प्रवास

राजकुमार चाल्र्स शरणार्थी शिविरमा

बेलायतका राजकुमार चाल्र्सले बुखारेस्टस्थित युक्रेनी शरणार्थी शिविरको भ्रमण गरेर रोमानिया सरकार र स्वयंसेवकहरूले त्यहाँ गरिरहेको सहायता प्रयासबारे जानकारी लिएका छन् । एकजना दोभाषेमार्फत युक्रेनीहरूको समूहसँग कुरा गर्दै उनले आफ्नो भाषा सीपको अक्षमताका निम्ति क्षमा याचना गर्दै कठिन परिस्थितिमा उनीहरूले देखाएको असाधारण साहस, धैर्य र सहनशीलताको प्रशंसा गरेका छन् । युक्रेनी बच्चाहरूले उनलाई परम्परागत युक्रेनी ढाँचामा चित्रित काठको चम्चा उपहारस्वरुप प्रदान गरेका थिए । रुस–युक्रेन युद्ध शुरु भएयता १० लाख युक्रेनी शरणार्थीका रुपमा रोमानिया पुगेका छन् । शरणार्थीहरूमा प्रायः महिला र… पुरा पढौ

चारवटा बम विस्फोटमा परी १६ को मृत्यु

अफगानिस्तानमा मिनीबस र एउटा मस्जिदमा भएका चारवटा बम विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या कम्तीमा १६ पुगेको छ । यसमध्ये केही आक्रमणहरू इस्लामिक समूहले जिम्मा लिएका अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । तालिबानले गत अगस्टमा सत्ता कब्जा गरेपछि देशभर बम विस्फोटको संख्या घटेको थियो । तर गत महिना रमजानको समयमा भएका घातक हमलाहरूले देशलाई नै हल्लाएको छ । उत्तरी सहर मजार–ए–शरिफमा छुट्टाछुट्टै मिनीबसहरु राखेको तीनवटा बम विस्फोटमा परी १० व्यक्तिको मृत्यु भएको स्वास्थ्य अधिकारीले जनाएका छन् । बाल्ख स्वास्थ्य विभागका प्रमुख… पुरा पढौ

नक्कली मदिरा सेवनबाट १३ जनाको मृत्यु

भारतको पूर्वी राज्य बिहारमा नक्कली मदिरा सेवनका कारण विगत पाँच दिनमा झण्डै १३ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार जनाएको छ । उक्त घटना दक्षिण बिहारको औरङ्गाबाद र गया जिल्लामा भएको बताइएको छ। बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारले रक्सीको बिक्री र उपभोगमा प्रतिबन्ध लगाएपछि विगत धेरै वर्षदेखि ूसुक्खा राज्यू को रूपमा चर्चा गरिने गरिएको छ। तर छिमेकी राज्यबाट खरिद गरी बिहारमा गोप्य रूपमा बिक्री गर्ने मदिरा माफियाको संलग्नता रहेको अवैध मदिराको कारोबार राज्यमा भइरहेको छ । मदनपुर र सलैया प्रहरी… पुरा पढौ

तेहरानको रक्षा अनुसन्धान इकाइमा दुर्घटना

इरानको रक्षा मन्त्रालयले बिहीबार तेहरान नजिकै पार्चिन क्षेत्रको ूअनुसन्धान एकाइू दुर्घटना भएको र एक ूइन्जिनियरू मारिनुका साथै अर्का एक जना घाइते भएको बताएको छ। ूबुधवार साँझ रक्षाको एक अनुसन्धान एकाइमा भएको दुर्घटनामा पर्चिन क्षेत्रमा कार्यरत मन्त्रालयका इन्जिनियर एहसान घड बेगीको मृत्यु भएको र उनका सहकर्मी घाइते भएको मन्त्रालयले जनाएको छ । सरकारी सञ्चार माध्यमले जनाएअनुसार पहिले पार्चिन सैन्य परिसर नजिकै ूऔद्योगिक दुर्घटनाू मा एक व्यक्तिको मृत्यु भएको बताइएको थियो जुन पहिले संयुक्त राष्ट्रसंघ आणविक निगरानीकर्ता द्वारा छानबिनमा आएको थियो।रासस पुरा पढौ

फ्रान्समा मङ्कीपक्स विरुद्धको खोप अभियान चलाइने

पेरिस । विश्वका धेरै देशमा फैलिएको मङ्कीपक्स विरुद्ध फ्रान्समा खोप अभियान चलाइने भएको छ । फ्रान्सको राष्ट्रिय स्वास्थ्य प्राधिकरणले मङ्गलबार मङ्कीपक्सविरुद्ध अति छिटो सतर्कता अपनाउदै प्रतिरोधात्मक तथा उपचारात्मक उपायलाई प्राथमिकता दिने रणनीति अनुसार खोप अभियान चलाउने निर्णय गरेको हो । फ्रान्समा यो घोषणा हुँदासम्म तीन जनामा मात्रै मङ्कीपक्सको सङ्क्रमण देखिएको र अव फैलिन सक्ने उच्च खतरा रहेको निश्कर्षसहित अभियान सुरु गरिएको अधिकारीहरूले जनाएका छन् । प्राधिकरणले जारी गरेको प्रेस वक्तव्यमा वयस्क र स्वास्थ्यकर्मीहरु यसको जोखिममा रहेकाले खोप पनि उनीहरुलाई केन्द्रित… पुरा पढौ

