स्वास्थ्य

भारतमा थप एक लाख ६८ हजार नयाँ सङ्क्रमित

नयाँदिल्ली। भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप एक लाख ६८ हजार ६३ जना नयाँ सङ्क्रमित भएका छन् । यो सङ्ख्या अघिल्लो दिनको तुलनामा ११ हजार ६६० ले कम भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जनाएको छ । सोमबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो २४ घण्टामा भारतमा एक लाख ७९ हजार ७२३ जना सङ्क्रमित भएको उल्लेख गरिएको थियो । मन्त्रालयका अनुसार थपिएका नयाँ सङ्क्रमितहरु मध्ये चार हजार ४६१ जना कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा रहेको ओमिक्रोन भाइरसबाट सङ्क्रमित भएका छन् ।… पुरा पढौ

दुर्गमका नागरिकलाई निःशुल्क उपचार सेवा

पाल्पा । पाल्पाकै विकट र दुर्गम मानिने निस्दी गाउँपालिकामा सञ्चालन भएको आँखा शिविरले स्थानीयवासीलाई राहत पुगेको छ । यहाँको निस्दी गाउँपालिका–२ मा सञ्चालित निःशुल्क उक्त शिविरमा गाउँमै सेवा पाउँदा स्थानीयवासी उत्साहित भएका हुन् । गाउँका १२६ जनाले सेवा लिएका शिविरमा उक्त शिविर निस्दी–२ को आयोजना तथा नेपाल नेत्रज्योति सङ्घ, जिल्लास्थित कालीगण्डकी आँखा उपचार केन्द्रले प्राविधिक सहयोग उपलब्ध गराएको थियो । गाउँबासीलाई सहजरुपमा सेवा दिन शिविर आयोजना गरिएको वडाध्यक्ष पूर्णबहादुर बाकाबलले जानकारी दिए । शिविरमा १०४ जनालाई निःशुल्क औषधि, १५ जनालाई… पुरा पढौ

आजदेखि ३५ हजार विद्यालयहरु बन्द

सरकारले आज (मंगलबार)देखि आधारभूत र माध्यमिक तहका विद्यालयहरु बन्द गराएको छ। कोभिड–१९ को संक्रमणमा बृद्धि भएपछि सरकारले आजदेखि १५ माघसम्मका लागि बन्द गरेको हो। २५ पुसको सीसीएमसीसीको सिफारिस र त्यसको भोलिपल्ट शिक्षा मन्त्रालयको निर्णयअनुसार आजदेखि लागू हुनेगरी देशभरका ३५ हजार विद्यालयमा पठनपाठन बन्द भएको हो। विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानको पठनपाठनका विषयमा भने कुनै निर्णय भएको छैन। यद्यपि, परीक्षाका कार्यक्रम भने जनस्वास्थ्य मापदण्ड अपनाएर संचालन गर्न भनिएको छ। बिदाको अवधिमा विद्यालयहरूले सिकाइ सहजीकरण निर्देशिका, २०७७ अनुसार विद्यार्थीको सिकाईमा आवश्यक सहजीकरणको प्रबन्ध… पुरा पढौ

माक्स खोई अभियानमा तुल्सीघाट प्रहरी

पोखरा । पोखरा ९ तुल्सीघाट स्थित अस्थायी प्रहरी विटका प्रहरी तथा समाजसेवीहरुको सहयोगमा १५ सय माक्स वितरण गरिएको छ । सोमबार विहान ६ वजेदेखि नै तुल्सीघाटमा रहेको पक्कि पुलमा आउने तथा जाने सवारी साधनहरुमा चालक तथा यात्रुहरु, विद्यार्थीहरु, सर्वसाधारण पैदल यात्रुहरुलाई विटमा कार्यरत प्रहरी हवल्दार जनक धामीको नेतृत्वमा प्रहरी जवानहरुले माक्स वितरण गरेका थिए । दैनिक कोरोनाको नयाँ प्रजाती ओमीक्रोनको प्रकोप वढ्दै गएकोले माक्स अनिवार्य गराउन तथा जनचेतनाको लागि अभियान थालिएको सामुदायिक प्रहरी सेवा तथा सामुदायिक सेवा केन्द्र पृथ्वीचोकका सचिव… पुरा पढौ

विद्यालय बन्द गर्ने निर्णय भएको छैन: शिक्षा मन्त्रालय

कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले आगामी माघ १५ गतेसम्म सबै विद्यालय बन्द गर्न सिफारिस गरेपनि शिक्षा मन्त्रालयले भने विद्यालय बन्द गर्ने विषयमा अहिलेसम्म कुनै निर्णय नगरेको जनाएको छ। सीसीएमसी व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले नेपालमा कोरोनाको तेस्रो लहर सुरु भएको भन्दै कम्तीमा पनि माघ १५ गतेसम्म देशभरीका सबै विद्यालयमा बिदा दिनुपर्ने निर्णय गरेको थियो। सीसीएमसीले कम्तिमा पनि १५ दिन विद्यालय बन्द गर्न सिफारिस गरे पनि अहिलेसम्म यस विषयमा कुनै निर्णय नभएको शिक्षामन्त्रीको सचिवालयले जनाएको छ। सीसीएमसी व्यवस्थापन… पुरा पढौ

