प्रवास

आज अन्तर्राष्ट्रिय तटस्थता दिवस

आज अंग्रेजी डिसेम्बर महिनाको १२ तारिक अर्थात अन्तर्राष्ट्रिय तटस्थता दिवस। विश्वमा पूर्ण स्वतन्त्रताको अपेक्षासहित मनाइने अन्तर्राष्ट्रिय तटस्थता दिवस प्रत्येक वर्ष डिसेम्बर १२ मा विश्वभर यो दिवस मनाउने गरिन्छ। विश्वलाई माथि उठाउँदै तटस्थ र शान्तिपूर्ण बनाउन यो दिवसको विशेष महत्व रहने गरेको छ । विशेष गरेर विभिन्न तनावका कारण हरेक मुलुकहरु धु्रविकृत भएका छन्। विश्व समुदायमा शक्तिशाली राष्ट्रबीच आ–आफ्नो प्रभाव जमाउने होडबाजी छ। संसारमा सबै राष्ट्रहरूको सार्वभौमिकताको पहिचान स्वीकार गर्दै तटस्थ र शान्तिमैत्री विश्व समाजको अवधारणा यस दिवसले अघि सारेको उद्देश्यहरु… पुरा पढौ

डब्ल्युएचओद्वारा युगान्डालाई स्वास्थ्य सहयोग

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले युगान्डाका खडेरी र खाद्य असुरक्षाको सामना गरिरहेका जिल्लाहरूमा प्रयोग गर्ने गरी ११ लाख अमेरिकी डलरभन्दा बढीको स्वास्थ्य सामग्री प्रदान गरेको छ। शुक्रबार सोबारे ट्वीट गर्दै सङ्गठनले उक्त सामग्रीको आपूर्तिले कारामोजा, लांगो र टेसो क्षेत्रका २० जिल्लाहरूमा खडेरी र खाद्य असुरक्षाको स्वास्थ्य प्रभावलाई सम्बोधन गर्न सहयोग गर्ने जनाएको छ। ूयो सहयोगले स्वास्थ्य सुविधा र सामुदायिक स्तरमा औलो, मातृ, नवजात र बाल स्वास्थ्य, पोषण, क्षयरोग र एचआईभी लगायतका अत्यावश्यक स्वास्थ्य सेवाहरूको निरन्तरता सुनिश्चित गर्ने लक्ष्य राखेको छ,ू… पुरा पढौ

बंगलादेशमा विपक्षी दलको कडा विरोध

नयाँ निर्वाचनको माग गर्दै प्रधानमन्त्री शेख हसिनाको सरकारविरुद्धको आन्दोलनमा बंगलादेशको प्रमुख प्रतिपक्षी दलका करिब १ लाख समर्थक शनिबार ढाकामा भेला भएका छन्। विपक्षी बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का सबै सात सांसदले उक्त कार्यक्रममा संसद्बाट राजीनामा दिने घोषणा गरेका छन्। यससँगै देशको विधायिकालाई मुख्यतया रबर स्ट्याम्पको रूपमा छोड्नेछ। पश्चिमा सरकार र संयुक्त राष्ट्रसंघले बंगलादेशको राजनीतिक वातावरणप्रति चिन्ता व्यक्त गरेका छन्। यो एसियाको सबैभन्दा तीव्र गतिमा वृद्धि भइरहेको अर्थतन्त्रमध्ये एक हो। तर, युक्रेन युद्धले सरकारलाई ग्यास र डिजेलको आयात स्थगित गर्न बाध्य… पुरा पढौ

मस्को क्षेत्रको सपिङ मलमा आगलागी

रुसको मस्को क्षेत्रको खिम्की सहरमा रहेको एउटा सपिङ मलमा शुक्रबार आगलागी भएको भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । स्थानीय समयानुसार शुक्रबार बिहान ७ः०५ बजे आगलागीे सुरु भएकोे जनाइएको छ । यस आगलागीले सात हजार वर्ग मिटर क्षेत्रफल ओगटेको रसियाको आपतकालीन मन्त्रालयको प्रेस कार्यालयले जनाएको छ । यस आगलागीबाट भएको धनजनको क्षतिको हाल केही समाचार प्राप्त भएको छैन् । हाल घटनाको विस्तृत विवरण प्राप्त नभएको समाचारमाा जनाइएको छ । रासस पुरा पढौ

चीनद्वारा ट्युनिसियाको विकास मार्गलाई समर्थन

चीनले ट्युनिसियालाई आफ्नो राष्ट्रिय अवस्था अनुरूप विकासको बाटोमा अघि बढ्न दृढतापूर्वक समर्थन गर्ने र ट्युनिसियाको आन्तरिक मामिलामा बाह्य हस्तक्षेपको विरोध गरेको चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार बताएका छन् । साउदीको राजधानी रियादमा ट्युनिसियाका आफ्ना समकक्षी काइस सइदसँगको भेटमा सीले उक्त टिप्पणी गरे । रासस पुरा पढौ

