प्रवास

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दोषी ठहर

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्वहार सम्बन्धी एक मुद्दामा दोषी ठहर भएका छन् । उनलाइै यौन दुर्वहारमा न्यूयोर्कको एक अदालतले दोषी ठह¥याउँदै पीडितलाई क्षतिपूर्ति बापत ५० लाख डलर दिनुपर्ने फैसला सुनाएको छ । एक म्यागेजिनकी लेखिका ई. जीन केरलले सन् १९९० मा ट्रम्पले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । साथै उनले ट्रम्पमाथि आफ्नो मानहानी गरेको आरोप समेत लगाएकी थिइन् । यो मुद्दामा पूर्व राष्ट्रपति ट्रम्पलाई अदालतले दोषी ठह¥याएको बीबीसीले जनाएको छ । पुरा पढौ

भारतमा पुलबाट बस खस्दा १५ जनाको मृत्यु, २५ घाइते

मध्य प्रदेशको खरगोन जिल्लामा मङ्गलबार एक निजी यात्रुवाहक बस पुलबाट खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । सो घटना मङ्गलबार बिहान जिल्लाको ओन प्रहरी चौकी अन्तर्गत दसङ्गा क्षेत्र नजिकै डोङ्गरगाउँ पुलमा भएको हो। घटनाको जानकारी पाएलगत्तै प्रहरी प्रशासन र एम्बुलेन्स घटनास्थलमा पुगेर उद्धार कार्य शुरु गरेको थियो । खरगोनका प्रहरी उपरीक्षक (एसपी) धरमवीर सिंहले भनेका छन् ,खरगोन नको पुलबाट बस खसेर १५ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। उद्धार… पुरा पढौ

विमान घरमाथि खस्दा दुई जनाको मृत्यु

भारतको पश्चिमी राज्य राजस्थानमा विमान दुर्घटना भई यहाँस्थित एउटा घरमा खस्दा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सोमबार मिग–२१ सैन्य विमान दुर्घटना भएको हो । “पाइलटलाई सकुशल उद्धार गरिएको छ। मिग एउटा घरमा खस्यो। दुई जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्,“ प्रहरी अधिकारी सुधीर चौधरीले पश्चिमी राज्य राजस्थानमा दुर्घटनापछि एएफपीलाई बताएका छन् । घटनाको विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ । पुरा पढौ

साउदीको अर्थतन्त्र ३.९ प्रतिशत बढ्यो

साउदी अरबको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वर्षको पहिलो त्रैमासिकमा ३.९ प्रतिशतले वृद्धि भएको छ । सामान्य प्राधिकरणले जारी गरेको प्रतिवेदनले सो बारे उल्लेख गरेको छ। प्रतिवेदनले यस वर्षको जनवरी र मार्चको बीचमा गैर(तेल गतिविधिहरूमा ५.८ प्रतिशत र तेल क्षेत्रमा १.३ प्रतिशत वृद्धि भएको देखाएको छ । यता मौसमी समायोजन वास्तविक जीडीपीको तथ्याङ्क अनुसार अघिल्लो त्रैमासिकको तुलनामा पहिलो त्रैमासिकमा १.३ प्रतिशतले घटेको छ। रासस पुरा पढौ

थाइल्यान्डमा संसदीय निर्वाचनअघि प्रारम्भिक मतदान

थाइल्यान्डमा मे १४ मा हुने संसदीय निर्वाचनअघि आइतबार प्रारम्भिक मतदान भएको छ । निर्वाचन आयोगका अनुसार २२ लाखभन्दा बढी थाईहरूले तोकिएका मतदान केन्द्रहरूमा चाँडै मतदान गरेका छन् । आइतबारको मतदान ७० प्रतिशतभन्दा बढी हुने अनुमान गरिएको निर्वाचन आयोगका महासचिव सावेङ बुनमीले बताएका छन् । दुई मतपत्र प्रणाली अन्तर्गत संसदीय निर्वाचनले प्रतिनिधिसभाका लागि ५ सय सदस्य निर्वाचित गर्नेछ । रासस पुरा पढौ

बन्दुकधारीसहित ९ जनाको मृत्यु, ७ घाइते

अमेरिकाको डलास नजिकैको एउटा आउटलेट मलमा भएको गोलीकाण्डमा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । न्युयोर्क टाइम्सले शनिबार राति अधिकारीहरूलाई उद्धृत गर्दै सो घटनाबारे जानकारी दिएको छ । एलेन, टेक्सासका प्रहरी प्रमुख ब्रायन ई हार्वेले शनिबार राति पत्रकार सम्मेलनमा बताएअनुसार बन्दुकधारीको अझै पहिचान हुन सकेको छैन । गोली चलेको समयमा मलमा अर्कोतिर रहेका एकजना प्रहरी अधिकारीले बन्दुकको आवाज सुनेपछि त्यसतर्फ दौडिएको र आक्रमणकारीलाई गोली हानेको बताएका छन् । न्युयोर्क टाइम्सका अनुसार दिउँसो ३.३० बजे (स्थानीय… पुरा पढौ

