प्रवास

छोरी बेच्न नदिएको झोकमा श्रीमतीको हत्या

पाकिस्तानका एक नागरिकले आफ्नी छोरी बिक्री गर्न नदिएको झोकमा श्रीमतीको हत्या गरेका छन् । पाकिस्तानको लक्की शाह सदर इलाकाका जुल्फिकार जिस्कानीले आफ्नी नाबालिग छोरीलाई धेरै रकम लिएर विवाह गराउन खोज्दा उनकी श्रीमतीले त्यसको विरोध गरेकी थिइन् । श्रीमती बबली जिस्कानीले छोरी बेच्न नदिएपछि क्रोधित भएका उनले बबलीको हत्या गरेका हुन् । हत्याको अभियोगमा उनलाई प्रहरीले हिरासतमा लिएको छ । बबलीका भाइ मुनव्वर जिस्कानीले आफ्ना भिनाजुले भाञ्जी हुमेरालाई रु एक लाखमा विवाहका लागि एक व्यक्तिलाई सुम्पन गरेको प्रयासको विरोध गर्दा दिदी… पुरा पढौ

आज आइपीएल फाइनल : उपाधिका लागि गुजरात र राजस्थान भिड्दै

इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटको फाइनल खेल आज (आइतबार) हुँदैछ। उपाधिका लागि गुजरात टाइटन्स र राजस्थान रोयल्स खेल्दैछन्। खेल अहमदाबादमा राति सवा ८ बजे सुरु हुनेछ। गुजरात आइपीएल क्रिकेटको नवप्रवेशी टोली हो। राजस्थानले आइपीएलमा पहिलो संस्करणको उपाधि जितेको थियो। पहिलो क्वालिफायरमा गुजरातले राजस्थानलाई हराएर फाइनल पुगेको थियो भने दोस्रो क्वालिफायरमा रोयल च्यालेञ्जर्स बेङलोरलाई हराउँदै राजस्थान फाइनलमा पुगेको हो। पुरा पढौ

बराबरीमा सकियो नेपाल–लिस्टेको मैत्रीपूर्ण खेल

नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेलमा टिमोर लिस्टेको २३ वर्षमुनिको टोलीसँग बराबरी खेलेको छ। दोहाको ग्रान्ड हमाद स्टेडियममा नेपालले टिमोर लिस्टेसँग २–२ गोलको बराबरी खेलेको हो। पहिलो हाफमा २ गोलले पछि परेको अवस्थामा नेपालले दोस्रो हाफमा गोल गर्न सफल भयो। एएफसी एसियन कप छनोट अघि दोहामा २ मैत्रीपूर्ण खेल खेल्ने तालिकाअनुसार नेपालले पहिलो मैत्रीपूर्ण खेल टिमोर लिस्टेसँग खेलको हो। अब नेपालले जेठ २० गते ओमानसँग खेल्नेछ। नेपाली टोली कतारबाटै कुवेत जानेछ। एएफसी एसियन कप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको… पुरा पढौ

शाहरुख खानका छोराले पाए सफाइ

लागुऔषध मुद्दा खेपिरहेका बलिउड कलाकार शाहरुख खानका छोरा आर्यन खानलाई उनले गलत काम नगरसेको जनाउँदै लागू औषध नियन्त्रण विभागले सफाई दिएको छ । गत अक्टोवरमा एक पानी जहाजमा आर्यन र उनका १८ जना साथीलाई लागू औषधसहित विभागले पक्राउ गरेको थियो । यद्यपि आर्यनबाट विभागले लागू औषध बरामद गरेको थिएन । प्रारम्भिक अनुसन्धानपछि दुई जना बाहेक सबै अभियुक्त धरौटीमा छुटेका थिए । सुरुमा विभागको मुम्बई कार्यालयले उक्त मुद्दाको अनुसन्धान गरेको थियोभने पछि विभागको प्रधानकार्यालय नयाँदिल्लीका नायब महानिर्देशक नेतृत्वको विशेष अनुसन्धान टोलीले… पुरा पढौ

बुर्किनाफासो आक्रमणमा ५० जना मारिए

गत बुधबार बुर्किनाफासोको पूर्वी क्षेत्रमा एक हतियारधारीको आक्रमणमा परेर ५० जनाको ज्यान गएको छ । पूर्वी बुर्किनाफासोको मदजोरीमा सो हिंसात्मक हमला भएको थियो । त्यस गाउँमा अज्ञात बन्दुकधारीले हमला गरेर यतिधेरै नागरिकको ज्यान लिएका हुन् । यहाँको पूर्वी क्षेत्रीय गभर्नर हुबर्ट यामेयोगोले सो कुराको जानकारी दिएका हुन् । उनका अनुसार ठूलो संख्यामा आएका अज्ञात बन्दुकधारीहरुले बुधबार यो नरसंहार गरेका हुन् ।सोही क्षेत्रमा यही मे १४ र मे १९ मा भएका यस्तै हिंसात्मक हमलामा परेर २८ जनाको ज्यान गएको थियो ।… पुरा पढौ

