स्वास्थ्य

नसर्ने रोगहरूको पहिचानका लागि एक महिने अभियान आजदेखि सुरु

गण्डकी । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेलले जनतालाई रोगी बन्न नदिने रणनीति तय गर्न आवश्यक भएको बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आजदेखि सुरु गरिएको नसर्ने रोगहरूको पहिचानका लागि एक महिने अभियानको आज पोखरास्थित शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र नयाँबजारमा शुभारम्भ गर्दै उनले यसरी नै बिरामी बढ्दै गएको अवस्थामा राज्यले जति लगानी गरेपनि प्रतिफल प्राप्त नहुने स्थिति रहेको बताए । “जनतालाई रोगी बन्न नदिने रणनीति तय गर्न आवश्यक छ”, उनले भने, “निरोधात्मक क्षेत्रको कामलाई प्रभावकारी बनाउनका लागि अभियान सुरु गरिएको… पुरा पढौ

मुटु सम्वन्धी निशुल्क स्वास्थ्य शिविरको तयारी पुरा

पोखरा । पोखराको बाटुलेचौरमा आयोजना हुने मुटु सम्वन्धी निशुल्क स्वास्थ्य शिविरको सम्पुर्ण तयारी पुरा भएको छ । पोखराकै अग्रणी सामाजिक संस्था हिमालय क्लवको आयोजनामा यही फागुन ३ गते आयोजना हुने शिविरको आन्तरिक बाहेकका अन्य तयारी पुरा भएकोे क्लवका अध्यक्ष मोहन थापाले जानकारी दिए । जयन्ती मेमोरियल ट्रष्ट र मातृशिशु मितेरी प्रादेशिक अस्पतालको सहयोगमा हुने शिविरमा सुगर प्रेसर सहित निशुल्क ईको र ईसिजी सेवा प्रदान गरिने कार्यक्रम संयोजक शिवराज देवकोटाले बताए । शिविरमा काडियोलोजिष्ट डा मनोज कोईराला, कन्सल्टेन्ट फिजिसियन डा सुनिल… पुरा पढौ

लेखनाथ सहकारीको स्थापना दिवसमा रत्तदान

लेखनाथ । लेखनाथ वचत तथा ऋण सहकारी सस्थाको १७औं स्थापना दिवस तथा १६ औं वार्षिकोत्सवका अवसरमा राखिएको रत्तदानमा ५४ युनिट रगत संकलन भएको छ । लेखनाथ वचत तथा ऋण सहकारी सस्थाको आयोजना र लायन्स क्लव अफ सेभेन लेकसिटी र अर्घौ वजार ब्यवस्थापन समितिको सहकार्यमा राखिएको संयुत्त रत्तदानका पहिलो रत्तदाता रमेश जि सीलाई ब्लड ब्याग हस्तान्त्रण गर्दै पोखरा महानगरपालिका वडा नं २६ का अध्यक्ष नरेन्द्र थापाले सहकारीले नाफाका लागि आर्थीक कारोवार मात्र होईन सामाजिक उत्तरदाइत्वलाई मनन गर्दै गरेको कामले समाजमा सकरात्म… पुरा पढौ

तीन हजार पाँच सयजनाको निशुल्क मुटु जाँच

गोरखा । गोरखामा सञ्चालित दुई दिनको निःशुल्क मुटु स्वास्थ्य शिविरमा तीन हजार पाँच सय १० जनाले जाँच गराएका छन् । सदरमुकामस्थित गोरखा अस्पतालमा सम्पन्न शिविरमा सर्वसाधारणले मुटु जाँच गराएको आयोजक रोटरी क्लब अफ गोरखाका अध्यक्ष विनोदकुमार बस्यान्तले जानकारी दिए । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराई नेतृत्वको ३२ जनाको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले शिविरमा आएकाहरुको मुटु जाँच गरेका थिए । शिविरमा जाँच गराएकामध्ये २८ जनाको मुटुको शल्यक्रिया गर्नुपर्ने देखिएको डा भट्टराईले बताए । ‘‘मुटु… पुरा पढौ

प्रधानमन्त्रीद्वारा क्यान्सरविरुद्ध खोप अभियानको शुभारम्भ

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व क्यान्सर दिवसका अवसरमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानको शुभारम्भ गरेका छन । बालुवाटरस्थित शिवपुरी उच्च माध्यामिक विद्यालयमा आज आयोजित एक कार्यक्रममा काठमाडौँ महानगरपालिका–३ का स्वस्थ्यकर्मीलाई खोपसामग्री प्रदान गरेर अभियानको शुभारम्भ गरेका हुन। सरकारले किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउनका आजदेखि फागुन ६ गतेसम्म खोप अभियान सञ्चालन गर्दै छ । खोप अभियानमा देशभरका कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ९०० किशोरीलाई खोप… पुरा पढौ

आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपिभी खोप’ लगाईदै

काठमाडौँ । आज फेबु्रअरी ४ अर्थात् विश्व क्यान्सर दिवस । यही दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपिभी खोप’ दिँदैछ । विद्यालय केन्द्रित यो खोप अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन गर्न लागिएको हो । नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले मुलुकभर एपिभी खोप अभियान सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर करिब १७ लाख किशोरीलाई खोप दिन… पुरा पढौ

सहकारी द्वारा निःशुल्क स्वास्थ्य शिबिर

पोखरा । दर्शन बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना तथा रिजनल हस्पिटल प्रा.लि. जिरो कि.मी.पोखरा को प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाल ठकुरी संगम परिवार कास्कीको प्राङ्गणमा सम्पन्न कार्यक्रममा रिजनल हस्पिटलका डाक्टर तथा प्राविधिकहरुको सहयोगमा मुटु रोग तथा महिला प्रसुती तथा स्त्री रोग, सुगर, प्रेसर, ल्याब, ईको, इसिजि सेवा निःशुल्क सेवा प्रवाह गरिएको थियो । स्वास्थ्य शिविरमा अतिथिहरु ठकुरी महिला परिवार कास्कीको अध्यक्ष सरस्वती हमाल, ठकुरी भू।पू। परिवार कास्कीको पुर्व अध्यक्ष फम सिंह, ठकुरी… पुरा पढौ

रजत महोत्सव अवसरमा होली माउण्टमा नि:शुल्क दन्त शिविर

माघ १८ पोखरा । पोखरा– २९ भण्डारीढिकस्थित होली माउण्ट अंग्रेजी माविले रजत महोत्सवको पूर्व सन्ध्यामा निशुल्क दन्त शिविर तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय स्थापनाको २५ वर्ष पुगेको उपलक्ष्यमा अभिभावक र विद्यार्थी लक्षित गरी निशुल्क दन्त शिविर आयोजना गरेको विद्यालयका संस्थापक प्रिन्सिपल तोलाकान्त न्यौपानेले जानकारी दिए । उक्त अवसरमा २०८१ को खेलकुद पुरस्कार वितरण तथा विविध सांस्कृति कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । माता मनकामना डेन्टल केयर पोखरा न्यूरोडको प्राविधिक सहयोगमा भएको उक्त शिविरमा अभिभाव र विद्यार्थी… पुरा पढौ

बागलुङको ‘कालो टीका’ अभियानले घरमा सुत्केरी हुने घटे

बलेवा । स्वास्थ्य संस्थामा प्रसूति गराउँदा आमा र बच्चाको स्वास्थ्य जोखिममा नपर्ने तथा केही समस्या भए तत्काल उपचारको व्यवस्था गर्न सकिने भएकाले ‘होम डेलीभरी’लाई शून्यमा झार्ने अभियानस्वरुप यहाँका आमा समूहले घरमा कालो टीका लगाइदिने गरेका छन् । निसीखोला गाउँपालिकाका अधिकांश वडाका समुदायमा रहेका आमा समूहले यो विधिलाई अवलम्बन गरेका छन् । त्यसबाहेक अन्य पालिकामा पनि ‘साथ’ विधिका रूपमा यो अभ्यास भएको छ । निसीखोला–६ तिर्खापानी आमा समूहकी सदस्य निरुता बुढा गत कात्तिक १४ गते घरमै सुत्केरी भएपछि आमा समूहले उहाँको… पुरा पढौ

नेपालमा पाठेघरको क्यान्सरले दैनिक ४ जनाको मृत्यु

नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण दैनिक चार जनाको मृत्यु हुने गरेको छ । नेपालमा महिलामा हुने क्यान्सरमध्ये स्तन क्यान्सर पछि दोस्रो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सर बर्सेनी दुई हजार एक सय ६९ जनालाई हुने गरेको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत प्रकाश पाठकले जानकारी दिए । तीमध्ये ६१ प्रतिशत अर्थात् एक हजार तीन सय १३ जनाको बर्सेनी मृत्यु हुने गरेको उनले बताए । ह्युमन पापिलोमा भाइरस (एचपीभी)को दुई सयभन्दा बढी प्रजातिमध्ये १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने मुख्य कारक हुन्… पुरा पढौ