समाचार

रायमाझीलाई अदालतमा उपस्थित गराइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई प्रहरीले आज जिल्ला अदालत काठमाडौँमा उपस्थित गराउने तयारी गरेको छ । उक्त प्रकरणमा वैशाख २० गते पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझीलाई आइतबार साँझ काठमाडौँको बूढानीलकण्ठबाट प्रहरीले पक्राउ गरेको थियो । रायमाझीलाई म्याद थपका लागि आज अदालत उपस्थित गराउने तयारी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । रायमाझीलाई नेकपा (एमाले) ले यसअघि नै आफ्नो पार्टीको सचिव पदबाट निलम्बन गरिसकेको छ । प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक, कांग्रेसका पूर्वसभासद्… पुरा पढौ

जङ्गली कच्चापदार्थलाई आयसँग जोड्दै व्यास नगरपालिका

आठ महिने काखे बच्चा च्यापेर सीप सिक्नमा व्यस्त छिन्,तनहुँको व्यास नगरपालिका–१३ का मेनुका आले । आफूमा सीप भए आयस्तर बढाउन सजिलो हुन्छ भनेर काखे बच्चा च्यापेर नै सीप सिक्दै गरेको उनले बताइन्। “एक महिनाको प्रशिक्षण वडा दिनेभन्दा सिक्ने समय लामो भयो भनेर बच्चा छोडेर जाँदा गाह्रो हुन्छ लागेको थियो, सिक्दै जाँदा आम्दानीसँग सीधा जोडिँदा आकर्षित ग¥यो”, उनले भने“कहिले आफैँले च्यापेर सिक्न आउने त कहिले घरमा छाडेर आउने गरेको छु, सीप सिक्न न त उमेरले छेक्ने न त अन्य कुनै चिजले… पुरा पढौ

प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा सङ्घीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको हो । राष्ट्रियसभाका अध्यक्षको सचिवालयका अनुसार सो अवसरमा सङ्घीय संसद्को चालु बजेट अधिवेशनलाई प्रभावकारी बनाउने तथा सरकारको नीति तथा कार्यक्रम पेश गर्न संसद्को संयुक्त बैठकलगायतका विषयमा छलफल भएको छ । रासस पुरा पढौ

तनहुँको सिर्दीमा बस दुर्घटना: २७ यात्रु घाइते

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–५ सिर्दीमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग१ख ९६३५ नम्बरको बस अनियन्त्रित भई सडकबाट ५० मिटर तल खस्दा बसमा सवारी २७ यात्रु घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अवदेश विष्टको नेतृत्वमा २५ जनाको प्रहरी टोलीले घाइतेको उद्धार गरेको छ । घाइतेमध्ये नौ जनालाई थप उपचारका लागि पोखरा ‘रिफर’ गरिएको छ भने अन्य घाइतेको दमौलीस्थित अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक राजकुमार विकले… पुरा पढौ

लमजुङमा तमु सांस्कृतिक प्रतिष्ठानद्वारा छात्रवृत्ति छनौट परीक्षा सम्पन्न

वैशाख ३१ लम्जुङ । तमु सांस्कृतिक प्रतिष्ठान नेपालले लम्जुङमा चौंथो चरणको छात्रवृत्ति छनौट परीक्षा सम्पन्न गरेको छ ।प्रतिष्ठानले शनिबार लम्जुङको क्होलासोंथर गाउँपालिका, वडा नं. २, मालिङ गाउँस्थित शारदा माध्यमिक विद्यालयमा छात्रवृत्ति छनौट परीक्षा सम्पन्न गरेको हो ।परीक्षामा जिल्लाका विभिन्न विद्यालयमा कक्षा ९ मा अध्यनरत २२ जना तमु विद्यार्थीहरु सहभागी भएको प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर तमुले जानकारी दिए । प्रतिष्ठानले वर्षेनी सञ्चालन गर्ने छात्रवृत्तिका लागि विद्यार्थी छनौट गर्न सो परीक्षा सञ्चालन गरिएको अध्यक्ष तमुले बताए । उत्कृष्टताका आधारमा शैक्षिकसत्र २०८० लागि छात्रवृत्ति… पुरा पढौ

