प्रवास

नेपाली टोली सहायता सामग्री लिएर अफगानिस्तान उड्यो

नेपालले अफगानिस्तानमा मानवीय सहायता सामग्री पठाएको छ। परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्सालको नेतृत्वमा सहायता सामग्री लिएर नेपाली टोली हिमालयन एयरलाइन्सको विमानबाट अफगानिस्तान गएको हो। नेपालले आइतबार लत्ताकपडा, औषधि, भाँडाकुँडालगायत झन्डै १२ टन मानवीय सहायता सामग्री पठाएको हो। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को सदस्य राष्ट्रको नाताले अफ्ठ्यारोमा सहयोग गर्नुपर्ने नैतिक जिम्मेजारी ठानेर अफगानिस्तानमा मानवीय सहयोग सामग्री पठाएको मन्त्रालयले जनाएको छ। टोली आइतबार बिहान साढे ९ बजे सहयोग सामग्री लिएर अफगानिस्तानको राजधानी काबुल गएको हो। विमानस्थलमा रहेको संयुक्त राष्ट्र संघको कार्यालयका… पुरा पढौ

कजाकिस्तानबाट १८ वटा रुसी विमानले शान्ति सैनिकलाई फिर्ता ल्याउने

मस्को रसिया । कम्तिमा १८ विमानहरूले शनिबार सामूहिक सुरक्षा सन्धि संगठन (CSTO) मिसनका रूसी शान्ति सैनिकहरू र सैन्य सवारी साधनहरू रुसको मस्को क्षेत्र र इभानु क्षेत्रमा पठाउने रुसी रक्षा मन्त्रालयले जनाएको छ। ‘आज, १५ Il-७६ र तीन एन–१२४ रूसी सैन्य यातायात विमानहरूले इभानोभो र मस्को क्षेत्रका एयरफिल्डहरूमा CSTO सामूहिक शान्ति सेनाका कार्यहरू पूरा गर्ने एयरबोर्न इकाइहरूको कर्मचारी र सवारी साधनहरू पठाउनेछन्।’ मन्त्रालयले जनाएको त्यसपछि एकाइहरू उनीहरूको स्थायी तैनाथी ठाउँहरूमा रहनेछन्। (रासस-एएनआई / स्पुतनिक) पुरा पढौ

टोकियोमा प्रवेश परीक्षाका क्रममा चक्कु प्रहारबाट तीन जना घाइते

जापान । जापानको टोकियो विश्वविद्यालयको प्रवेश परीक्षाका क्रममा चक्कु प्रहारबाट तीन जना घाइते भएको, राष्ट्रिय मिडियाले शनिबार जनाएको छ। जापानी प्रसारक एनएचकेका अनुसार स्थानीय प्रहरीलाई उद्धृत गर्दै एक १७ वर्षीय युवकलाई हत्या प्रयासको आशंकामा पक्राउ गरिएको छ । पीडितहरूलाई पछाडिको भागमा चोट लागेको र अस्पताल लगिएको बताइएको छ। तीमध्ये दुई जना उच्च माध्यमिक विद्यालयका विद्यार्थी थिए जो त्यस दिन प्रवेश परीक्षा दिन आएका थिए भने अर्का पीडित ७० वर्षीय पुरुष थिए ।उक्त घटना बारे छानबिन भइरहेको बताइएको छ । (रासस/एएनआई/स्पुतनिक) पुरा पढौ

चीनभित्रै सङ्क्रमण भएकाहरुको संख्या बढ्न थाल्यो

बेइजिङ । चीनमा देशभित्रै सङक्रमित भएकाहरुको संख्या बढ्न थालेको यहाँका स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।चीन पनि पछिल्लो समयमा कोरोनाभाइरस सङ्क्रमणको प्रकोप बढ्न थालेको बताइएको थियो । त्यसपछि उत्तरी चीनको सियान सहरमा अघिल्लो महिना लकडाउन गरिएको थियो । यहाँका अधिकारीहरुले सियानका एक करोड ३० लाखभन्दा बढी मानिसलाई घरमै बस्न निर्देशन दिएका थिए । डिसेम्बरको मध्यतिर दैनिक १५० जना भन्दा बढीमा कोभिड पुष्टि भएपछि सरकारले लकडाउन गरेको थियो । चीनले कोभिड पूरै नियन्त्रण गर्ने कडा रणनीति बनाएको छ । महामारी रोक्न त्यसअन्तर्गत… पुरा पढौ

