गण्डकी

पोखरामा कौडा खेल्ने र खेलाउने पक्राउ

पोखरामा जुवा (कौडा) खेल्ने र खेलाउने गरी ७ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नं. २६ विजयपुरमा कौडा खेलिरहेको भन्ने सुचना पाएपछि ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले कौडा खेलाउनेसहित खेलिरहेका ७ जनालाई बिहिबार पक्राउ गरेको हो । टोलीले त्यस क्रममा नगद ५७ हजार र १६ थान कौडा पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ । पक्राउ परेका व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको कास्की प्रहरीका प्रवक्ता बिरेन्द्र कुमार पासवानले जानकारी दिए । उनका अनुसार… पुरा पढौ

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सबै तहका मतगणना सम्पन्न,शपथ ग्रहण दसैँपछि

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सबै तहका मतगणना सम्पन्न भएको छ । कांग्रेसको १५ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको चुनावको सबै मतगणना शुक्रबार बिहान सकिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए । मधेस प्रदेश र बागमती प्रदेशको अन्तिम परिणाम आएसँगै यही असोज २३ गते रातिदेखि थालिएको सम्पूर्ण पदको मतगणना सकिएको उनले जानकारी दिए । लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, उपत्यका, श्रमिक, सहिद परिवार तथा द्वन्द्वपीडितको तर्फबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यको मतगणना राति नै सकिएको निर्वाचन समितिका सदस्य… पुरा पढौ

मुस्ताङमा तीन महिनामा आठ अर्ब ३२ करोड राजस्व जम्मा

मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन महिनामा रु आठ अर्ब ३२ करोड ८३ लाख राजस्व सङ्कलन गरेको छ । नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयले उक्त राजस्व जम्मा गरेको हो । मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार चालु आव २०८३÷०८४ को साउन महिनादेखि असोज २७ गतेसम्म उक्त राजस्व जम्मा भएको जानकारी दिए । कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आवमा रु नौ अर्ब राजस्व जम्मा गर्ने लक्ष्य राखेको छ । कार्यालयले तीन महिना नपुग्दै ९३.५३ प्रतिशत राजश्व… पुरा पढौ

भूमे मैदानले गर्यो, शुभकामना आदानप्रदान

पोखरा –१९, घार्मीस्थित श्री भूमे मैदान बहुउद्देश्यीय सामुदायिक समूहले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । नेपालीजनका चाडपर्वको अवसरमा आयोजित कार्यक्रममा वक्ताहरूले यस्ता कार्यक्रमले आपसी सद्भाव, एकता र भाइचारालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे । संस्थाका अध्यक्ष बैकुण्ठ पौडेलले संस्थाको समग्र प्रगति र विकासका लागि सबै सदस्य एकमत भएर एकताबद्ध रूपमा अघि बढ्नुपर्नेमा जोड दिँदै, सबैलाई सहकार्यका साथ संस्थाको उन्नतिमा लाग्न अनुरोध गरे । उपाध्यक्ष डिल्लीराम पौडेलले संस्थालाई यस क्षेत्रकै गौरव गर्न लायक बनाउनु पर्नेमा जोड दिदैं सबैले माया,… पुरा पढौ

राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति दिईन्न: गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन कानुनमा सुधारको तयारी भइरहेको बताएका छन् । एकहत्तरौँ प्रहरी दिवसको अवसरमा आज काठमाण्डौंमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले सङ्गठनको सुधारका लागि नयाँ प्रहरी विधेयकमा काम भइरहेको बताए । उनले भने , “प्रहरीलाई उत्प्रेरित गर्ने गरी कानुनमार्फत सेवासुविधा थप गर्न वर्तमान सरकारले पहल गरिरहेको छ । आवास, स्वास्थ्यलगायतका सेवा सुविधा तथा सरुवा–बढुवालाई व्यवस्थित गरिनेछ ।” उनले प्रहरीका सबै कार्यालयलाई डिजिटल बनाउने व्यवस्था मिलाउने काम अगाडि बढिरहेको बताए । गृहमन्त्री गुरुङले आगामी दिनमा… पुरा पढौ

अन्नपूर्णमा कात्तिकभर विशेष छुट

अन्नपूर्ण प्याथ ल्याब (एपिएल) महेन्द्रपुलले चाडपर्वको अवसरमा युरिक एसिडको जाँच सित्तैमा गरिरहेको छ । दसैं, तिहार जस्ता महान् पर्वलाई लक्षित गरी अरु सबै प्रकारका जाँचमा पनि विशेष छुट दिइएको छ ।एपिएलकी अध्यक्ष गीता कार्की पन्थले आधुनिक उपकरण, अनुभवी प्राविधिक टोलीसहित सेवा प्रदान गरिहेको एपिएलले चाडपर्वमा विशेष छुट दिएको जनकारी दिइन् । भिटामिन डी, भिटामिन १२, ट्युमर मार्कर, कल्चरसहित सबै प्रकारका रक्त परीक्षणमा दिइएको छुट कात्तिक महिनाभर रहनेछ । सोही भवनमा रहेको अन्नपूर्ण सिटी क्लिनिकले पनि चाडपर्वको मौसममा युरिक एसिड सित्तैमा… पुरा पढौ

