स्वास्थ्य

प्राथमिक स्वास्थ्य केन्द्रमा दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन

म्याग्दी । पश्चिम म्याग्दीको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन भएपछि बिरामीलाई सास्ती भएको छ । थ्री फेज विद्युत् लाइन र स्पेपलाइजर ५० केभीए जडान नहु्ँदा दाताले दिएको मेसिन प्रयोगविहीन भएको हो । एक्सरे मेसिन प्रयोगमा नआउँदा बिरामीलाई सदरमुकाम बेनी आउनुपर्ने बाध्यता छ । लायन्स क्लब अफ म्याग्दी दरवाङको पहलमा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट–३२५ आई नेपालले उपलब्ध गराएको ५०० एमए एक्सरे मेसिन उपयोगहीन भएको लायन्स क्लब अफ दरबाङका अध्यक्ष थमन गौतमले जानकारी दिए । स्वास्थ्य केन्द्रमा पश्चिम म्याग्दीको… पुरा पढौ

सरकारी विद्यालयमा पढाउनेलाई निः शुल्क स्वास्थ्य बीमा

आँबुखैरेनी गाउँपालिकाले सरकारी विद्यालयमा छोराछोरी पढाउने परिवारलाई निःशुल्क स्वास्थ्य बीमाको सुविधा प्रदान गर्ने भएको छ । यसअघि गाउँपालिकाले सिफारिस दस्तुरमा ३० प्रतिशत छुट दिँदै आएको थियो । गाउँपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य सरकारी विद्यालयमा पठनपाठन गराउने निर्णय गरेको थियो । गाउँपालिकाको वडा नं ४, ५ र ६ का सरकारी विद्यालयमा पढाउने परिवारलाई निःशुल्क स्वास्थ्य बीमाको सुविधा दिन लागिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । “पहिलो चरणमा दुर्गम क्षेत्रका बासिन्दालाई प्राथमिकता दिन लागेका हाँै”, उनले भने, “स्वास्थ्य बीमा गरेपछि नागरिकले रु… पुरा पढौ

गाउँपालिकाले सरकारी विद्यालयमा पढाउनेलाई निः शुल्क स्वास्थ्य बीमा

तनहुँ । तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिकाले सरकारी विद्यालयमा छोराछोरी पढाउने परिवारलाई निःशुल्क स्वास्थ्य बीमाको सुविधा प्रदान गर्ने भएको छ । यसअघि गाउँपालिकाले सिफारिस दस्तुरमा ३० प्रतिशत छुट दिँदै आएको थियो । गाउँपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य सरकारी विद्यालयमा पठनपाठन गराउने निर्णय गरेको थियो । गाउँपालिकाको वडा नं ४, ५ र ६ का सरकारी विद्यालयमा पढाउने परिवारलाई निःशुल्क स्वास्थ्य बीमाको सुविधा दिन लागिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । “पहिलो चरणमा दुर्गम क्षेत्रका बासिन्दालाई प्राथमिकता दिन लागेका हाँै”, उनले भने, “स्वास्थ्य… पुरा पढौ

नेलम्बो नेपालद्वारा शिशु स्याहार परामर्श तथा बिकास परियोजना शुभारम्भ

पोखरा । विपन्न समुदाय र जैविक विविधता सहयोगी संस्था (नेलम्बो नेपाल) ले शिशु स्याहार परामर्श तथा बिकास परियोजना शुभारम्भ गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर ४ वडा अध्यक्ष देवकृष्ण पराजुलीले मंगलवार शुभारम्भको घोषणा गरेका हुन् ।शिशु जन्मनु पूर्व र जन्मेको ६ बर्ष सम्मका बालबालिका तथा उनीहरुका अभिभाबकहरुकालागि परियोजनाले आवश्यक जानकारी दिने नेलम्बो नेपालका स्वास्थ्य प्रबर्द्दन अधिकृत निर्मला देवकोटाले जानकारी दिइन् । परियोजनाले बालबालिकाहरुको नियमित पालनपोषण, स्याहार, विकास र संरक्षणको बारेमा उनीहरिका अभिभाबक र संरक्षकहरुलाई परामर्श सेवा प्रदान गर्ने शुभारम्भ… पुरा पढौ

निशुल्क आखाँ शिविरमा १ सय ८२ जना पत्रकारको आँखा जाँच

पोखरा । नेत्र ज्योति संघको आयोजना र नेपाल पत्रकार महासंघको समन्वयमा सोमबार आयोजना गरिएको एक दिने निशुल्क आँखा शिविरमा १ सय ८२ जना पत्रकारको आखाँ चेकजाँच गरिएको छ । पत्रकार महासंघ कास्की परिसरमा महासंघको ६७ औं स्थापना दिवस र नेत्रज्योति संघको ४५ औं स्थापना दिवसको अवसर पारी सोमबार सो शिविर गरिएको हो । जस अनुसार चेकजाँचमा सहभागी मध्ये ३५ जनालाई चस्मा वितरण गरिएको छ भने १ सय ५ जनालाई औषधी वितरण गरिएको नेत्रज्योति संघ कास्की सचिव सुरेन्द्र थापाले बताए ।… पुरा पढौ

