
पोखरा । पोखराको बाटुलेचौरमा आयोजना हुने मुटु सम्वन्धी निशुल्क स्वास्थ्य शिविरको सम्पुर्ण तयारी पुरा भएको छ ।
पोखराकै अग्रणी सामाजिक संस्था हिमालय क्लवको आयोजनामा यही फागुन ३ गते आयोजना हुने शिविरको आन्तरिक बाहेकका अन्य तयारी पुरा भएकोे क्लवका अध्यक्ष मोहन थापाले जानकारी दिए । जयन्ती मेमोरियल ट्रष्ट र मातृशिशु मितेरी प्रादेशिक अस्पतालको सहयोगमा हुने शिविरमा सुगर प्रेसर सहित निशुल्क ईको र ईसिजी सेवा प्रदान गरिने कार्यक्रम संयोजक शिवराज देवकोटाले बताए । शिविरमा काडियोलोजिष्ट डा मनोज कोईराला, कन्सल्टेन्ट फिजिसियन डा सुनिल गौतम, डा विवेक लामिछाने र डा विज्ञान लामिछानेको टोलीले सेवा प्रदान गर्ने संयोजक देवकोटाले जानकारी दिए ।
बाटुलेचौरस्थित कालिका भवनमा हुने शिविरमा प्रेसर, मुटुको भल्व फेरेका, हृदयघात भएका, जन्मजात सर्जरी गरेका र स्टेन्थ हालेका विरामीलाई लक्षित गरिएको बताईएको छ । शिविरको व्यवस्थापन गर्न देवकोटाको संयोजकत्वमा क्लवका पुर्व अध्यक्ष सुशील वस्नेत र सुन्दर थापा सदस्य रहेका छन् ।
समितिले मुटु सम्वन्धी निशुल्क स्वास्थ्य शिविरमा सहभागी भई सेवा लिन आग्रह समेत गरेको छ ।शिविरमा अर्मला प्राथामिक स्वास्थ्य केन्द्रको प्राविधिक सहयोग, संरक्षण आमा समुह र कालिका मन्दिर कोत मामलियत व्यवस्थापन समितिको सहकार्य रहने क्लवले जनाएको छ । क्लवले यस अघि पनि निशुल्क स्वास्थ्य शिविर संचालन गरेको थियो ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।