समाचार

छ सय कलाकारका सात सय कलाकौशल प्रदर्शनीमा

काठमाडौ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा)ले यस वर्ष गणतन्त्र दिवसको अवसर पारेर ‘म, मेरो देश र मेरो सिर्जना’ नाराका साथ ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ आयोजना गर्ने भएको छ । प्रदर्शनी यही जेठ १५ गतेदेखि १५ दिनसम्म नाफा परिसर, बालमन्दिर, नक्साल र नेपाल कला परिषद् (नेपाल आर्ट काउन्सिल) बबरमहलमा हुँदैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किरातीले नाफा परिसरमा उद्घाटन गर्ने सो प्रदर्शनीमा नेपालका परम्परागत चित्रकला÷मूर्तिकला, समसामयिक चित्रकला÷मूर्तिकला, लोककला, हस्तकला, वास्तुकला तथा अन्य सिर्जनात्मक कलाअन्तर्गतका फोटोग्राफी कला, प्रतिस्थापन कला, व्यङ्ग्यचित्र, भावभङ्गी… पुरा पढौ

विश्वविद्यालयलाई आविष्कार र अनुसन्धान केन्द्रका रुपमा विकास गर्न जरुरी छ : प्रधानमन्त्री

काठमाडौ । प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयलाई आविष्कार र अनुसन्धान केन्द्रका रुपमा विकास गर्न जरुरी रहेको बताएका छन् । नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले अनुसन्धानमा आधारित मौलिक उच्चशिक्षाको आवश्यकता रहेको बताए । प्रधानमन्त्री दाहालले भने, “प्राज्ञिक क्षेत्रमा तपाईंहरुले विकास र रुपान्तरणका सैद्धान्तिक र दार्शनिक पक्षको चर्चा गर्न आवश्यक छ । विश्वका कतिपय अनुभव, सिद्धान्त र दर्शनलाई नेपाल सुहाउँदो विकास र परिवर्तनको मोडेलको खोजीका लागि विश्वविद्यालय तहमा अनुसन्धान जरुरी छ र तपाईंहरु अनुसन्धानमा केन्द्रित… पुरा पढौ

आगलागीबाट जिल्लामा एक सय १७ घरगोठ जले, ११ जनाको मृत्यु

गुल्मी । आगलागीबाट गुल्मीमा तीन वर्षमा एक सय १७ घरगोठ जलेर नष्ट भएका छन् । जिल्लाका विभिन्न पालिकामा गरी पछिल्लो तीन वर्ष अर्थात् आर्थिक वर्ष २०७६र७७ देखि हालसम्म ५३ घर र ६४ गोठ जलेर नष्ट भएका हुन् । चालु आवको हालसम्म ११ घर र १९ गोठमा आगलागी भएको छ । गत आवमा ३१ घर र १५ गोठ एवं आव २०७६र७७ मा ११ घर र १५ गोठ जलेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । आगलागीबाट तीन वर्षमा रु तीन करोड… पुरा पढौ

मध्यमस्र्याङ्दीमा बिजुली उत्पादनमा वृद्धि

लमजुङ । लमजुङमा उत्पादिन मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली वृद्धि हुन थालेको छ । मस्र्याङ्दी नदीमा पानीको बहाव बढ्न थालेसँगै बेँसीसहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना केन्द्रबाट बिजुली उत्पादन वृद्धि हुन थालेको हो । केही दिन यता बेलाबेलामा वर्षा हुनाका साथै हिउँ पग्लिएर मस्र्याङ्दी नदीमा पानी बढेपछि यतिबेला दैनिक ५७÷६० मेगावाटसम्म बिजुली उत्पादन भइरहेको केन्द्रका प्रमुख पवन बस्नेतले बताए । उनले भने, “जाडो याम सुरु भई सो नदीमा पानीको बहाव कम हुँदै जाँदा क्षमताभन्दा कम उत्पादन… पुरा पढौ

आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको प्रगति विवरण संसदमा पेस

काठमाडौ । अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०७९र८० को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८० प्रतिनिधिसभा र राष्ट्रियसभाका छुट्टाछुट्टै बैठकमा पेस गरेका छन । आर्थिक सर्वेक्षण पेस गर्नुहुँदै अर्थमन्त्री महतले सन् २०२३ मा विश्वको अर्थतन्त्र नै समस्यमा परेकाले त्यसको असर नेपालको अर्थतन्त्रमा पनि परेको उनले बताए । “अन्तर्राष्ट्रिय आर्थिक परिवेश र संरचनात्मक समस्याका कारण थोक तथा खुद्रा व्यापार, निर्माण, उत्पादनमूलक उद्योगको उत्पादनलगायत समग्र आर्थिक क्रियाकलापमा सङ्कुचन भई चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर दुई दशमलव… पुरा पढौ

