प्रवास

नेपालले केन्यासँग टी–२० र एक दिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्दै

नेपाली राष्ट्रिय क्रिकेट टिमले केन्यासँग टी–२० र एक दिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्दैछ । नेपालले केन्यासँग ५ खेलको टी–२० र ३ खेलको एक दिवसीय शृंखला खेल्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । पहिलो टी–२० अगस्ट २५ तारिखमा हुनेछ । यस्तै, अन्तिम टी–२० अगस्ट ३० मा तारिखमा हुनेछ । पहिलो एक दिवसीय सेप्टेम्बर २, दोस्रो एक दिवसीय सेप्टम्बर ३ र अन्तिम एक दिवसीय सेप्टेम्बर ५ तारिखमा हुनेछ । खेल केन्यामा हुनेछ । क्यानले हिजो केन्यासँग खेल्न सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय… पुरा पढौ

ट्रम्पको फ्लोरिडास्थित निवासमा एफबीआईको छापा

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित आफ्नो निवासमा एफबीआईले छापा मारेको एक समाचारमा जनाइएको छ । विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले अमेरिकाका पूर्व राष्ट्रपति ट्रम्पले आफ्नो बयानमा ठूलो संख्यामा एफबीआईका एजेन्टहरू आएर आफ्नो निवासमा छापा मारेको बताएको छ । पूर्व राष्टपति ट्रम्पले फ्लोरिडाको मार ए लागो रिसोर्टमा एफबीआइका एजेन्टहरु आएर छापा मारेको जनाएको समाचारमा उल्लेख गरिएको छ । रासस/सिन्ह्वा पुरा पढौ

कोभिडका कारण एकै दिन छ जनाको मृत्यु

मलेसियामा पछिल्लो समयमा कोभिडका सङ्क्रमितहरु घटेका छैनन् । त्यहाँ गएको २४ घन्टायता मात्र कम्तीमा पनि दुई हजार ८६३ जनामा कोभिडको सङ्क्रमण देखिएको छ । मलेसियाका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले पछिल्लो सयममा यहाँ कोभिडका सङ्क्रमितहरु बढ्दै गएको र अहिलेसम्म देशका ४७ लाखभन्दा बढीमा सो सङ्क्रमण फैलिएको छ । यहाँ गएको २४ घन्टा मात्रयता छ जना सङ्क्रमितको कोभिडकै कारण ज्यान गएको छ । यो समेत गरी मलेसियामा कोभिडको सङ्क्रमणबाट ज्यान जाने व्यक्तिको संख्या ३६ हजार ३२ जना पुगेको बताइएको छ । देशभर अहिले… पुरा पढौ

मालीको आतङ्ककारी हमलामा सैनिक र सर्वसाधारण मारिए

मालीमा आइतबार भएको एक आतङ्ककारी हमलामा परेर चार जना सैनिकको ज्यान गएको छ । यहाँका चार जना सैनिक मारिएका मालीको सैनिक संगठनद्धारा आइतबार प्रकाशन गरिएको विज्ञप्तिमा जनाएको हो । साथै सो हमलामा परेर अरु दुई जना सर्वसाधारण पनि मारिएका छन् । सैनिकहरुको गस्तीमा मालीमा रहेको एक आतंककारी समूहले बम हमला गरेको थियो । सो हमलापछि गस्तीमा रहेको मालीको सेनाले पनि आक्रमण गरेको थियो । उक्त आक्रमणमा पाँच जना सो समूहका सदस्य पनि मारिएका छन् । मालीको सैनिकले प्रकाशन गरेको विज्ञप्तिमा… पुरा पढौ

चक्कु प्रहारबाट इरानमा १० जनाको मृत्यु

दक्षिणपूर्वी इरानमा भएको झडपमा एक अफगान नागरिकले चक्कु प्रहार गरी १० जनाको हत्या गरेको स्थानीय सञ्चारमाध्यमले सोमबार जानकारी दिएका छन् । व्यक्तिगत विवाद हुँदा आइतबार साँझ रफसञ्जनमा चक्कु प्रहार गर्ने हमलाकारीलाई प्रहरीले पक्राउ गरेको एन्तेखाब समाचार वेबसाइटले रफसन्जनका गभर्नर होसेन रेजाईलाई उद्धृत गर्दे उल्लेख गरेको छ। उक्त घटनाका सबै पीडितहरू पुरुषहरू छन् । ती मध्ये छ अफगानी र चार इरानी नागरिकहरू छन् । रेजाईले बताएअनुसार आक्रमणकारीको मानसिक स्वास्थ्य असामन्य थियो । उसले आफैलाई प्रहार गरी चोट लगाएको पाइएको छ ।… पुरा पढौ

