गण्डकी

तमु बिद्यार्थी समिति कास्की अध्यक्षमा सतिस गुरुङ

तमु धिं नेपाल कास्की जिल्ला समिति अन्तर्गत तमु बिद्यार्थी समिति कास्की अध्यक्षमा सतिस गुरुङको अध्यक्षतामा १४ सदस्यीय सदस्यीय समिति गठन गरेको छ ।तमु धिं नेपालमा आइतबार आयोजित भेलाल बिद्यार्थी समितिको उपाध्यक्षमा अनुष्का गुरुङ, सचिवमा सुमित गुरुङ, महिला सचिवमा सलिना गुरुङ, कोषाध्यक्षमा बिनिता गुरुङ र सदस्यहरुमा आस्था गुरुङ, मेग्मा गुरुङ, एन्जिला गुरुङ, इम्प्रेस्का गुरुङ,अपिल गुरुङ, बिबेक गुरुङ, मुनाल गुरुङ, राहुल गुरुङ र सुस्मिता गुरुङ रहनुभएको छ।नवनिर्वाचित विद्यार्थी समितिलाई तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको… पुरा पढौ

सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन्ः सभामुख अर्याल

सभामुख डोलप्रसाद अर्यालले सांसदका काम, व्यवहार र शैलीको मतदाता र जनताले विभिन्न माध्यमबाट नियालिरहेका उल्लेख गर्दै सबै सांसद आफ्नो कामप्रति थप जिम्मेवार बन्नुपर्ने बताएका छन् । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाका सांसदहरुका लागि आज आयोजना गरेको अभिमुखीकरण कार्यक्रमको उद्घाटनमा उनले कानुन निर्माणमा जनप्रतिनिधिले विगतका राम्रा अभ्यासबाट सिक्न र अध्ययनशील र प्रविधिमैत्री हुनुपर्ने सुझाव दिए । “अहिले प्रतिनिधिसभामा धेरै नयाँअनुसार हुनुहुन्छ, संसदीय विधि र प्रक्रियालाई थप बुझाउन तथा सांसदका काम अझ प्रभावकारी बनाउन यो कार्यक्रम आयोजना गरिएको हो,” सभामुख अर्यालले भने, “संसदीय… पुरा पढौ

सांस्कृतिक पर्व असार १५ः धान दिवससहित दही चिउरा खाएर मनाइँदै

प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । हाम्रो संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर… पुरा पढौ

प्रशासनको सार्वजनिक सुनवाइमा मध्यपहाडी लोकमार्ग निर्माणमा भएको ढिलाईप्रति मादीवासीको असन्तुष्टि पोखियो

पोखरा, असार १४कास्कीको मादी गाउँपालिकामा आयोजित सार्वजनिक सुनुवाइमा स्थानीय बासिन्दाले सबैभन्दा बढी मध्यपहाडी लोकमार्ग निर्माणमा भइरहेको ढिलाइप्रति असन्तुष्टि व्यक्त गरेका छन्। वर्षौंदेखि निर्माणाधीन सडक समयमै सम्पन्न नहुँदा दैनिक आवागमनदेखि स्थानीय अर्थतन्त्रसम्म प्रभावित भएको उनीहरूको गुनासो थियो।मादी गाउँपालिकाको संयोजन तथा जिल्ला प्रशासन कार्यालय कास्कीको आयोजनामा वडा नं. ७ छाचोकमा सम्पन्न सार्वजनिक सुनुवाइमा सहभागीहरूले सडक निर्माणमा देखिएको सुस्त गति, धुलो, हिलो तथा निर्माण कम्पनीको लापरबाहीका कारण स्थानीयले सास्ती खेप्नुपरेको बताएका थिए। उनीहरूले निर्माणको गति बढाई तोकिएकै समयमा काम सम्पन्न गराउन प्रशासनले प्रभावकारी… पुरा पढौ

बजेट कार्यान्वयनमा स्रोतको कमी हुन नदिने गण्डकीका मुख्यमन्त्री पाण्डेको दावी

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी आर्थिक वर्ष २०८३,८४ को बजेट कार्यान्वयनमा स्रोतको कमी नहुने स्पष्ट पारेका छन् । प्रदेशसभाको आजको बैठकमा बजेटबारे उठेका प्रश्नहरूको जवाफ दिँदै उनले प्रदेश सरकारले यथार्थ र कार्यान्वयनयोग्य बजेट ल्याइएको बताए । “स्रोत सुनिश्चित गरेर बजेट ल्याइएको छ, कार्यान्वयनमा स्रोतको कमी हुँदैन”, उनले भने । तलब वृद्धि र महँगी भत्ताका कारण चालु खर्चतर्फको बजेट बढाउनुपरेको मुख्यमन्त्री पाण्डेले बताए । नागरिकका माग र आवश्यकतालाई बजेटमा अधिकतम रूपमा सम्बोधन गर्ने प्रयत्न गरिएको उनको भनाइ छ ।… पुरा पढौ

