शिक्षा

भविष्य निर्माण माविको अक्षयकोषमा सहयोग जुट्दै

पोखरा । पोखरा महानगरपालिका वडा नं. २१ कृष्तिमा सञ्चालित भविष्य निर्माण माविले वस सञ्चालन गर्न अक्षयकोष स्थापना गरेको छ । विद्यार्थीको सुविधाका लागि वन सञ्चालन गर्न स्थापना गरेको अक्षयकोषमा हालसम्म ५४ लाख भन्दा बढी संकलन भई सकेको छ । एक करोड रुपैया संकलन गरि त्यसैको व्याजबाट वस सेवा सञ्चालन गर्ने लक्ष्यका साथ शुरु गरिएको कोषमा रोजगारीका लागि विदेशमा रहेका यस क्षेत्रका युवा एवम् विभिन्न पेशा व्यवसायमा आवद्ध स्थानीय सामाजिक व्यक्तित्वबाट स्वस्फुर्त रकम संकलन भएको अक्षयकोष बृद्धि समिति संयोजक झपिन्द्र राज… पुरा पढौ

गुरुकुल विद्याश्रमको १७ औं वार्षिकोत्सव एवम् अभिभावक दिवस

माघ २७ पोखरा । पोखरा महानगरपालिका वडा नं ३० पावरहाउसस्थित गुरुकुल विद्याश्रमको १७ औं वार्षिकोत्सव एवम् अभिभावक दिवस सम्पन्न भएको छ । कार्यक्रमको एक कार्यक्रमका बीच गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्यबहादुर खड्का बिखर्चीले उद्घाटन गरे ।कार्यक्रममा कुलपति विखर्चीले लेखनाथ क्षेत्रमा उत्कृष्ट शैक्षिक संस्थाका रुपमा गुरुकुल विद्याश्रम सकृय रहेको बताए ।अतिरिक्त क्रियाकलापमा विद्याश्रमले अग्रणी स्थान ओगटेको बताउँदै उनले विद्यार्थीले प्राप्त गर्ने सफलता नै शैक्षिक संस्थाको सफलता हुने बताए । विद्याश्रमका प्राचार्य मिलन केसीले शैक्षिक गुणस्तरीयतासँगै विद्यार्थीको सर्वाङ्गीण विकासलाई जोड दिइएको बताए… पुरा पढौ

प्रतिभा माविमा एकदिने ‘फूड फेस्टिभल’

माघ २७ पोखरा । पालिखेचोकस्थित प्रतिभा माविमा शनिबार एकदिने ‘फूड फेस्टिभल’ आयोजना गरिएको छ । पाठ्यपुस्तकमा पढेको कुरालाई व्यावहारिक रुपमा अभ्यास गराउने उद्देश्य सहित फेस्टिभल आयोजना गरिएको हो । विद्यालयमा होटल व्यवस्थापन अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीले फेस्टिभलको आयोजना गरेका हुन् । फेस्टिभलको पोखरा–३ का अध्यक्ष प्रकाशमान उदासले उद्घाटन गरेका थिए । विद्यालयका प्राचार्य किरण सापकोटाले पढेको कुरालाई व्यवहारमा ल्याउनका लागि विद्यार्थीले फेस्टिभल आयोजना गरेको बताए । फूड फेस्टिभलको यो दोश्रो संस्करण हो । विद्यालयमा पोहोरदेखि फूड फेस्टिभल… पुरा पढौ

राष्ट्रिय माविको रक्तदानमा ७५ यूनिट रगत संकलन

माघ २७ पोखरा । स्थापनाको ७५ औ वर्ष प्रवेशको अवसरमा आफनो हीरक महोत्सव मनाइरहेको पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयले शनिबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने नारा सहित आयोजना गरिएको कार्यक्रममा ७५ यूनिट रगत संकलन भएको हो । यसअघि कार्यक्रमको उद्घाटन विद्यालयका पुर्व विद्यार्थी तिर्थ श्रेष्ठले पहिलो रक्तदाता विद्यालयकी शिक्षिका जिता पौडेल र विद्यालयका शिक्षक अभिभावक संघका सदस्य दिपक पौडेललाई ब्लड ब्याग दिएर गरेका थिए भने विद्यालयका प्रधानाध्यापक… पुरा पढौ

प्रतिभा माविमा एकदिने ‘फूड फेस्टिभल’

पोखरा, माघ २७पालिखेचोकस्थित प्रतिभा माविमा शनिबार एकदिने ‘फूड फेस्टिभल’ आयोजना गरिएको छ । पाठ्यपुस्तकमा पढेको कुरालाई व्यावहारिक रुपमा अभ्यास गराउने उद्देश्य सहित फेस्टिभल आयोजना गरिएको हो । विद्यालयमा होटल व्यवस्थापन अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीले फेस्टिभलको आयोजना गरेका हुन् ।फेस्टिभलको पोखरा–३ का अध्यक्ष प्रकाशमान उदासले उद्घाटन गरेका थिए । विद्यालयका प्राचार्य किरण सापकोटाले पढेको कुरालाई व्यवहारमा ल्याउनका लागि विद्यार्थीले फेस्टिभल आयोजना गरेको बताए । फूड फेस्टिभलको यो दोश्रो संस्करण हो । विद्यालयमा पोहोरदेखि फूड फेस्टिभल गर्न थालिएको हो… पुरा पढौ

