स्वास्थ्य

कास्की पूर्ण खोप सुनिश्चित जिल्ला घोषित

पोखरा । कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । यस अगाडि जिल्लाका पाँचवटै पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको थियो । जिल्लास्तरीय खोप समन्वय समिति र स्वास्थ्य कार्यालयद्वारा बिहिबार आयोजित कार्यक्रममा १६ महिनादेखि ५९ महिनासम्मका सम्पूर्ण बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रमको तालिका अनुसार १५ महिनाभित्र पाउनुपर्ने सबै खोप लगाइसकेको सुनिश्चिततासहित पूर्ण खोप जिल्ला घोषणा गरिएको हो । कार्यक्रममा गण्डकी प्रदेश सरकारका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री बिन्दु कुमार थापाले उक्त घोषणा गर्दै सरकारले लिएको स्वस्थ नागरिक सम्बृदीको… पुरा पढौ

मणिपाल, घाट र डाँडा कटान गर्दा गुमेको राजश्वबारे अध्ययन गर्न लेखा समितिले बनायो अध्ययन उप–समिति

पोखरा । पोखरा महानगरपालिकाको सार्वजनिक लेखा समितिले पोखरा महानगरपालिकाले गुमाएको राजश्वबारे अध्ययन गर्न उप–समिति बनाएको छ । लेखा समितिको हालै बसेको बैठकले मणिपाल शिक्षण अस्पताल, घाटहरु र पोखरा अन्र्तराष्ट्रिय विमानस्थलबाट हुने उडानलाई सहज बनाउन रिठ्ठेपानी डाँडा कटान गर्दा गुमेको राजश्व अध्ययन गर्न समितिका सदस्य रामजीप्रसाद पौडेलको संयोजकत्वमा ४ सदस्यीय अध्ययन उप–समिति गठन गरेको हो । महालेखा परीक्षकको प्रतिवेदनले यी तीनै विषयमा महानगरले राजश्व गुमाएको बताएको छ । साथै प्रतिवेदनमा गुमेको राजश्व असुलउपर गर्न भनेर टिप्पणीसमेत महालेखा परीक्षकले लेखेपछि त्यस विषयमा… पुरा पढौ

स्वास्थ्य क्षेत्रलाई मजबुत बनाउन गण्डकी सरकार क्रियाशिल : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले स्वास्थ्य क्षेत्रलाई मजबुत बनाउन सरकार क्रियाशिल रहेको बताए । बुधबार बागलुङ जिल्लालाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणा गर्दै उनले यस्तो बताएका हुन् । नागरिकको स्वास्थ्यमा कुनै कसर बाँकी नराखी काम अगाडि बढिरहेको उनले बताए । “प्रदेशका नागरिकको स्वास्थ्यमा हामी गम्भिर छौं । शहरका अस्पताल मात्र नभई ग्रामीण भेगका स्वास्थ्य चौकीलाई समेत व्यवस्थित बनाउँदै लैजाने प्रयत्न हाम्रो छ ।”, उनले भने । मन्त्री थापाले बालमृत्युदर र अपाङ्गतालाई हटाउन… पुरा पढौ

तनहुँलाई पूर्ण खोप सुनिश्चित घोषणा

तनहुँ जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । यस अगाडि जिल्लाका दशवटै पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको थियो । स्वास्थ्य कार्यालयद्वारा मङ्गलबार आयोजित कार्यक्रममा १६ महिनादेखि ५९ महिनासम्मका सम्पूर्ण बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रमको तालिका अनुसार १५ महिनाभित्र पाउनुपर्ने सबै खोप लगाइसकेको सुनिश्चिततासहित पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो स्वास्थ्य कार्यालयका प्रमुख विद्या तामाङले खोप लगाउन छुटेका सबै बालबालिकाको तथ्याङ्क सङ्कलन गरी खोप लगाइएको जानकारी दिए । सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्लास्तरीय खोप समन्वय… पुरा पढौ

मणिपाललाई दिइएको छुट बिरुद्ध उजुरी परेपछि पोखरा महानगरमा अख्तियारको छापा

असार १८ पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकामा छापा हानेको छ । मणिपाल शिक्षण अस्पताललाई करीब २० करोड रुपैयाँ छुट दिएकोबिरुद्ध उजुरी परेपछि अख्तियारले मंगलबार महानगरमा छापा हानेको हो । पोखरा महानगरपालिकाले मणिपाललाई १९ करोड ८१ लाख ११ हजार रुपैयाँ राजश्व छुट दिएको थियो । २०५७ सालदेखि नै भवन सम्पन्नताको कागज माग्दै आएको मणिपाललाई महानगरको १६ औं कार्यपालिका बैठकले १ करोड ७५ लाख राजश्व लिएर सम्पन्नताको कागज दिने निर्णय गरेको थियो । जसले गर्दा महानगरको करीब २० करोड… पुरा पढौ

