तालिबाननेता मौलवी हिबतुल्लाह अखुन्दजादाले इद–उल–अजहाको आगमनपछि एक सन्देश जारी गर्दै तालिबानले विश्व, विशेषगरी इस्लामी मुलुकसँग असल राजनीतिक तथा आर्थिक सम्बन्ध चाहेको र यस सम्बन्धमा आफ्नो जिम्मेवारी पूरा गरेको बताएका छन्। काबुलबाट प्रसारण हुने अफगान समाचार च्यानल टोलो न्यूजका अनुसार तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले तालिबान नेता मौलवी हिबतुल्लाह अखुन्दजादालाई उद्धृत गरीे इद–उल–अजहाको अवसरमा उक्त सन्देश जारी गरेका हुन्। मुजाहिदको ट्वीटरमा प्रकाशित पत्रमा अखुन्दजादाले भनेका हुन्, “जसरी हामी अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैनौं, त्यसरी नै हामी अरुलाई हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप…
पुरा पढौ