स्वास्थ्य

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ह्वीलचियर हस्तान्तरण

सामाजिक संस्था हेड्स नेपालले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक विभागलाई पाँच थान ह्वीलचेयर हस्तान्तरण गरेको छ । संस्थाको ३३ औ स्थापना दिवसको अवसरमा मानवीय सहायता स्वरुप सो सामाग्री प्रदान गरेको हो । अस्पताल परिसरमा आयोजित कार्यक्रममा हेड्स नेपाल कास्कीका अध्यक्ष हरि वहादुर भट्टराईले अस्पतालका इमर्जेन्सी विभाग तथा जनरत ओपिडी प्रमुख प्रा.डा. नारायण सिंह गुरुङलाई ह्वीलचियर हस्तान्तरण गरे । आकस्मिक उपचारमाका लागि आउने विरामी, जेष्ठ नागरिक तथा अशक्त सेवाग्राहीलाई सहज सेवा उपलव्ध गराउने उदेश्यले ह्वीलचियर सहयोग गरिएको अध्यक्ष भट्टराईको भनाई छ… पुरा पढौ

कास्कीमा संचालन हुने एम्बुलेन्समा ‘जिपीएस’ अनिवार्य

कास्कीभर सञ्चालनमा रहेका एम्बुलेन्सहरुले अबदेखि अनिवार्य रुपमा ग्लोबल पोजिसनिङ सिस्टम ‘जिपीएस’ जडान गर्नुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले एम्बुलेन्स सेवालाई मर्यादित, पारदर्शी र व्यवस्थित बनाउनका लागि सो व्यवस्था गरेको हो । जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको बैठकले जिल्ला भित्र सञ्चालनमा रहेका सबै एम्बुलेन्सहरूमा अनिवार्य रूपमा सही स्थान र स्थानको जानकारी दिनका लागि प्रयोग गरिने उपकरण जीपीएस जडान गर्नुपर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताईन् । उनका अनुसार जिपीएस जडान नगरेका र सञ्चालन अनुमति नलिई चलिरहेका सरकारी तथा निजी… पुरा पढौ

विषाक्त खानाका कारण चितवनमा ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

भरतपुर महानगरपालिका–४, धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको भोज खाएपछि ‘फुड पोइजनिङ’ भई बिरामी हुनेको सङ्ख्या ९३ पुगेको छ । तीमध्ये हाल ५० जना विभिन्न अस्पतालमा उपचाररत छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार यही वैशाख २३ गते भोज खाएकाहरू बिरामी हुन थालेका हुन् । बिरामीको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ । केहीको काठमाडौँको निजामति कर्मचारी ९सिभिल० अस्पताल, त्रिवि शिक्षण अस्पताललगायत स्वास्थ्य संस्थामा उपचार भइरहेको उनले जानकारी दिए… पुरा पढौ

सुकुम्बासी शिविरमा स्वास्थ्य परीक्षण, आजदेखि पठनपाठन सुरु

सुकुम्बासीका अस्थायी शिविर भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा स्वास्थ्य उपचारदेखि पठनपाठन सञ्चालनमा ल्याइएको छ । सोमबारदेखि स्वास्थ्य शिविर सञ्चालन गरी उपचार र औषधि वितरण सुरु गरिएको हो । शिविरमा भक्तपुर अस्पतालको चिकित्सक, नर्स, प्राविधिक टोली, तिलगङ्गा आँखा अस्पतालको आँखारोग बिशेषज्ञसहितको टोलीद्वारा शिविर सञ्चालन गरी १५८ जनाको स्वास्थ्य परीक्षण गरिएको जिल्ला जनस्वास्थ्य अधिकृत एवं कार्यालयकी प्रमुख अञ्जना खड्काले जानकारी दिईन् । उनले भनिन्, “यहाँ रहेका सबै सुकुम्बासी बस्तीदेखि सारिएका २६ जना बालबालिकासहित १५८ जनाको स्वास्थ्य परीक्षण र औषधि वितरण… पुरा पढौ

बागलुङको दुर्गम गाउँमा बन्यो पाँच श्ययाको अस्पताल

बागलुङको तमानखोला गाउँपालिका ५ खुङ्खानीमा पाँच श्ययाको आधारभूत अस्पताल निर्माण सम्पन्न भएको छ । दुर्गम क्षेत्रका स्थानीय बासिन्दालाई सहज र नजिकबाट स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले निर्माण गरिएको उक्त अस्पतालबाट स्थानीयस्तरमै आधारभूत उपचार सेवा उपलब्ध गराउने अपेक्षा गरिएको हो । हालसम्म सामान्य स्वास्थ्य उपचारका लागि टाढाका सहर धाउनुपर्ने बाध्यता भोग्दै आएका स्थानीयवासीका लागि यो अस्पताल ठूलो उपलब्धि मानिएको छ । विशेषगरी आकस्मिक अवस्था, गर्भवती महिलाको सेवा, बालबालिका तथा ज्येष्ठ नागरिकको उपचारमा यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको तमानखोला गाउँपालिका… पुरा पढौ

