स्वास्थ्य

गोरखाको बगुवामा आँखा केन्द्र स्थापना

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकास्थित बगुवामा सहिद स्मृति आँखा उपचार केन्द्र स्थापना गरिएको छ । गाउँपालिका भित्रका नागरिकलाई आँखाको उपचारका लागि अन्यत्र धाउन नपरोस् भन्ने उद्देश्यले सोमबारदेखि गाउँपालिका–५ स्थित बगुवा स्वास्थ्य चौकीको भवनबाट आँखा उपचार केन्द्र सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिए । गाउँपालिकाले लायन्स आँखा सेवा केन्द्रको सहकार्यमा आँखा उपचार केन्द्रको शुभारम्भ गरेको हो । “सेवा केन्द्र सञ्चालनमा आएसँगै अब पालिकावासीहरु आँखाको उपचारका लागि अन्त जानु पर्दैन,” अध्यक्ष बन्जराले भने, ‘‘आँखाको उपचार सहज रुपमा उपलब्ध गराउने… पुरा पढौ

गण्डकीमै पहिलो पटक एआई एक्सरे मेसिन सञ्चालनमा

बलेवा । गण्डकी प्रदेश सरकारले (आर्टिफिसियल इन्टिलिजेन्स) एआई एक्सरे मेसिन सञ्चालनमा ल्याएको छ । छाती रोगसम्बन्धी खोजपड्तालका लागि गण्डकी प्रदेशमा नै पहिलो पटक बागलुङको गलकोटबाट सेवा शुभारम्भ भएको हो । गलकोट नगरपालिका–११ रिघा स्वास्थ्यचौकीमा आयोजना गरिएको एक्सरेद्धारा छातीरोग खोजपड्ताल कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले मेसिनको शुभारम्भ गरे। अत्याधुनिक प्रविधिसहितको मेसिनको प्रयोगद्धारा छातीरोगको समयमा खोजी र उपचारका लागि प्रदेश सरकारले काम थालेको उनले बताए । क्षयरोग उपचार केन्द्र गण्डकी प्रदेश पोखराले रु एक करोड ७५ लाख खर्च गरी खरिद गरेको… पुरा पढौ

बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकामा घरमै सुत्केरी हुनेको सङ्ख्या शून्यमा झरेको छ । घरमा नै शिशु जन्माउँदा आमा र शिशुको ज्यान खतरामा पर्नुका साथै महिलामा विभिन्न समस्याले सुत्केरीपछि सताइरहने हुँदा घरमा नै सुत्केरी हुनेको सङ्ख्या शून्य बनाइएको हो । जोखिमयुक्त प्रसूतिका कारण हुने जोखिम न्यूनीकरण गरी नवजात शिशु र आमाको स्वास्थ्यमा सुधार ल्याउन ‘होम डेलिभरी’ शून्य बनाइएको स्वास्थ्य शाखाका प्रमुख चन्दन सुवेदीले बताए । बेनी नगरपालिकामा आर्थिक वर्ष २०७८/७९ मा आठ सय ४७, २०७९/८० मा छ सय ७७, २०८०/८१ मा… पुरा पढौ

पोखरामा फिस्टेल आईभिएफ एण्ड फर्टिलिटी सेन्टरको समुद्घाटन

पोखरा । पोखरामा फिस्टेल आईभिएफ एण्ड फर्टिलिटी सेन्टर गैह्रापाटनको सेवा शुभारम्भ गरिएको छ । सेन्टरले आधुनिक चिकित्सा प्रविधिको प्रयोग गर्दै बाँझोपन समस्याको समाधानका लागि पूर्ण सेवाहरू उपलब्ध गराउने बताइएको छ ।प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फिस्टेल आईभिएफ निःसन्तान दम्पतीहरूका लागि खुशीको स्रोत बन्ने विश्वास व्यक्त गरे । उनले यस्तो सुविधा सम्पन्न केन्द्रले न केवल परिवारहरूको जीवनमा परिवर्तन ल्याई, मेडिकल पर्यटनको सम्भावनालाई पनि उजागर गर्ने आशा ब्यक्त गरे । थोपा थोपा मिलेर समुद्र बने जस्तै यस्तै यस्तै सेवा बिस्तारले… पुरा पढौ

गरिमाले पोखरामा गरेको रक्तदानमा १ सय ६६ युनिट रगत संकलन

पोखरा । गरिमा विकास बैंकले विविध कार्यक्रम गरी आफ्नो १८ औं वार्षिकोत्सव आज मनाएको छ । वार्षिकोत्सवकै अवसरमा आज पोखराको क्षेत्रीय कार्यालमा भएको रक्तदानमा १ सय ६६ युनिट रगत संकलन भएको छ । बैंकका पूर्वअध्यक्ष चन्दकान्त बराल र जिल्ला ट्राफिक कार्यालय कास्ककिा प्रमुख शोभा पाण्डेले पहिलो रक्तदातानलाई ब्लडब्याग हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।गरिमा विकास बैंकका क्षेत्रीय प्रमुख मेघबहादुर केसीले स्वागत गरेको कार्यक्रमको सञ्चालन शाखाका प्रमुख सूर्यबहादुर रानाभाटले गरेका थिए । रक्तदानमा नेपाल रेडक्रस सोसाइटी कास्कीले प्राविधिक सहयोग गरेको… पुरा पढौ

