कतारमा अलपत्र परेका ४ श्रमिकलाई उद्धार गरिएको छ। हवाई टिकट काट्ने पैसासमेत नभएर नेपाल आउन नपाइ कतारमा अलपत्र परेका ४ श्रमिकलाई त्यहाँस्थित नेपाली दूतावास र गैरआवसीय नेपाली संघ, कतारको पहलमा उद्धार गरिएको हो। कतारको रोजगारी गुमेपछि स्वदेश फिर्तीको प्रतिक्षामा रहेका बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–३ का विकास शाही, काठमाडौँकी अस्मिता लामा, भोजपुरका मोहन पौडेल र महोत्तरीका उदयकुमार यादवलाई संघले हवाई टिकटको प्रबन्ध गरी नेपाल पठाएको हो। शाही र यादव नेपाल एयरलाइन्सको विमानमार्फत शुक्रबार बिहान ९ बजे काठमाडौँ आइपुगेका हुन्। लामा र…
पुरा पढौ