समाचार

प्राचीन मौलिकता झल्काउने लमजुङको श्रीमञ्ज्याङ लामागाउँ

लमजुङको दोर्दी गाउँपालिका–३ स्थित श्रीमञ्ज्याङ लामागाउँ प्रकृति, संस्कृतिसँगै धार्मिक आस्था र विश्वासको अनुपम सङ्गमजस्तै बनेको छ । परम्परागत रुपमा सजिएका गाउँको प्राचीन मौलिकता झल्काउने किसिमका घरसँगै सफा चोक तथा बाटाहरू ढुङ्गाले छपक्क छापिएका छन् । पर्यटकीय राजधानी पोखराबाट डुम्रे, मध्यनेपाल, भोर्लेटार, सुन्दबजार, भोटे ओढार हुँदै बेलघारी पुल तरेर लामाबगर, थापा खेत हुँदै आइपुगिने यो गाउँ पोखराबाट करिब चार घण्टामा पुग्न सकिन्छ । विशेषतः बौद्ध धर्मावलम्बीहरूका दुईवटा गुम्बासँगै चारवटा छोर्तेनले यहाँको महिमा र गरिमालाई अझै उँचो बनाएको म्हाँजा नासो तमुु समाजका… पुरा पढौ

पोखराको सार्वजनिक यातायात सुधारका लागि ‘स्मार्ट र दिगो मोबिलिटी’ मा जोड

पोखरा ।पर्यटन राजधानी पोखराको सार्वजनिक यातायात प्रणालीलाई आधुनिक, प्रविधिमैत्री र वातावरण अनुकूल बनाउन सरोकारवालाहरूले जोड दिएका छन् । पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा अन्तर्गतको व्यवसाय प्रवद्र्धन केन्द्र (बीपीसी) र आर्थिक आवाजको साझेदारीमा पोखरामा आयोजित ‘स्मार्ट एण्ड सस्टेनेबल मोबिलिटी’ विषयक सार्वजनिक–निजी संवादका वक्ताहरूले यस्तो धारणा राखेका हुन् । विश्वव्यापीजलवायु परिवर्तन, वायु प्रदूषण र तीव्र सहरीकरणको चुनौती सामना गर्न पोखरामा हरित यातायातको विकास अपरिहार्य भएको निष्कर्ष छलफलले निकालेको छ । संवादमा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराको यातायात क्षेत्रलाई आमूल परिवर्तन… पुरा पढौ

फेवातालका डुंगा चालक र यात्रुहरुको बिमा

जेष्ठ २५,पोखरा फेवा डुंगा व्यवसायी संगठनले फेवातालमा डुंगा चलाउने चालक तथा डुंगामा सयर गर्ने यात्रुहरुको बिमा गरेको छ । संगठनले शिखर इन्स्योरेन्स कम्पनीसंग आगामी १ वर्षका लागि बिमा गरेको हो । अब फेवातालमा कुनै दुर्घटना भएर घाइते भएमा डुंगा चालक तथा यात्रुले उपचार खर्च १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । मानविय क्षति भएमा परिवारले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । संगठनमा दर्ता भई सञ्चालनमा रहेका डुंगामा यो नियम लागू हुने संगठनका अध्यक्ष बलराम गिरीले जानकारी दिनुभयो । फेवातालमा वर्षेनी विभिन्न… पुरा पढौ

पोखरा बसपार्कका सुकुमबासी : घर खाली गरेको हल्लामात्रै, डोजर आतंकको त्राससँगै वैकल्पिक व्यवस्थाको आश

सन्देश श्रेष्ठपोखरा, जेठ २५ पोखरा बसपार्कका सुकुमबासी बस्ती हटाउन पोखरा महानगरपालिकाले ताकेता गरेको धेरै भयो । पहिलो पटक ३५ दिने सूचना निकालेको महानगरले दोस्रो र तेस्रो पटक १५/१५ दिने सूचना निकालिसकेको छ । यसबिचमा महानगरले अन्तिम पटक ७२ घण्टे सूचना निकालेर घर खाली गर्न भनेको थियो । त्यो अवधी सकिएको पनि १६ दिन बितिसकेको छ । यसबिचमा महानगरले डोजर चलाउने हल्ला धेरै चलिसकेको छ । सुकुमबासी बस्तीमा आजै डोजर चल्ने, भोलि नै चल्ने भनेर सामाजिक सञ्जालमा हल्ला फैलाउने काम पनि… पुरा पढौ

पोखरा १ को वडा कपमा विन्ध्येश्वरी आदर्श च्याम्पियन, प्रशिक्षक र विद्यार्थी सम्मानित

पोखरा महानगरपालिका वडा नं. १ ले आयोजना गरेको विविध खेलकुद कार्यक्रममा विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुल च्याम्पियन बन्न सफल भएको छ । वडाको खेलकुद विकास समितिद्धारा आयोजित तेस्रो वडा स्तरीय छात्र÷छात्रा फुटबल, भलिबल तथा बास्केटबल रनिङ शिल्ड प्रतियोगितामा बास्केटबल छात्र तथा छात्रा दुवैतर्फ प्रथम स्थान हासिल गर्दै च्याम्पियन बनेको हो । गत वर्ष पनि च्याम्पियन बनेको विन्ध्येश्वरीले लगातार दोस्रो पटक पनि रनिङ शिल्ड हात पारेको विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले जानकारी दिए । खेलकुद कार्यक्रम ३ दिनसम्म पृथ्वीनारायण क्याम्पसको अन्नपुर्ण रंगशालामा संचालन… पुरा पढौ

