समाचार

कानुन उल्लङ्घन र बेथितिलाई छुट दिइँदैन : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाण्डौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले उपभोक्ता अधिकारको उल्लङ्घन तथा स्वच्छ बजार प्रवद्र्धनमा हुने बेथितिलाई सरकारले छुट नदिने बताएका छन् । उपभोग्य वस्तुको सहज उपलब्धता, भन्सार छली, चोरी निकासी पैठारीलगायत विषयमा गृह मन्त्रालयमा आज आयोजित छलफलमा उनले उपभोक्ता हितलाई केन्द्रमा राखेर सरकार अगाडि बढ्ने बताए । “कानुन उल्लङ्घन र बेथितिलाई सरकारले छुट दिँदैन”, उपप्रधानमन्त्री श्रेष्ठले भने, “गुणस्तरीय र सुपथ मूल्यमा दैनिक आवश्यकताका पूरा गर्न पाउने उपभोक्ताको अधिकार हो ।” उनले सरोकारवाला सबै पक्षसँगको छलफलबाट अनुगमनलाई प्रभावकारी बनाइने बताए ।… पुरा पढौ

अर्थ मन्त्रालयले पठायो ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन

काठमाण्डौं । चालु आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटको प्रभावकारी कार्यान्वयनका लागि अर्थमन्त्रालयले सबै मन्त्रालय, विभाग तथा निकायलाई ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन जारी गरेको छ । चालु आर्थिक वर्षको बजेटले लिएका लक्ष्य तथा उद्देश्य प्राप्त गर्नका लागि स्रोतको अधिकतम उपयोग, खर्चमा मितव्ययिता, प्रभावकारिता र दक्षता कायम गर्न मार्गदर्शनमा भनिएको छ । त्यस्तै समग्र वित्तीय अनुशासन कायम गर्दै विद्यमान ऐन नियमलगायत कानूनी व्यवस्थाको पालनाका लागि पनि मार्गदर्शनमार्फत् सरकारले निर्देशन दिएको छ । चालु आर्थिक वर्षको बजेटमा राखिएका वार्षिक योजना तथा… पुरा पढौ

सुन प्रकरण : अनुसन्धान गर्न १० दिनको म्याद थप, हालसम्म ९ जना पक्राउ

काठमाण्डौं । झन्डै एक सय किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका छ जनामाथि अनुसन्धान गर्न उच्च अदालत पाटनले १० दिनको म्याद थप गरेको छ । आज आरोपीहरूलाई अदालतमा पेस गरिएकोमा अदालतले अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागलाई १० दिनको अनुमति दिएको उच्च अदालत पाटनका उपरजिष्ट्रार मन्दिरा शाहीले जानकारी दिए । अहिलेसम्म विभागले एक चिनियाँसहित ९ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । तीमध्ये आज सात जनाको म्याद थप भएको हो । आज पक्राउ पर्नेमा चिनियाँ नागरिक जेयुङ लिन… पुरा पढौ

गण्डकीमा एक वर्षमा एक सय ७४ किमी सडक कालोपत्र

पोखरा । गण्डकी प्रदेशमा एक वर्षको अवधिमा एक सय ७४ किलोमिटर सडक कालोपत्र, १५ वटा सडक पुल र १२ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत आर्थिक वर्ष २०७९/८० मा चारवटा भवन निर्माण भएका छन् । पोखरामा आज भएको वार्षिक समीक्षा कार्यक्रममा मन्त्रालयअन्तर्गतका पूर्वाधार विकास निर्देशनालय, सहरी विकास तथा भवन र पूर्वाधार विकास कार्यालयका प्रमुखहरूले सडक, सडक पुल, झोलुङ्गे पुल र भवन निर्माणसम्बन्धी आयोजनाको प्रगति विवरण प्रस्तुत गरेका हुन् । पूर्वाधार… पुरा पढौ

पोखरामा लोकप्रिय बन्दै ‘फुर्केटारी पानी’

पोखरा, साउन ४ अधिकांश पोखरेलीले जारको पानी पिउँछन् । नेपाल खानेपानी संस्थानले घरघरमा धारा पु¥याएपनि अधिकांश पोखरेलीले पिउनका लागि जार र बोतलको पानी प्रयोग गर्छन् । यसरी घरघरमा पुग्ने जार र बोतलको पानी बोरिङ र मुलको गरेर दुई किसिमको हुन्छ । बोरिङको पानी कम स्वादिलो हुन्छ भने मुलको पानी स्वादिलो हुन्छ । बजारमा पाईने थरीथरीका पानीमध्ये फुर्केटारी पानी लोकप्रिय बन्दै गएको छ । जंगलको बीच भागस्थित चट्टान छिचोल्दै निकालेर प्रशोधन गरिएको सो पानीको स्वाद पोखरेलीले मन पराएपछि यो पोखरामा लोकप्रिय… पुरा पढौ