डेंगी नियन्त्रणमा विद्यार्थी परिचालन प्रभावकारी

डेंगी नियन्त्रणमा विद्यार्थी परिचालन प्रभावकारी देखिएको छ । डेंगीको हटस्पट बनेको कास्कीमा डेंगी नियन्त्रणमा विद्यार्थी परिचालन प्रभावकारी देखिएको हो । विद्यार्थीलाई सचेतना जगाएर उनीहरुलाई खोज र नष्ट गर ‘सर्च एण्ड डिष्ट्रोय’ मा परिचालन गर्दा डेंगी नियन्त्रणमा सघाउ पुगेको नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले सरोकारवालासँग आयोजना गरेको समन्वायत्मक कार्यक्रममा यस्तो जानकारी दिइएको हो । विद्यार्थीलाई सचेतना जगाएर उनीहरुलाई डेंगी लामखुट्टे ‘खोज र नष्ट गर’ अभियानमा सरिक गर्दा त्यसको प्रभाव घरसम्म पुगेको नेपाल रेडक्रस सोसाइटी कास्कीका डेंगी रोकथाम तथा प्रतिकार्य कार्यक्रमका फोकल… पुरा पढौ

‘फर्मासिष्ट’ले अनिवार्य सेतो ‘एप्रोन’ लगाउनुपर्ने

आगामी पुस ४ गतेदेखि फर्मासिष्टहरूले सेतो एप्रोन लगाएर मात्र औषधि वितरण गर्नुपर्ने अनिवार्य व्यवस्था लागु गरिएको छ । नेपाल फार्मेसी परिषद्ले एक सूचना जारी गर्दै कुनै पनि सामुदायिक फार्मेसी वा अस्पतालका फार्मेसीमा औषधि वितरकका रूपमा कार्यरत फर्मासिष्ट र फार्मेसी सहायकले औषधि वितरण गर्दा नामसहितको सेतो एप्रोन(बाहिरी पोसाक) अनिवार्य लगाउनुपर्ने व्यवस्था गरेको हो । परिषद्का रजिष्ट्रार सञ्जीवकुमार पाण्डेले फर्मासिष्ट र फार्मेसी सहायकले यसको उल्लङ्घन गरेमा परिषद्को आचारसंहिता पालना नगरेको मानेर नियमानुसार कारबाही गरिने बताए । उनले भने, “ड्रेसकोडको पालना भए-नभएको परिषद्बाट… पुरा पढौ

खुमा अर्याल फाउण्डेसनद्वारा महिला यू १९ विश्वकपका लागि छनौटमा परेका स्याङ्जाका ३ खेलाडीलाई जनही एक लाख सहित सम्मान

स्याङ्जा । खुमा अर्याल फाउण्डेसनले आईसीसी महिला यू १९ विश्वकपका लागि छनौटमा परेका स्याङ्जाका ३ खेलाडीलाई जनही एक लाख सहित प्रमाणपत्रले सम्मान गरिएको छ । फाउण्डेसनको स्थापनाको अवसर पारेर भीरकोट ७, बलमाटामा आयोजना गरिएको बृहत बिशेषज्ञ सहितको स्वास्थ्य शिविरमा ३ खेलाडीलाई एक लाख नगद, प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको हो । प्रतिनिधिसभा सांसद राजु थापा, फाउण्डेशनका संरक्षक खुमा अर्याल, डा लुना अर्याल र अध्यक्ष लेखनाथ शर्माले तीनै जना खेलाडीलाई जनही एक लाख नगदसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए ।… पुरा पढौ

पातञ्जल योग प्रशिक्षक पुर्नताजगी तालिम सम्पन्न

पोखरा । पातञ्जल योग समिति नेपाल, गण्डकी प्रदेश प्रशिक्षण विभाग उपसमितिको आयोजनामा १५ दिने योग प्रशिक्षक पुर्नताजगी कार्यक्रम समापन भएको छ । प्रमुख अतिथि गण्डकी प्रदेश निति तथा योजना आयोगका सदस्य माननीय दिपक भण्डारीले कार्यक्रमको उद्घाटन गर्दै आफु भित्र अनन्त प्रशन्नता, सुख, शान्ति र ज्ञानको अनुभव गर्नु नै योग हो र आफ्नै स्वासमा अन्तरमुखि हुनु, जिवनलाई बुझ्नु, शुद्ध धर्मलाई बुझि, मन र चित्तलाई निर्मल बनाउनु नै साधना भएको वताए । साथै उनले यो सन्सारमा हामीले भोगिरहेको सुख, दुख, राग द्धेस,… पुरा पढौ

विशिष्टीकृत अस्पतालको एजेण्डा समावेश गर्न गण्डकी प्रदेशको प्रधानमन्त्रीलाई प्रस्ताव

गण्डकी । गण्डकी प्रदेश सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा पोखरामा क्यान्सर, मुटु, मिर्गौला, जलन, मातृ तथा बाल रोगसहितको विशिष्टीकृत अस्पताल निर्माणको एजेण्डा समावेश गर्न प्रस्ताव गरेको छ । प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले मन्त्रीस्तरीय निर्णय र प्रदेश मन्त्रिपरिषद्को सफारिससहितको उक्त प्रस्ताव आइतबार सङ्घ सरकारका मुख्यसचिव एकनारायण अर्यालसमक्ष पेस गरेका हुन् । स्रोतसाधन र बजेटको अभावमा एक हजार शय्याको विशिष्टीकृत अस्पताल निर्माणको काम अगाडि बढ्न नसकेकाले भौतिक पूर्वाधार निर्माण, शय्या, औँजार, उपकरणलगायतमा चीन सरकारको सहयोगको अपेक्षासहित उक्त प्रस्ताव… पुरा पढौ