मदरल्याण्डमा बृहत् सांस्कृतिक,कला प्रदर्शनी तथा सम्मान कार्यक्रम

पोखरा । पोखराको मदरल्याण्डमा बुधबार सुरु भएको त्रिदिवसीय बृहत् सांस्कृतिक , कला प्रदर्शनी तथा सम्मान कार्यक्रम आज सम्पन्न भएको छ । कक्षा नर्सरीदेखि बाह्रसम्मका करिब एक सय चालिस प्रस्तुतिहरू राख्दै सम्पन्न भएको उक्त कार्यक्रममा २ हजारभन्दा बढी विद्यार्थीहरूले प्रत्यक्ष सहभागिता जनाएको विद्यालय स्रोतले जनाएको छ। तीन दिनसम्म नै सङ्गीतमय बनेको कार्यक्रममा विविधतामयी नेपाली संस्कृतिलाई पूर्ण रूपमा समेट्ने विषयवस्तुका साथै पृथ्वी तथा प्रकृति जोगाउनुपर्छ, परोपकार गर्नुपर्छ, अरूमाथि दया देखाउनुपर्छ, संस्कृतिको संरक्षण गर्नुपर्छ आदिजस्ता सन्देशमूलक विभिन्न गीत तथा नृत्य, गायन, नाटकरप्रहसन, भजन,… पुरा पढौ

त्रिविको उपकुलपतिमा आवेदन दिनेमध्ये १४ जना अन्तर्वार्ताका लागि छनौट

त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा आवेदन दिएका ४३ मध्ये १४ उम्मेदवार अल्पसूची (सर्ट लिस्ट) मा परेका छन् । सिफारिस समितिले प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि ती सूचीलाई बिहीबार सार्वजनिक गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार उक्त सूचीमा पर्नेमा कुसुम शाक्य, केशरजङ्ग बराल, गोविन्द सुवेदी, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाद पौड्याल, टङ्कनाथ धमला, तीर्थराज खनियाँ, नारायण बेलवासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सूर्यबहादुर थापा छन । त्रिविका उपकुलपति डा धर्मकान्त बास्कोटाको कार्यकाल यही कात्तिक १८… पुरा पढौ

वडा सदस्य भण्डारीद्वारा सरकारी सुविधाको रकमबाट अक्षयकोष स्थापना

गण्डकी । सरकारी सेवासुविधाबाट प्राप्त रकमले पोखरा महानगरपालिका वडा नं १७ का वडा सदस्य शिवराम भण्डारीले जानकी मावि महतगौडामा अक्षयकोष स्थापनाको घोषणा गरेका छन् । विद्यालयको ४६औँ वार्षिकोत्सव कार्यक्रममा उनले बुवा धर्मदत्त र आमा जमुना भण्डारीको स्मृतिमा रु पाँच लाखको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका हुन् । निर्वाचित भएदेखि २०८१ असारसम्म २४ महिनामा प्राप्त गर्ने सेवासुविधा र बाँकी निजी रकम थप गरी स्थापना गरिएको अक्षयकोषबाट प्राप्त ब्याजले विद्यालय सञ्चालानार्थ सहयोग पुग्ने भण्डारीले बताए । छात्रवृत्तिको अक्षयकोष धेरै भए विद्यालय सञ्चालनमा… पुरा पढौ

कास्की मोर्डनाइज्डको रजत महोत्सवको तयारी पूरा

पोखरा । पोखराको कास्की मोर्डनाइज्ड एकेडेमीले रजत महोत्सव समापन कार्यक्रमको तयारी पूरा भएको छ । पोखरा–१४ स्थित वि.पि. मार्गस्थित एकेडमीले यही शुक्रबार एक कार्यक्रमका विच रजत महोत्सव समापन कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । एकेडेमीले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा वर्ष भरि नै सञ्चालन गरेको विविध कार्यक्रमको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले समापन गर्ने विद्यालय व्यवस्थापनले जनाएको छ । विद्यालयले रजत महोत्सवकै सन्दर्भ पारेर रक्तदान कार्यक्रम, नेत्रहिनहरुका लागि सेतो छडी वितरण, सडकमा गाएर गुजरा चलाउनेहरुका लागि स्पीकर वितरण… पुरा पढौ

जानकी माविको ४६ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

माघ २४ पोखरा । ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय क्षेत्र महतगौडास्थित जानकी माध्यामिक विद्यालयको ४६ औं बार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । कार्यक्रममा आफु पढ्न नपाएपनि सन्तति शिक्षाको उज्यालो घामबाट बञ्चित नहुन भनेर खरले छायाको भवन निर्माण गर्ने चन्द्रकान्त भण्डारी, चुडामणी भण्डारी र कर्णाखर भण्डारीलाई सम्मान गर्नुको साथै छात्रवृत्ति एव्म शैक्षिक पुरस्कार वितरण गरिएको थियो । पोखरा महानगरपालिका वडा नं. १७ का वडाअध्यक्ष राधिका शाही योगीले कार्यक्रमको आज एक समारोहका बिच उद्घाटन गर्दै गुणस्तरीय शिक्षाका लागि… पुरा पढौ