पर्वतमा प्रभावकारी भएन किशोर–किशोरी मैत्री स्वास्थ्य सेवा

पर्वतमा किशोर–किशोरी मैत्री स्वास्थ्य सेवा प्रभावकारीरुपमा सञ्चालन हुन सकेको छैन । गत वर्षदेखि जिल्लका १३ स्वस्थ्य संस्थाबाट सेवा प्रदान गर्ने गरी कार्यक्रम अघि बढाइएको थियो । विभिन्न समस्यामा परेका किशोर–किशोरीलाई स्वस्थ्य सेवा परामर्शमार्फत समाधान गर्नका लागि यो कार्यक्रम सञ्चालन सुरु गरिए पनि दक्ष जनशक्ति, उचित व्यवस्थापन, गोपनीयता र सूचना तथा सञ्चारको अभावले कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको हो । पछिल्लो समय किशोर–किशोरीमा मानसिक समस्या, लागुऔषध दुव्र्यसनी, सडक दुर्घटना, आत्महत्याको समस्या बढ्दै जाँदा समाजमा विभिन्न घटना घट्दै गएका छन् ।… पुरा पढौ

एकै दिन १६ जनमा कोरोना सङ्क्रमण

काठमाण्डौं । कोरोना भाइरसको सङ्क्रमण आज पनि बढेको छ । यसअघि चैत ९ गते १७ जनामा देखिएको सङ्क्रमण आज फेरि १६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार आज नौ सय २१ जनामा गरिएको परीक्षणमा १६ जनामा सङ्क्रमण देखिएको छ । चैत १० गते एक हजार पाँच सय १४ जनामा गरिएको परीक्षणमा दुई र चैत ११ गते एक हजार दुई सय ७२ जनामा गरिएको परीक्षणमा तीनजनामा सङ्क्रमण देखिएको थियो । सङ्क्रमित बढेसँगै सक्रिय सङ्क्रमित पनि बढेको पाइएको छ… पुरा पढौ

विश्व क्षयरोग दिवस: बागलुङमा बर्सेनि थपिन्छन् क्षयरोगका बिरामी

बागलुङ । बागलुङमा हरेक वर्ष क्षयरोगी बिरामी बढ्दै गएका छन् । पछिल्लो तीन वर्ष तथ्याङ्कअनुसार बागलुङमा क्षयरोगको सङ्क्रमण फैलिँदो अवस्था देखिएको हो । आर्थिक वर्ष २०७७र७८ जिल्लाभर एक सय ६६ जना क्षयरोगका बिरामी थिए । यो सङ्ख्या बढेर २०७८र७९ मा एक सय ८५ मा पुगेको थियो । चालु आर्थिक वर्षको आठ महिनामा मात्रै जिल्लाभर एक सय २९ जनामा क्षयरोग सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले बताए। अघिल्लो वर्ष पहिचान भएकामध्ये केही नियमित औषधि सेवनपछि निको भएका… पुरा पढौ

ठेकेदारको लापरवाहीले स्वास्थ्यचौकी अलपत्र

ढोरपाटन । बागलुङको तमानखोला गाउँपालिकाका स्थानीयले स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाइमा उपचार गराउँदै आएका छन् । यहाँ अहिलेसम्म ठूलो अस्पताल बनेका छैनन् । सरकारको ‘एक पालिका, एक आधारभूत अस्पताल’को नीतिअनुसार वडा नं ५ को खुङ्खानीमा तमानखोला आधारभूत अस्पताल निर्माणाधीन अवस्थामा छ । दुई वर्ष अगाडिदेखि निर्माण सुरु भएको उक्त अस्पताल ठेकेदारको लापरवाहीका कारण अहिलेसम्म सम्पन्न हुनसकेको छैन । निर्माणाधीन अस्पताल अहिले अलपत्र बनेको छ । गाउँमै पालिकास्तरीय अस्पताल बन्न थालेपछि खुसी भएका स्थानीय लामो समयदेखि काम नहुँदा निराश बनेका छन्… पुरा पढौ

गल्याङमा प्राकृतिक चिकित्सालय निर्माण सुरु

स्याङ्जा । स्याङ्जाको गल्याङ–१ मालुङ्गा उत्तरबाहिनीमा प्राकृतिक चिकित्सालयको भवन निर्माण थालिएको छ । प्राकृतिक चिकित्सा पद्धतिबाट गरिने उपचार प्रभावकारी बन्दै गएपछि दीर्घकालीन रोगका बिरामीलाई सेवा दिने उद्देश्यले चिकित्सालयको निर्माण थालिएको हो । चिकित्सालयको बिहीबार नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं प्रतिनिधिसभा सदस्य धनराज गुरुङले शिलान्यास गर्नुहुदै निर्माणाधीन भवन समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे । उनले चिकित्सालयको थप व्यवस्थापनका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाएका थिए । आकस्मिक र भाँच्चिएका वा तत्कालै सेवा लिनुपर्नेबाहेकका दीर्घकालीन रोगका बिरामीको उपचारलाई लक्षित गरी चिकित्सालय… पुरा पढौ