प्रवास

खोप कार्ड अनिवार्य गरेपछि ट्रक चालकहरुद्धारा प्रदर्शन जारी

क्यानडाको राजधानी ओटावामा ट्रक चालकहरुले दोस्रो दिन पनि विरोध प्रदर्शन गरेका छन् । ट्रक चालकका लागि लागु गरिएका कतिपय नियमप्रति असन्तुष्टि जनाउदै आएका उनीहरुले ती नियमहरु खारेज गर्न माग गरेका छन् । अमेरिका र क्यानडाको सीमा पार गर्ने ट्रक चालकका लागि कोरोना भाइरसविरुद्धको खोप अनिवार्य गरिएकोप्रति ट्रक चालकको सबैभन्दा धेरै असन्तुष्टि देखिएको छ । उनीहरु झण्डै एक लाख २० हजार रहेको र ती मध्ये करिब ९० प्रतिशतले खोप लगाइसकेको तथ्याङ्क देखाइएको छ । राजधानी ओटावामा स्वतन्त्रताका लागि भन्दै आयोजना गरिएको… पुरा पढौ

संसदीय निर्वाचनमा सत्तारुढ दल विजयी

पोर्चुगलमा भएको संसदीय निर्वाचनमा सत्तारुढ दल समाजवादी पार्टी नै विजयी भएको छ । प्रधानमन्त्री एन्टोनियो केस्टले नेतृत्व गरेको पार्टीले ९२।६ प्रतिशत मत गणना गर्दासम्म ४२।१ प्रतिशत पाएको निर्वाचन आयोगले जनाएको छ । अहिलेसम्मको नतिजानुसार अर्को पार्टीले जित्ने सम्भावना नरहेकाले त्यसैको जित सुनिश्चित भएको निर्वाचन आयोगले घोषणा गरेको हो । समाजवादी पार्टीलाई सामाजिक लोकतान्त्रिक पार्टीले पछ्याइरहेको पनि आयोगका अधिकारीले जनाएका छन् । आयोगले समाजवादी पार्टी नै विजयी हुने सुनिश्चित भएको घोषणा गरेपछि राष्ट्रपति मार्सेलो रेबेलो डे सौसाले नागरिकलाई बधाई दिए ।… पुरा पढौ

भारतमा कोरोनाभाइरसबाट थप दुई लाख ३४ हजार सङ्क्रमित

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट थप दुई लाख ३४ लाखभन्दा बढी सङ्क्रमित भएका छन् । पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ३४ हजार २८१ जना सङ्क्रमित भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यसैसँगै भारतमा चार करोड १० लाख ९२ हजार ५२२ जना कोरोनाका कुल सङ्क्रमित भएका समाचारमा जनाइएको छ । सोही अवधिमा कोरोना सङ्क्रमणका कारण भारतमा ८९३ जनाको मृत्यु भएको सो मन्त्रालयले आइतबार जनाएको छ । अधिकारीहरुका अनुसार भारतमा अहिलेसम्म कुल चार लाख ९४ हजार ९१ जनाको… पुरा पढौ

मेक्सिकोमा राजमार्ग दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु

मेक्सिकोको जालिस्को राज्यमा शनिबार एउटा यात्रुवाहक भ्यान दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु हुनाका साथै ११ जना घाइते भएका छन् । जलिस्को सिभिल प्रोटेक्शन एण्ड फायर डिपार्टमेन्टले ट्वीटरमा जनाएअनुसार लागोस डे मोरेनोको नगरपालिकाको लियोन-अगुआस्कालिएन्टेस राजमार्गको ३५ किलोमिटरमा पल्टिएको उक्त गाडीले पर्यटककर्मीहरू ओसारपसार गरिरहेको थियो । राज्यको नागरिक सुरक्षा विभागका क्षेत्रीय कमाण्डर नेफ्ताली गुइलेनले दुर्घटनामा आठ पुरुष र चार महिलाको मृत्यु भएको र तीमध्ये दुई नाबालीग रहेको बताएका छन्। विभागले जारी गरेको भिडियोमा गुइलेनले दुर्घटनाले राजमार्गको कुनै पनि खण्ड बन्द भने… पुरा पढौ

विष्फोटमा तीनजना घाइते

अफगानिस्तानको दक्षिणी हेलमान्ड प्रान्तमा भएको बम विष्फोटमा तीन जना घाइते भएको पजवोक अफगान समाचारले जनाएको छ। एक अधिकारीलाई उद्धृत गर्दै समाचार आउटलेटले शुक्रबार जनाएअनुसार प्रान्तको नाद अली जिल्लामा विष्फोटमा तीन जना सर्वसाधारण घाइते भएका छन्। जनवरी २२ मा पश्चिमी अफगानिस्तानको हेरात शहरमा भएको विष्फोटमा कम्तिमा सात जनाको मृत्यु हुनुका साथै नौ जना घाइते भएका थिए । हेरात प्रान्तको राजधानी एम्ज्ञद्द मा एउटा मिनीबसमा बम विष्फोट भएको टोलो न्यूजले जनाएको छ। मृत्यु हुनेमा कम्तीमा चार जना महिला पनि रहेको प्रतिवेदनमा उल्लेख… पुरा पढौ

