समाचार

पत्रकार राम गुरुङलाई ‘रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कार’

साउन २ पोखरा । फोटो पत्रकार राम गुरुङलाई छैटौं ‘रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कार’ प्रदान गरिने भएको छ । पोखरामा मंगलबार पोखरा फोटोग्राफर संघको ४२ औं वार्षिकोत्सवका अवसरमा गुरुङलाई सो पुरस्कार प्रदान गर्ने घोषणा गरिएको हो । पुरस्कार छनोट समीति संयोजक घनश्याम पौडेल, फोटोपत्रकार संघ कास्की अध्यक्ष दुर्गा प्रसाद पौडेल, पोखरा फोटोग्राफर संघका अध्यक्ष रामचन्द्र पोख्रेल, देवानन्द पोख्रेल, सन्देश उदास, टिकाराम पराजुली र अक्षयकोषदाता तिर्थ श्रेष्ठ सदस्य रहेको समितिले गुरुङको नाम सिफारिस गरेको थियो । पोखरा फोटोग्राफर संघका संरक्षक तथा… पुरा पढौ

कांग्रेस बैठकमा नेताहरुको धारणा राख्ने क्रम जारी

काठमाण्डौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आजदेखि सुरु भएको छ । बैठकको कांग्रेसले पहिलो पटक आफ्नो फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आरम्भ भएको उक्त बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले बैठकका कार्यसूचीबारे जानकारी गराएका थिए । यसैगरी अर्का महामन्त्री गगनकुमार थापाले साङ्गठनिक सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकमा नेता गोपालमान श्रेष्ठले पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत गर्नुभएको छ भने नेता आनन्दप्रसाद ढुङ्गानाले अनुशासन समितिले तयार गरेको… पुरा पढौ

ललिता निवास प्रकरण : बुधबार पनि सुनुवाइ हुने

काठमाण्डौं । ललिता निवास प्रकरण बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि भोलि (बुधबार) पनि सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासमा आज बहस हुँदाहुँदै समय सकिएपछि उक्त विवादमा भोलि सुनुवाइ हुने भएको हो । उक्त प्रकरणमा कीर्ते गरेको अभियोगमा सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्वआयुक्त सुधिरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमलाई पक्राउ गरी अनुसन्धान सुरू गरेपछि सर्वोच्च अदालतमा बन्दीको रिट निवेदन दायर गरिएको थियो । सर्वोच्च अदालतले सो विवादसम्बन्धी… पुरा पढौ

डेङ्गु सङ्क्रमण ह्वातै बढ्यो, १० जिलामा बढी सङ्क्रमण

काठमाण्डौं ।पछिल्लो समय डेङ्गु सङ्क्रमण बढेको पाइएको छ । पानी लगातार पर्न थालेपछि डेङ्गु सङ्क्रमण उच्च भएको हो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले एक हप्ता यता सङ्क्रमण बढेको बताए । उनका अनुसार लगातार परिरहेको पानीले गर्दा सरसफाइमा ध्यान पुग्न सकेको छैन । सोही कारण सङ्क्रमण दैनिक बढिरहेको छ । पानी परेसँगै पानी जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्न थालेर सङक्रमण दिनानुदिन बढिरहेको निर्देशक मरासिनीले जानकारी दिए । डेङ्गु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी… पुरा पढौ

अर्थमन्त्री डा महत र भारतका अर्थमन्त्री सीतारमणबीच भेटवार्ता

भारत । भारतको गुजरातमा भइरहेको जी–२० मुलुकका अर्थमन्त्रीहरूको बैठकका अवसरमा अर्थमन्त्री डा प्रकाशशरण महत र भारतीय अर्थमन्त्री निर्मला सीतारमणबीच आपसी सहयोग र द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको छ । छलफलका क्रममा भारतीय सहायताबाट नेपालमा सञ्चालित विकास परियोजना कार्यान्वयनमा देखिएका समस्या समाधान गरी समयमै सम्पन्न गर्न दुवै अर्थमन्त्रीले जोड दिएको अर्थमन्त्री डा महतको सचिवालयले जनाएको छ । “अर्थमन्त्री महतले नेपालका प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा सम्पन्न विद्युत् निर्यातसम्बन्धी समझदारी कार्यान्वयनबाट आगामी दश वर्षमा १० हजार मेघावाट जलविद्युत् भारत निकासी भई व्यापार घाटा… पुरा पढौ

