समाचार

बेपत्ता मनाङ एयरको हेलिकोप्टर अझै भेटिएन,प्रतिकूल मौसमका कारण खोजमा समस्या

काठमाडौ । सोलुखुम्बुबाट काठमाडौँका लागि उडान क्रममा सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकप्टर खोज्न अल्टिट्युड एयरको हेलिकोप्टर परिचालन गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भूलका अनुसार विवेक खड्काको नेतृत्वमा अल्टिट्युड हेलिकोप्टर परिचालन गरिएको छ । सोलुखुम्बुको सुर्केबाट विहान ९ः५२ बजे काठमाडौँका लागि उडेको कल साइन ९एनए–एमभी भएको हेलिकोप्टर विहान १०ः१ बजे सम्पर्कविहीन भएको थियो । मनाङ एयरका व्यवस्थापक राजु न्यौपानेका अनुसार सम्पर्कविहीन हेलिकप्टरमा पाइटलसहित ६ जना सवार थिए । उनका अनुसार पाँच यात्रु मेक्सिकन नागरिक हुन् । प्रतिकूल… पुरा पढौ

“अर्मलाकोट जाऔ,हिमशृङखला र प्रकृतिसँग रमाऔ”(फोटोफिचर सहित)

बद्लिदो समय परिवेश र मान्छेहरुको शहर मोहले ग्रामिण क्षेत्रमा प्राचिन शैलीका घरहरु रित्तिनु नेपालको अधिकाँश गाउँका समस्या साझा हुन् । मिठो र स्वादिलो खाना,सुकिलो पहिरनमा ठाटिन,सेवासुविधा उपभोग गर्न कसलाई चाहना हुदैन र तर पछिल्लो क्रममा यी र यस्ता सुविधा पाउन शहर पसेका मानिसहरु बाध्यताको उकुसमुकुसमा पिल्सिएका छन् । शहरमा परिवारको र आफ्नो पेट पाल्न गरिएका गतिविधिले हैरानी खेपिरहेका छन् । व्यस्त दैनिकीसंगै यो उकुसमुकुसबाट केहि समयका लागि भएपनि उम्किन धेरै उपायहरु अपनाउन थालेका छन् । त्यस उपाय मध्येपर्दछन गाउँघर पुग्ने,गाउँका… पुरा पढौ

गण्डकी प्रदेशसभा: विषयगत समितिको बाटो खुल्यो

गण्डकी प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको छ महिनापछि विषयगत समिति गठनको बाटो खुलेको छ । प्रदेशसभा बैठकबाट प्रदेशसभा नियमावली पारित भएसँगै विषयगत समिति गठनको तयारी अगाडि बढेको हो । ‘मिनी संसद्’ मानिने विषयगत समिति गठनमा ढिलाइ हुँदा सरकारले ल्याउने विधेयकमाथि दोहोरो बहस र छलफल बिना नै प्रदेशसभा बैठकबाट पारित हुँदै आएको थियो । प्रदेशसभाका सदस्य नै कानुन निर्माणका अभ्यासमा भाग लिन पाएका थिएनन् । प्रदेशसभा सचिवालयका प्रवक्ता प्रेम सुवेदीले प्रदेशसभा नियमावली सभामुखबाट पारित भएपछि सोहीअनुसार सदनको कामकारबाही अगाडि बढ्ने बताए… पुरा पढौ

गल्याङबाट चार लाख लिटर दूध निर्यात

स्याङ्जाको गल्याङ नगरपालिकाभित्रबाट उत्पादित दूध आर्थिक वर्ष २०७९र८० को असार १५ गतेसम्म तीन लाख ९७ हजार चार सय दुुई लिटर निर्यात भएको छ । नगरपालिकाले उत्पादनका आधारमा दूधमा प्रतिलिटर रू १५ अनुुदान दिएपछि किसान दूध उत्पादनतर्फ आकर्षित भएका हुन् । पालिकाले उत्पादका आधारमा किसानलाई अनुदान दिन थालेपछि पछिल्लो समय दूध उत्पादनमा वृद्धि भएको नगरपालिकाका पशुुशाखा प्रमुख सुुशील अर्यालले बताए । उनका अनुसार पालिकाभित्र उत्पादित दूध बुुटवलस्थित दुग्ध विकास संस्थान र पोखरास्थित सुजल डेरीमा निर्यात हुँदै आएको छ । नगरप्रमुख गुुरुप्रसाद… पुरा पढौ

ढिकी, जाँतोको संरक्षण गर्दै आमा समूह

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ कलेजाबाङस्थित महतारे आमा समूहले परम्परागत ढिकी, जाँतोको संरक्षण गरेका छन् । परम्परागतरुपमा कुटानी र पिसानीको लागि प्रयोग हुँदै आएका ढिकी, जाँतो हराएर जाने अवस्था आएपछि सामुदायिक भवन नै बनाएर संरक्षण गरिएको आमा समूहका अध्यक्ष सन्तु भण्डारीले जानकारी दिए । विद्युत्को पहुँच नहुँदा स्थानीयले कुटानीपिसानीका लागि जाँतो र ढिकीको प्रयोग गर्ने भए पनि अहिले हराएर जाने अवस्था आएपछि परम्परागत कुटानीपिसानीका साधनलाई संरक्षण गरिएको उनले बताए । “घरायसी प्रयोजनका लागि आधुनिक मिलमा नै कुटानीपिसानी गर्ने प्रचलन छ, पूजाआजा हुँदा… पुरा पढौ