विद्रोहीसँगको भिडन्तमा ३३ सैनिक मारिए

कंगोमा विद्रोही समूहसँग भएको भिडन्तमा परी कम्तीमा पनि ३३ जना सैनिक मारिएका छन् ।त्यहाँका मार्च २३ नामक एक अभियानका विद्रोही र कंगोको राष्ट्रिय सेनाका बीचमा उत्तरपूर्वी क्षेत्रमा भिडन्त भएको थियो । त्यस भिडन्तमा परेर गएको मंगलबारदेखि बिहीबारसम्म ती सैनिक मारिएका कंगोको सेनाको स्रोतले जानकारी दिएको छ ।त्यहाँका उत्तरपूर्वी किभु प्रान्तको रितसारु क्षेत्रमा यस्तो भिडन्त भएको थियो । सो भिडन्तका क्रममा उक्त विद्रोही समूहकाबीच पनि केही हताहत भएको अनुमान गरिएको छ । यता सेनातर्फ भने एकजना बटालियन कमाण्डर कर्णेलको पनि ज्यान… पुरा पढौ

भारतमा थप एक लाख ५१ हजारभन्दा बढी कोरोना सङ्क्रमित

भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख ५१ हजार २०९ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । हाल भारतमा कोरोना पोजेटिभ दर १५.८८ रहेको जनाइएको छ । यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म चार करोड ६ लाख २२ हजार भन्दा बढी सङ्क्रमित भएका छन् । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या २१ लाख ५ हजार ६११ रहेका छन् । गएको २४ घण्टामा भारतमा तीन लाख ४७ हजार ४४३ कोरोनाबाट मुक्त भएका छन्… पुरा पढौ

दक्षिण कोरियामा एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित

सोल । दक्षिण कोरियामा कोरोना भाइरसको महामारी सुरु भएयताकै एकै दिनमा सबैभन्दा धेरै भाइरस संक्रमित देखिएका बताइएको छ ।दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार अहिले एकैदिनमा १४ हजार जनाभन्दा बढी संक्रमित देखिएका छन् । यो संक्रमण संख्या यहाँ कोरोना भाइरसको महामारी सुरु भएयताकै सबैभन्दा धेरै भएको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टामा १४ हजार ५७१ जना संक्रमित थपिएका छन् । यहाँ अहिलेसम्ममा दैनिक संक्रमित भएकामध्ये पछिल्लो २४ घण्टामा संक्रमितको संख्या सबैभन्दा धेरै देखिएको… पुरा पढौ

दक्षिण कोरियामा कोरोनाका दैनिक सङ्क्रमित अहिलेसम्मकै बढी

दक्षिण कोरियामा कोरोना भाइरसबाट एकैदिनमा ८ हजारजना भन्दा बढी सङ्क्रमित देखिएका छन् । यो संक्रमण संख्या यहाँ कोरोना भाइरसको महामारी सुरु भएयताकै सबैभन्दा धेरै भएको बताइएको छ । त्यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४घन्टामा ८ हजार ५७१ जना सङ्क्रमित थपिएका छन् । त्यहाँ अहिलेसम्ममा दैनिक सङ्क्रमित भएकामध्ये पछिल्लो २४ घण्टामा सङ्क्रमितको संख्या सबैभन्दा धेरै देखिएको बताइएको छ । उनीहरुका अनुसार दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा यी संक्रमितसहित कोरोना भाइरसबाट संक्रमित भएकाहरुको कुल संख्या ७ लाख ४९ हजार भन्दा… पुरा पढौ

अफ्रिकी मुलुक बुर्किना फासोमाको सत्ता कब्जा गरेको सेनाको दावी

अफ्रिकी मुलुक बुर्किना फासोमा सेनाले शासन सत्ता हातमा लिएको दावी गरेको छ । बुर्किना फासोका राष्ट्रपति रोज काबोरेलाई अपदस्थ गरी सत्ता कब्जा गरेको सेनाको दावी छ । सेनाका एक उच्च अधिकारीले टेलिभिजनमार्फत सन्देश दिँदै देशको सुरक्षा अवस्था बिग्रंदै गएको भन्दै सत्ता लिएको जनाएको हो । बुर्किना फासोमा पछिल्लो समय इस्लामबादी विद्रोहीलाई संरक्षण दिएको आरोप लगाउँदै देशमा अशान्ति सिर्जना गरेको सेनाको दाबी छ । यद्दपी राष्ट्रपति रोज पक्राउ परे वा सुरक्षित स्थानमा छ भन्ने बारेमा कुनै स्पष्ट पारिएको छैन ।राष्ट्रपतिले देशको… पुरा पढौ