बेगनासतालमा मोटरबोट सञ्चालन

पोखरा । पोखरा महानगरपालिका वडा नं.३१ स्थित बेगनासतालमा मोटारबोट सञ्चालनमा ल्याइएको छ । आन्तरिक तथा वाह््य पर्यटकलाई केन्द्रीत गरी बेगनासतालमा चल्ने मोटरबोटको सञ्चालनको लागि बेगनासताल डुंगा व्यवसायी समितिले नेपाल सिप एण्ड बोट विल्डिङ नवलपुर गैंडाकोटबाट ५० लाखको लगानीमा मोटरबोट खरिद गरी सञ्चालनमा ल्याइएको बेगनासताल डुंगा व्यवसायी समितिका अध्यक्ष रबिराज कंडेलले जानकारी दिए । बेगनासताल डुंगा व्यवसायी समितिका २ सय ६५ जना सदस्यहरुबाट आर्थिक रकम संकलन गरी उक्त मोटरबोट खरीद गरिएको कंडेलले बताए । यस क्षेत्रको धार्मिक तथा पर्यटन विकास र… पुरा पढौ

भेडापालनमा तमानखोलाका युवा,भन्छन्,“हामी यसैमा सन्तुष्ट छौ”

बागलुङको तमानखोला गाउँपालिका–४ लाम्मेलाका २५ वर्षीय युवा सिजन छन्त्याल भेडापालनमा छन् । युवा जोस तथा उत्सुकताको उमेरमा उनको सन्तुष्टि भने भेडापालमा भेटिएको छ । अहिलेका युवामा वैदेशिक रोजगारीको मोह बढिरहेको सन्दर्भमा सिजनलाई भने भेडीगोठले तानिरहेको छ । बुबा र बाजेले गर्दै आएको भेडापालनलाई आफूले निरन्तरता दिने निर्णयका साथ भेडापालनमा होमिएको उनको भनाइ छ । भेडापालनलाई व्यावसायिक बनाउनसके विदेशको कमाई आफ्नै गाउँठाउँमा गर्न सकिने भन्दै भेडापालनमा होमिएको उनी बताउछन् । सिजन अहिले आफ्नो गाउँ लाम्मेला हुँदै भेडा चराउनका लागि सोलेडाँडा पुगेका… पुरा पढौ

अन्तर्राष्ट्रिय महिला भलिबलमा नेपाल तेस्रो,उपाधिका लागि आज भारत र काजकिस्तानबीच खेल हुदै

काठमाडौ । नेपालले उज्वेकिस्तानलाई पराजित गर्दै एनएससी काभा ९सेन्ट्रल एसियन भलिबल एसोसिएसन० महिला भलिबल च्यालेन्ज कपमा तेस्रो स्थान हासिल गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा आज तेस्रो स्थानका लागि भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो भएको हो । खेलमा पहिलो सेट गुमाएको नेपालले त्यसपछिको लगातार तीन सेट आफ्नो पक्षमा पार्दै जित निकाल्यो । हारसँगै उज्वेकिस्तान भने चौथो स्थानमा रह्यो । त्यसैगरी प्रतियोगितामा श्रीलङ्का पाँचौँ, कीर्गिस्तान छैटाँै, माल्दिभ्स सातौँ र बङ्गलादेश आठौँ स्थानमा… पुरा पढौ

डुङ्गा दुर्घटना हुँदा ५ जनाको मृत्यु, थुप्रै बेपत्ता

घानाको सभाना क्षेत्रमा डुङ्गा डुब्दा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै थुप्रै बेपत्ता भएका छन् । राष्ट्रिय प्रकोप व्यवस्थापन सङ्गठन (एनएडीएमओ) का सवाना क्षेत्रीय संयोजक बावुक एडम्सले सिन्ह्वालाई बताएअनुसार केपान्डाई जाँदै गरेको डुङ्गा बाटोमा रहेको रुखमा ठोक्किएपछि उक्त दुर्घटना भएको हो। रूखमा ठोक्किएपछि डुङ्गा डुबेको बएडम्सले बताएका छन् । घटनास्थलबाट पाँचवटा शव निकालिएको छ।उक्त डुङ्गाका यात्रुको निश्चित सङ्ख्या पुष्टि हुन बाँकी छ । खोज एवं उद्धार टोलीले केही यात्रुहरूलाई सकुशल उद्धार गरेको छ भने खोजी कार्य अझै जारी छ।रासस पुरा पढौ

नगर अस्पताल सञ्चालनपछि बागलुङ, पोखरा र काठमाडौँ पुग्नुपर्ने विरामीको बाध्यता हट्यो

बागलुङ । बागलुङको गलकोट क्षेत्रमा कोही बिरामी पर्नासाथ बागलुङ, पोखरा र काठमाडौँका अस्पतालमा पुर्याइन्थ्यो । यहाँ स्वास्थ्य संस्था नभएर होइन, नागरिकले विश्वास नगर्दा गलकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्यचौकी तथा अन्य स्वास्थ्य संस्थामा बिरामी कम जान्थे । तर पछिल्लो केही महिनायता बिरामी पर्दाबित्तिकै गलकोट बाहिर जानेको सङ्ख्या कम भएको छ । गलकोट नगरपालिकाले पुस महिनादेखि नगर अस्पताल सञ्चालनमा ल्याएपछि जिल्ला बाहिर जाने बिरामीले यही उपचार गराउन थालेका छन् । पछिल्लो समय नगर अस्पतालमा नागरिकको विश्वास बढ्दै गएको छ । अस्पतालमा विशेषज्ञ… पुरा पढौ