समाचार

गोरखामा पढ्दै कमाउँदै विद्यार्थी

गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकास्थित बारपाक बहुप्राविधिक विद्यालय अध्ययनरत विद्यार्थीले पढाइसँगै आम्दानीसमेत गर्न थालेका छन् । शिक्षालयमा पढ्ने विद्यार्थीलाई उत्पादनसँग जोड्न गाउँपालिकाले ‘सिक, कमाउ र तिर कार्यक्रम’ लागू गरेपछि कृषि उत्पादन गरी बिक्री वितरण गरेर विद्यार्थीले आम्दानी गर्न थालेका गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुलसीराम आर्चायले जानकारी दिए । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को आङ्गिक शिक्षालयको रुपमा वडा नं ४ स्थित सौरपानीमा रहेको प्राविधिक शिक्षालयमा कृषि बाली विज्ञानमा अध्ययनरत विद्याथीले आलु, प्याज, गोलभेडा र च्याउ खेती तथा फलफूल खेती… पुरा पढौ

कफुचे हिमताललाई पदयात्रा पर्यटनसँग जोड्ने गरी पहल

पोखरा । कास्कीको मादी गाउँपालिका–१ मा पर्ने कफुचे हिमताललाई पदयात्रा पर्यटनसँग जोड्ने गरी पहल बढाइएको छ । पछिल्ला समयमा यस क्षेत्रमा बढ्दै गएको पर्यटकको आकर्षणसँगै स्थानीय तहदेखि प्रदेश र सङ्घ तीनवटै सरकारको प्राथमिकतामा यहाँको पदमार्गले स्थान पाउन थालेको हो । आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै गएको यो ताललाई नेपालको सबैभन्दा कम उचाइमा रहेको हिमतालका रुपमा समेत लिने गरिएको छ । समुद्री सतहबाट दुई हजार चार सय ५० मिटर उचाइमा रहेको यो ताल पछिल्ला समयमा पर्यटकको रोजाइमा पर्न थालेसँगै स्थानीय… पुरा पढौ

गोल्डेन नेचर बोर्डिङ स्कुलद्धारा एसईई दिएका विद्यार्थीहरूलाई सम्मान

पोखरा । पोखरा महानगरपालिका, वडा नं. ३०, खुदी–ढुङ्गेपाटनमा स्थित गोल्डेन नेचर बोर्डिङ स्कुलले एसईई दिएका विद्यार्थीलाई सम्मान गरेको छ । उक्त स्कुलबाट २०७९ सालको एस.ई.ई. परीक्षामा सहभागी ४२ जना विद्यार्थीमध्ये सबैजनाले उत्कृष्ट नतिजा ल्याउन सफल भएको खुसियालीमा एक कार्यक्रमको आयोजना गरि सम्पूर्ण विद्यार्थीहरूलाई सम्मान गरेको हो । हालै सार्वजनिक भएको एसईई नतिजानुसार ६ जना विद्यार्थीले ३.६० बाट ३.८० जि.पि.ए, १५ जना विद्यार्थीले ३.२० बाट ३.६० जि.पि.ए., १५ जना विद्यार्थीले २.८ बाट ३.२० जि.पि.ए. र बाँकी ६ जनाले २.५० बाट २.८०… पुरा पढौ

बरालद्धारा वैबाहिक वर्षगाँठको अवसरमा बालगृहलाई आर्थिक सहयोग

पोखरा । पोखराका समाजसेवी पर्शुराम बराल परिवारद्धारा सृजना बालगृहमा अक्षयकोष स्थापनाका लागी पच्चीस हजार पाँच सय पच्पन्न सहयोग गरेका छन् । बरालका छोरा प्रवेश बराल र बुहारी सुमना बरालको वैबाहिक वर्षगाँठको अवसरमा सहयोग गर्न पाउँदा खुशी भएको बरालले बताए । सृजना विकास केन्द्र द्धारा २०६४साल मा स्थापित बालगृहमा हाल १६ जना बालबालिका पूर्ण आश्रित रहेको बालगृह संयोजक सोमनाथ बरालले बताए । २०३७ साल देखि शैक्षिक, सामाजिक महिला उद्यमी कार्य सहित सामाजिक कार्य गर्दै आएको संस्थाले बालगृह सङ्गै महतगौँडामा खानेपानी परीयोजना… पुरा पढौ

म्याग्दे गाउँपालिकाद्धारा दुग्ध उत्पादक कृषकलाई अनुदान

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले दूध उत्पादक कृषकलाई उत्पादनका आधारमा अनुदान उपलब्ध गराएपछि कृषक उत्साहित भएका छन् । गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउने उद्धेश्यसहित पालिकाले उत्पादनका आधारमा अनुदान दिने नीति ल्याएपछि कृषक खुशी भएका हुन् । म्याग्दे गाउँपालिका–३ निवासी नवराज घिमिरेले चालु आर्थिक वर्षमा नौ हजार तीन सय ९४ लिटर दूध उत्पादन गरे । गाउँपालिकाले उनलाई प्रतिलिटर नौ रुपैयाँ २० पैसाका दरले रु ८६ हजार चार सय २४ अनुदान प्राप्त गरे। उनले भने, “गाउँपालिकाको यो कामले कृषकको हौसला बढाएको छ ।… पुरा पढौ

