प्रवास

बेपत्ता भएको पाकिस्तानी सेनाको हेलिकोप्टर भेटियो, ६ जनाको मृत्यु

बेपत्ता भएको पाकिस्तानी सेनाको हेलिकोप्टर भेटिएको छ । देशको बालुचिस्तान प्रान्तमा सोमबार रातीदेखि हराइरहेको हेलिकोप्टर भेटिएको सरकारी सैन्य अधिकारीहरूले मङ्गलबार जानकारी दिएका हुन् । हेलिकोप्टरमा रहेका ६ जनाको मृत्युको छ । ती मध्ये लेफ्टिनेन्ट जेनरल सर्फाज अलिको पनि मृत्यु भएको सेनाले पुष्टि गरेको छ । मौसमको खराबीका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटनाप्रति प्रधानमन्त्री शेहबाज शरिफले गहिरो दुःख व्यक्त गरेका छन् । उनले मृतकका आफन्तजनप्रति सहानुभूति पनि व्यक्त गरेका एजेन्सी पुरा पढौ

चीनको चेतावनीबीच ताइवान पुगिन् नेन्सी पेलोसी

अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेकी छन् । एसिया भ्रमणका क्रममा चीनको चेतावनीबीच पेलोसी ताइवानको राजधानी ताइपेय पुगेकी हुन् । चीनले अमेरिकालाई ‘आगोसँग खेलिरहेको’ चेतावनी दिएको छ । चिनियाँ सेनाले ‘लक्षित सैन्य कारबाही’ सुरु गर्ने वाचा गरेको छ । दशकौँपछि अमेरिकी उच्च अधिकारीले ताइवानको भ्रमण गरेका हुन् । ताइवानको संभावित भ्रमणलाई लिएर चीनले अमेरिकाको विरोध गर्दै आएको थियो । एसिया भ्रमणको क्रममा सभामुख पेलोसीले ताइवान जाने अमेरिकी विदेश मन्त्रालयले केही उल्लेख गरेको थिएन । पेलोसीले बुधबार बिहान ताइवानका… पुरा पढौ

एक दिनमा ४४ हजार छ सय ८९ कोभिड–१९ का नयाँ सङ्क्रमित

दक्षिण कोरियामा २४ घण्टाको समयावधि अर्थात् आइतबार मध्यरातसम्म ४४ हजार छ सय ८९ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । यसैसँगै यहाँका कूल सङ्क्रमितको सङ्ख्या एक करोड ९८ लाख २० हजार सात सय ३९ पुगेको स्वास्थ्य अधिकारीहरूले शुक्रबार बताएका छन् । अघिल्लो दिनको तुलना कोभिड सङ्क्रमण घटेको जनाइएको छ । अघिल्लो दिन ७३ हजार पाँच सय ८९ जना एक दिनका सङ्क्रमित रहेका कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सी जानकारी दिएको छ । नयाँ केसहरूमध्ये, चार सय ३६ जना आयातीत रहेको… पुरा पढौ

विद्युतिय दुर्घटनामा परी भारतमा दशको मृत्यु

नयाँ दिल्ली । विद्युतिय दुर्घटनामा परी भारतमा कम्तीमा दश जनाको मृत्यु भएको छ । घटनामा परी अरु १४ जना घाइते भएका अधिकारीहरुले जनाएका छन् । उनीहरुलाई स्थानीय अस्पतालमा उपचार गराइएको छ । देशको पश्चिम बङ्गालमा काम गरिरहेका बेला आइतबार बेलुका घटना भएको प्रहरीले सोमबार जानकारी दिएको छ । दुर्घटनाको कारणका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । भारतमा लापर्वाहीका कारण हरेक बर्ष विद्युतीय दुर्घटनामा परी सयौँको मृत्यु हुने गरेको छ ।रासस पुरा पढौ

इरानमा बाढी : ५९ जनाको मृत्यु, ३० बेपत्ता

अघिल्लो सातादेखि परेको अविरल वर्षासँगै आएको बाढीमा परी इरानका विभिन्न भागमा ५९ जनाको ज्यान गएको र अन्य ३० जना हराइरहेका छन् । रेड क्रिसेन्ट सोसाइटीका अनुसार ६० वटा शहर, ५ सय १६ गाउँ, ८५ वटा सम्पर्क सडक बाढीबाट प्रभावित भएका छन् । हालसम्म १ हजार ३ सय ३२ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको, ५ हजार २ सय १५ जनालाई खाना र बासको प्रबन्ध गरिएको, ९ सय ४४ जनालाई उद्धार गरिएको छ । राष्ट्रपति इब्राहिम राइसीले मन्त्री, देशभरका सङ्घ सङ्गठनका प्रमुख… पुरा पढौ

