गण्डकी

सर्वेश्वर व्यवसायी समितिको रक्तदानमा ६५ युनिट रगत संकलन

पोखरा, बैशाख १० सर्वेश्वर व्यवसायी समिति पोखराको आयोजनामा विहीबार भएको रक्तदान कार्यक्रममा ६५ युनिट रगत संकलन भएको छ । पोखराको चिप्लेढुंगास्थित सर्वेश्वर मार्ग–पराजुली मार्गका होलसेल व्यवसायीहरुको साझा संस्था सर्वेश्वर व्यवसायी समितिको आयोजना तथा रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रमको उद्घाटन पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले गरेका थिए । सो अवसरमा नया वर्ष २०८३ साल प्रवेशको अवसरमा शुभकामना अदानप्रदान गरिनुका साथै नया वर्ष २०८३ को भित्तेपात्रो विमोचनसमेत गरिएको थियो । भित्तेपात्रो प्रकाशनको संयोजन समितिका बरिष्ठ उपाध्यक्ष विशाल… पुरा पढौ

कास्की प्रहरीको १० घण्टे लामो ‘स्वीप अप्रेसन’ : १२२ जना पक्राउ

सन्देश श्रेष्ठपोखरा, बैशाख १० कास्की प्रहरीको ‘स्वीप अपरेसन’मा १ सय २२ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, कास्कीले हालै सञ्चालन गरेको १० घण्टा लामो ‘स्वीप अप्रेसन’मा कास्कीका विभिन्न क्षेत्रबाट उनीहरु पक्राउ परेका हुन् । कास्की प्रहरीले पछिल्लो समय लागूऔषध कारोबार, लागूऔषध सेवन र समाजमा अशान्ति फैलाउने गतिविधि नियन्त्रण गर्न ‘स्वीप अप्रेसन’ सञ्चालन गर्दै आएको छ । सोहि अभियान अन्तर्गत बुधबार बेलुका ९ बजेदेखि विहीबार आज विहान ६ बजेसम्म निरन्तर गरेको अप्रेसनका क्रममा विभिन्न २० बढी ठाउँबाट उनीहरुलाई नियन्त्रणमा… पुरा पढौ

१०औं पोखरा स्पोर्टस अवार्डलाई टाइगर ग्रुपको साथ

पोखरा ।१० औं पोखरा स्पोर्टस अवार्डलाई टाइगर ग्रूप अफ पोखराले सघाउने भएको छ । रारा तयारी चाउचाउको टाईटल स्पोन्सर र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आगामी वैशाख १८ गते पोखरामा हुने १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डका लागि विगतमा जस्तै सहयोगलाई निरन्तता दिने भएको हो ।टाईगर गु्रप अफ पोखराका अध्यक्ष नारायण शर्मा र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगर बीच १० औं पोखरा स्पोर्टस अवार्डमा सहयोग गर्ने गरी सम्झौता भएको छ ।सम्झौता पत्रमा हस्ताक्षर गर्दै टाईगर… पुरा पढौ

जातिय विभेद गर्ने पोखरा–२४ का वडाध्यक्षलाई साढे चार महिना जेल सजाय गर्ने जिल्ला अदालतको आदेश उच्चद्वारा सदर

सन्देश श्रेष्ठपोखरा, बैशाख ९ जातिय विभेद गर्ने पोखराका एक वडाध्यक्षलाई साढे चार महिना जेल सजाय हुने भएको छ । आफ्नै वडा सदस्य मैया नेपालीलाई जातिय विभेदजन्य गालीगलौज गर्ने पोखरा महानगरपालिका वडा नम्बर–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई जिल्ला अदालत कास्कीले गरेको साढे ४ महिना जेलसँगै ७५ हजार जरिवाना र पीडितलाई १० हजार रुपैयाँ क्षेतीपुर्ती तिराउने फैसला उच्च अदालत पोखराले सदर गरेको हो । यसअघि जिल्ला अदालत कास्कीले वडाध्यक्ष अधिकारीलाई दोषी ठहर गर्दै साढे ४ महिनाको जेल सजाय तथा ७५ हजार जरिवाना… पुरा पढौ

पोखरा १६ का विपन्न महिलालाई बाख्रा वितरण

पोखरा महानगरपालिका वडा नं. १६ का विपन्न वर्गका महिलालाई बाख्रा वितरण गरिएको छ । उनीहरुको आय आर्जनमा सहयोग पुर्याउने उद्धेश्यले अम्विका भागवत फाउण्डेसन र सम्झना सामाजिक सेवा समितिको सहकार्यमा त्यस वडामा रहेका विपन्न वर्गका पाँच जना एकल महिलालाई बाख्रा वितरण गरिएको कार्यक्रमको सहजिकरण गरेकी अनिता भट्टराई पौडेलले जानकारी दिईन् ।अन्नपूर्ण आत्मनिर्भर बाल आश्रममा आयोजित कार्यक्रममा त्यस वडाका सिर्जना नेपाली, पुर्णकुमारी नेपाली, राममाया विक,प्रेमकुमारी कार्की र भोजमाया विकलाई बाख्रा हस्तान्तरण गरिएको हो ।उनीहरुलाई पोखरा १६ की वडा सदस्य मञ्जु नेपाली,अम्विका भागवत… पुरा पढौ

ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण दुई महिनापछि नियन्त्रणमा

गत फागुन ८ गते बागलुङको ढोरपाटन नगरपालिका–७, ८ र ९ मा फैलिएको दादुरा संक्रमण नियन्त्रणमा आउन थालेको छ । विश्व स्वास्थ्य सङ्गठन, प्रदेश जनस्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्यकर्मीको टोलीले सङ्क्रमण नियन्त्रणका लागि प्रभावित क्षेत्रमा पुगेर अध्ययन गरी खोप अभियान चलाएको थियो । फागुन २९ गतेदेखि चैत २ गतेसम्म यस क्षेत्रका बालबालिका तथा किशोरकिशोरीलाई खोप लगाएपछि सङ्क्रमण नियन्त्रणम आउन थालेको हो । खोप लगाउनुभन्दा पूर्वदैनिक १० देखि १५ जना दादुराका शङ्कास्पद बिरामी अस्पतालमा आउने गरेकामा पछिल्लो आठ दिनपछि मङ्गलबार निसीखोला… पुरा पढौ

पर्यटकलाई दुःख हैरानी दिनेबिरुद्द कास्की प्रहरी : चार दिनमा १९ महिला पक्राउ

सन्देश श्रेष्ठपोखरा, बैशाख ८ पर्यटकलाई दुःख हैरानी दिनेबिरुद्द कास्की प्रहरीले एक्सन शुरु गरेको छ । पर्यटनको राजधानी पोखराको प्रमुख पर्यटकीय केन्द्र पोखरा–६ लेकसाईडमा पर्यटकलाई अनावश्यक दुःख हैरानी दिनेबिरुद्द कास्की प्रहरीले एक्सन लिएको हो । जसमा चार दिनमा १९ जना महिलालाई पक्राउ गरिसकेको छ । स्थानियले दिएको सुराकीका आधारमा बैशाख ५ गते शनिबार पहिलो दिन पर्यटकलाई दुःख हैरानी गर्ने १६ जना महिलालाई पक्राउ गरेको प्रहरीले बैशाख ८ गते मंगलबार थप ३ जना महिलालाई पक्राउ गरेको जनाएको छ । पर्यटकलाई दुःख हैरानी… पुरा पढौ

मनुश्री/भिग्नजित राष्ट्रिय जुनियर टेनिसमा यू १८ तर्फ दर्शिललाई स्वर्ण, यू १२ र यू १४ मा सारालाई दोहोरो स्वर्ण

कास्की जिल्ला टेनिस संघको आयोजनामा मंगलबार पोखरामा सम्पन्न यू १८ ब्वाइज सिंगल्सतर्फ दर्शिल श्रेष्ठले स्वर्ण पदक जिते भने गर्ल्स सिंगल्सतर्फ सारा पन्तले यू १२ र यू १४ तर्फ स्वर्ण पदक जितेकी छन् । सम्पन्न प्रतियोगिताको यू १८ ब्वाइजतर्फ दर्शिलले फाइनलमा शास्वत बज्रचार्यलाई ६–४, ६–३ को सोझो सेटमा पराजित गरे ।यू १६ ब्वाइजतर्फ सन्दिप विकले स्पन्दन उदासलाई ६–२, ३–६, ६–१ ले फाइनलमा पराजित गरी स्वर्ण पदक जिते भने सन्दिपले रजत पदक हात पारे । यू १६ गर्ल्सतर्फ श्वरा थापाले स्वर्ण जितिने… पुरा पढौ

लेकसाइडमा पर्यटकलाई दुःख दिने थप ३ महिला र फरार कैदी पक्राउ

पोखराको महत्वपुर्ण पर्यटकीय क्षेत्र लेकसाइडमा आन्तरिक तथा बाह्य पर्यटकहरूलाई अनावश्यक दुःख र हैरानी दिने थप ३ जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रातिको समयमा पर्यटकहरूलाई विभिन्न प्रलोभन देखाई अनैतिक क्रियाकलापमा संलग्न गराउने, हैरानी दिने र लुटपाट गर्ने गरेको जनगुनासोका आधारमा उनीहरूलाई मगंलबार बिहान पक्राउ गरिएको हो ।जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई अनुसन्धान लागि नियन्त्रणमा लिएको जनाईएको छ । पछिल्लो समय लेकसाइड क्षेत्रमा पर्यटकलाई विभिन्न किसिमका प्रलोभन देखाई दुःख दिने, हैरानी पार्ने… पुरा पढौ

कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित पातीखोला गुफाको संरक्षणका लागि महायज्ञ हुने

सन्देश श्रेष्ठपोखरा, बैशाख ८ कास्कीको पातीखोला गुफाको संरक्षणका लागि महायज्ञ हुने भएको छ । कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नम्बर–४ र ५ को सिमानामा पर्ने गुप्तकालिकाका रुपमा पुजिदै आएको पातीखोला गुफा संरक्षणका लागि महायज्ञ गरिन लागेको हो । पातीखोला गुफा संरक्षण समितिको आयोजना, माछापुच्छ«े गाउँपालिकाको संरक्षकत्व तथा स्थानिय आमा समूह, टोल सुधार समिति, क्लव तथा सामाजिक संघसंस्थाहरुसँगको सामुहिक सहकार्यमा यहि बैशाख १७ गतेदेखि २४ गतेसम्म माछापुच्छ«े–४ लाहाचोकस्थित जोगीचौर मणि परिसरमा श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञ–२०८३ गरिन लागेको मंगलबार पोखरामा पत्रकार सम्मेलन… पुरा पढौ