फरार पूर्व उपप्रधान तथा गृहमन्त्री रायमाझी पक्राउ

वैशाख ३१ पोखरा । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्व उपप्रधान तथा गृहमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरीको फरार सूचीमा रहेका प्रतिनिधिसभा सदस्य रायमाझीलाई प्रहरीले आइतबार साँझ काठमाण्डौंको बुढानिलकण्ठस्थित पासीकोटबाट नियन्त्रणमा लिएको हो । जिल्ला अदालत काठमाण्डौंबाट वैशाख २० गते पक्राउ पुर्जी जारी भएपछि उनी फरार थिए । अर्घाखाँचीको एक सार्वजनिक कार्यक्रमबाट फर्किएर बुटवल आएका उनी त्यहीँबाट फरार भएका थिए । रायमाझी फरार भएको झण्डै १० दिनपछि पक्राउ परेका छन् । सोही प्रकरणमा संलग्नता रहेको भन्दै उनका छोरा… पुरा पढौ

पोखरामा चट्याङ लागेर गोरुको मृत्यु

पोखरा । पोखरामा आइतबार साँझ चट्याङ लागेर एउटा गोरु मरेको छ । अपरान्ह ४ बजेदेखि पोखरामा विषण वर्षासँगै परेको चट्याङ लागेर पोखरा–२२ खाल्सेको साईस्वारा भन्ने स्थानमा स्थानिय होमबहादुर कुँवरले पालेको गोरु मरेको हो । अपरान्ह करिव साढे ४ बजेको समयमा कुँवरले हल गोरु बाध्दै आएको गोठमा चट्याङ लागेर एउटा गोरु मरेको स्थानिय पूर्व शिक्षक एवं एभरेस्ट एफएमका नियमित श्रोता प्यामलाल बरालले जानकारी दिए । संगै बाँधेको अर्को गोरु भने सकुशल रहेको उनले बताए । सो ठाउँमा यसअघिपनि स्थानिय काँशीराम विकको… पुरा पढौ

सुप्रेम शारदा पत्रकारिता पुरस्कार पत्रकार महासघं कास्कीका अध्यक्ष भण्डारीलाई प्रदान गरिने

वैशाख ३१ पोखरा । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीलाई सुप्रेम शारदा पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । नेपाल प्रेस युनियन कास्की शाखाले संचालन गरेको सो पुरस्कार पहिलो पटक भण्डारीलाई प्रदान गर्न लागिएको हो । पुरस्कारको राशि ५१ हजार रुपैया नगद र सम्मान पत्र रहेको छ । नेपाल पत्रकार महासघं कास्कीका पूर्व अध्यक्ष रवीन्द्र बास्तोला संयोजक रहेको प्रतिभा छनौट समितिको सिफारिसमा नेपाल प्रेस युनियन कास्कीकोे वैठकले भण्डारीलाई पुरस्कृत गर्ने निर्णय भएको युनियनका कार्यवाहक अध्यक्ष रवीना आलेले जानकारी दिइन्… पुरा पढौ

बागलुङको बरेङमा युनाइटेडको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न ६ सय ५० ले स्वास्थ्य सेवा लिए

वैशाख ३१ पोखरा । युनाइटेड क्लब पोखराको आयोजनामा बागलुङको बरेङमा बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बरेङ गाँउपालिका बाग्लुङको ब्यवस्थापनमा बरेङ स्थित सर्वोदय माध्यामिक विद्यालयमा सम्पन्न स्वास्थ्य शिविरमा उक्त क्षेत्रका ६ सय ५० जनाले स्वास्थ्य परीक्षण गराएका छन । स्थापना कालदेखी पोखराको अमरसिंहचौरमा पोखरा महोत्सवको आयोजना गरी महोत्सवबाट बचत भएको रकमबाट शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेतीनदी संरक्षणमा काम गर्दै आइरहेको युनाइटेड क्लबले प्रत्येक वर्ष आफ्नो उद्देश्य अनुसार बिकट गाँउ बस्तीहरुमा पुगी निशुल्क रुपमा बृहत स्वास्थ्य शिविर… पुरा पढौ

कृष्णटोल आमा समुहमा रुपा

पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ वसपार्कमा स्थापना भएको कृष्णटोल आमा समुहको आठौं साधारण सभा तगा तेश्रो अधिवेशनले पुनः रुपा केसीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समुहको उपाध्यक्षमा सविना विक, सचिवमा सिता तामाङ, कोषाध्यक्षमा माया दर्जी, सहसचिवमा सुनिता राना र सदस्यहरुमा कमला तिवारी, माया भुजेल परियार, शर्मिला राना मगर, सरस्वती राना मगर, शर्मिला थापा गुरुङ, शारदा सुनार, मिठु परियार, कोपिला परियार, चन्द्रकला कामी र सावित्रि विक चयन भएका छन । सभाको प्रमुख अतिथि पोखरा ९… पुरा पढौ