समाचार

गोल्डेन ढाकाटोपीको सेमिफाइनलमा २४ समूह छानिए

पोखरा । मिरर किङ इन्टरटेन्मेन्ट प्रालि र बिटुडी डान्स स्कुलले संयुक्त रुपमा आयोजना गरेको तेस्रो संस्करणको गोल्डेन ढाकाटोपी कल्चरल ग्रुप डान्स कम्पिटिसनको सेमिफाइनलमा २४ समूह छनोट भएका छन् । ढाकाटोपी कम्पिटिसानको जेठ २० देखि २७ गतेसम्म समूह चरणको अडिसन भएको थियो । उक्त चरणमा गण्डकी प्रदेशका ५३ वटा स्कुल सहभागी भएका थिए । समूह चरणबाट सेमिफाइनलमा २४ समूहले स्थान पक्का गरेको प्रतियोगिताका निर्देशक अमन तामाङले जानकारी दिए । ‘सुरुमा सहभागी हुने स्कुलले भिडियो पठाएर अडिसनमा भाग लिएका थिए । त्यही… पुरा पढौ

तनहुँमा उद्योग दर्तामा कमी

तनहुँ । तनहुँमा उद्योग दर्ता गर्ने क्रम घटेको छ । आर्थिक वर्ष २०७९÷८० मा जिल्लामा छ सय तीन उद्योग दर्ता भएका छन् । अघिल्लो वर्षको तुलनामा यो वर्ष उद्योग दर्ता ह्वात्तै घटेको पर्यटन तथा उद्योग कार्यालय तनहुँले जनाएको छ । देशको पछिल्लो आर्थिक अवस्थाको असर यहाँका उद्योग स्थापनामा पनि परेको हुन सक्ने कार्यालय प्रमुख दुर्गाराज सुवेदीले बताए । गत वर्षभन्दा यो वर्ष आठ सय ११ वटा उद्योग कम दर्ता भएका उनले जानकारी दिए। आर्थिक वर्ष २०७८÷७९ मा जिल्लामा एक हजार… पुरा पढौ

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाःबाख्रालाई डाले घाँस र आलु भण्डारण घर

बागलुङ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले बागलुङमा सञ्चालन गरेको बाख्रा ब्लक र आलु ब्लक कार्यक्रमका लागि विभिन्न संरचना तयार गरेको छ । पशुधनको रुपमा बाख्राको व्यावसायिक उत्पादन र आलुको व्यावसायिक उत्पादनका लागि कार्यक्रमले किसानलाई सहयोग गरेको हो । आव २०७९÷८० मा मात्रै बागलुङ जिल्लाभर ६२ कृषिका संरचना तयार भएका छन् । उत्पादनको भण्डारणका लागि आवश्यक संरचनादेखि बाख्राका लागि डाले घाँसको व्यवस्थापन गर्ने सम्मका संरचना तयार भएका हुन् । गत आर्थिक वर्षमा परियोजनाले ६ वटा उपकरण र पशुको नश्लसुधारका लागि २७… पुरा पढौ

प्राकृतिक स्रोतलाई समृद्धिको आधार बनाउनुपर्छःप्रदेश पर्यटनमन्त्री थापा

पोखरा । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापाले प्राकृतिक स्रोतलाई समृद्धिको आधार बनाउनुपर्ने बताएका छन्। अमेरिकी सहयोग नियोग (युएसएआइडी) को आर्थिक सहयोगमा सञ्चालित ‘जल जङ्गल’ कार्यक्रमका बहुसरोकार योजना तर्जुमा कार्यशालाको आज पोखरामा उद्घाटन गर्दै उनले आयआर्जन र रोजगारीका लागि वन पैदावारको भरपुर उपयोग गर्नुपर्नेमा जोड दिए । “वन क्षेत्रको काठ कुहिएर खेर जाने र विदेशबाट खरबौँ रुपैयाँको काठ आयात हुने अवस्थाको अन्त्य गरिनु अपरिहार्य छ”, मन्त्री थापाले भने, “वनको संरक्षण र उपयोग गर्ने खालको ‘प्रदेश वन… पुरा पढौ

जोखिमपुर्ण स्थान भूजीखोलामाथि बसपार्क

ढोरपाटन । साँघुरो बजार, नमिलेको भूगोल । छेउमै उर्लिएको भूजीखोला । त्यही भूजीखोलामाथि बन्दै छ बुर्तिबाङ बसपार्क । बन्दै गरेको बसपार्क देख्ने कसैले पनि भन्दैनन्, कि यो ठाउँ सुरक्षित । तर नयाँ सहर आयोजना कार्यालय बुर्तिबाङले यहाँ बसपार्क निर्माण जारी राखेको छ । ढोरपाटन नगरपालिका–२ खप्तरीबाङ बुर्तिबाङ बजार र राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको केन्द्रमा पर्ने हुँदा आयोजना कार्यालयले बसपार्क बनाउन यो ठाउँ रोजेको हो । लामो समयदेखि सास्ती खेप्दै आएका यातायात व्यवसायी, यात्रु र बुर्तिबाङ बजारवासीका लागि खप्तरीबाङमा बसपार्क… पुरा पढौ