गायत्री सिकाई केन्द्रको शिक्षा प्रशिक्षण सम्पन्न

गायत्री बहुद्धेश्यीय सामुदायिक सिकाई केन्द्रले अभिभावक केन्द्रित शिक्षा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । महेन्द्र मावि, घार्मीमा आयोजित कार्यक्रममा पुर्व विद्यालय निरिक्षक लेखनाथ लामिछानेले विद्यार्थीलाई शैक्षिक क्रियाकलापमा मात्र सिमित नराखी असल अभ्यासमा पनि सहभागि गराउनु पर्ने बताए । उनले बालबालिकालाई असल बनाउने दायित्व परिवारमा रहेको बताउँदै, घर र समाजको वातावरण अनुशासित हुनुपर्नेमा जोड दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका लामिछानेले गुणस्तरीय शिक्षा उनीहरुको जन्मसिद्ध अधिकार भएको बताए । केन्द्रका अध्यक्ष शोभामोहन पौडेलले वालवालिकालाई प्राविधिक शिक्षा मार्फत स्वाबलम्वि बनाउन… पुरा पढौ

पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन गर्न पुर्वाधार अध्ययन समिति गठन

पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका सुकुम्बासिहरुको व्यवस्थित बसोबासका लागि जमिन प्लट मिलान तथा अन्य पुर्बाधार अध्ययन समिति गठन गरिएको छ। पोखरा महानगरपालिकाले वडा नं. ९, बसपार्क क्षेत्रमा सुकुम्बासी बसोबासीहरूको व्यवस्थापनका लागि यसअघि गठित जग्गा व्यवस्थापन समितिले सिफारिस गरेका जग्गाहरू मध्ये उपयुक्त ठहरिएका जग्गामा आवश्यक प्राविधिक कार्य सम्पन्न गर्न समिति गठन गरिएको नगर प्रमुख धनराज आचार्यले जानकारी दिए । गठित समितिको संयोजकमा महानगरपालिकाका वरिष्ठ इन्जिनियर सुरेन्द्र पौडेल, सदस्यमा आर्किटेक्चर इन्जिनियर सिद्धार्थ पाण्डे, अमिन प्रदीप सुवेदी,सन्देश सापकोटा र सदस्य सचिवमा प्रशासनिक अधिकृत… पुरा पढौ

विश्व ‘ब्रेन ट्युमर’ दिवस मनाईदै, कति छन् नेपालमा बिरामी ?

नेपालमा पछिल्ला वर्षहरुमा ब्रेन ट्युमरको बिरामीको सङ्ख्या बढ्दै गएको छ । विश्व ब्रेन ट्युमर दिवसको अवसरमा आज सार्वजनिक गरिएको तथ्याङ्कअनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष ब्रेन ट्युमरका बिरामीको सङ्ख्या बढेको हो । नेपालभरका २० भन्दा बढी न्यूरो केन्द्रबाट भएको अध्ययन आधारमा उक्त तथ्याङ्क सार्वजनिक गरिएको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका संस्थापक अध्यक्ष डा राजीव झाले जानकारी दिए । उनका अनुसार २०८२ सालमा तीन हजार जना ब्रेन टयुमटरमा बिरामीको शल्यक्रिया गरिएको छ । विसं २०८१ मा यो सङ्ख्या दुई हजार ६०० थियो… पुरा पढौ

रास्वपा जिल्ला अधिवेशन: छपन्न जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा

राष्ट्रिय स्वतन्त्र पार्टीले ५६ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । बाह्र जिल्लामा निर्वाचन प्रक्रिया चलिरहेको छ । रास्वपाले शनिबार र आइतबार दुई चरणमा जिल्ला अधिवेशन तोकेको थियो । शनिबार ३८ जिल्लामा अधिवेशन सम्पन्न भएका थिए भने आइतबार २८ जिल्लामा अधिवेशन सुरु भएको थियो । आइतबार अधिवेशन सुरु भएका अधिकांश जिल्लामा नयाँ कार्यसमिति चयन भइसकेका छन् ।रास्वापका प्रवक्ता मनिष झाका अनुसार कोशीका झापा, मोरङ, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, सङ्खुवासभा, पाँचथर, ओखलढुङ्गा, सुनसरी, सोलुखुम्बु, खोटाङ, इलाम र धनकुटामा अधिवेशन सम्पन्न भइसकेका छन् ।… पुरा पढौ

३ प्रतिशत समता शिक्षा शुल्क तत्काल खारेज गर्न प्याब्सन गण्डकीको माग

पोखरा । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि संघीय संसद्मा प्रस्तुत गरेको बजेटमार्फत निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्थाहरूले विद्यार्थीबाट लिने सम्पूर्ण शुल्कमा ३ प्रतिशत “समता शुल्क” लगाउने घोषणा गरेपछि निजी विद्यालय सञ्चालकहरू आन्दोलित बनेका छन् । प्याब्सन गण्डकी प्रदेशले उक्त निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ । प्याब्सन केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश इन्चार्ज प्रेम प्रसाद शर्मा र प्याब्सन गण्डकी प्रदेश अध्यक्ष प्रकाश खनालद्वारा जारी संयुक्त बिज्ञप्तिमा सरकारले सरोकारवाला पक्षसँग पर्याप्त संवाद,… पुरा पढौ