एआइआइबीको २५ करोड डलर बङ्गलादेशलाई

एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) ले बङ्गलादेशलाई सामाजिक विकासमा समावेशिता र उत्तरदायित्व सुधार गर्न २५ करोड अमेरिकी डलर उपलब्ध गराउने भएको छ । सामाजिक उत्थानशीलता सुदृढीकरण कार्यक्रमअन्तर्गत बजेट सहयोगका रुपमा ऋण उपलब्ध गराउने सम्झौतामा बुधबार बङ्गलादेश र एआइआइबीबीच हस्ताक्षर भएको छ । बङ्गलादेशको आर्थिक सम्बन्ध डिभिजन (ईआरडी) का सचिव शरीफा खान र एआईआईबीको लगानी परिचालन विभागका उपाध्यक्ष उर्जित आर पटेलले सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार तीन वर्षको सहुलियत अवधिसहित साढे छब्बीस वर्षमा बङ्गलादेशले ऋण चुक्ता गरिसक्नुपर्नेछ । बङ्गलादेशले यसअघि… पुरा पढौ

स्पेनमा २ वटा रेल ठोकिदा १५० जना घाइते

बार्सिलोना नजिकैको एक स्टेसनमा बुधबार एक रेल अर्कोको पछाडि दौडिँदा १५० भन्दा बढी व्यक्ति सामान्य घाइते भएका स्पेनको रेन्फे रेल अपरेटरले जनाएको छ। दुर्घटनाको समयमा रेल सुस्त गतिमा रहेको जनाइएइको छ। घाइतेमध्ये अधिकांको शरीरमा सामान्य दाग र निलो डाम रहेको जनाइएको छ। घाइेमध्ये ३९ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। बार्सिलोनाबाट करिब १० किलोमिटर (६ माइल) उत्तरमा रहेको मोन्टकाडा स्टेसनमा गुडिरहेको रेलले एक स्थिर रेललाई ठक्कर दिएको एक क्षेत्रीय अग्नि सेवा प्रवक्ताले पत्रकारहरूलाई बताएका छन्। एजेन्सी पुरा पढौ

स्वयंसेवी हत्या गरेको आरोपमा ५ जनालाई मृत्युदण्डको सजाय

इरानको अदालतले नोभेम्बरको सुरुमा बसिज स्वयंसेवी बलका एक सदस्यको हत्या गरेको आरोपमा १६ जनालाई दोषी ठहर गरेको छ। तीमध्ये ५ जनालाई प्रारम्भिक मृत्युदण्डको सजाय सुनाएको अर्ध सरकारी समाचार समिति तस्निमजले जनाएको छ। पत्रकार सम्मेलनमा घोषणा गर्दै इरानी न्यायपालिकाका प्रवक्ता मसुद सेतायेशीले ३ नाबालिकासहित ११ जना दोषीहरूलाई जेल सजाय सुनाइएको छ। अल्बोर्ज प्रान्तको इस्लामिक क्रान्तिकारी अदालत र फौजदारी अदालतले सोमबार क्रमश: वयस्क र नाबालिग पक्राउ परेकाहरूलाई अपराधको लागि मुद्दा चलाएर फैसला सुनाएको सेतायेशीले जानकारी दिएका छन्। निर्णयहरू अझै अन्तिम नभएका र… पुरा पढौ

ह्यारी र मेघनलाई ‘रिप्पल अफ होप अवार्ड’

बेलायती राकुमार ह्यारी र उनकी पत्नी मेघनले नस्लवादी न्याय र मानसिक स्वास्थ्यका लागि महत्वपूर्ण काम गरेबापत ‘रिप्पल अफ होप अवार्ड’ पाएपछि यो पुरस्कारका कारण ‘श्रृंखलाबद्ध परिवर्तनहरू’ आउन सक्ने बताएका छन्। सस्सेक्सका ड्युक तथा डचेस ह्यारी र मेघनलाई अमेरिकाको न्यूयोर्कमा आयोजित एक कार्यक्रममा रोवर्ट एफ केनेडी ह्युमन राइट्स (आरएफकेएचआर) संस्थाले यो अवार्ड प्रदान गरेको हो। ती दम्पतीले आफूहरूको घृणामाथिको पे्रम र डरमाथिको साहसको बारेमा पनि बोलेका थिए। अभिनेता एलेक बाल्डविनले यस पुरस्कार वितरण समारोहको आयोजना गरेका थिए। आरएफकेएचआर एउटा मानवअधिकारबारे वकालत… पुरा पढौ

आइसीसी विश्वकप लिग–२: नेपालले आज स्कटल्याण्डसँग खेल्दै

आइसीसी विश्वकप लिग– को सिरिज अन्तर्गत आज (बिहीबार) नेपालले नामिवियामा स्कटल्याण्डसँग खेल्दै छ। पहिलो खेल वर्षाका कारण रद्द हुँदा एक अंक लिएको नेपालले त्यसपछि लगातार २ खेलमा पराजय भोगेको छ। आजको खेलमा जित निकाल्दै नामिविया भ्रमण सम्पन्न गर्ने लक्ष्यमा नेपाल रहेको छ। तर, नेपालभन्दा बलियो स्कटल्याण्डसँग जित निकाल्न सहज भने छैन।नेपाल र स्कटल्याण्डबीचको खेल युनाइटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौन २ बजेदेखि सुरुहुने छ।त्रिकोणात्मक सिरिजमा सिरिजमा नेपाल, नामिबिया र स्कटल्याण्डले प्रतिस्पर्धा गरेका छन्। एक दिवसीय मान्यता जोगाउन पनि महत्वपूर्ण… पुरा पढौ