प्रवास

भारतमा कोरोना सङ्क्रमणमा पुनःवृद्धि

नयाँदिल्ली । भारतमा बितेका २४ घण्टामा देशका विभिन्न भागमा कोरोना सङ्क्रमतिको सङ्ख्या २० हजार नाघेको छ । शुक्रबार बिहान केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार हिजो एक दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या २० हजार ५५१ पुगेको छ । देशमा हाल कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ४१ लाख ७ हजार पाँच सय ८८ पुगेको छ । गत दुई दिनयता २० हजार भन्दा कम भएको कोरोना सङ्क्रमित शुक्रबार पुनः २० हजार नाघेको छ । देशभर एक लाख ३७ हजार ५७ जना… पुरा पढौ

अमेरिकामा जनस्वास्थ्य सङ्कट घोषणा

लस एन्जेलस । मङ्कीपक्सका सङ्क्रमितहरु बढेपछि अमेरिकामा जनस्वास्थ्य सङ्कटकालको घोषणा गरिएको छ । अमेरिकी सरकारले बिहीबार सो घोषणा गरेको हो । यहाँको स्वास्थ्य तथा मानवीय सेवा विभागले सो घोषणा गरेको हो । उक्त विभागका तर्फबाट बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा अमेरिकामा मङ्कीपक्सको अवस्था दिन प्रतिदिन बढ्दै गएपछि सो घोषणा गरिएको बताइएको थियो । विश्व स्वास्थ्य सङ्गठनले मङ्कीपक्सलाई विश्वव्यापी समस्याका रुपमा घोषणा गरेको एक हप्तापछि अमेरिकाले पनि आफ्नो देशमा जनस्वास्थ्य सङ्कटकाल घोषणा गरेको हो । अमेरिकामा बिहीबारसम्ममा छ हजार ६०० जनामा… पुरा पढौ

दिल्लीमा मङ्कीपक्सबाट थप एक व्यक्ति सङ्क्रमित

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा विदेशी मूलकी एक महिलामा बुधबार साँझ मङ्कीपक्स सङ्क्रमण पुष्टि भएको बिहीबार स्वास्थ्य विभागका अधिकारीले पुष्टि गरेका छन् । स्थानीय सञ्चारमाध्यमले सङ्क्रमित नाइजेरियाली नागरिक भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा मङ्कीपक्स पहिलोपटक महिलामा सङ्क्रमण भेटिएको हो । यससँगै नयाँ दिल्लीमा मङ्कीपक्सबाट चौथो व्यक्ति सङ्क्रमित भेटिएको पुष्टि भएको छ भने देशभर कूल नौ जनामा यो भाइरस सङ्क्रमण पुष्टि गरिएको छ । अहिलेसम्म सङ्क्रमितमध्ये दक्षिण भारतको केरलाका एक जनाको मृत्यु भएको छ । जुलाई १४… पुरा पढौ

कोरियामा एकैदिन एकलाख सात हजारभन्दा बढी सङ्क्रमित

दक्षिण कोरियामा २४ घण्टाको समयावधि अर्थात बुधबार मध्यरातसम्म एक लाख सात हजार आठ सय ९४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । यसैसँगै यहाँका कूल सङ्क्रमितको सङ्ख्या दुई करोड ६० लाख एक सय ५४ पुगेको स्वास्थ्य अधिकारीले बिहीबार बताएका छन् । अघिल्लो दिनको तुलना कोभिड सङ्क्रमण केही घटेको कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सी जानकारी दिएको थियो । नयाँ केसमध्ये, चार सय ३५ जना आयातीत रहेको जनाइएको छ । यद्यपि ४६ हजार तीन सय २९ जना कोरोनामुक्त भएका छन् ।… पुरा पढौ

थप १९ हजारमा कोरोना संक्रमण

भारतमा कोरोना भाइरसबाट थप १९ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १९ हजार ८९३ जना नयाँ सङ्क्रमित भएका हुन् । सङ्घीय स्वास्थ्य मन्त्रालयले यसअघि बुधबार सार्वजनिक गरिएको विवरणमा भारतमा नयाँ सङ्क्रमितको सङ्ख्या १७ हजार १३५ रहेको थियो ।भारतमा दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या एक लाख ३६ हजार ४७८ रहेको छ । मन्त्रालयका अधिकारीहरुका अनुसार भारतमा कोराना भाइरसका कारण अहिलेसम्म पाँच लाख २६ हजार ५३०… पुरा पढौ

‘अमेरिकाले ताइवानको साथ छाड्ने छैन’

अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले आफ्नो देशले ताइवानको साथ नछाड्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । चीनको चेतावनीलाई वेवास्ता गर्दै गए राति ताइवान पुगेकी पेलोसीले ताइवानी नेताहरूसँग हिँजो (बुधबार) भएको भेटमा उनले ताइवानप्रतिको प्रतिबद्धता अमेरिकाले त्याग्न नसक्ने बताइन् । राष्ट्रपति साई इङ–वेनसँगको भेटमा वर्तमान विश्वले लोकतन्त्र र निरंकशतामध्ये एउटालाई रोज्नुपर्ने परिस्थितिको सामना गरिरहेको बताउँदै उनले विश्वभरि लोकतन्त्रको प्रवद्र्धनका निम्ति अमेरिका दृढ रहेको उल्लेख गरे । अमेरिका र चीनबीच तनाव बढेका बेला २५ वर्षको अन्तरालमा ताइवान भ्रमण गर्ने उनी उच्च अमेरिकी अधिकारी… पुरा पढौ

पेलोसीको ताइवान भ्रमणपछि चीनले थाल्यो सैन्य अभ्यासको तयारी

शीर्ष अमेरिकी राजनीतिज्ञ न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीनले ताइवान वरपरका समुद्रहरूमा सैन्य अभ्यासको तयारी गरिरहेको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ । सभामुख पेलोसी ताइवानको छोटो तर विवादास्पद भ्रमणपछि बुधबार प्रस्थान गरेकी थिइन् । जसलाई चीनले छुट्टिएको प्रान्तको रूपमा लिन्छ । प्रतिक्रिया स्वरूप चीनले पाँच दिनको ‘आवश्यक र उचित’ सैन्य अभ्यासको घोषणा गरेको छ । जुन आज (बिहीबार) बाट सुरु हुनेछ । यता, ताइवानले २७ चिनियाँ युद्धक विमानहरू पहिले नै आफ्नो वायु रक्षा क्षेत्रमा प्रवेश गरिसकेको जनाएको छ । ताइवानको… पुरा पढौ

मङ्कीपक्सबाट बच्न बिफरको खोप अनुमोदन

जापानले मङ्कीपक्सबाट बच्न बिफरको खोपलाई अनुमोदन गरेको छ । मङ्कीपक्सविरुद्ध प्रभावकारी मानिने बिफरको खोप प्रयोगलाई स्वीकृति दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बिफरको खोप मङ्कीपक्सविरुद्ध ८५ प्रतिशत प्रभावकारी हुने विश्वास गरिएको स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् । गत महिनाको अन्त्यमा दुईजना आफ्ना नागरिक उक्त रोगबाट पीडित भएपछि सरकारले उक्त खोप प्रयोगको स्वीकृति दिएको हो । स्वास्थ्यकर्मी, प्रयोगशालाका कर्मचारी र स्वास्थ्य केन्द्रका कर्मचारीलाई खोप उपलब्ध गराउने वा नगराउने भन्ने विषयमा निर्णय भइनसकेको उक्त मन्त्रालयले बताएको छ । देशमा विफरविरुद्धको खोपको पर्याप्त… पुरा पढौ

सडक दुर्घटनामा १७ जनाको मृत्यु

दक्षिणी इजिप्टको सोहाग प्रान्तको मरुभूमि सडकमा माइक्रो बस र ट्रक ठोक्किँदा मङ्गलबार अबेर राति भएको दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएका छन् । घटनास्थलमा पन्ध्रवटा एम्बुलेन्सहरू घाइतेहरूलाई सोहाग पब्लिक अस्पतालमा लैजानका लागि पुगेका सोहागका गभर्नर तारेक अल–फिकीले सिन्ह्वालाई बताए । प्रारम्भिक अनुसन्धानमा माइक्रोबस चालकले विपरित तर्फबाट आउँदै गरेको ट्रकसँग ठोक्किएर ठक्कर दिन खोज्दा तीब्र गतिका कारण दुर्घटना भएको हो उनले थप जानकारी दिए । कमजोर सडक पूर्वाधार र ढिलो रूपमा लागू गरिएको ट्राफिक नियमहरूको… पुरा पढौ

भारतमा कोरोना सङ्क्रमणमा पुनः बृद्धि

नयाँदिल्ली । बितेका २४ घण्टामा देशका विभिन्न भागमा कोरोना सङ्क्रमतिको सङ्ख्या १७ हजार एक सय ३५ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ । देशमा हाल कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ४० लाख ६७ हजार एक सय ४४ पुगेको छ । गत दुई दिनयता घटेको जस्तो देखिएको कोरोना सङ्क्रमित बुधबार प्रकाशित तथ्याङ्कअनुसार पुनः बृद्धि भएको देखिएको छ । देशभर एक लाख ३७ हजार ५७ जना सक्रिय सङ्क्रमित छन् । यसैगरी १९ हजार आठ सय २३ सङ्क्रमणमुक्त भएका… पुरा पढौ