उत्तरी चीनको लिओनिङमा भीषण वर्षा र बाढीले ८० हजार जनता प्रभावित

चीनको उत्तरपूर्वी लिओनिङ प्रान्तमा आएको भारी वर्षा र बाढीका कारण झण्डै ८० हजार मानिस प्रभावित भएको स्थानीय अधिकारीहरूले बताएका छन् । लिओनिङ बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयका अनुसार करिब १,६०० हेक्टर बाली प्रभावित भएको छ जसमा १२.७ मिलियन युआन (लगभग १९ मिलियन अमेरिकी डलर) को प्रत्यक्ष आर्थिक क्षति भएको छ । प्रदेशका १३ मझौला र १७ वटा साना जलाशयमा पानीको बहाव बढेकाले बाढीको चेतावनीको स्तर नाघेको बताइएको छ । उनीहरू अहिले बाढीको पानी निकासी गर्न प्रयत्नशील छन् । बिहीबारदेखि… पुरा पढौ

बाढीपहिरोका कारण २५ जनाको मृत्यु ,१२ जनाभन्दा बढी बेपत्ता

पूर्वी केन्टकीमा आएको बाढीमा परेर एकै परिवारका चार बालबालिकासहि २५ जनाको मृत्यु भएको छ भने १२ जनाभन्दा बढी हराइरहेका छन् । केही क्षेत्रहरूमा सहायताकर्मी पुग्नसक्ने अवस्था नरहेको बताउँदै केन्टकीका गभर्नर एण्डी बेसेयरले मृतकको सङ्ख्या बढ्नसक्ने जनाएका छन् । बाढीका कारण विद्युत् आपूर्तिमा अवरोध हुँदा शनिबार बिहानसम्म राज्यभरका १६ हजार ग्राहक बिजुलीविहीन रहेका छन् । बेशियरले राज्यभर आपत्काल घोषणा गरिएको र उद्धा तथा सहयोगका लागि राष्ट्रिय उद्धार सुरक्षादस्तालाई बोलाइएको बताएका छन् । बाढीले वेस्ट भर्जिनिया र भर्जिनियाका केही भागमा पनि असर… पुरा पढौ

वैदेशिक रोजगारीमा गएका श्रमिकलाई शेयर बजारको मालिक बनाइँदै

नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई पनि धितोपत्रको कारोबारमा जोड्ने भएको छ । विशेषगरी विप्रेषणलाई वैधानिक तबरले भित्राउने तथा त्यसबाट थप पुँजीको विस्तार गर्ने लक्ष्यका साथ बोर्डले प्राथमिक शेयर निष्काशनमा १० प्रतिशत बराबरको शेयर आरक्षण गर्ने नीति तय गरेको छ । त्यसका लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा संशोधन गर्ने भएको छ । बोर्डको चालु आवको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै अध्यक्ष रमेश हमालले विप्रेषण पठाउने श्रमिकको हितका लागि यस्तो नीतिको प्रबन्ध गरिएको जानकारी दिए ।… पुरा पढौ

रुससँग कैदी साट्ने योजनामा अमेरिका

रुसबाट आफ्ना २ जना नागरिकलाई हिरासतमुक्त गरी स्वदेश फर्काउन अमेरिकाले एक वृहत प्रस्ताव अघि सारेको एकजना वरिष्ठ अमेरिकी कूटनीतिज्ञले जनाएका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आफूले आगामी साता रुसी समकक्षीसँगको टेलिफोन वार्तामा यो विषय उठाउने जानकारी दिएका छन् । अमेरिकी सञ्चार माध्यमकाअनुसार मस्को हातहतियार ओसारप्रसारकर्ताको अभियोग लगाइएका रुसी नागरिक भिक्टोर बाउटसँग अमेरिकी बास्केटबल खेलाडी ब्रिटनी ग्रिनरसँग साँट्न चाहन्छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले यस विषयमा वार्ता हुँदै गरेको पुष्टि गरेपनि अझैसम्म कुनै पनि सहमति भइनसकेको जनाएका छन् । त्यसैगरी,… पुरा पढौ

यमनमा युद्धविरामपछि पनि भिडन्तहरुमा ८१ जनाको मृत्यु

यमनमा यहाँको सरकार र हुथी विद्रोहीहरुका बीचमा जारी भएको युद्धविरामका क्रममा पनि कम्तीमा पनि ८१ जनाको ज्यान गएको बताइएको छ । हिंसात्मक विद्रोह जारी रहेको यहाँ गत अप्रिल २ बाट युद्धविराम सुरु भएको थियो । अन्तर्राष्टिय रुपमा मान्यता प्राप्त यमनी सरकार र यहाँका हुथी विद्रोहीका बीचमा शान्तिपूर्ण वार्ताका माध्यमबाट हिंसा अन्त्यको मार्ग खोज्नका लागि युद्धविराम भएको थियो । संयुक्त राष्ट्रसंघको मध्यस्थतामा यहाँ युद्धविराम भएको थियो । तर सो युद्धविरामपछि पनि यहाँका हुथी विद्रोहीहरुले हिंसाको अन्त्य गरेका छैनन् । अप्रिल २… पुरा पढौ