स्वास्थ्य

कोरोना सङ्क्रमणको प्रतिकार्यमा जुट्यो प्रदेश सरकार

कर्णाली । कोभिड–१९ सङ्क्रमण पुनः बढ्न थालेपछि कर्णाली प्रदेश सरकार प्रतिकार्यमा जुटेको छ । कोभिड–१९ रोकथाम, निदान र उपचारसम्बन्धी कामलाई प्रभावकारी बनाउन गठित प्रदेशस्तरीय निर्देशक समितिको आज बसेको बैठकले परीक्षणको दायरा बढाउन, एम्बुलेन्सलाई तयारी अवस्थामा राख्न र खोप अभियान समुदायस्तरसम्म पु¥याउन मातहतका निकायलाई निर्देशन दिएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीका अध्यक्षतामा बसेको बैठकले कोभिड–१९ को पछिल्लो अवस्था, रोकथामका लागि अपनाइएका प्रयास र चुनौतीका बारेमा समीक्षा ग¥यो । मुख्यमन्त्री शाहीले प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय, स्थानीय तहको संयुक्त प्रयासबाट सङ्क्रमण रोकथाममा… पुरा पढौ

थप आठ सय १५ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि, पाँचको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा आठ सय १५ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ भने सङ्क्रमणका कारण पाँच जनाको मृत्यु भएको छ । सो अवधिमा चार हजार पाँच सय ३४ जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार चार सय ११ जनाको पिसीआर र दुई हजार एक सय २३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सो अवधिमा चार सय ७६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ७४… पुरा पढौ

विद्यालयमा विद्यार्थी बेहोस हुने समस्या

बझाङ । स्थानीय बित्थडचीर गाउँपालिका–१ मा रहेको केदार माध्यमिक विद्यालयका छात्रा बेहोस हुन थालेका छन् । आइतबार सात छात्रा बेहोस भएकामा सोमबार सात र मङ्गलबार दुई छात्रा बेहोस भएका हुन् । उनीहरुको दुई घण्टापछि होस आएको विद्यालयका प्रधानाध्यापक विष्णु सिंह बोहराले बताए । उनले भने,“विद्यार्थी एक पछि अर्को हुँदै बेहोस भए । पहिलो दिन एकजना बेहोस भएपछि लगातार अरु पनि बेहोस हुनथाले ।” बेहोस् भएका सबैलाई घर पठाएर दोस्रो दिन स्वास्थ्यचौकीमा जाँच गराइएको उनले बताए । बेहोस भएका छात्रामा नबोल्ने… पुरा पढौ

लमजुङका दुई विद्यालयको विद्यार्थी र शिक्षकमा भाइरल ज्वरो देखियो

लमजुङका दुई विद्यालयका विद्यार्थी र शिक्षकमा भाइरल रुघाखोकी र ज्वरो देखिएको छ । बेंसीशहर नगरपालिका–७ को जनविकास मावि र युनिर्भसल एकेडेमीका विद्यार्थी र शिक्षकमा भाइरल रुघाखोकी र ज्वरो देखिएको हो । ती विद्यालयहरुमा भाइरल रुघाखोकी र ज्वरो देखिएपछि विद्यालय नै बन्द गरिएका छन्। जनविकास माविका डेढ सयभन्दा बढी बिरामीमा रुघाखोकी र ज्वरोको समस्या देखिएको छ । विद्यालय आएका ५० भन्दा बढी विद्यार्थीमा समस्या देखिएको र एक सय बढी विद्यार्थी बिरामीका कारण विद्यालयमा उपस्थित हुन नसकेपछि बुधबार र बिहीबार विद्यालय बन्द… पुरा पढौ

भारतमा १६ हजारभन्दा बढीमा कोरोना सङ्क्रमित

भारतमा एक दिनमा १६ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १६ हजार ४७ नयाँ सङ्क्रमित भएका हुन् । यसैसँगै भारतमा हाल कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ४१ लाख ९० हजार ६ सय ९७ सङ्घीय स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको छ । भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख २८ हजार दुई सय ६१ रहेको छ । कोरोना सङ्क्रमणबाट बितेको २४ घण्टामा ५४… पुरा पढौ

अमेरिकामा ९९ प्रतिशत मङ्कीपक्सको सङ्क्रमण पुरुषमा

अमेरिकामा देखिएका मङ्कीपक्सका सङ्क्रमितहरुमध्ये ९९ प्रतिशत सङ्क्रमित पुरुष रहेका एक अध्ययनले देखाएको छ । अमेरिकाको सेन्टर्स् फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनले हालै गरेको एक अध्ययनमा सो तथ्य भेटिएको बताइएको छ । यही अगष्ट ५ मा सार्वजनिक गरिएको सो रिपोर्टमा उक्त कुरा देखिएको हो । सो अनुसन्धान रिपोर्टमा देखाइएअनुसार यसरी पाइएका ९९ प्रतिशत मङ्कीपक्सका सङ्क्रमितहरुमा पनि पुरुषबाट पुरुषमा नै सरेका पाइएको समाचारमा उल्लेख गरिएको छ । अमेरिकामा देखिएको यो भाइरसको मे १७ देखि जुलाई २२ सम्मको तथ्याङ्का गरिएको अनुसन्धानमा यो तथ्य… पुरा पढौ