देशभरका सरकारी खाता रोक्का

देशभरका सरकारी खाता रोक्का गरिएको छ । महालेखा नियन्त्रकको कार्यालयले गए राति १२ बजेदेखि सङ्घ, प्रदेश र स्थानीय तहको खाता रोक्का गरेको हो । महालेखाको यही असार १० गते जारी सूचनाअनुसार गएराति १२ बजेदेखि प्रदेश र स्थानीय तहको यो आर्थिक वर्षको कारोबार बन्द भएको महालेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी गायत्रीरमण खनालले जानकारी दिए । उनका अनुसार गए रातिदेखि कुनै पनि रकम भुक्तानी लिन पाइने छैन । प्रदेश र स्थानीय तहको प्रणालीबाट एक सातासम्म नयाँ रकम भुक्तानी हुने छैन । राति… पुरा पढौ

राष्ट्रियसभाको बैठक मंगलबारका लागि तोकियो

आजका लागि बोलाइएको राष्ट्रियसभाको बैठक मंगलबारका लागि सारिएको छ । आज बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी तय भएको बैठक विशेष कारणवश भोलिका लागि सारिएको सङ्घीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमको भनाइ छ । राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले असार २६ गतेका लागि बैठक निर्धारण गरेका हुन । रासस पुरा पढौ

पृथ्वीचोकदेखि बिजयपुरसम्मको सडक मिचेर बनाइएका अवैध संरचना हटाउन शुरु

पोखरा, असार २५ पृथ्वी राजमार्गमा भएको अतिक्रमणबिरुद्ध पोखरा महानगरपालिकाले डोजर चलाउन शुरु गरेको छ । पृथ्वी राजमार्ग अन्तर्गत पर्ने पोखराको पृथ्वीचोकदेखि बिजयपुरसम्मको सडक क्षेत्रमा भएको अतिक्रमण हटाउन पोखरा महानगरपालिकाले डोजर चलाउन शुरु गरेको हो । एसियाली विकास बैंक (एडिबी)को सहयोगमा पृथ्वी राजमार्गलाई चार लेनको बनाईदैछ । पोखरा–काठमाडौंको करीब दुई सय किलोमिटर नै चार लेनको सडक बनाउनेगरी हाल कोत्रेदेखि मुग्लिङसम्मको सडक निर्माण कार्य भईरहेको छ । कास्कीको पोखरा क्षेत्रको सडक खण्डमा भने अब केहि समयपछि बनाउन शुरु हुने सडक विभागले जनाएको… पुरा पढौ

अचार बिक्रीबाट वार्षिक पाँचलाख आम्दानी

स्याङ्जाको गल्याङ नगरपालिका–३, आदर्श टोल निवासी ४४ वर्षीया माया पाठकले तालिमलाई सदुपयोग गरेर आत्मनिर्भर बनेकि छिन। उनले महिला बहुउद्देश्य सहकारी संस्था लिमिटेडद्वारा २०७७ सालमा प्रदान गरेको एक हप्ते अचार बनाउने तालिम लिएकि थिइन । उनी आत्मनिर्भर मात्र बनेकि छैनन प्रशिक्षकका रुपमा विभिन्न ठाउँमा महिलालाई अचार बनाउने तालिमसमेत दिँदै आएकि छिन । तालिम लिएपछि उनले पाठक अचार उद्योग दर्ता गरेर व्यावसायिक रुपमा अचार बनाउन थालिन। उनले रु ६० हजारबाट सुरु गरेको अचार उद्योगकको लगानी हाल पाँच लाख पुगेको बताइन । चुलोचौकोमा… पुरा पढौ

गोरखाका पाँच स्थानीय तहद्वारा बजेट स्वीकृत

गोरखा जिल्लाभित्रका पाँच स्थानीयको आगामी आर्थिक वर्ष २०८०÷०८१ बजेट स्वीकृत भएको छ । जिल्लाको बारपाक सुलिकोट , अजिरकोट, भीमसेन थापा, सिरानचोक र सहिद लखन गाउँपालिकाको आगामी आवको बजेट पारित भएको हो । बारपाक सुलिकोटले आगामी आव २०८०÷०८१ का लागि कूल रु ६० करोड ३९ लाख ६९ हजार बराबरको बजेट गाउँसभाबाट स्वीकृत गरिसकेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए । त्यस्तै सहिद लखनले रु ६३ करोड २० लाख १० हजार बराबरको बजेट गाउँसभाबाट स्वीकृत गरेको छ भने सिरानचोकले असार रु ७९… पुरा पढौ