समाचार

महिला उद्यमीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाहले महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि हरसम्भव सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज महिला उद्यमी महासङ्घ नेपालका पदाधिकारीसँग भएको छलफलमा उनले महिला उद्यमीका समाधान गर्न सरकार सक्रिय रहेको तथा उनीहरूले उत्पादन गरेका वस्तुको पर्यटकीय स्थलहरूमा प्रवद्र्धन गर्ने वातावरण निर्माण गरिने बताए । छलफलमा महासङ्घका प्रतिनिधिले व्यवसायमैत्री वातावरण सुनिश्चित गर्न, वस्तु तथा सेवालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा पु¥याउन विशेष कार्यक्रम सञ्चालन गर्न तथा व्यापार मेला, प्रदर्शनी, ‘बिजनेस–टु–बिजने म्याचिङ’ र निर्यात प्रवद्र्धनका कार्यक्रममा… पुरा पढौ

सम्पत्ति विवरण सङ्कलन र छानबिन स्थगित

सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण सङ्कलन र छानबिनसम्बन्धी सम्पूर्ण कार्य स्थगन गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै सर्वोच्च अदालतबाट यही असार ३१ गतेको आदेशअनुसार रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म छानबिन स्थगन गरिएको जनाएको हो ।आयोगले पूर्वन्यायाधीश, संवैधानिक आयोगका पूर्वपदाधिकारी र नेपाली सेनाका पूर्वपदाधिकारीबाहेकका अन्य सार्वजनिक जवाफदेहीको जिम्मेवारी निर्वाह गरेका राजनीतिक पदाधिकारी तथा कर्मचारीको सम्पत्ति विवरण सङ्कलन गरिरहेको थियो । आयोगले सम्पत्ति विवरण बुझाउने म्याद आजसम्मका लागि तोकेको थियो । रासस पुरा पढौ

प्रदेश सरकारका दिनगन्ती सुरु, गण्डकीको नेतृत्वमा नेकपाको दावी

नेपाली कांग्रेस र एमाले बिचको सत्ता गठबन्धन भत्केपछि सातै प्रदेशका सरकारको दिनगन्ती सुरु भएको छ । कांग्रेसको नेतृत्व रहेका प्रदेशमा एमाले मन्त्रीहरुले राजिनामा दिने र एमाले नेतृत्व रहेका प्रदेशमा कांग्रेसका मन्त्रीहरु बाहिरिने क्रम देखिएको छ । यद्यपी गण्डकी प्रदेश सरकारमा भने अहिलेसम्म सरकारमा बस्ने र छाड्ने विषयमा छलफल नै भएको छैन । केन्द्रको स्पष्ट निर्देशन नभएका कारण सरकारका विषयमा कुनै निर्णय नभएको स्वयं सत्तारुढ दलका नेताहरुले बताउँदै आएका छन् । प्रदेश स्तरमा कांग्रेस एमालेका नेताहरु आन्तरिक छलफलमा रहेकै बेला गण्डकी… पुरा पढौ

इनर ह्वील क्लब अफ अन्नपूर्णको १७ औँ पदस्थापना सम्पन्न

इनर ह्वील क्लब अफ अन्नपूर्णको १७ औँ पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वर्ष २५÷२६ का अध्यक्ष इनर ह्वील अन्जु चालिसेले वर्ष २६÷२७ का नवनिर्वाचित अध्यक्ष इनर ह्वील अनिता पराजुली अधिकारीलाई पद हस्तान्तरण गरिन् । क्लबको उपाध्यक्षमा सम्झना तिमिल्सिना, सचिवमा मुना राना कोइराला, कोषाध्यक्षमा मिना बराल, जोइन्ट सेक्रेटरीमा सिलु चालिसे, आईएसओ शिबु आचार्य अधिकारी, क्लब इडिटरमा तुलसा चापागाईं र बोर्ड मेम्बरमा आनन्द बराल निर्वाचित भए । यसअघि कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक्ट ३५० नेपालका अध्यक्ष डा. सृष्टि श्रेष्ठ प्रजापतिले समारोहको… पुरा पढौ

स्याङ्जाको गल्याङमा गोठ भत्किँदा वृद्धको मृत्यु

स्याङ्जाको गल्याङ–६ पिडीखोलामा गोठ भत्किँदा एकको मृत्यु भएको छ । भैँसी तथा बङ्गुरलाई कुडोपानी दिनेक्रममा आज विहान अचानक गोठ भत्किँदा पातीखर्क वनपालेका ६५ वर्षीय धनबहादुर रेश्मीको मृत्यु भएको वडाध्यक्ष दीपछिरिङ गुरुङले जानकारी दिए । गोठले पुरिँदा चौपाया समेत मरेका जनाइएको छ । वर्षाका कारण पुरानो गोठ भत्किएको हुनसक्ने वडाध्यक्ष गुरुङले बताए । रासस पुरा पढौ

शिक्षक संगठन,कास्कीद्वारा शिक्षक सम्मानित,पेशागत सुरक्षा सुदृढ बनाउन संगठनको प्रस्ताव