प्रधानमन्त्रीद्वारा बूढीगण्डकी आयोजनाको ‘फिल्ड कार्यालय’ उद्घाटन

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालय उद्घाटन गरेका छन् । गोरखाको गण्डकी गाउँपालिका– ८ सिउरेनीटारमा आज आयोजित कार्यक्रममा उहाँले ताम्रपत्र अनावरण गरेर बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको फिल्ड कार्यालयको शुभारम्भ गरेका हुन् । यसअघि प्रधानमन्त्री दाहाललगायत उच्च अधिकारीले हेलिकोप्टरमार्फत गोरखा र धादिङको सो आयोजनाबाट हुने डुबान क्षेत्रको अवलोकन गरेका थिए। प्रधानमन्त्रीका साथमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, धादिङ र गोरखाका सङ्घीय सांसद्, गण्डकी… पुरा पढौ

दुई वडावासीलाई स्वच्छ खानेपानीका लागि फिल्टर वितरण

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकाको दुईवटा वडावासीलाई स्वच्छ खानेपानीका लागि फिल्टर वितरण गरिएको छ । वडा नं ७ र ८ स्थित पिपलटारका ९३ घरपरिवारलाई स्वच्छ खानेपानी उपलब्ध गराउन फिल्टर वितरण गरिएको वडा नं ७ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले जानकारी दिए। ‘मूलबाट ल्याइएको पानी त्यत्तिकै पिउनुभन्दा फिल्टर गरेर पिउँदा बढी फाइदा हुन्छ, उनले भने, “त्यसका लागि आवश्यक पहल गरी वाइन टु वाटर नेपालको आर्थिक सहयोगमा स्थानीयवासीलाई निःशुल्क फिल्टर वितरण गरिएको हो ।” फिल्टर वितरण भएसँगै पिपलटार क्षेत्रका प्रत्येक घरधुरी, विद्यालय… पुरा पढौ

धादिङबेँसी मलेखु सडक पहिरोले अवरुद्ध

धादिङ । धादिङ जिल्ला सदरमुकाम धादिङबँेसीलाई पृथ्वीराजमार्गसँग जोड्ने धादिङबँेसी मलेखु सडक पहिरोले अवरुद्ध भएको छ । नीलकण्ठ नगरपालिका–८स्थित च्याडु घुम्ती नजिकै सडक माथिबाट खसेको पहिरोले दिउँसो १२ः३० बजेखदेखि सडकको दुबैतर्फ अवरुद्ध बनाएको हो । अहिले त्यस क्षेत्रमा सवारीसाधनको आवागमन पूर्णरूपले ठप्प भएको छ । घुम्ती कटेर सडक चौडा गरेको स्थानमा कमजोर बनेको जमिन भासिएर खसेको स्थानीयवासीले बताएका छन् । पहिरोले ठूल्ठूला ढुङ्गा र रुखसमेत खसालेकाले तत्काल बाटो खुलाउन कठिन रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरो खसेको ठाउँ उकालो… पुरा पढौ

बक्सिङमा निरन्तरतामा क्रमभंगता आवश्यक : सदस्य सचिव घिसिङ

पोखरा, साउन ३ राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले बक्सिङमा क्रमभंगता आवश्यक रहेको बताएका छन् । नेपाल बक्सिङ संघको छैटौं साधारण सभा तथा अधिवेशनलाई बुधबार पोखरामा सम्बोधन गर्दै उनले बक्सिङको ईतिहास दोहो¥याउन निरन्तरताले मात्र नपुग्ने भन्दै क्रमभंगता आवश्यक रहेको बताएका हुन् । ‘नेपालले ओलम्पिकमा बक्सिङबाट रजत पदक जितेर एउटा गर्विलो ईतिहास बनाईसकेको छ । तर पछिल्लो समय त्यो ईतिहास दोहो¥याउन सकिएको छैन । अब त्यहि पदक जितेको ईतिहास दोहो¥याउनुपर्छ । तर त्यो निरन्तरताले सम्भव छैन, त्यसैले बक्सिङमा क्रमभंगता… पुरा पढौ

कांग्रेस केन्द्रिय बैठकमा गण्डकी प्रदेशका सभापति शर्माको गुनासो: प्रदेशलाई उपेक्षा गरियो

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टीले प्रदेश समितिलाई उपेक्षा गरेको गुनासो गरेका छन् । बुधवार पार्टीको केन्द्रिय कार्यसमितिको जारी बैठकमा बोल्दै उनले प्रदेश समितिलाई उपेक्षा गर्ने गरिएको गुनासो गरेका हुन् । पार्टीका नेताहरु प्रदेश समितिसँग समन्वय नगरिकन सिधैँ जिल्ला र स्थानीय तहमा जाने गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । उनले पार्टीका कार्यक्रमहरुमा प्रदेश कमिटीलाई बाहिरै राख्ने गरिएको उल्लेख गर्दै आगामी दिनमा त्यसो नगर्न आग्रह गरे । प्रदेशलाई कम महत्व दिए पार्टी संगठन कमजोर हुने उनको… पुरा पढौ