पोखरामा स्याउ मेला सुरु, स्वदेशी उत्पादनलाई प्रोत्साहन गरिने

शिशिर उजाडपोखरा पोखरा महानगरपालिका वडा नं. १६ को अमरदिपमा स्याउ मेला सुरु भएको छ । नेपालीजनका महत्वपुर्ण चाडपर्वलाई लक्षित गर्दै स्थानीय कृषकद्वारा संचालित जय देउराली कृषि फर्मले मेलाको आयोजना गरेको हो । स्वदेशी उत्पादनको प्रर्वद्धन,कृषकलाई प्रोत्साहन र स्वदेशी उत्पादनको बजारीकरण गर्ने उद्धेश्यले मेला आयोजना गरिएको फर्मका संचालक वृन्दा तिवारीले जानकारी दिईन् । मेलाको पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरिया, व्यवसाय प्रर्वद्धन केन्द्रका प्रमुख नवराज अधिकारी, पर्यटनकर्मि युवराज गुरुङ लगायतले अवलोकन गरेका छन् । उनीहरुले स्वदेशी उत्पादनलाई टेवा दिन… पुरा पढौ

पोखरामा सडक दुर्घटना: पैदलयात्रीसहित दुई जनाको मृत्यु

पोखरामा भएको सडक दुर्घटनामा परि दुई जनाको ज्यान गएको छ । पोखरा महानगरपालिका–१७ बालोदय चोकस्थित सिद्धार्थ राजमार्ग (पोखरा–बुटवल सडकखण्ड)मा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु भएको हो ।बिहीबार बिहान विरौटाबाट छोरेपाटनतर्फ जाँदै गरेको ग १४ प ४८७९ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका पैदलयात्रीलाई ठक्कर दिई अनियन्त्रित भएर सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जानकारी दिएको छ । दुर्घटनामा परि मोटरसाइकल चालक पोखरा –१७ बस्ने १९ वर्षीय सफलकुमार श्रेष्ठ र लमजुङ घर भई हाल विरौटामा बस्ने… पुरा पढौ

तीन दिनको अवधिमा ७ वटा विद्यालय बस कारबाहीमा

पोखरामा ट्राफिक नियम उल्लङ्घन गरेका सातवटा विद्यालय बसलाई कारबाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले पछिल्लो तीन दिनमा ट्राफिक नियम विपरित संचालन भएका सातवटा बसलाई कारबाही गरेको जनाईएको छ। टोलीले पोखरासहित विभिन्न ग्रामीण क्षेत्रमा सञ्चालन हुने विद्यालय बसको अवस्था जाँच गरेको थियो । सो क्रममा ट्राफिक नियम उल्लङ्घन गरि संचालन गरेको पाइएको कास्की प्रहरी प्रमुख एसपी नबिन कार्कीले जानकारी दिए ।ट्राफिक कार्यालय कास्कीका अनुसार बुधवार साँझसम्म ३८ वटा विद्यालय बसलाई चेकजाँच गरिएको थियो… पुरा पढौ

पोखरा–काठमाडौं रात्रिकालीन यात्राका लागि कोइलीको बस सेवा सुरु

कोइली टुर एन्ड ट्राभल्सले पोखरा–काठमाडौं रुटमा शौचालय र स्लिपरसहितको सुविधासम्पन्न रात्रिकालीन बस सेवा सुरु गरेको छ । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका सञ्चालकसमेत रहेका कोइली ट्राभल्सका सञ्चालक मेघराज त्रिपाठी र अशोककुमार चौधरीको पहलमा यात्रुको माग र आवश्यकतालाई ध्यानमा राख्दै आधुनिक सुविधासहितको बस सञ्चालनमा ल्याइएको हो ।बिगत ३२ वर्षदेखि यातायात व्यवसायमा सक्रिय त्रिपाठीले आफ्नो अनुभवलाई उपयोग गर्दै यात्रुमैत्री सेवा विस्तारमा जोड दिइएको बताए । उनका अनुसार तीन वर्षअघि परिकल्पना गरिएको कोइली ट्राभल्सले यात्रुको सकारात्मक प्रतिक्रियापछि एक वर्षअघि दिवा सेवा सुरु गरेको… पुरा पढौ