समाचार

विस्फोटन गराउँदा क्षति भएका घरको क्षतिपूर्ति दिइने

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–१ अन्तर्गत बाँधको काममा विस्फोटन गराउने क्रममा क्षति भएका घरको क्षतिपूर्ति रकम दिइने भएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा हालै बसेको मुआब्जा निर्धारण समितिको बैठकले बाँध निर्माणका लागि सेती नदीको दुवैतर्फको स्लोप कटानका लागि विस्फोटन गराउँदा घर संरचनामा क्षति पुगेकाले क्षतिपूर्ति रकम दिने निर्णय गरेको हो । व्यास नगरपालिका–५ बेतेनीका नौ र ऋषिङ–१ लोक्मामा नौ घरपरिवारको घर संरचनामा पुगेको क्षतिका आधारमा क्षतिपूर्ति निर्धारण उपसमितिले तयार गरेको प्रतिवेदनबमोजिम क्षतिपूर्ति रकम… पुरा पढौ

‘सहिद उद्यान’ अन्तिम चरणमा

बागलुङ । ताराखोला गाउँपालिकाको केन्द्र अर्गलभन्दा केहीमाथि पट्टि अग्लो पहाड छ । यही अग्लो पहाडको टुप्पोमा समथर भू–भाग छ । जहाँ सशस्त्र द्वन्द्वका बेला निकै चहलपहल हुन्थ्यो । ताराखोला गाउँपालिका–२ मा पर्ने यस ठाउँ गयार चिनारडाँडाले परिचित छ । घनाजङ्गल र रमणीय रहेको चिनारडाँडामा द्वन्द्व सकिएपछि लामो समय सुनासन बन्यो । अहिले ताराखोला गाउँपालिकाले फेरि त्यस क्षेत्रमा मानिसहरुको चहलपहल बढाउन सहिद उद्यान निर्माण गर्न थालेको छ । तत्कालीन नेकपा९माओवादी० को जनमुक्ति सेनाको तालिम केन्द्रका रुपमा रहेको चिनारडाँडालाई पर्यटकीय गन्तव्यका रुपमा… पुरा पढौ

गण्डकीका खेलाडीको प्रदेश खेलकुद परिषद्ले लगत संकलन गर्दै

गण्डकी । प्रदेश खेलकुद परिषद्ले गण्डकीबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडीको लगत सङ्कलन गर्ने भएको छ । परिषद्ले हालसम्म राष्ट्रिय खेलकुद प्रतियोगितादेखि ओलम्पिकसम्म पुगेका खेलाडीको तथ्याङ्क जुटाउन लागेको हो । परिषद्का सदस्यसचिव श्रीधर शर्माले प्रदेशका ११ वटै जिल्लाका खेलकुद विकास समितिलाई जिल्ला तहमा रहेका खेलाडीको व्यक्तिगत विवरणसहितको लगत पठाउन परिपत्र गरिसकेको बताए । “प्रतियोगितामा पाएको पदकसहित खेलाडीको विवरण सङ्कलन गर्दैछौँ, आउँदो असारभित्र सबै राष्ट्रिय खेलाडीको तथ्याङ्क तयार हुन्छ”, उनले भने, “खेलाडी भनेको हाम्रो सम्पत्ति हो, सम्मानका लागि पनि खेलाडीको… पुरा पढौ

ठेकेदार सम्पर्कविहीन हुँदा राजस्व कार्यालय भवन निर्माण अलपत्र

तनहुँ । निर्माणाधीन आन्तरिक राजस्व कार्यालय दमौलीको कार्यालय भवन अधुरै रहेको छ । निर्माण सम्पन्न हुनुपर्ने समयमा कार्यालय भवन आधा निर्माण गरी ठेकेदार सम्पर्कविहीन भएका छन् । सङ्घीय सरकारको रु पाँच करोड २१ लाखमा उत्तम भट्टराई सञ्चालक रहेको ओम इन्फ्राटेक÷भीम ज्योति जेभीसित भवन निर्माणको सम्झौता भएको थियो । अठार महिनामा भवन निर्माण सम्पन्न गर्ने गरी २०७८ असोज २२ गते सो सम्झौता भएको हो । विसं २०७९ चैतमा भवन निर्माण सक्नुपर्ने थियो । ठेकेदार सम्पर्कविहीन भएपछि भवन निर्माणको काम अधेरै रहेको… पुरा पढौ

विपद् उद्धारका लागि गोताखोर तयार

सरकारको उद्देश्यअनुरुप सशस्त्र प्रहरी र नेपाल प्रहरीले गोताखोर तयार पारेका छन् । यसपटक १९ सशस्त्र प्रहरी कर्मचारी र एक नेपाल प्रहरी गरी २० गोताखोर तयार गरिएको छ । सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता राजेन्द्र खड्काका अनुसार पाँच हप्ताको उक्त तालिम त्रिशूली नदी, कास्कीको पोखरास्थित फेवाताल र सुनसरीस्थित कोसी नदीमा दिइएको थियो । यस वर्ष गण्डकी प्रदेश सरकारको सहयोगमा गत वैशाख १० गतेदेखि सशस्त्र प्रहरीले २० प्रहरी कर्मचारीलाई पाँच हप्ते गोताखोर तालिम दिएको हो । योसँगै सशस्त्र प्रहरी बल नेपालमा… पुरा पढौ