मनाङमा जडीबुटी बिक्रीबाट २६ लाख राजस्व सङ्कलन

मनाङ । विकट हिमाली जिल्ला मनाङमा आर्थिक वर्ष २०७९/८० मा जङ्गली जडीबुटी बिक्रीबाट रु २६ लाख ४४ हजार दुई सय २९ राजस्व सङ्कलन भएको छ । जिल्लामा पर्ने अन्नपूर्ण संरक्षण क्षेत्र परिसरमा पाइने यार्सागुम्बा, वन लसुन, जिम्बु, टिमुर, निगालो जस्ता जङ्गली जडीबुटी बिक्रीबाट उक्त राजस्व सङ्कलन भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय मनाङले जनाएको छ । यस आवमा यार्सागुम्बा बिक्रीबाट रु २५ लाख ४८ हजार दुई सय, वन लसुनबाट रु ४६ हजार नौ सय ९६, जिम्मु बिक्रीबाट रु ११ हजार… पुरा पढौ

‘जीवनपर्यन्त शिकाईका लागि सीपमूलक शिक्षा आवश्यक’

पोखरा, साउन २ जीवनपर्यन्त सिकाईका लागि सीपमूलक शिक्षा आवश्यक रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समन्वय समिति कास्कीले मंगलबार पोखरामा आयोजना गरेको ‘अनौपचारिक शिक्षा तथा जीवन पर्यन्त सिकाईका लागि सरोकारवालाको भूमिका’ विष्वायक अन्र्तक्रिया तथा छलफल कार्यक्रममा सहभागि सरोकारवालाहरुले जीवनपर्यन्त सिकाईका लागि सीपमूलक शिक्षा आवश्यक रहेको बताएका हुन् । कार्यक्रममा बोल्दै गण्डकी प्रदेशकी स्वास्थ्य तथा सामाजिक विकास मन्त्री सुशील सिंखडाले सीप सिक्न र त्यसलाई जिवन उपयोगी बनाउनमा शिक्षाले जोड दिनुपर्ने बताईन् । शिक्षा के का… पुरा पढौ

खुदोले चिनिएको गाउँ ढोडबेँसी र मालेपाटन

लेखनाथ । पोखरा–३२ मालेपाटन निवासी ७५ वर्षीय लालकान्त अधिकारीले उखु खेती गर्न थालेको ५० वर्ष पुगिसक्यो, बाबुबाजेका पालादेखि अँगाल्दै आएको उखु खेती उमेरले नेटो काटिसक्दा पनि उनले छाड्न सक्नुभएको छैन । ‘चार छोरा, बुहारी र नातिनातिनी छन् तर उनीहरु उखु खेती गर्दैनन्, उखु खेती गर्न दुःख छ, दुईपटक त गोडमेल नै गर्नुपर्छ, रोगका किराबाट जोगाउनु पर्छ, उत्पादन हुन कम्तीमा १० महिना कुर्नुपर्छ, तर आम्दानी भने धानभन्दा दोब्बर हुन्छ, कृषक अधिकारीले भने, “अघिल्लो वर्ष चार रोपनीमा लगाएको उखु र खुदो बिक्रीबाट… पुरा पढौ

लेखापरीक्षण पेस नगर्ने दललाई निर्वाचन आयोगले पत्राचार गर्दै

काठमाडौ । निर्वाचन आयोगले आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र लेखापरीक्षण गराई एक महिनाभित्र सो प्रतिवेदन आयोगमा पेस नगर्ने राजनीतिक दललाई जरिवानको जानकारी र सचेतसहित पत्राचारको तयारी गरेको छ । आयोगका उपन्यायधिवक्ता गुरुप्रसाद वाग्लेले आयोगको निर्णयबमोजिम ती दललाई सचेत र जरिवानाबारे बेग्लाबेग्लै पत्र पठाइ जानकारी दिने तयारी भएको बताए। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४१ को उपदफा १ बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले गरी लेखापरीक्षण सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । कानुनमा व्यवस्था भए बमोजिम कार्य नगर्ने दललाई… पुरा पढौ

दुर्घटनामा घाईते पोखराका मनिषको आर्थिक अभावले उपचारमा समस्या, सहयोगको अपिल

पोखरा । आर्थिक अभावको कारण पोखरा १४ चाउँथेमा डेरा गरि बस्दै आएका मनिष विश्वकर्माको उपचारमा समस्या भएको छ । गत वर्ष फागुन १५ गते राती काम गरेर पैदल कोठामा फर्किदै गरेका २२ वर्षीय मनिषलाई ग ६ प ४९४७ नम्बरको बाइकले ठक्कर दिदाँ घाईते भएका थिए । घाईते मनिषको टाउकोको भित्रि भागमा गम्भिर चोट देखिएकोमा हाल आर्थिक अभावको कारण उपचारलाई निरन्तरता दिन नसकेको उनकी आमा उषा विश्वकर्माले बताईन् । चिकित्सकको अनुसार मनिषको टाउकोमा रगत जमेको थियो ।एक महिना मणिपाल शिक्षण अस्पतालको… पुरा पढौ