अफगानिस्तानको आधाभन्दा बढी जनसङ्ख्या मानवीय सहायतामा निर्भर

अफगानिस्तानमा बिग्रँदै गएको आर्थिक र मानवीय सङ्कटको बीचमा शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तले बिहीबार अफगानिस्तानको आधाभन्दा बढी जनसङ्ख्या मानवीय सहायतामा निर्भर रहेको बताएको छ।उच्चायुक्तले ट्वीटरमा एक अफगानी केटीको तस्बिर पोस्ट गर्दै ूअफगानिस्तानको आधाभन्दा बढी जनसङ्ख्या जीवन बचाउने मानवतामा निर्भर छ। दुई मध्ये एक जनालाई थाहा छैन कि उनीहरूको अर्को खाना कहाँबाट आउँदैछ । हामी सबैभन्दा कमजोरलाई प्रत्यक्ष सहायता प्रदान गर्दछौं। हामी शरणार्थी र विस्थापित मानिसहरूको स्वैच्छिक फिर्ताको लागि शर्तहरू प्रदान गर्न विद्यालयहरू, स्वास्थ्य केन्द्रहरू, खानेपानी आयोजनाहरू र सडकहरू निर्माण गर्छौं… पुरा पढौ

गलत योजनाले पाकिस्तानमा खाद्यान्न अभावमा

पाकिस्तानमा कृषि स्रोतहरूको अविवेकी योजना र कुप्रबन्धनले देशमा चरम खाद्य अभाव देखिएको छ । ग्रामीण क्षेत्रमा जनसङ्ख्याको ठूलो हिस्सा भोकमरीमा छ । अधिकार र सुरक्षाका लागि अन्तरराष्ट्रिय फोरमले जनाएअनुसार देशमा खाद्य असुरक्षाका लागि जिम्मेवार विभिन्न कारकहरूमध्ये मुद्रास्फीति र भ्रष्टाचार गम्भीर चिन्ताको विषय बनेका छन् । पाकिस्तानको घट्दो आम्दानीसँगै खाद्यान्नको मूल्यमा भएको वृद्धिले धेरै पाकिस्तानीहरूलाई खाद्यान्नमा असुरक्षित बनाएको छ। विश्व खाद्य कार्यक्रमका अनुसार किफायती पोषण आहार प्राप्त गर्नको लागि सबैभन्दा ठूलो चुनौती देखिएको छ। डब्ल्युएफपीको अनुसार लगभग ४३ प्रतिशत पाकिस्तानीहरू खाद्यन्नमा… पुरा पढौ

अफगानिस्तानमा सर्वसाधारण नागरिकमाथि भएको हिंसाको निन्दा

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले अफगानिस्तानका सर्वसाधारण नागरिकहरुमाथि भइरहेको हिंसात्मक हमलाको निन्दा गरेका छन् । उनका प्रवक्ताले बिहीबार एक विज्ञप्ति प्रकाशन गरेर संयुक्त राष्ट्रसङ्घीय प्रमुख गुटर्रेसले अफगानिस्तानको राजधानी काबुल र यस देशको उत्तरी क्षेत्रमा अवस्थित सहर मजार इ सरिफमा भएका नागरिक हत्याका घटनाको निन्दा गरेको बताएका हुन् । त्यस विज्ञप्तिमा ती हमलाहरुमा परेर ज्यान गुमाएकाहरुप्रति प्रमुख गुटर्रेसले श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ भने मृतकका परिवारहरुप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् । गत बुधबार अफगानिस्तानको मजार इ सरिफमा भएको हिंसात्मक विस्फोटमा परी… पुरा पढौ

भारतमा दुई हजार ६२८ मा कोरोना सङ्क्रमण

भारत २४ घण्टाको समयावधि अर्थात बुधबार मध्यरातिसम्म दुई हजार १२४ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख ४४ हजार ८२० पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ । यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप १८ को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २४ हजार ५२५ पुगेको छ । यस समयमा भारतमा ४३ सक्रिय सङ्क्रमित संख्या बढेपछि हाल भारतभरी सक्रिय सङ्क्रमित १५ हजार ४१४ रहेका पनि सो मन्त्रालयले… पुरा पढौ

युक्रेनीलाई घेरेर रुसी सेना युद्ध गर्दै

रुसले युक्रेनको पूर्वीडोनबास क्षेत्रका ४० भन्दाबढी शहरमा गोली प्रहार गरी झण्डै एक दर्जन अग्ला भवन ध्वस्त पारेको छ भने युक्रेनीलाई घेरा हालेर युद्ध गरिरहेको अधिकारीले बताएका छन् । तीन महिना लामो युद्धमा राजधानी किएभ र दोस्रो शहर खार्किभ कब्जा गर्न असफल भएपछि रुसले पृथकतावादीको तर्फबाट डोनबासको पूर्णनियन्त्रण खोस्ने प्रयास गरिरहेको छ । डोनबासका औद्योगिक क्षेत्र लुहान्स्क र डोनेट्स्क प्रान्त यसमा पर्छन् । रुसले सिभिएरोडोनेत्स्क र लिसिचान्स्क शहरमा रहेका युक्रेनी सेनालाई घेरा हाल्ने प्रयासमा तीन तर्फबाट आक्रमण गर्दै हजारौंँ सेना परिचालन… पुरा पढौ