शिक्षा

प्रतिस्पर्धी तथा गुणस्तरीय शिक्षाका लागि उपलब्ध शक्ति र सामथ्र्य प्रयोग गर्नुपर्छ : राष्ट्रपति पौडेल

चैत ३ सिरहा । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वपरिवेश अनुरूपको प्रतिस्पर्धी तथा गुणस्तरीय शिक्षाका लागि उपलब्ध शक्ति र सामथ्र्य प्रयोग गर्न आग्रह गरेका छन् । पशुपति आदर्श माध्यमिक विद्यालय लहान मटियर्वा सिरहाको हीरक जयन्ती समारोहको आज उद्घाटन गर्दै उनले शिक्षा व्यक्ति, समाज र देशको सर्वाङ्गीण विकासमात्र होइन चेतना, ज्ञान, अनुशासन, संस्कार र सभ्यता निर्माणको आधार पनि भएकाले सोहीअनुसार नीति, पाठ्यक्रम तथा पठनपाठन पद्धति विकास गर्नुपर्नेमा जोड दिए । “सरकारको नीति, बजेट र योजना समयअनुसारको शिक्षा दिने तथा राष्ट्र निर्माण र राष्ट्रिय… पुरा पढौ

सिद्ध मा.वि.का पूर्व विद्यार्थीद्वारा फर्निचर हस्तान्त्रण

पोखरा । पोखरा १५ फलेपाटनस्थित सिद्ध मा.वि.का पूर्व विद्यार्थीहरुले फर्निचर हस्तान्त्रण गरेका छन् । शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रमका विच उक्त विद्यालयका एसएलसी व्याच २०५६ का विद्यार्थीहरुले फर्निचर हस्तान्त्रण गरेका हुन् । पोखरा–१५ का वडा अध्यक्ष तोरण बहादुर बानियाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गुरुदत्त कोइरालाले विद्यालयको बारेमा जानकारी गराएका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर आलेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत साहायक प्रध्यानाध्यापक जुना थापाले गरेकी थिइन् । पुरा पढौ

प्रतिभा माविद्वारा एक/एक लाख राशीसहित हरिवंश र प्रकाश सपुत सम्मानित

पोखरा, चैत २ बरिष्ठ कलाकार हरिवंश आचार्य र गायक तथा कलाकार प्रकाश सपुत पोखरामा सम्मानित भएका छन् । पोखराको प्रतिभा माविको प्रतिभा सम्मान कार्यक्रममा कलाकार द्वय आचार्य र सपुत सम्मानित भएका हुन् । प्रतिभाले हास्य कलाकार तथा चरित्र अभिनेता आचार्यलाई ‘विशेष प्रतिभा पुरस्कार–२०८० र सपुतलाई ‘प्रतिभा वर्ष युवा पुरस्कार–२०८०’बाट सम्मान गरेको हो । उनीहरुलाई राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रतिभा माविका अध्यक्ष नारायणप्रसाद पौडेल, संस्थापक प्राचार्य किरण सापकोटालगायतले नगद एक÷एक लाख राशीसहित ताम्रपत्र र दोषल्ला ओढाएर सम्मान गरे ।… पुरा पढौ

विद्यार्थी भर्ना अभियान सुरु हुनुअगावै पाठ्यपुस्तक पु¥याउने सरकारको तयारी

भक्तपुर । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नयाँ शैक्षिक सत्र २०८१ सुरु हुनअगावै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पु¥याउने भएको छ । यसका लागि केन्द्रले यही चैत १५ गतेभित्र पाठ्यपुस्तक छपाइ सम्पन्न गरेर उपत्यकाबाहेक सातवटै प्रदेशमा रहेका केन्द्रको नौवटा वितरण केन्द्रबाट चैत १६ गतेदेखि पुस्तक वितरण सुरु गर्ने भएको छ । केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले भने, “हामीले जिम्मेवारी पाएको कक्षा ५ देखि १० सम्मका सम्पूर्ण सेटमै ९५ प्रतिशत पाठ्यपुस्तक छपाइ सकेका छौँ, गत चैत १५ गतेभित्र बाँकी पाँच प्रतिशत पुस्तक पनि… पुरा पढौ

पोखरालाई ‘पर्यटकीय राजधानी सहर’ घोषणा गरिने

पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरिने भएको छ । आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य पोखरालाई प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को उपस्थितिमा यही चैत ४ गते पर्यटकीय राजधानी घोषणा गर्न लागिएको हो । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको आयोजनामा घोषणा कार्यक्रम गरिने प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव कुमानसिंह गुरुङले जानकारी दिए । उनका अनुसार घोषणा मूल समारोह अघि वसुन्धरा उद्यानबाट विभिन्न सांस्कृतिक झाँकीसहितको ¥याली निकालिनेछ । घोषणा समारोह फेवाताल किनार बाराही घाटमा हुने आयोजकले जनाएको छ… पुरा पढौ