नर्सिङ र एचए पढाउने गण्डकी प्रदेश सरकारको तयारी,एसइइको नतिजा लगत्तै शुरु हुने

प्रक्रियागत ढिलाइका कारण गत वर्ष सुरु हुन नसकेको प्रवीणता प्रमाणपत्र तहको एचए र स्टाफ नर्स विषयको पढाइ यस वर्षदेखि सञ्चालन गर्न गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले तयारी अगाडि बढाएको छ । गत असार १६ गते प्रदेश मन्त्रिपरिषद् बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्सँगको सहकार्यमा गोरखाको आँपपिपल अस्पतालमा एचए र बागलुङको धवलागिरि अस्पतालमा स्टाफ नर्स विषयको पढाइ सुरु गर्ने निर्णय गरेको थियो । स्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डेसहित मन्त्रालयका पदाधिकारी, पूर्वस्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठक, सम्बन्धित अस्पताल र ‘सिटीइभिटी’का प्रतिनिधिसहित सोमबार मन्त्रालयमा बसेको संयुक्त बैठकले… पुरा पढौ

गण्डकीमा ७१ गभर्वती र सुत्केरीको हवाई उद्धार

गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार कार्यक्रमबाट हालसम्म प्रदेशका सात जिल्लाका ७१ जना लाभान्वित भएका छन् । स्थानीयस्तरमा उपचार सम्भव नभएका र ज्यान जोखिममा परेका महिलाहरुका लागि प्रदेश सरकारले विसं २०७६ देखि निःशुल्क हवाई उद्धार सेवा सुरु गरेको थियो । सरकारले गर्भवती र २८ दिनसम्मको नवजात शिशुको स्वास्थ्यमा जटिलता उत्पन्न भएमा अवस्था हरेर हेली उद्धार गरेर सुविधासम्पन्न अस्पतालमा उपचारको लागि यो कार्यक्रम ल्याएको हो । दुर्गम क्षेत्रका नजिकको स्वास्थ्य संस्थाले दिएको सिफारिसका आधारमा उद्धार हुने… पुरा पढौ

बागलुङ नगर अस्पताल भवन निर्माण: दुई वर्षमा सकिनु पर्ने काम तीन वर्षमा ४५ प्रतिशत

बागलुङ नगर अस्पताल भवन निर्माणको काम अलपत्र परेको छ । बागलुङ नगरपालिकाले सो अस्पताला निर्माणलाई गौरवको आयोजनाका रुपमा राखेको छ । भवन निर्माण कम्पनीले पटकपटक म्याद थपेर काम नगर्दा बागलुङ नगरपालिका–१३ पैयुपाटामा निर्माणाधीन अस्पतालको भवन निर्माण अलपत्र परेको हो । दुई वर्षमा काम सकिनुपर्ने भवनको अन्तिम म्याद सकिएपछि पनि तीन वर्ष समय गुज्रेको छ । तर भवनको काम अझै ४५ प्रतिशत बाँकी छ । यो भवन निर्माण गरेर नगरले धौलागिरि अस्पतालको विकल्पका रुपमा नगर अस्पताल सञ्चालनमा ल्याउने लक्ष राखेको थियो… पुरा पढौ

सरकारद्वारा वैशाखभर ‘खोज र खोप’ अभियान संचालन

सरकारले वैशाख महिनाभर खोप लगाउन छुटेका बालबालिकालाई ‘खोज र खोप’ अभियान सञ्चालन गरेको छ । सरकारले नियमित खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाउनका लागि ‘खोज र खोप’ अभियान सञ्चालन गरेको स्वास्थ्य सेवा विभागको खोप तथा बाल स्वास्थ्य शाखाले जनाएको छ । खोज र खोप अभियानमा १५ महिनामा लगाउनुपर्ने नियमित खोप लगाउन छुटेका पाँच वर्षदेखि मुनिका बालबालिकालाई १३ प्रकारका रोगविरुद्ध नौ प्रकारका खोप दिइने छ । सरकारले गत मङ्सिर र पुस महिनामा खोप लगाउन बाँकी रहेका बालबालिकाको तथ्याङ्क सङ्कलन… पुरा पढौ

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ,दीर्घकालीन प्रतिबन्धको तयारी

बेलायतले भविष्यका पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै दीर्घकालीन प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक पारित गरेको छ । जसलाई स्वास्थ्य क्षेत्रमा ठूलो मोडका रूपमा हेरिएको छ । संसद्बाट पारित यस कानूनले अबको पुस्तालाई चुरोटको पहुँचबाट क्रमशः टाढा लैजाने स्पष्ट सङ्केत दिएको छ । धूम्रपान नियन्त्रणका लागि दशकौँदेखि चलिरहेको अभियानपछि यो सफलता हासिल भएको भन्दै धूम्रपानविरुद्ध काम गर्ने संस्था ‘एक्सन अन स्मोकिङ एन्ड हेल्थ’ का प्रमुख कार्यकारी हेजल चिजम्यानले ‘धूम्रपानको अन्त्य अब टाढाको लक्ष्य होइन, अपरिहार्य प्रक्रिया बनिसकेको’ प्रतिक्रिया दिए । उनले… पुरा पढौ