प्रतिनिधिसभा : ‘स्वास्थ्य बीमा कार्यक्रम निजी क्षेत्रलाई दिनु हुँदैन ’

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले स्वास्थ्य बीमा कार्यक्रम निजी क्षेत्रलाई जिम्मा लगाउन खोजिएको भन्दै आपत्ति जनाएको छ । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनासाथ एमालेका सांसद खगराज अधिकारीले चालु आवको बजेटको बुँदा नं १५१ मा गरिएको व्यवस्थानुसार निजी क्षेत्रलाई जिम्मा लगाउन खोजिएको बताए । पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री अधिकारीले स्वास्थ्य बीमा कार्यक्रमलाई असफल बनाउन खोजिएको आरोप लगाए । सोही दलका सांसद महेश बस्नेतले मङ्गलबार रातिको अविरल वर्षाका कारण आएको बाढीका कारण काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा डुबानमा परेको जनाउँदै प्रभावितलाई… पुरा पढौ

जर्मनीमा बच्चामा पनि भेटियो मङ्कीपक्सको सङ्क्रमण

जर्मनीमा बच्चामा पनि मङ्कीपक्सको सङ्क्रमण भेटिएको बताइएको छ । यहाँका चार बर्षीया एक बालिकामा यो सङ्क्रमण पाइएको जर्मनीको रोबर्ट कोच इन्स्टिच्युटले सो जानकारी दिएको हो । उक्त इन्स्टिच्युटले दिएको जानकारीअनुसार यहाँ १५ र १७ वर्षका दुई जना किशोर सङ्क्रमित रहेका र उनीहरुसँगै बस्दै आएकी यी बालिकामा पनि सो सङ्क्रमण भेटिएको उक्त इन्स्टिच्युटले मङ्गलबार जनाएको छ । जर्मनीमा गएको मे महिनादेखि मङ्कीपक्सको सङ्क्रमण देखिएको हो । यहाँ अहिलेसम्म दुई हजार नौसय भन्दा बढीमा यो सङ्क्रमण भेटिइसकेको छ । तर बच्चामा भने… पुरा पढौ

पोखरामा लागु औषधसहित ४ जना पक्राउ

कास्की प्रहरीले पोखरामा लागु औषधसहित ४ जनालाई पक्राउ गरेको छ। कास्कीको अन्नपूर्ण–९ इन्द्रबहादुर गुरुङ, पोखरा–१३, बाँझापाटनका विकास गुरुङ, भलामका सावन बि.क. र बगालेटोलका कुमार गुरुङलाई लागु औषधसहित पक्राउ गरेको हो। खत्रीचोक बस्दै आएका इन्द्रमानको साथबाट गत शनिबार डाइजापाम ५३, फेनेरागन ५३, एम्पुल नर्फिन ५३ गरी १५९ एम्पुल लागु औषधसहित प्रहरीले पक्राउ परेका हुन्। उनलाई लागु औषधसहित मुद्दामा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको कास्की प्रहरीले जनाएको छ। त्यस्तै, विकास गुरुङले चलाउने स्कूटरबाट गत शनिबार डाइजापाम… पुरा पढौ

पोखरा ट्रेडमलको रक्तदान कार्यक्रमा ८४ युनिट रगत संकलन

पोखरा श्रावण २४ गते पोखरा टे«ड मल एण्ड हाउजिङ्ग प्रा.लिले मंगलबार आयोजना गरेको रक्तदान कार्यक्रममा ८४ युनिट रगत संकलन भएको छ । पोखरा ट्रेडमलले आफ्नो दशौं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रमको प्रदेश मामिला मन्त्री विन्दुकुमार थापाले पहिलो रक्तदातालाई ब्लडब्याग हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गरेका थिए । प्रा.लिका प्रबन्ध निर्देशक श्री मिनराज काफ्ले ज्यूको अध्यक्षतामा भएको कार्यक्रममा प्रालिका सञ्चालक सन्तोष कुमार घिमिरेले स्वागत गरेको कार्यक्रममा स्थानिय बुद्धमार्ग टोल विकास समितिका अध्यक्ष तथा नेपाल यातायात व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष ऐनकुमार साई… पुरा पढौ