शारदा इङ्लिस बोर्डिङ स्कुलमा वार्षिकोत्सब

फागुन ३० पोखरा । नदिपुरमा रहेको शारदा इङ्लिस बोर्डिङ स्कुलले आफ्नो स्थापनाको २८ औँ वार्षिकोत्सब समारोह सम्पन्न गरेको छ । पोखरा महानगरपालिका वडा नं ३ का वडा अध्यक्ष प्रकाश उदासको प्रमुख अतिथ्यतामा उक्त कार्यक्र सम्पन्न भएको थियो । शिक्षा विना जीवन अन्धाकार छ पढ्ने अवसर पाउँदा सबैले त्यसलाई सदुपयोग गर्नका लागि प्रमुख अतिथिले सबैलाई गरे । न्युन शुल्कमा पढाइरहेको यस विद्यालयले आफ्नो क्षेत्रमा सेवा गरेको देख्दा आफूलाई खुशी लागेको भन्दै आउने दिनमा नियमसँगत रुपमा गर्न सकिने सहयोग गर्न आफू तयार… पुरा पढौ

विद्यालयमा व्यवहारिक सिपतर्फ विद्यार्थीलाई दुनाटपरी बनाउन सिकाईदै

बलेवा । सधैँजसो कक्षा आरम्भ हुँदा हातमा हाजिर कपी र पठनपाठनका सामग्री बोकेर कक्षाकोठा प्रवेश गर्ने शिक्षिका सुशीला श्रेष्ठ सोमबार सालका पात र बाँसका सिन्का बोकेर पसे। न्यू एभरेष्ट एकेडेमीको नर्सरी कक्षाकी कक्षा शिक्षक श्रेष्ठ सोमबार कक्षा ७ मा प्रवेश गरे । उनीसँगै अन्य शिक्षिका पनि साथमै थिए । सधैँजसो दिनभर कपी र किताब बेञ्चमा फिँजाएर कलम समाउने गरेका विद्यार्थी पनि सोमबार फरक भूमिकामा देखिए । सबै विद्यार्थी कक्षा कोठाको भूइँमा बसे । उनीहरुका अघि सालका पात र बाँसका सिन्का… पुरा पढौ

गाउँपालिकाले सामुदायिक विद्यालयमा भर्ना हुने छात्राको बैङ्क खाता खोलिदिने

तनहुँ । आँबुखैरेनी गाउँपालिकाले सामुदायिक विद्यालयमा भर्ना हुने छात्राको बैङ्क खाता खोलिदिने भएको छ । आगामी शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयमा भर्ना हुने सबै छात्राका नाममा गाउँपालिकाले न्यूनतम रु एक हजार मौज्दात भएको बैङ्क खाता खोल्न लागेको हो । सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण गर्दै गुणस्तर शिक्षाका लागि गाउँपालिकाले यस किसिमको अभियान अघि बढाएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । गाउँपालिकाले सामुदायिक विद्यालयमा छात्राको आकर्षण बढाउनका लागि छात्रा बचत खाता सञ्चालन कार्यक्रम ल्याउन लागिएको गाउँपालिका अध्यक्ष चुमानले जानकारी दिए । “शैक्षिक… पुरा पढौ

गण्डकीमा ८५ पुल बने, ५३ निर्माणाधीन

गण्डकी । गण्डकी प्रदेश सरकारको लगानीमा पछिल्लो छ वर्षमा ८५ पक्की पुल बनेका छन् । सडक पुल कार्यक्रमअन्तर्गत पुल निर्माण भइरहेको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता टीकाराम पौडेलका अनुसार प्रदेशभर ५३ पुल निर्माणाधीन अवस्थामा छन् । थप २३ पुलको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयारीको प्रक्रियामा रहेको उनले जानकारी दिए । “प्रदेश सरकार स्थापना भएयता ८५ पुल बनिसके, सम्झौता भएकामध्ये केही पुल निर्माणको अन्तिम चरणमा छन्”, प्रवक्ता पौडेलले भने, “सडक सँगसँगै पुल निर्माणलाई मन्त्रालयले… पुरा पढौ

आँखा शिविरमा चार सय बढी विद्यार्थीको आँखा परीक्षण

बेनी । म्याग्दी जेसिजले बेनी नगरपालिका–४ सिङ्गास्थित धवलागिरि माध्यमिक विद्यालय र सिङ्गातातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयमा आँखा शिविर सम्पन्न गरेको छ । ती शिविरबाट चार सय बढी विद्यार्थीको निःशुल्क आँखा जाँच गरिएको छ । नेपाल नेत्र ज्योति सङ्घ आँखा उपचार केन्द्र बेनीको प्राविधिक सहयोगमा सञ्चालित शिविरबाट धवलागिरि माविमा दुई सय ११ र सरस्वती माविमा दुई सय १७ जनाको आँखा जाँच गरिएको कार्यक्रम संयोजक सुस्मिता थापाले जानकारी दिए । शिविरमा म्याग्दी जेसिजका शाखा अध्यक्षसमेत रहनुभएका नेपाल नेत्रज्योति सङ्घ आँखा उपचार केन्द्र बेनीका… पुरा पढौ