प्रवास

बाइडेन–पुटिन भेटवार्ता: राजदूत पुनर्बहाली गर्ने सहमति

रुस र अमेरिकाले एक–अर्का देशमा आफ्ना राजदूत पुनर्बहाली गर्ने भएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच स्विट्जरल्यान्डमा भएको सम्मेलनका क्रममा यस्तो सहमति जुटेको हो। यसअघि, गत अप्रिलमा अमेरिकाले रुसबाट आफ्ना राजदूत फिर्ता बोलाएको थियो भने रुसले पनि जवाफी कदम स्वरुप वासिङ्टनबाट राजदूतलाई बोलाएको थियो। त्यसैगरी, दुबै देशले परमाणु हतियार नियन्त्रण सन्धिलाई निरन्तरता दिन वार्ता सुरु गर्ने सहमति गरेका छन्। यसबाट विश्वमा परमाणु हतियारको खतरा कम हुने अपेक्षा गरिएको छ। रुसी राष्ट्रपति पुटिनले वार्ता फलदायी रहेको बताएका… पुरा पढौ

टोकियोमा सोमबारदेखि आपतकाल हटाउने निर्णय

जापान सरकारले राजधानी टोकियो सहित ९ वटा प्रिफेक्चरमा आगामी सोमबारदेखि कोभिड–१९ आपतकाल हटाउने निर्णय गरेको छ। जापानको कोरोनाभाइरस सल्लाहकार समूहले आपतकाल हटाउन सिफारिस गरेसँगै सरकारले उक्त निर्णय लिएको हो। गत अप्रिल २५ देखि राजधानी टोकियो, ओसाका, क्योटो र ह्योगोमा आपतकाल लगाइएको थियो। यसअघि गत मे ११ मै आपतकाल हटाउने पूर्व निर्णय गरिएपनि दुई पटक आपतकाल बढाइएको थियो। नयाँ आपतकाल आइची, फुकुओका, होक्काइडो, ओकायामा, हिरोशिमा र ओकिनावा प्रिफेक्चरमा पनि विस्तार गरिएको थियो। सरकारको निर्णय बमोजिम आगामी जुन २० देखि ओकिनावा बाहेक… पुरा पढौ

उत्तर कोरियाली नेता किमद्वारा देशमा खाद्य संकट बढेको भन्दै चिन्ता व्यक्त

उत्तर कोरियाका नेता किम जोङ–उनले आफ्नो देशमा खाद्य संकट बढेको भन्दै चिन्ता ब्यक्त गरेका छन्। शीर्ष नेताहरुको बैठकलाई सम्बोधन गर्दै नेता किमले देशको खाद्य अवस्था तनावपूर्ण बन्दै गएको बताएका हुन्। गएको वर्षको तुफानका कारण आएको बाढीका कारण खेतीपातीमा क्षति भएकाले कृषि क्षेत्रले देशको माग धान्न नसकेको भन्दै उनले माग अनुसारको उत्पादनमा जोड दिनेगरी नीति बनाउन सम्बधित अधिकारीलाई निर्देशन समेत दिए। उत्तर कोरियामा खाद्यान्न, फलफूल र तरकारीलगायतका अन्य कृषि उपजको मूल्य निकै बढेको खबर आइरहेका छन्। उत्तर कोरियाले कोरोना भाइरसको संक्रमण… पुरा पढौ

अन्तरिक्ष केन्द्र निर्माणमा चीनको फड्को, तीन अन्तरिक्ष यात्री लिएर उड्यो शेन्झाउ–१२

चीनले बिहीबार आफ्नै अन्तरिक्ष केन्द्र निर्माणका लागि तीन जना अन्तरिक्ष यात्रीसहितको शेन्झाउ–१२ रकेट प्रक्षेपण गरेको छ। तियान्हे नाम दिइएको नयाँ अन्तरिक्ष केन्द्र निर्माणमा यी अन्तरिक्ष यात्रीले काम गर्नेछन्। उनीहरु अन्तरिक्ष केन्द्रमा ३ महिना बस्नेछन्। हाल संयुक्तराज्य अमेरिका र रुससँग मात्र अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र छन् जहाँ पृथ्वीबाट पठाइएका अन्तरिक्ष यात्रीहरू महिनौं बसेर अध्ययन र अनुसन्धानका कार्यहरु गर्ने गर्दछन्। हुनत, चीनले यसअघि पनि अन्तरिक्षमा मानव पठाइसकेको छ। यो चीनको सातौं मानव सहितको अन्तरिक्ष यात्रा हो। चीनले पाँच वर्ष यता मानवसहितको रकेट अन्तरिक्षमा… पुरा पढौ

बंगलादेशमा लकडाउन थप एक महिना लम्ब्याइयो

बंगलादेशमा पछिल्लो समयमा कोरोना भााइरसको प्रकोप बढ्दै गएपछि यहाँ जारी रहेको लकडाउन पनि थप एक महिना लम्ब्याइएको बताइएको छ। बंगलादेश सरकारले भाइरसको प्रकोप नघटेपछि यहाँ जारी रहेको लकडाउनलाई थप एक महिना लम्ब्याइएको जानकारी दिएको हो। सो लकडाउन बुधबार रातिदेखि थपिएको छ र आगामी महिना जुलाइको १५ तारिखसम्म कायम रहने घोषणा गरिएको बताइएको छ। त्यस अवधिका लागि सार्वजनिक यातायातका साथै पर्यटनसँग सम्बन्धित होटल रेष्टुरेन्टहरु सीमित संख्यामा मात्र खुल्न दिइने बताइएको छ। सरकारी कार्यालय तथा बैंक र फाइनान्स सेवा पनि प्रत्येक दिन… पुरा पढौ