भीरकोट नगर अस्पतालमा सौर्य उर्जा जडान

स्याङ्जा । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी नेपाल) को आर्थिक सहयोगमा स्याङ्जाको भीरकोट नगर अस्पतालमा सौर्य उर्जा जडान गरिएको छ । विद्युत् आपूर्तिमा पटक पटक समस्या देखिएपछि वैकल्पिक व्यवस्थापनका लागि नगरपालिकाबाट माग भई आएकाले युएनडिपी नेपालको रु ४० लाखको लागतमा सौर्य उर्जा जडान गरिएको युएनडिपी नेपालका गण्डकी लुम्बिनी प्रदेश प्रमुख सुदिप अर्यालले जानकारी दिए । अस्पतालमा १० केभिए क्षमताको ३० वटा सौर्य उर्जा प्यानल जडान गरिएको छ । कोभिड– १९ का समयमा आइसोलेशन सेन्टरकारुपमा रहेको यस अस्पतालको सेवा प्रवाहलाई… पुरा पढौ

भारतमा थप एक लाख ५९ हजार भन्दा बढी कोरोना सङ्क्रमित, ओमिक्रोनका सङ्क्रमति तीन हजार ६०० नाघ्यो

नयाँदिल्ली । भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख ५९ हजार ६३२ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म तीन करोड ५५ लाख ८ हजार सङ्क्रमित भएका छन् । हाल यहाँ तीन हजार ५२३ जना ओमिक्रोनका सङ्क्रमित रहेका पनि सो मन्न्त्रालयले आइतबार जानकारी दिएको छ । ओमिक्रोनका ती सङ्क्रमितहरुमा एक हजार ४०९ जना भने कोरोना मुक्त भएका जनाइएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या… पुरा पढौ

कैदीबन्दीमा मधुमेहको समस्या

दाङ । दाङको तुलसीपुरस्थित कारागारका कैदीबन्दीमा मधुमेहको समस्या देखिएको छ । कारागारका २२ बन्दीमा सो रोगको समस्या देखिएको हो । तीमध्ये पाँच जनामा मधुमेहको मात्रा नियन्त्रणभन्दा बाहिर रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयका निमित्त निर्देशक महेशकुमार खनालले जानकारी दिए । “हामीले कारागारमा मधुमेहका बिरामीका लागि स्वास्थ्य जाँच गर्दा २२ जनामा मधुमेहको समस्या देखिएको थियो”, उनले भने, “तीमध्ये पाँच जनामा नियन्त्रणभन्दा बाहिर थियो ।” शनिबार विजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयको प्राविधिक सहयोगमा कारागारका बन्दीको निःशुल्क स्वास्थ्य परीक्षण गरी आयुर्वेदिक औषधिसमेत प्रदान गरिएको थियो ।… पुरा पढौ

एकपछि अर्काे गर्दै शिर्षनेताहरु आइसोलेशनमा

काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की होमआइसोलेशनमा बसेका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठलाई शनिबार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि मन्त्री कार्की होमआइसोलेशनमा बसेका हुन् । सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री कार्कीे सत्ता गठबन्धनको शुक्रबारको बैठकमा सहभागी भएका थिए । उनले पिसीआर परीक्षण गरेर नतिजा आएपछि मात्रै नियमित भेटघाट र काममा फर्कने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा पनि शनिबारदेखि आइसोलेशनमा बसेका छन् । आज उनको पिसिआर परिक्षण गरिने छ । माओवादीका… पुरा पढौ

कोरोनाका कारण १५ दिन शैक्षिक संस्था बन्द गर्न माग

नेपाली कांग्रेसका नेता नैनसिंह महरले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै १५ दिन शैक्षिक संस्था बन्द गर्नुपर्ने बताएका छन् । थारु विद्यार्थी सङ्घ केन्द्रीय समितिको आयोजनामा ‘ओमिक्रोन र शैक्षिक क्षेत्रमा यसले निम्त्याउने सङ्कट’ विषयक अन्तक्र्रियामा उहाँले मुलुकमा पुनः कोरोनाको जोखिम बढेकाले बालबालिकालाई त्यसको खतराबाट बचाउनुपर्नेमा जोड दिएका हुन् । नेपाल विद्यार्थी सङ्घका अध्यक्षसमेत रहेका उनले सरोकार निकायसँगको परामर्शका आधारमा स्थानीय, प्रदेश र केन्द्रीय सरकारले नै चाँडै कोरोना रोकथामको नीति अवलम्बन गर्न आवश्यक रहेको बताए । कोरोना महामारी नियन्त्रणमा… पुरा पढौ