बर्खा लागेसँगै लमसुङ र लुलाङ यातायात सञ्जालबाट बिच्छेद

म्याग्दी । गत हिउँदमा सडक सञ्जालमा जोडिएको म्याग्दीको धवलागिरि गाउँपालिकाको वडा नं २ को लमसुङ र लुलाङ बर्खा लागेसँगै यातायात सञ्जालबाट बिच्छेद भएको छ । गाउँपालिकाको केन्द्र मुनाबाट वडा नं २ को खोरिया–लमसुङ हुँदै गुर्जा जोड्ने सडकले लुलाङगाउँ काटेको छ । सडकमा लमसुङमा दरखोला, वडा नं ३ को कालुङ, महखोलामा बाढी आएको र सडकमा हिलो जमेकाले मुनाबाट लुलाङ जोड्ने सडकमा नियमित सिधा यातायात सञ्चालन हुन छाडेको स्थानीय राजकुमार विकले बताए। “पुल नबनाए र घुमाउरो तथा साँघुरो सडक विस्तार नगरेसम्म बाह्रै… पुरा पढौ

चुमनुब्रीलाई डढेलोमुक्त गाउँपालिका बनाइने

गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकालाई डढेलोमुक्त गाउँपालिका बनाइने भएको छ । वातावरण प्रदूषण रोकथाम र न्यूनीकरण गरी पर्यावरणीय संरक्षणका लागि गाउँपालिकालाई डढेलोमुक्त क्षेत्र बनाउन लागिएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए । “डढेलोबाट वनजङ्गलको विनासमात्र हुने नभई यसबाट पर्ने वातावरणीय असरले जलवायु परिवर्तनमा समेत नकारात्मक प्रभाव पारिरहेको हुन्छ”, उनले भने “यसलाई रोकथाम र नियन्त्रणका लागि सिङ्गो गाउँपालिकालाई नै डढेलोमुक्त गाउँपालिका घोषणा गरिएको हो ।” “पालिकाभित्रका धेरैजसो जङ्गलमा सिकारीले बढी मात्रा डढेलो लगाउने गरेको पाइएकाले डढेलो नियन्त्रण र रोकथामका लागि… पुरा पढौ

मादीका पहिरो विस्थापित परिवारलाई राहत प्रदान

कास्की । कास्की जिल्लाको मादी गाउँपालिकामा अबिरल वर्षापछिको पहिराले घरमा क्षति पुगेर विस्थापित परिवारलाई राहत प्रदान गरिएको छ । मादीको वडा नं ६ का पाँच र वडा नं २ का एक परिवारमध्ये दुई घर पूर्णरूपमा विस्थापित र अन्य जोखिममा परेका थिए । मादी गाउँपालिका र जिल्ला प्रशासन कार्यालयले शनिबार प्रभावित परिवारलाई गाउँमै पुगेर राहत रकम प्रदान गरेका हुन् । पीडित परिवारलाई क्षतिका आधारमा गाउँपालिकाले रु दुई लाख पाँच हजार र जिल्ला प्रशासनले रु एक लाख राहत वितरण गरेको छ ।… पुरा पढौ

तनहुँमा नमूना पशुपक्षी अस्पताल बन्दै

डुम्रे । भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँ परिसरमा नेपालकै ‘नमूना पशु अस्पताल’को निर्माण भइरहेको छ । पशुपक्षीको रोग पहिचान, अनुसन्धान र उपचारका लागि अत्याधुनिक अस्पताल निर्माण गर्ने काम भइरहेको छ । नेपालकै नमूना पशुपक्षी अस्पताल बनाउनका लागि गरिएको प्रस्ताव स्वीकृत भई काम भइरहेको हो । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले गरेको प्रस्ताव गण्डकी प्रदेश सरकारले स्वीकृत गरी बजेट विनियोजन गरेपछि निर्माणको काम भइरहेको विज्ञ केन्द्रले जनाएको छ । केन्द्रका अनुसार हाल केन्द्रमा सामान्य किसिमको प्रयोगशाला… पुरा पढौ

मेरै पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नुपर्छ : गगन थापा

काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू वा आफ्नै पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु देशको वर्तमान आवश्यकता भएको बताएका छन् । नेपाली कांग्रेस बुढानिलकण्ठ नगरपालिकाको नगर सम्मेलनमा आज उनले भने, “म फेरि संसदीय दलको नेता बदल्ने कुरामा लाग्छु, सके म प्रधानमन्त्री बन्छु नसके मेरो पुस्ताको कसैलाई प्रधानमन्त्री बनाउँछु ।” उनले कांग्रेसलाई बदल्नका लागि आफू लागेको स्पष्ट पारे । “हामी कांग्रेसमा छौँ, कांग्रेसलाई बदल्नका लागि लाग्नुपर्छ, कांग्रेस बदल्नका लागि मैले संसदीय दलको नेतामा उम्मेदवारी दिएको हुँ”, उनले भने । कांग्रेस नेता… पुरा पढौ