पोखराको रोपाईं महोत्सवमा रमाए विदेशी पर्यटक

पोखरा, असार १४ पोखरामा वर्षायाममा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको असारे रोपाइँ महोत्सवमा यस वर्ष पनि विदेशी पर्यटक उत्साहका साथ सहभागी भएका छन्। पोखरा पर्यटन परिषद्ले २१औँ संस्करणको महोत्सव असार १५ मा पूर्णिमा परेकाले एक दिनअघि आइतबार आयोजना गरेको हो।पोखरा महानगरपालिका–३० देउराली खोला किनारस्थित खेतमा आयोजित महोत्सवमा भारतीयसहित विभिन्न मुलुकका पर्यटकले हिलोमा खेलेर रोपाइँ गर्दै नेपाली कृषि संस्कृतिको अनुभव लिए। स्थानीय किसानको करिब आठ रोपनी क्षेत्रफलमा चार हल गोरुले जोतेको खेतमा महोत्सव सञ्चालन गरिएको थियो।परिषद्का अध्यक्ष तारानाथ पहारीले… पुरा पढौ

नेकपा गण्डकीको एकता बैठक तथा प्रशिक्षण असार १७ गते, प्रचण्ड र माधवले सम्बोधन गर्ने

सन्देश श्रेष्ठपोखरा, असार १४ नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को गण्डकी प्रदेश स्तरीय एकता बैठक असार १७ गते बुधबार हुने भएको छ । तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच भएको एकतापछि नेकपाको एकता बैठक तथा प्रशिक्षण कार्यक्रम हुन लागेको हो । कार्यक्रम बुधबार पोखरा जिरोकिलोमिटरस्थित गोल्डेन हाउस पार्टी प्यालेसमा हुने नेकपाका गण्डकी प्रदेश सह–संयोजक गायत्री गुरुङ (कुसुम)ले जानकारी दिईन् । कार्यक्रम विहान ११ बजे शुरु हुने उनले बताईन् । एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई नेकपा संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) र… पुरा पढौ

कार्की र खड्का महानगर उत्कृष्ट कृषकका रुपमा सम्मानित

पोखरा महानगरपालिकाबाट दुई जना उत्कृष्ट कृषक सम्मानित भएका छन् । पोखराको शिशुवामा आयोजित २१ औं असारे रोपाइँ महोत्सवका अवसरमा महानगरले उनीहरुलाई उत्कृष्ट महानगर कृषक सम्मान प्रदान गरेको हो । सम्मानित हुनेमा पोखरा–२१ मा रहेको कृस्ती हिल कृषि तथा पशुपालन फार्मका सञ्चालक ज्ञान बहादुर कार्की र पोखरा–२७मा रहेको हेब्रोन लाइभ स्टक फार्मका सञ्चालक कमला पाल्पाली खड्का रहेका छन् । उनीहरुलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नगद र सम्मान पत्रले सम्मान गरे । कार्यक्रममा नगर प्रमुख आचार्यले महानगरपालिका कृषिको आधुनिकीकरण तथा व्यवसायीकरणसहित… पुरा पढौ

नेकपाको गण्डकी प्रदेश एकता बैठक तथा प्रशिक्षण असार १७ गते,संयोजक प्रचण्ड र सह–संयोजक माधवले सम्बोधन गर्ने

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को गण्डकी प्रदेश स्तरीय एकता बैठक असार १७ गते बुधबार हुने भएको छ । तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच भएको एकतापछि नेकपाको एकता बैठक तथा प्रशिक्षण कार्यक्रम हुन लागेको हो । कार्यक्रम बुधबार पोखरा जिरोकिलोमिटरस्थित गोल्डेन हाउस पार्टी प्यालेसमा हुने नेकपाका गण्डकी प्रदेश सह–संयोजक गायत्री गुरुङ (कुसुम)ले जानकारी दिईन् । कार्यक्रम विहान ११ बजे शुरु हुने उनले बताईन् ।एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई नेकपा संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) र सह–संयोजक माधवकुमार नेपाललगायतले सम्बोधन गर्ने… पुरा पढौ

पोखरा सहरको गर्भभित्र रहेको अद्भूत संसार

सेती नदीको माथिल्लो भागबाट देखिएको गर्ज
सन्देश श्रेष्ठपोखरा, असार १४ महेन्द्रपुलको बारमा उभिएर तलतिर हेर्दा मुटु नै जिरिङ्ग हुने गरी एउटा गहिरो र विशाल गर्जन सुनिन्छ । सहरको कोलाहल, गाडीको हर्न र मानिसहरूको दौडधुपभन्दा निकै तल, झण्डै ५० मिटरको गहिराइमा लुकेर बग्ने यो कस्तो रहस्यमयी नदी होला ? धेरै विदेशी र स्वदेशी पर्यटकका लागि पोखरा भन्नु नै फेवातालको शान्त सतहमा माछापुच्छ्रेको प्रतिविम्ब हेर्नु वा सराङकोटबाट सूर्योदयको आनन्द लिनु हो । तर, त्यही सहरको गर्भबाट नागबेली चालमा बग्ने सेतीभने कतै जमिनमुनि पूर्ण रूपमा हराउँछे, कतै दुई मिटरको… पुरा पढौ