विविध कार्यक्रमसहित अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाइँदै

आज अगष्ट ९ तारिक अर्थात २८ औं अन्तर्राष्ट्रिय आदिवासी दिवस । आजको दिन नेपाल लगायत विश्वभर आदिवासी दिवस मनाइन्छ । हरेक वर्ष अगष्ट ९ तारिकका दिन यो दिवस मनाइँदै आएको छ । वर्ष सन् २०२२ को अन्तर्राष्ट्रिय आदिवासी दिवसका लागि‘The Role of Indigenous Women in the Preservation and Transmission of Traditional Knowledge’अर्थात् ‘परम्परागत ज्ञान र सीपहरूको संवद्र्धन र हस्तान्तरणका लागि आदिवासी महिलाहरूको भूमिका’ भन्ने मूल नारा तय गरेको छ । नेपालमा पनि आदिवासी जनजातिजन्य संघसंस्थाहरुले ‘२८औं विश्व आदिवासी दिवस’ संयुक्तरुपमा… पुरा पढौ

भारतमा एक दिनमा १६ हजार भन्दा बढी सङ्क्रमित

भारतमा कोरोना भाइरसबाट एक दिनमा थप १६ हजार भन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १६ हजार १६७ नयाँ सङ्क्रमित भएका हुन् । यसैसँगै भारतमा हाल कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ४१ लाख ६१ हजार ८९९ सङ्घीय स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको छ ।भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या एक लाख ३६ हजार ५१० रहेको छ । यहाँ कोरोना सङ्क्रमणबाट बितेको २४ घण्टामा ४१ जनाको… पुरा पढौ

दक्षिण कोरियामा सङ्क्रमित घटे

दक्षिण कोरियामा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या फेरि घटेको छ । स्वास्थ्य अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा ५५ हजार २९२ जना सङ्क्रमित भएका छन् । योसँगै देशभरी अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ५४ लाख चार हजार ४२० पुगेको छ । यसअघि केही दिनदेखि दैनिक एक लाखभन्दा बढी सङ्क्रमित हुने गरेका थिए । अघिल्लो हप्ता औषतमा एक लाख तीन हजार ४११ जना सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले सङ्क्रमित अवस्थामै रहेका मध्ये ३२४ जनाको अवस्था गम्भीर… पुरा पढौ

इजरायल गाजा हमलाको अफ्रिकन युनियनद्वारा निन्दा

अफ्रिकन युनियनले इजरायल र गाजामा भएको हिंसात्मक हमलाको निन्दा गरेको छ । सो युनियनका अध्यक्ष माउसा फाकी माहमतले सो निन्दा गरेका हुन्। प्यालेस्टीनियन इस्लामिक जिहाद, पिआइजे र अर्को अतिवादी समूहका कारण गाजामा इजरायलत तर्फबाट हमला भएको थियो । केही दिनयताको सो हिंसात्मक आक्रमणमा परेर ४३ जनाको ज्यान गएको थियो भने अरु दुई सयभन्दा बढी मारिएका थिए । युनियनका अध्यक्ष माहमतले यसरी सर्वसाधारण नागरिक तथा बालबालिकालाई तारो बनाएर हमला गर्नु अन्तर्राष्टिय कानुनको उल्लङ्घन हो भन्दै यस्ता कार्य तत्कालै रोक्न आग्रह गरेका… पुरा पढौ

भारतलाई हराउँदै अष्ट्रेलियाले जित्यो महिला कमनवेल्थको स्वर्णपदक

महिला क्रिकेटमा आफ्नो दबदबा कायम राख्ने क्रममा अष्ट्रेलियाले आइतबार राति कमनवेल्थ गेम्समा भारतलाई नौ रनले हराउँदै स्वर्णपदक जितेको छ । महिला एसेस शृंखला जित्नुका साथै एकदिवसीय र ट्वान्टी–२० दुवै स्वरूपको विश्वकपमा उपाधि जित्न सफल अष्ट्रेलियाले कमनवेल्थमा पनि स्वर्णपदक हासिल गरेको हो । वेथ मुनीले ६१ रन बनाएपछि बर्मिङघमस्थित एडबास्टन क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १६१ रन बनाएको थियो । १६२ रनको लक्ष्य पछ्याएको भारतले १९.३ ओभरमा सबै विकेट गुमाएर १५२ रन मात्र… पुरा पढौ