कास्कीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिँदै

असार १७ पोखरा । कास्की जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा हुने भएको छ । कास्की जिल्ला पूर्ण खोप सुनिश्चितता समितिको सोमबार पोखरामा सम्पन्न बैठकले यहि असार २० गते विशेष समारोहको आयोजना गरि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने निर्णय गरेको हो । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री बिन्दु कुमार थापाको प्रमुख उपस्थितिमा सो घोषणा गर्न लागिएको समितिका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले जानकारी दिए । यसअघि कास्कीका पाँच ओटै पालिकाहरू पूर्ण खोप सुनिश्चित पालिका घोषणा… पुरा पढौ

कोरोना भाइरसविरुद्धको ४६ हजार ८० हजार मात्रा खोप ल्याइयो

काठमाडौँ । सरकारले कोरोना भाइरसको कोरोनाविरुद्ध खोप ल्याएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप आज कतार एयरवेजमार्फत ल्याएको हो । स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले आज ४६ हजार ८० हजार मात्रा खोप ल्याइएको जानकारी दिए । नेपालमा गत जेठमा नयाँ भेरियन्ट ‘केपी १’ ‘केपी २’ ‘केपी ३’ र ‘केपी४’ देखिएसँगै सरकारले खोप ल्याएको हो । उनले आजदेखि नियमित रुपमा पाँच दिनसम्म कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइने… पुरा पढौ

निशूल्क शिविरमा ४ सय बढीको मधुमेह र टिजी जाँच

असार १५ पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ८ को कुँवर टोलमा शनिबार भएको निशुल्क शिविरमा ४ सय १७ जनाको मधुमेह तथा रगतमा हुने खराब बोसो (टिजी) जाँच गरिएको छ । कुँवर समाज समिति, भवानी आमा समूह र युथ अफ कुँवर टोलको आयोजनामा भएको कार्यक्रममा प्राविधिक सहयोग युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल) पोखराले गरेको थियो । गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त रेफरेन्स ल्याब युआरएलले आफैं र विभिन्न संघ, संस्थाको सहकार्यमा आयोजना गरेको यो १ सय ७५ औं शिविर… पुरा पढौ

महालेखाको प्रतिवेदनप्रति मणिपालको आपत्ति, अनावश्यक रुपमा विवादमा तान्न खोजेको गुनासो

पोखरा, असार १३ पोखराको मणिपाल शिक्षा अस्पतालले महालेखा प्ररीक्षकको प्रतिवेदनप्रति आपत्ति जनाएको छ । महालेखाले हालै सार्वजनिक गरेको प्रतिवेदनमा मणिपालले करोडौं रुपैयाँ कर तिर्न बाँकी रहेको भन्दै सो कर असुल उपर गर्न भनेकोप्रति मणिपालले विज्ञप्ती निकालेर आपत्ति जनाएको हो । उसले समयमा काम नगरिदिएर राज्यले पटक÷पटक दुःख दिएको बताएको छ । साथै महालेखाले स्वास्थ्य संस्थालाई अनावश्यक रुपमा विवादमा तानेर मानमर्दन गर्न खोजेकोसमेत मणिपाल शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडुभिलद्वारा जारी विज्ञप्तीमा भनिएको छ । मणिपालले महालेखा परीक्षकको प्रतिवेदन हल्का… पुरा पढौ

युनाइटेड क्लबद्वारा तनाब ब्यवस्थापन र क्यान्सर सम्बन्धी सचेतना प्रशिक्षण

पोखरा ।युनाइटेड क्लबको आयोजनामा प्रशिक्षण तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । क्लवमा आवद्ध रहेका पदाधिकारी, सदस्य, आजीवन सदस्य, सल्लाहकार र क्लवलाई सहयोग गर्ने विभिन्न आमा समुह, महिला समुहका पदाधिकारी तथा सदस्यहरुलाई तनाव ब्यवस्थापन तथा क्यान्सर रोगको बारेमा सचेतना दिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो । सो अवसरमा प्रशिक्षण प्रदान गर्दै डाक्टर योगी बिकाशनन्दले नकारात्मक बिचारका कारण तनाव उत्पन्न हुने भएकाले आफ्नो बिचारलाई कन्ट्रोल गर्न सके तनाव कम हुने बताए । नकारात्मक बिचारले नकारात्मकता तर्फ उन्मुख गराउने भएकाले नकारात्मक… पुरा पढौ