अमेरिकन ‘स्वाइन फिवर’को प्रकोपः चार सय बङ्गुर मरे,किसान चिन्तामा

बागलुङ । अमेरिकन स्वाइन फिवरका कारण धमाधम बङ्गुर मर्न थालेपछि बागलुङका किसान चिन्तित भएका छन् । धमाधम बङ्गुर मर्न थालेपछि यहाँका किसान लाखौँको नोक्सानी व्यहोर्न बाध्य भएका छन् । बागलुङ नगरपालिका–१, २, ३ र ४ मा व्यावसायिकरूपमा पालिएका बङ्गुरमा अमेरिकन स्वाइन फिवरका कारण हालसम्म चार सय बङ्गुर मरेको किसानको भनाइ छ । किसानले व्यावसायिकरूपमा पालेको बङ्गुर धमाधम मर्न थालेपछि बङ्गुर खोर नै रित्तो हुन थालेको बङ्गुरपालक किसान गणेशबहादुर पुनले बताए । “केही दिनदेखि दैनिक खोरमा बङ्गुर मर्न थालेका हुन्”, उनले… पुरा पढौ

राजदरबार हत्याकाण्डको २२ वर्ष पूरा, घटना अझै रहस्यमय

नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २२ वर्ष पूरा भएको छ । आज तत्कालीन राजा वीरेन्द्रको निधन भएको सम्झनामा विभिन्न कार्यक्रम गरी स्मरण गरिँदैछ । २०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्रको वंश विनास भएको थियो । राजदरबार हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुतीसहितको हत्या भएको थियो । दीपेन्द्रले परिवारका सदस्यहरुलाई गोली हानेको र पछि आफैँलाई गोली हानेको भनेर छानबिन प्रतिवेदन सार्वजनिक गरिएपनि त्यसको अविश्वास र आशंका कायमै छ । उच्च सुरक्षा घेराभित्र… पुरा पढौ

मुग्लिन–मलेखु सडकखण्ड स्तरोन्नति

मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन–मलेखु सडकखण्डक स्तरोन्नतिको काम थालिएको हो । उनान्चालीस किलोमिटर लामो सडक निर्माणको जिम्मा पाएको शर्मा जेडआइसिजी जेभीले सडक विस्तार र स्तरोन्नति गर्न थालेको नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) का प्रमुख किरण कार्कीले जानकारी दिए । पहिलो चरणमा पाँच किलोमिटरमा काम भइरहेको छ । चितवनतर्फ १७ किलोमिटर र धादिङतर्फ २२ किलोमिटर सडक स्तरोन्नति हुनेछ । सडक विस्तार र स्तरोन्नतिपछि न्यूनतम नौ मिटर कालोपत्र हुनेछ ।… पुरा पढौ

तीन दिने खेल पत्रकारिता तालिम जारी

पोखरा १८ जेठ । पोखरामा नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा सञ्चालन भइरहेको खेल पत्रकारिता सम्बन्धी तालिम जारी रहेको छ । बुधबारबाट सुरु भएको तालिमको दोश्रो दिन क्रिकेट र टेनिस खेलबारेका दुई सत्रमा कक्षा सञ्चालन भएका छन् । विहान ८ बजेबाट पोखरा ट्रेडमलस्थित क्लासिक चूल्होमा जारी तालिममा बिहीबार (आज) आइसिसिका एम्पायर दुर्गा नाथ सुवेदी देवेन्द्र र टेनिस प्रतियोगिताका निर्देशक राजन पौडेलले सहजीकरण गरेको मञ्चका उपाध्यक्ष एवं कार्यक्रम संयोजक सुरज श्रेष्ठले जानकारी दिए । नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष समेत रहेका सुवेदीले… पुरा पढौ

दुई देशबीच उल्लेख्य उपलब्धि हासिल भएका छन् : प्रधानमन्त्री मोदी

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपालबीच धार्मिक र सांस्कृतिक सम्बन्ध निकै पुरानो र घनिष्ठ रहेको बताएका छन् । भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटवार्तापछि आज आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले भारत–नेपाल सम्बन्धलाई हिमाल जतिकै उचाइ प्रदान गर्नका लागि काम गरिरहने उल्लेख गरे ।“यही भावनाअनुसार सबै मुद्दा, चाहे सीमाका हुन्, या अन्य कुनै विषय सबै समाधान गर्छौं”, उनले भने, “यो सुन्दर सम्बन्धलाई थप प्रगाढ बनाउन प्रधानमन्त्री दाहाल र मैले रामायण सर्किटसँग सम्बन्धित परियोजनालाई तीव्र गतिमा… पुरा पढौ