कोरोनाबाट भारतमा ७ सय ३० जना डाक्टरको मृत्यु

भारतमा दोस्रो लहरको कोरोना संक्रमणका क्रममा ७ सय ३० जना डाक्टरको मृत्यु भएको छ। इन्डियन मेडिकल एसोसिएशन आइएमएका अनुसार ठूलो संख्यामा अन्य स्वास्थ्यकर्मी प्रभावित भएका छन्। आइएमएका अनुसार सबैभन्दा धेरै बिहारमा १ सय १५ जना डाक्टरको मृत्यु भएको छ। दिल्लीमा १ सय ९ जना डाक्टरको मृत्यु भएको छ। तथ्यांकअनुसार दोस्रो लहरमा उत्तर प्रदेशमा ७९, पश्चिम बंगालमा ६२, राजस्थानमा ४३, झारखण्डमा ३९ तथा आन्ध्र प्रदेशमा ३८ डाक्टरको मृत्यु भएको छ। यसैबीच पछिल्लो २४ घण्टामा भारतमा ६७ हजार २ सय ९४ जनामा… पुरा पढौ

अस्ट्रेलियाले अस्ट्राजेनिका खोप ६० वर्षभन्दा माथिका व्यक्तिलाई मात्र लगाउने

क्यान्बेरा । अस्ट्रेलिया सरकारले कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोप ६० वर्षभन्दा माथिको उमेरका व्यक्तिलाई मात्र लगाउने जनाएको छ । यसअघि यो खोप ५० वर्षभन्दा माथिको उमेरका व्यक्तिलाई दिइन्थ्यो । गत साता अस्ट्राजेनिका खोप लगाएकी एक ५२ वर्षीया महिलाको मस्तिष्कमा रगत जमेका कारण मृत्यु भएपछि सरकारले उमेर बढाएको हो । स्वास्थ्य मन्त्री ग्रेग हन्टले बिहीबारको नयाँ घोषणा गर्दा कुनै वैज्ञानिक तथ्यमा आधारित भएर नगरिएको बताउँदै सरकारले सचेतना अपनाउन चाहेको स्पष्ट गरे । अस्ट्रेलियाले ५० देखि ५९ वर्षको उमेरका व्यक्तिलाई सरकारले स्वीकृत गरेको… पुरा पढौ

चीनको एक फलामखानीमा बाढी पस्दा ११ मजदुरको मृत्यु

एजेन्सी । चीनको एक फलाम खानीमा बाढीको पानी पसेर भएको दुर्घटना हुँदा कम्तीमा ११ जना मजदुरको मृत्यु भएको छ । चीनको उत्तरी क्षेत्रस्थित शाङ्सी प्रान्तमा रहेको सो खानीको एउटा कुवामा बाढीको पानी पसरे सो दुर्घटना भएको हो । स्थानीय अधिकारीहरुका अनुसार बाढीमा फसेका अन्य व्यक्तिको खोज तथा उद्धार कार्य अझै जारी रहेको छ । खानीभित्र थुनिएका मजदूर रहेको स्थानबाट पानी बाहिर निकालिएको छ । बुधबार बिहानैदेखि भइरहेको भारी वर्षाका कारण उद्धार कार्यमा कठिनाई भइरहेको छ । घटनाबारे अनुसन्धान थालिएको छ… पुरा पढौ

अफगानिस्तानमा स्वास्थ्य सहायताकर्मीको हत्याको संयुक्त राष्ट्रसंघद्वारा निन्दा

संयुक्त राष्ट्रसंघका एक वरिष्ठ अधिकारीले अफगानिस्तानमा भएको स्वास्थ्य सहायताकर्मीको हत्याको निन्दा गरेका छन्। अफगानिस्तानको नानगाहार प्रान्तमा ५ जना स्वास्थ्यकर्मीको हत्या भएको थियो। साथै अरु केही स्वास्थ्य सहायताकर्मीलाई घाइते बनाइएको थियो। नानगाहार प्रान्तमा संयुक्त राष्ट्रसंघका स्वास्थ्यकर्मीहरुले पोलियो थोपा खुवाउने कार्यक्रममा सहभागी भएका थिए। सोही क्रममा तालिबान लडाकुहरूले उनीहरूको हत्या गरेका बताइएको छ। अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघका प्रतिनिधि रामिज अलखारबले सो हत्याको निन्दा गरेका हुन्। उनले नागरिकलाई स्वास्थ्य सहयोग गरिरहेका सहयताकर्मीहरूको हत्या निन्दनीय हो भन्दै यसमा संलग्नहरूलाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने… पुरा पढौ

कोरोना भाइरस चीनको ल्याबबाट ‘लिक’ भएजस्तो लाग्दैन: बेलायती प्रधानमन्त्री जोन्सन

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले कोभिड १९ को भाइरस चीनको ल्याबबाट लिक भएजस्तो आफूलाई नलागेको बताएका छन् । बेलायतका प्रधानमन्त्री जोन्सनले ग्रुप अफ सेभेन (जी ७) को पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्। उनले सो पत्रकार सम्मेलनमा भनेका थिए, ‘सुरुमा चीनको वुहान शहरको एक ल्याबबाट कोरोना भाइरसको किटाणु लिग भएर निस्किएको भन्ने सुनिएको थियो, तर अहिले आएर हेर्दा त्यो हो जस्तो लाग्दैन।’ सन् २०१९ को डिसेम्बरको अन्त्यतिर आएको एक समाचारमा यसको किटाणु उक्त ल्याबबाट निस्किएको भनिएको थियो। विशेष गरेर… पुरा पढौ