गण्डकी

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत करिब २३ लाख लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइएको छ । यही वैशाख ६ र ७ गते सञ्चालन गरिएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत ती बालबालिकालाई भिटामिन ‘ए’ र २१ लाख बालबालिकालाई जुकाको औषधि खुवाइएको मन्त्रालयका सूचना अधिकारी डा भक्त केसीले जानकारी दिए । यस्तै आठ लाख बालबालिकालाई बालभिटा खुवाइएको छ । देशैभरका छ महिनादेखि देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ तथा १२ महिनादेखि ५९ महिनाका बालबालिकालाई जुकाको औषधि र छ… पुरा पढौ

पोखराको काउँरेमा पञ्चमुखी हनुमानको विशाल मुर्ति स्थापना,पोखराको धार्मिक पर्यटनमा थप टेवा पुग्ने अपेक्षा

पोखरा महानगरपालिका वडा नं. १९ मा पञ्चमुखी हनुमानको विशाल मुर्ति स्थापना गरिएको छ । १७ फिटको शिलाबाट निर्माण गरिएको सो मुर्तिलाई सोमबार धार्मिक अनुष्ठानसहित प्राण प्रतिष्ठा गरिएको हो । पुरञ्चौरको उपल्लो काउरेस्थित आनन्दधाममा स्थापना गरिएको वजरंगबली संकटमोचन महावीर अहिरावण वधकारी पञ्चमुखी पवन पुत्र श्री हनुमान जीको मूर्तिको प्राण प्रतिष्ठा पश्चात् नगर प्रमुख धनराज आचार्यले अनावरण गरे । कार्यक्रममा बोल्दै नगर प्रमुख आचार्यले पोखरा प्राकृतिक मात्र नभई सांस्कृतिक र धार्मिक दृष्टिले पनि महत्वपुर्ण स्थल रहेको बताए । उनले विशाल मुर्तिको स्थापनासँगै… पुरा पढौ

रास्वपाले ४० निर्वाचन क्षेत्रमा जिम्मेवारी तोक्दा, गण्डकीमा को को ?

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूलाई जिम्मेवारी तोकेको छ । प्रत्यक्षतर्फ नजितेका निर्वाचन क्षेत्रमा समानुपातिक सांसदहरूलाई जिम्मेवारी दिने निर्णय गरेको थियो । सचिवालयको सोही निर्णय अनुसार समानुपातिक सांसदहरूको कार्य विभाजन गरी केन्द्रीय समिति बैठकले अनुमोदन गरेको थियो । बैठकको निर्णय अनुसार सांसदहरूको जिम्मेवारी तोकेको महामन्त्री कवीन्द्र बुर्लाकोटीले मंगलबार जानकारी दिए । बैठकले गरेको निर्णय गण्डकी प्रदेशमा प्रत्यक्ष चुनाव नजितेका ३ जिल्लाका ३ क्षेत्रमा पनि समानुपातिक सांसदहरूलाई जिम्मेवारी तोकिएको छ । जसमा म्याग्दीमा गंगा छन्त्याल, मनाङमा एलिजा गुरुङ र… पुरा पढौ

घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ

कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत रुपमा चयन भएका छन् । समितिको सम्पन्न तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले गुरुङको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । अध्यक्ष विक्रम गुरुङ पुनः दोस्रो कार्यकालका लागि अध्यक्षमा दोहोरिएका हुन् । समितिको उपाध्यक्षमा कृष्णबहादुर गुरुङ, सचिवमा उमेश क्षेत्री, सहसचिवमा महेन्द्र गुरुङ र कोषाध्यक्षमा कृष्णबहादुर गुरुङ चयन भए । सदस्यहरूमा सन्तोष गुरुङ, मनिसा गुरुङ, रुक्सा गुरुङ, मनोज गुरुङ, विनोद सुनार, मेलिना गुरुङ ठकुरी, सुजल… पुरा पढौ

तनहुँको मानहुँकोटमा पर्यटकको चहलपहल बढ्यो

सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था गरेसँगै व्यास नगरपालिका–५ स्थित पर्यटकीय गन्तव्य मानहुँकोटमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । बिदाको समयमा घुम्ने संस्कृतिको विकासले गर्दा अहिले मानहुँकोटमा विगतको तुलनामा बढी पर्यटक बढ्न थालेका हुन् । पर्यटकको चाप बढेपछि स्थानीय होटल व्यवसायी उत्साहित भएका होटल भ्यू टावरका सञ्चालक प्रेमबहादुर राउतले जानकारी दिए । बिदाका दिनमा पाहुनाले होटल भरिभराउ हुने गरेका छन् । उनले भने, “यतिबेला पर्यटकको मुख्य याम त होइन, तर दुई दिने बिदाले पहिलेभन्दा तेब्बर बढी पर्यटक… पुरा पढौ