पार्टीको सदस्य सङ्ख्या नघटेको एमालेको दावी

काठमाडौ । नेकपा (एमाले)ले पार्टीमा रहेका सङ्गठित सदस्यहरुको सङ्ख्या नघटेको दाबी गरेको छ । एमालेका सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले आज विज्ञप्ति गर्दै एमालेको सदस्य सङ्ख्या नघटेको दाबी गरेका हुन्। “नेकपा ९एमाले० को सदस्य घटे भन्ने बजार हल्लामा कुनै सत्यता छैन”, उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सच्चा पार्टी सदस्यको अभिलेख अद्यावधिक गर्नेक्रममा यसपटक नवीकरण मात्रै भएको छैन, उल्लेख्य सङ्ख्यामा नयाँ कमरेडहरू सदस्यताको प्रक्रियामा आएका पनि छन् ।” उनले प्रत्येक वडामा मतदाता सङ्ख्याको कम्तीमा तीन प्रतिशत सदस्य पुर्‍याउने र पार्टीको… पुरा पढौ

फिफा वरियतामा नेपाल पुरानै स्थानमा

काठमाडौ । विश्व फुटबलको सर्वोच्च निकाय इन्टरनेशनल फेडेरेसन अफ एसोसिएसन फुटबल (फिफा)ले आज सार्वजनिक गरेको नयाँ विश्व वरियतामा नेपाल पहिलेकै स्थानमा यथावत छ । फिफाले सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७५औंँ स्थानमा छ । नयाँ वरियता अनुसार दक्षिण एसियाली राष्ट्रमा भने नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा अघि रहेको भारत ९९औंँ स्थानमा छ भने माल्दिभ्स १५५औँ स्थानमा छ । नेपालपछि भुटान १८५औँ, बङ्गलादेश १८९औंँ, पाकिस्तान २०१औंँ, र श्रीलङ्का २०४औँ स्थानमा छ । विश्व वरियताको शीर्ष स्थानमा अर्जेन्टिना छ भने दोस्रो… पुरा पढौ

साउन २४ गते विश्व आदिवासी दिवस मनाइने

काठमाडौ । उनान्तीसऔँ विश्व आदिवासी दिवस यही साउन २४ गते मनाइने भएको छ ।नेपाल आदिवासी जनजाति महासङ्घले हरेक वर्ष अगष्ट ९ का दिन मनाउँदै आएको उक्त दिवस यसवर्ष पनि मनाउने निर्णय गरिएको महासङ्घका वरिष्ठ उपाध्यक्ष बुद्ध घर्तीमगरले जानकारी दिए । महासङ्घको बैठकले उक्त दिवसका लागि केन्द्रीय अध्यक्ष गेल्जे लामाशेर्पाको संयोजकत्वमा सचिवालयका पदाधिकारी सदस्य रहने गरी मूलसमारोह समितिसमेत गठन गरेको छ । बैठकले उक्त दिवसका अवसरमा काठमाडौँमा आयोजना गरिने मूल समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आमन्त्रण गर्ने निर्णय गरेको छ ।… पुरा पढौ

नेप्सेमा झिनो अङ्कको गिरावट

काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ३१ अङ्कले घटेर दुई हजार एक सय ६३ दशमलव ९२ अङ्कमा सीमित भएको छ । आजको कारोबारमा विभिन्न दुई सय ६४ कम्पनीका ८४ लाख २४ हजार एक सय आठ कित्ता शेयर ५४ हजार नौ सय ५४ पटक खरिदबिक्री हुँदा रू तीन अर्ब पाँच करोड २४ लाख १० हजार छ सय ५९ को कारोबार भएको छ । यस दिनको कारोबारमा बैंकिङ, विकास बैंक,… पुरा पढौ

स्थानीय जातका भैँसीको दूध ‘ब्रान्डिङ’ गर्ने तयारी

बलेवा । बागलुङको गलकोट नगरपालिका–९ का किसानले स्थानीय जातका भैँसीबाट उत्पादित दूधको आफ्नै ब्रान्ड बनाउने तयारी गरेका छन् । रिस्मी गाउँभरीका किसानले पालेका स्थानीय लिमे र पाराकोटे जातका भैँसीको दूध सङ्कलन केन्द्र बनाएर ब्रान्ड गर्ने तयारी गरेका हुन् । छुट्टै सङ्कलन केन्द्र बनाएर दूध ब्रान्ड गर्ने र प्याकिङ गरेर बजार पठाउने तयारी भएको स्थानीय अग्निधर सापकोटाले बताए । उनले हेर्दा मोटाघाटा र उन्नत जस्ता देखिए पनि रिस्मी गाउँमा अहिलेसम्म स्थानीय भैँसी मात्रै पालिएका जानकारी दिए। घाँसको पर्याप्तताका कारण यहाँका भैँसीले… पुरा पढौ