नेपाल शिक्षक संगठन कास्कीले शिक्षा क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएका शिक्षकलाई सम्मान गरेको छ । संगठन कास्कीको सम्पन्न जिल्ला परिषद्का अवसरमा उत्कृष्ट शिक्षकलाई सम्मान गर्नुका साथै सांगठनिक प्रशिक्षण समेत दिईएको छ । सम्मानित हुने शिक्षकमा चुमानसिंह गुरुङ, निर्मला अधिकारी भण्डारी, मधुसुदन सापकोटा, राधा आचार्य सिग्देल, युवराज आचार्य, मणिराज परियार छन् । त्यस्तै शर्मिला भट्टराई, सुरजमोहन पोखरेल, राधादेवी बराल, घनश्याम सुवेदी, ओमप्रकाश गुरुङ, रामबाबु पौडेल, सुरेश गुरुङ, नारायणप्रसाद पौडेललाई पनि सम्मान गरिएको हो । उनीहरुलाई संगठन राष्ट्रिय समितिका पूर्व अध्यक्ष तथा नेपाल… पुरा पढौ

बुकीपाटनमा प्लास्टिकजन्य फोहर व्यवस्थापनको चुनौती

नेपालका एक मात्र सिकार आरक्ष ढोरपाटनस्थित बुकीपाटनमा पर्यटकको आकर्षण बढेसँगै नकुहिने फोहर बढ्न थालेको छ । पर्यटकले जथाभावी फोहरले फाल्दा बुकीपाटनको स्वच्छताको छवि धुमलिन थालेको छ । पर्यटकले प्लास्टिकका बोतल, चाउचाउ, विस्कुटका प्लास्टिक र बियर बोतललगायत छरपस्ट छोड्दा पर्यावरणमा असर पर्ने चिन्ता बढेको छ ।चार वर्ष अगाडिसम्म गोठाला बस्ने बुकीपाटनमा पछिल्लो समय दैनिक सयौँ पर्यटक बुकीपाटन पुग्न थालेपछि फोहर बढ्न थालेको ढोरपाटन नगरपालिका–९ का तीर्थबहादुर घर्तीमगरले बताए । पाटनभरी छरिएका प्लास्टिक र बोतलले सौन्दर्यलाई कुरुप बनाएको घर्ती मगरले सुनाए ।… पुरा पढौ

हेम्जाका कृषकलाई अनुदानमा ‘दूध चिस्यान ट्याङ्की’ वितरण

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ कास्कीले आर्थिक वर्ष २०८२÷८३ मा कृषिको आधुनिकीकरण, उत्पादन वृद्धि र कृषकको आय आर्जनमा टेवा पु¥याउने विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रमअन्तर्गत दुग्ध सङ्कलन तथा चिस्यान केन्द्र स्थापना एवं सुदुढीकरण कार्यक्रमले किसानलाई प्रत्यक्ष फाइदा पुगेको छ ।पोखरा महानगरपालिका–२५ हेमजाका व्यावसायिक कृषक एक हजार लिटर क्षमताको ‘चिलिङ भ्याट’ दूध चिस्यान ट्याङ्की अनुदानमा पाएपछि उत्साहित बनेका छन् । किसान बहुउद्देश्यीय सहकारी संस्थामा आबद्ध कृषकले साझेदारीमा रु पाँच लाख लगानीमा ‘चिलिङ भ्याट पाएपछि दूधको गुणस्तरदेखि आम्दानीसम्म… पुरा पढौ

पोखरामा रोकिएन नदी तथा खानीजन्य पदार्थको अवैध उत्खनन्, महानगरले सामान्य जरिवाना तिराएर छाड्यो

सन्देश श्रेष्ठपोखरा, असार ३१ कास्कीमा वर्षायाम भरी नदी तथा खानीजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा) उत्खनन् र ओसारपसार गर्न निषेध छ । जथाभावी नदी तथा नदीजन्य पदार्थको जथाभावी उत्खनन् गर्दा हुनसक्ने विपदजन्य जोखिमलाई न्यूनिकण गर्ने उद्देश्यले जिल्ला नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिको बैठकले नदी तथा खानीजन्य पदार्थको उत्खनन्मा ३ महिना रोक लगाएको हो । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलको संयोजकत्वमा रहेको समितिले असार १ गतेदेखि भदौ मसान्तसम्म ३ महिनाका लागि नदी तथा खानीजन्य पदार्थको रोक लगाएको छ… पुरा पढौ

भगवती युवा क्लवले पोखरा रंगशालामा बास्केटवल प्रतियोगिता गर्ने

म्याग्दीको भगवती युवा क्लव,राखुले खुला महिला तथा पुरुष बास्केटवल प्रतियोगिताको आयोजना गर्ने भएको छ । पहिलो पटक जिल्ला बाहिर आयोजना हुन लागेको प्रतियोगिता आगामी साउन २ गते पोखरा रंगशालाको कभर्ड हलमा हुने जनाईएको छ । थ्री वाइ थ्रीको आधारमा संचालन हुने प्रतियोगितामा पुरुष तर्फ १५ र महिला तर्फ ५ टोलीको सहभागिता रहने प्रतियोगिताका संयोजक सुलभ मल्लले जानकारी दिए । प्रतियोगितामा कास्की, तनहुँ,म्याग्दी,काठमाण्डौं, पर्वत लगायतका जिल्लाबाट टोली सहभागि हुने बताईएको छ ।पोखरामा आयोजित पत्रकार सम्मेलनमा संयोजक मल्लले खेलका माध्यमबाट युवाहरुमा आपसी… पुरा पढौ