ट्युनिसियामा डुङ्गा डुब्दा ७० भन्दा बढी आप्रवासी बेपत्ताः तटरक्षक

– लिबियाबाट युरोप जान लागेका आप्रवासीहरूले भरिएको एउटा डुङ्गा छिमेकी राष्ट्र ट्युनिसियामा दुर्घटना हुदाँ ७० भन्दा बढी व्यक्ति बेपत्ता भएका छन् ।भूमध्यसागरमा सो डुङगा डुबेर दुर्घटना भएको तटरक्षकहरुले बुधबार जानकारी दिएका छन् । ट्युनिसियाको स्फ्याक्स बन्दरगाहमा करिब १०० यात्रु बोकेको डुङ्गा पल्टिएको थियो । तटरक्षक र नौसेनाको टोलीले २४ जनालाई पानीबाट बाहिर निकालेका नेशनल गार्डका प्रवक्ता हौसेम एडिनले बताउनु भएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् । रासस पुरा पढौ

उत्तरकोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

प्रजातान्त्रिक जनगणतन्त्र कोरियाले पूर्वतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ । उसले आफ्नो पूर्वी जलक्षेत्रमा तीनवटा क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफ ९जेसीएस० ले बताएका छन् । जेसीएसले स्थानीय समय अनुसार क्रमशः बिहान ६, ६ः३७ र ६ः४२ बजे प्योङयाङको सुनान क्षेत्रबाट प्रक्षेपण पत्ता लगाएको हो । योसँगै यो वर्ष उत्तरकोरियाले १७ औँ पटक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । दक्षिणकोरियाका राष्ट्रपति युन सुक–योलले उत्तरकोरियाको क्षेप्यास्त्र प्रक्षेपणपछि राष्ट्रिय सुरक्षा परिषद् ९एनएससी० को बैठक गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।रासस पुरा पढौ

‘मानवअधिकार संरक्षण गर्न चीन प्रतिबद्ध छ’: राष्ट्रपति सी

चीनका राष्ट्रपति सी चिनफिङले बुधबार संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्त मिशेल बाचेलेटसँग भिडियो लिङ्कमार्फत भेटवार्ता गरेका छन् । ब्याचेलेटलाई चीनमा स्वागत गर्दै राष्ट्रपति सीले चीनको मानवअधिकारको विकाससँग सम्बन्धित प्रमुख मुद्दाहरूको बारेमा विस्तृत रूपमा व्याख्या गरे । उनले चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) र चिनियाँ सरकार मानवअधिकार संरक्षण गर्न प्रतिबद्ध रहेको बताए । चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो स्थापनाकालदेखि नै चिनियाँ जनताको खुशी र चीनको पुनरुत्थानलाई केन्द्रमा राखेको उनले बताए । चिनियाँ कम्युनिष्ट पार्टीले सय वर्षभन्दा बढी समयदेखि जनताको हितमा काम गर्ने प्रयास गरेको… पुरा पढौ

एक दिनमा दुई हजार १२४ कोरोना सङ्क्रमित

भारत २४ घण्टाको समयावधि अर्थात मङ्गलबार मध्यरातिसम्म दुई हजार १२४ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि त्यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख ४२ हजार १९२ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ । यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप १७ को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २४ हजार ५०७ पुगेको छ ।यस समयमा भारतमा १३० सक्रिय सङ्क्रमित संख्या बढेपछि हाल भारतभरी सक्रिय सङ्क्रमित १४ हजार ९७१ रहेका पनि सो मन्त्रालयले जानकारी… पुरा पढौ

तालिबानले महिला र बालिका अधिकारमा रोक लगाएको विषयमा राष्ट्रसंघीय सुरक्षा परिषदको चासो

तालिबानले महिला र बालिका अधिकारमा रोक लगाएको विषयमा राष्ट्रसंघीय सुरक्षा परिषदको चासोसंयुक्त राष्ट्रसंघले अफगानिस्तानको तालिबान सरकारले महिला र बालिकाको अधिकारमा रोक लगाएका विषयमा चासो व्यक्त गरेको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले यस विषयमा चासो व्यक्त गरेको समाचारमा जनाइएको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले महिलाका मौलिक अधिकारका साथै उनीहरुका मानव अधिकारका विषयमा गम्भीर हुन पनि आग्रह गरेको समाचारमा जनाइएको छ । तालिबान सरकारले लगाएका प्रतिबन्धहरुबाट महिलाहरुको शिक्षा, रोजगारीको अवसरबाट पनि उनीहरु बञ्चित हुन पुगेको भन्दै यस्ता प्रतिबन्धहरु तत्कालै हटाएर… पुरा पढौ