ध गराइएको जनाएको छ ।जसमा रु ५ मा २० वटा एसएमएस, रु १५ मा ७० वटा एसएमएस र रु ६० मा ३ सय वटा एसएमएस गर्न… पुरा पढौ

नेउवा संघको केन्द्रीय सदस्य पदमा पोउवा संघका अध्यक्ष दामु अधिकारीको उम्मेदवारी

कार्तिक २६ पोखरा । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा केन्द्रीय कार्यकारिणी समिति सदस्य पदमा उम्मेदवारी दिएका छन् । पोखरा उद्योग वाणिज्य संघको कार्यसमितिको २४ औं बैठकले अध्यक्ष अधिकारीलाई संस्थापक सदस्यमध्येबाट महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निर्णय गरेसँगै उहाँको उम्मेदवारी दर्ता भएको हो । पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेलले बुधबार अनलाइनबाटै उम्मेदवारी दर्ता गराएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघको विधान अनुसार संस्थापक सदस्यहरुमध्येबाट एकजना केन्द्रीय सदस्य हुन पाउने प्रावधान रहेको… पुरा पढौ

तरकारी खेती गरी गाउँमै आम्दानी गर्दै युवा

काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौरीदेउराली–७ मादनकुँडारीका युवा दवामानसिं लामा यतिबेला बारीमा उत्पादन भएको तरकारी बजारमा बेच्नमा व्यस्त छन् । आफ्नै बारीमा मौसमअनुसारको थरिथरिका तरकारी फलाउँदै आएका उनि हिजोआज बन्दाकोभी बेच्न व्यस्त भएकाा छन् । विगत केही वर्षदेखि तरकारी उत्पादन गर्दै बजारीकरण गरेर आम्दानीको स्रोत पहिल्याउँदै आएका उनले बारीमा बन्दाकोभी, धनियाँ, पालुङ, घ्यूसिमी, काउली, चमसुर, मेथी, लसुन, बोडी र सागसब्जी उत्पादन गर्दै आएका छन् । “समयअनुसारको तरकारी खेती गरी आर्थिक उपार्जनमा लागिरहेको छु”, उहाँले भन्नुभयो, “हिजोआज बन्दाकोभीको मौसम भएकाले त्यही बजारीकरण गर्दैमा व्यस्त… पुरा पढौ

गण्डकीमा कोभिड–१९ रोकथामका लागि २५ करोड खर्च

विश्व महामारीको रुपमा फैलिएको कोराना नियन्त्रणका लागि रु २५ करोड २६ लाख २३ हजार तीन सय ३६ खर्च भएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर केसीले कोभिड–१९ रोकथाम कोषको रु ३४ करोड ७० लाख ६१ हजार दुई सय ६७ बाट हालसम्म रु २५ करोड २६ लाख २३ हजार तीन सय ३६ खर्च भएको जानकारी दिनुभयो । डा. केसीका अनुसार प्रदेशमा कोरोना सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी एवम चिकित्सकलाई रु पाँच करोड २७ लाख ७३ हजार जोखिम… पुरा पढौ

नवलपुर,देवचुली र लेखनाथ उद्योग बाणिज्य संघ विच सहकार्य

कार्तिक २४ पोखरा । नेपाल उद्योग बाणिज्य महासंघको ५४ औ बार्षिक साधारण सभा तथा निर्वाचनको सिलसिलामा लेखनाथ आईपुगेका नवलपुर, देवचुली उद्योग बाणिज्य संघ र लेखनाथ उद्योग बाणिज्य संघका बिच सहकार्य गर्ने सहमति भएको छ । आसन्न निर्वाचनको सिलसिलामा सोमवार सम्पन्न स्वागत तथा छलफल कार्यक्रममा तिनवटा उद्योग बाणिज्य संघका अध्यक्षहरुले आगामी दिनमा सहमती र सहकार्यका साथ अगाडी वढ्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो । कार्यक्रममा बोल्दै देवचुली उद्योग बाणिज्य संघका अध्यक्ष रेशमलाल सापकोटा र नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष डासुराज पोखरेलले… पुरा पढौ

लमजुङको हार्सिङ डाँडाबाट प्याराग्लाईडिङको परीक्षण उडान सफल

लमजुङको पर्यटकीय स्थल हार्सिङ डाँडाबाट प्याराग्लाईडिङको परीक्षण उडान सफल भएको छ । लमजुङ जिल्लाको मस्र्याङ्दी गाउँपालिका वडा नम्बर ३ स्थित हार्सिङ डाँडाबाट प्याराग्लाईडिङको परीक्षण उडान सफल भएको हो । पोखराको ओपन स्काई प्याराग्लाईडिङ् कम्पनी प्रालिका टेण्डम फ्लाईट पाईलट नुरेन राना र सोलो पाइलट सुमन मगरले सोमबार सफलतापूर्वक प्याराग्लाईडिङ गरेको मस्र्याङ्दी गाउँपालिकाका उपप्रमुख होमबहादुर विकले जानकारी दिए । पुरा पढौ