शिक्षा

१२ वर्षमै एसइई परीक्षा दिँदै पर्वतका शक्ति अधिकारी

पर्वत । सामान्यतया एसइई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको हुने गरेको पाइन्छ । पर्वतमा भने १२ वर्षीय एक छात्र बिहीबारदेखि सञ्चालित एसइई परीक्षामा सहभागी भएका छन् । दक्षिण पर्वतको पैंयुँ गाउँपालिका–४ मा रहेको जनसेवा संस्कृत माध्यमिक विद्यालय केन्द्रबाट १२ वर्षीय शक्ति अधिकारीले एसइई दिएका हुन् । उनले सोही गाउँपालिका–६ सरौखोलास्थित विनु माविमा अध्ययनरत विद्यार्थी हुन् । अधिकारी पर्वतबाट एसइई दिने विद्यार्थीमध्ये सबैभन्दा कम उमेरको रहेका जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख उद्धिमराज पौडेलले जानकारी दिए । उनका अनुसार… पुरा पढौ

व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै म्याग्दी स्थित प्राविधिक शिक्षालय

गलेश्वर । विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर म्याग्दीको एक विद्यालयका विद्यार्थीले यस वर्ष रु दुई लाख ५० हजार आम्दानी गरेका छन् । जिल्लाको एकमात्र प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित पनि गरेको छ । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७ बिमस्थित क कृषि प्राविधिक शिक्षालयका विद्यार्थीले पढाइका अतिरिक्त मौसमी तथा बेमौसमी तरकारी खेती र मौरीपालन गर्दै आएका छन् । शिक्षालयमा बाली विज्ञान विषयमा अध्ययन गर्ने ४० जना विद्यार्थीले तरकारी खेती गर्नुका साथै मौरीपालन गरेका छन् । विद्यालय परिसरमा… पुरा पढौ

गण्डकीका ४० हजार बढी विद्यार्थी एसइई परिक्षामा सहभागी

गण्डकी । आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा गण्डकी प्रदेशका ४० हजार नौ सय आठ विद्यार्थी सहभागी भएका छन् । प्रदेशको ११ जिल्लामध्ये सबैभन्दा बढी कास्कीबाट १० हजार दुई सय २३ र सबैभन्दा कम मनाङबाट ४० विद्यार्थीले एसइई दिने प्रदेश शिक्षा विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार बागलुङबाट चार हजार तीन सय ९९, पवर्तबाट दुई हजार २८, म्याग्दीबाट एक हजार नौ सय ३८, मुस्ताङबाट एक सय ८८ र स्याङ्जाबाट चार हजार एक सय २४ विद्यार्थी परीक्षामा सहभागी भएका… पुरा पढौ

पोखरामा हुने अन्तर विद्यालय छात्रा क्रिकेटलाई कंगारुको साथ

पोखरा । पोखरा महानगरपालिका क्रिकेट संघको आयोजनामा आगामी बैशाख १५ देखि शुरु हुन लागेको पोखरा महानगरस्तरिय अन्तर विद्यालय छात्रा क्रिकेट प्रतियोगितालाई कंगारु एजुकेशन फाउण्डेशनले मुख्य प्रायोजन गर्ने भएको छ । फाउण्डेशन र आयोजक पोखरा महानगरपालिका क्रिकेट संघविच उक्त सम्झौता भएको आयोजक समितिका अध्यक्ष विरेन्द्र पुनले जानकारी दिए । २०२७ को टि ट्वान्टी यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा पोखराबाट खेलाडी उत्पादन गर्दै पोखरालाई क्रिकेटका माध्यमबाट पनि परिचित गराउन यो सहयोग गरेको फाउण्डन पोखराका निर्देशक टि आर काफ्लेले बताए । अध्यक्ष पुनले फाउण्डेशनको… पुरा पढौ

‘विद्यार्थी खोजौँ र विद्यालय बचाऔँ’ अभियान सञ्चालनमा

गोरखा । विद्यालय बाहिर कोही पनि बालबालिकालाई रहन नदिने र सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गराउने अभियानस्वरुप गोरखाको भीमसेन थापा गाउँपालिकाले ‘विद्यार्थी खोजौँ र विद्यालय बचाऔँ’ भन्ने अभियान सञ्चालन गरेको छ । पालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या बढाउने रणनीतिकस्वरुप पनि अभियान सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बञ्जराले जानकारी दिए। विद्यालयभन्दा बाहिर कोही पनि बालबालिका रहन नदिने गाउँपालिको योजनालाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न अभियान नै सञ्चालन गरिएको उनको भनाइ छ । “सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै लैजानका लागि पनि गाउँपालिकाले थप योजना… पुरा पढौ