जापानका पूर्व प्रधानमन्त्री तोशिकी काइफुको निधन

जापानका पूर्व प्रधानमन्त्री तोशिकी काइफुको यसै महिना निधन भएको जापानी सार्वजनिक प्रसारक एनएचकेले शुक्रबार जनाएको छ। उनी ९१ वर्षका थिए । खाडी युद्ध पछि, जापानी सेल्फ डिफेन्स फोर्सलाई काइफुको कार्यकालमा माइनसिफिङ अपरेसनहरू सञ्चालन गर्न खाडी क्षेत्रमा खटाइएको थियो। पुरा पढौ

भारतमा थप दुई लाख ४७ हजारभन्दा बढी कोरोना सङ्क्रमित

नयाँदिल्ली । भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप दुई लाख ४७ हजार ४१७ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ । हाल यहाँ पाँच हजार ४८८ जना ओमिक्रोनका सङ्क्रमित रहेका पनि सो मन्न्त्रालयले बिहीबार जानकारी दिएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या एघार लाख १७ हजार ५३१ रहेका छन् । गएको २४ घण्टामा भारतमा ८४ हजार ८२५ कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४७ लाख १५… पुरा पढौ

आँधीका कारण चार हजार विस्थापित

आँधीका कारण फिजीका चार हजार ६३० जना विस्थापित भएका छन् ।उनीहरुलाई देशका विभिन्न ठाउँमा बनाइएका १६२ ओटा शिविरमा राखिएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले ११५ ओटा शिविर भिटी लेभुको पश्चिमी क्षेत्रमा स्थापना गरिएको जनाएको छ । त्यसैगरी भानुआ लेभुको मध्य भागमा ४२ ओटा र उत्तरी भागमा पाँच ओटा शिविर बनाइएको पनि अधिकारीहरुले जनाएका छन् । “उनीहरुलाई शिविरमै राख्ने भन्ने हैन, विस्थापित भएकाहरुलाई जति सक्दो चाडो हामी आफ्नै घर फर्काउन चाहन्छौँ,” एक सरकारी अधिकारीले भने ।… पुरा पढौ

भारतमा एकैदिनमा झण्डै दुई लाख नयाँ सङ्क्रमित

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट एकैदिनमा झण्डै दुई लाख नयाँ सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा एक लाख ९४ हजार ७२० जना नयाँ सङ्क्रमित थपिएका हुन । मन्त्रालयले भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ६० लाख ७० हजार ५१० पुगेको जनाएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने नौ लाख ५५ हजार ३१९ रहेको मन्त्रालयले जनाएको छ । दैनिक नयाँ सङ्क्रमितहरुको बृद्धिदर ११.५ प्रतिशत रहेको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।… पुरा पढौ

रुसको नेतृत्वमा सेनाले दुई दिनभित्र कजाकिस्तान छोड्ने

रुसको नेतृत्वमा सेनाको एक टुकडी दुई दिनभित्र समस्याग्रस्त मध्य एसियाली देशबाट बाहिरिन कजाकिस्तानका राष्ट्रपति कासिम–जोमार्ट तोकायेभले बताएका छन् । सिएसटिओ शान्ति सेनाको मुख्य मिसन सफलतापूर्वक सम्पन्न भएको छ,“ तोकायेभले सामूहिक सुरक्षा सन्धि संगठनका सेनाहरूलाई उल्लेख गर्दै उनले भने । दुई दिनमा सिएसटिओ संयुक्त शान्ति सेनाको दस्ताको चरणबद्ध फिर्ता सुरु हुनेछ । दुई हजार भन्दा बढी सेना सिएसटिओ मिशनका क्रममा गत हप्ता संकटको चरम सीमामा पठाइएको थियो । सरकारी विपक्षीहरू र सुरक्षा बलहरू बीचको सशस्त्र झडप र सबैभन्दा ठूलो सहर अल्माटीको… पुरा पढौ

भारतमा थप एक लाख ६८ हजार नयाँ सङ्क्रमित

नयाँदिल्ली। भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप एक लाख ६८ हजार ६३ जना नयाँ सङ्क्रमित भएका छन् । यो सङ्ख्या अघिल्लो दिनको तुलनामा ११ हजार ६६० ले कम भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जनाएको छ । सोमबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो २४ घण्टामा भारतमा एक लाख ७९ हजार ७२३ जना सङ्क्रमित भएको उल्लेख गरिएको थियो । मन्त्रालयका अनुसार थपिएका नयाँ सङ्क्रमितहरु मध्ये चार हजार ४६१ जना कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा रहेको ओमिक्रोन भाइरसबाट सङ्क्रमित भएका छन् ।… पुरा पढौ