पाकिस्तानको विदेशी मुद्रा सञ्चिति ६० लाख अमेरिकी डलरले घट्यो

स्टेट बैंक अफ पाकिस्तान (एसबीपी) ले आफ्नो विदेशी मुद्रा सञ्चिति ६० लाख अमेरिकी डलरले घटेको जनाएको छ । गत अप्रिल २८ मा उल्लेख भएअनुसार पाकिस्तानी केन्द्रीय बैंकको कुल विदेशी मुद्रा सञ्चिति लगभग ४।५ बिलियन डलरमा झरेको पनि एसबीपीले बिहीबार विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ । वाणिज्य बैंकहरुसँग रहेको खुद विदेशी सञ्चिति करिब ५ अर्ब ६ करोड डलर पुगेको पनि केन्द्रीय बैंकले जनाएको छ । एसबीपीका अनुसार पाकिस्तानमा रहेको कुल तरल विदेशी मुद्रा करिब १० अर्ब डलर रहेको छ। पाकिस्तानले… पुरा पढौ

पाकिस्तानका कुख्यात आतङ्ककारी मारिए

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको प्रहरीले बिहीबार डेरा इस्माइल खान जिल्लामा भएको मुठभेडमा एक जना मोस्ट वान्टेड आतङ्कवादीलाई मारेको विज्ञप्तिमा उल्लेख छ। प्रहरीका अनुसार जिल्लाको फतेह मोर इलाकामा मोहम्मद इकबाल आलिया बाली खियार नाम गरेका आतङ्ककारी साथीसहित मारिएका हुन् । प्रहरीको एन्टी टेररिस्ट स्क्वाडका कर्मचारीले आतङ्ककारीलाई घेरेर आत्मसमर्पण गर्न आग्रह गरे पनि उनीहरूले प्रहरीमाथि गोली प्रहार गरेपछि गोली हानाहानमा मारिएको प्रहरीले जनाएको छ । खैबर पख्तुनख्वा र पञ्जाब प्रान्तहरूले आतङ्कवाद, लक्षित हत्या र फिरौतीका लागि प्रहरी अधिकारी र सर्वसाधारणको अपहरण… पुरा पढौ

सुडानबाट दुई सय नागरिकलाई उद्धार गर्ने रुसकाे घोषणा

रुसले युद्धग्रस्त सुडानबाट आफ्ना दुई सय नागरिकलाई उद्धार गर्ने घोषणा गरेको छ । चार वटा सैनिक विमानबाट दुई सय जना रुसी नागरिकलाई सुडानबाट फिर्ता ल्याइने रुसको सशस्त्र बलले जनाएको छ । रक्षा मन्त्रालयले आज जारी गरेको विज्ञप्तिअनुसार सुडानमा रहेका रुसी कूटनीतिक कर्मचारी, सैनिक अधिकारी, रुसी नागरिकका साथै पूर्वशोभियत सङ्घबाट छुट्टिएका नागरिक तथा उद्धारका निम्ति अनुरोध गरेका अन्य मित्रराष्ट्रका नागरिकलाई ल्याइने छ । रासस पुरा पढौ

सुडान द्वन्द्वग्रस्त क्षेत्रमा समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि पठाइँदै

सुडानमा देखिएको ‘अकल्पनीय’ परिस्थितिलाई समन्वय गरी सामान्य पार्न संयुक्त राष्ट्रसङ्घीय दूतलाई त्यहाँ पठाइने भएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले खार्तूममा सेना र सशस्त्र अर्धसैनिक बलबीच व्यापक हिंसात्मक लडाईं जारी भएपछि यो घोषणा गरेका । महासचिव गुटेर्रेसले सुडानमा युद्धविराम घोषणाको ७२ घण्टामा सहमतिलाई व्यापक रूपमा उल्लङ्घन गरिएको भन्ने जानकारीपछि नयाँ टाली त्यसतर्फ पठाउन निर्देशन दिएको प्रवक्ता स्टेफन दुजारिकले बताए। संयुक्त राष्ट्रसङ्घका आपतकालीन राहत संयोजक मार्टिन ग्रिफिथ्सले आइतबार एक छुट्टै वक्तव्य जारी गर्दै सुडानको मानवीय अवस्था बिग्रँदै गएको बताए ।… पुरा पढौ