पर्वतको गण्डकी गोपाल गौशालामा पूर्वाधार थप

पर्वतको जलजला गाउँपालिका–७ धाइरिङमा रहेको गण्डकी गोपाल गौशालामा धार्मिक तथा पर्यटकीय पूर्वाधार निर्माण गरिएका छन् । गौशालालाई पर्यटकीयस्थलका रूपमा विकास गर्ने लक्ष्यसहित सङ्घीय सरकार र स्थानीय जलजला गाउँपालिकाको करिब रु साढे चार करोड बराबरको संयुक्त लगानीमा संरचना निर्माण गरिएका हुन् । गाउँपालिका र सङ्घीय सरकारको ५० /५० प्रतिशत लागत साझेदारीमा आर्थिक वर्ष २०८०/ ८१ मा विनियोजित रु एक करोड २५ लाख ८५ हजार २३२ बजेटबाट धर्मशाला, हवनकुण्ड, कुटी, ध्यानकुटी, सभाहललगायतका संरचना निर्माण गरिएका थिए । आव २०८१ /८२ मा सङ्घीय… पुरा पढौ

शेयरमा लगानी गर्नु अपराध होईन्: गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले रु २५ लाखको सेयरका विषयबारे आफ्नो सम्पत्ति विवरणमै स्पष्ट उल्लेख गरेको स्पष्ट पारेका छन् । आफ्नो सम्पत्ति विवरणबारे विभिन्न सञ्चारमाध्यममा गरिएको टिकाटिप्पणीबारे स्पष्ट पार्दै मन्त्री गुरुङले त्यस सम्बन्धि विवरण मन्त्रिपरिषद्को वेबसाइटमा हेर्न सकिने बताए । मन्त्री गुरुङको सचिवालयले उक्त विषयमा प्रष्ट पार्दै भनेको छ, “सबै सेयर एउटै प्रकृतिका हुँदैनन्, धितोपत्र बजारमा कारोबार हुने सेयर दुई करोडभन्दा बढी लगानी रहेको सम्पत्ति विवरणमै स्पष्ट छ ।” स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा भएको लगानी पनि यही समूहभित्र समेटिएको मन्त्री… पुरा पढौ

गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस

गण्डकीका प्रदेश प्रमुख समक्ष मुस्लिम आयोगले वार्षिक प्रतिवेदन पेस गरेको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टलाई आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आर्थिक वर्ष २०८१ ०८२ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुख भट्टलाई पेस गरेका हुन् । संविधानको धारा २९४ को उपधारा ३ को व्यवस्था बमोजिम आयोगले सोमबार एक कार्यक्रमका बीच सातौं वार्षिक प्रतिवेदन पेस गरेको हो ।प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख भट्टले मुस्लिम समुदायको इतिहास र संस्कृतिको पहिचान, हकहितको संरक्षण र सम्वर्द्धन तथा सशक्तिकरणका लागि आयोग गठन भएको उल्लेख गरे ।… पुरा पढौ

वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै

प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ । शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजा सामान तयार पारी सङ्कल्प गरिन्छ । दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको सोह्र सामग्रीद्वारा पूजा गरिन्छ । पुरोहितलाई पनि पुजेर शुद्ध जल तामा वा माटाका भाँडामा राखी दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सक्खर र मिश्री मिसाएर सर्वत बनाई… पुरा पढौ

मुनश्री/भिग्नजित राष्ट्रिय जुनियर टेनिस, भान्सीलाई दोहोरो स्वर्ण, प्रतियोगिता जारी

पोखरामा जारी मनुश्री÷भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा भान्सी राजभण्डारीले दोहोरो स्वर्ण जितेकी छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगिताको दोस्रो दिन उनले यू–८ र यू–९ गर्ल्सतर्फ स्वर्ण पदक जितेकी हुन् ।प्रतियोगिता अन्तर्गत यू८ र यू९ गर्ल्सतर्फ राउण्ड रोविनको आधारमा भएको प्रतियोगिताको यू८ मा सेजल राजभण्डारीले रजत र लु सिआन र साशा भट्टराईले काश्य पदकका साथ गिफ्ट ह्याम्पर हात पारे । त्यस्तै ब्वाइज यू८ तर्फ सर्वत्र खत्रीले स्वर्ण पदक जित्दा सुविज्ञराज बुढाथोकीले रजत तथा अनोमल श्रेष्ठ र श्रीभान्स पछाईले… पुरा पढौ