पोखरा स्थित बाराही माध्यमिक विद्यालयमा रक्तदान उत्प्रेरित अभिमुखिकरण कार्यक्रम

पोखरा । पोखरा ५ स्थित बाराही माध्यमिक विद्यालयमा रक्तदान उत्प्रेरित अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । सिद्धार्थ क्लब पोखराको आयोजनामा गरिएको कार्यक्रममा विद्यालयका कक्षा ११ र १२ का विद्यार्थीहरुलाई नेपाल रेडक्रस सोसाईटी कास्की, प्रादेशिक रक्त संचार सेवाका वरिष्ठ प्राविधिक महेन्द्र के.सी र यमुना के.सीले रक्तदानको महत्व र आवश्यक्ताबारे अभिमुखिकरण गरेका हुन् । सोही अवसरमा विद्यालयका प्रधानाध्यापक शिव प्रसाद भण्डारीले क्लबले विद्यालयमा शैक्षिक, भौतिक सहयोगका कार्यक्रमहरु गर्दै आइरहेको जानकारी गराउँदै विद्यार्थीलाई मानवीय सेवाको पुण्य कार्यमा अभिप्रेरित स्वरुप यो कार्यक्रम निकट भविश्यमा… पुरा पढौ

हिलसाइडमा विद्यार्थी प्रतिभाको व्यक्तिगत भिन्नतामा जोड

पोखरा। व्यावहारिक सिकाइका लागि शिक्षक, अभिभावक र विद्यार्थीबिचको सुमधुर सम्बन्ध स्थापित गर्ने उद्देश्यका साथ पोखराको हिलसाइड अङ्ग्रेजी माध्यमिक विद्यालयमा कक्षा ५ र ६ मा अध्ययनरत विद्यार्थीका अभिभावकहरूसँगको बुधबार विद्यालयको सभाहलमा सम्पन्नअन्तरक्रिया कार्यक्रममा वक्ताहरूले विद्यार्थी प्रतिभाको व्यक्तिगत भिन्नतामा जोड दिएका छन्। वार्षिक परीक्षा नजिकिएको समयमा शिक्षक, विद्यालय तथा अभिभावकहरूले बाबुनानीहरूका लागि गर्नुपर्ने प्रयासहरूका बारेमा छलफल तथा अन्तरक्रिया गरिएको उक्त कार्यक्रममा कक्षा ५ र ६ मा अध्ययनरत विद्यार्थीहरूको अन्तिम मध्यावधि परीक्षाको नतिजाका बारेमा पनि छलफल गरिएको थियो। त्यसै गरी उक्त अवसरमा नयाँ… पुरा पढौ

एक्सपर्ट एडुकेशनले आयोजना गर्ने “Expert Edu Conclave” तयारी पूरा

पोखरा / विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीलाई एक्सपर्टले शैक्षिक परामर्श गर्ने भएको छ। एक्सपर्ट एडुकेशनले विद्यार्थीलाई मध्यनजर गर्दै "Expert Edu Conclave" आयोजना गरेको हो। आफ्ना विद्यार्थीलाई उच्च शिक्षाको बारेमा जानकारी दिने हेतुका साथ आयोजना गरेको एकुकेशन कन्केलभको तयारी पूरा भएको एक्सपर्टले जनाएको छ। विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई परामर्श प्राप्त गर्न सहज होस् भन्ने उद्देश्यले शैक्षिक परामर्श कार्यक्रम "Expert Edu Conclave" आयोजना गरिएको एक्सपर्ट पोखराका मार्केटिङ म्यानेजर विष्णु प्रसाद गौतमले जानकारी दिए। बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म… पुरा पढौ

एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा

राष्ट्रिय परीक्षा बोर्डले यही चैत्र १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । यसवर्षको एसईई परीक्षाका लागि देशभर दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ । चैत १५ गतेदेखि सुरु भई २७ गतेसम्पन्न हुने परीक्षाका लागि बोर्डले उक्त सङ्ख्यामा परीक्षा केन्द्र निर्धारण गरेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए। उनका अनुसार यसवर्ष देशभरबाट करिब पाँच लाख विद्यार्थी एसईई परीक्षामा सहभागी हुनेछन् । यसवर्ष पनि जापानमा एउटा परीक्षा केन्द्र निर्धारण गरिएको… पुरा पढौ

राष्ट्रिय माविको हीरक महोत्सव : एक वर्षमा विभिन्न २२ कार्यक्रम सम्पन्न गरिने स्थापनाको ७५ औ वर्ष

चैत ५ पोखरा । प्रवेशको अवसरमा हीरक महोत्सव मनाइरहेको पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयले महोत्सव वर्षभरि विभिन्न २२ कार्यक्रम गरि मनाउने भएको छ । २० मंसिर ०८० मा आफनो स्थापनाको ७४ औ वर्ष पुरा गरि ७५ औ वर्षमा प्रवेश गरेको विद्यालयले हीरक महोत्सव २० मंसिर ०८० देखि २० मंसिर ०८१ सम्म एक वर्ष विविध कार्यक्रम गरि मनाईरहेको छ । यस अघि गत २० मंसिरमा प्रभातफेरी सगै हीरक महोत्वको शुभारम्भ गरिएको थियो । एक वर्षमा… पुरा पढौ