समाचार

आलु महोत्सवको तयारी अन्तिम चरणमा

चैत २० पोखरा । यहि चैत २६ गतेदेखि वैशाख ३ गतेसम्म हेमजामा हुन लागेको ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक विष्णुपादुका क्लवले सोमवार पत्रकार सम्मेलन गर्दै महोत्सवको तयारी करिव ७० प्रतिशत पुरा भएको जनाएको हो। क्लव अध्यक्ष सुविन श्रेष्ठले हाल स्टल तथा वाल उध्यान व्यवस्थापन, आलु ग्रडिङ गरी संकलन गर्ने लगायतका कार्य धमाधम भइरहेको बताए । महासचिव बसन्तकुमार श्रेष्ठले महोत्सव हेमजाको ब्रान्डिङ भएको उल्लेख गर्दै यसले समग्र कास्कीलाई नै चिनाएको स्पष्ट पारे… पुरा पढौ

उपनिर्वाचनका लागि पर्यवेक्षक संस्थालाई आह्वान

काठमाण्डौं । निर्वाचन आयोगले आगामी वैशाख १० मा हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थालाई अनुमतिका लागि निवेदन माग गरेको छ । आयोगले आज सूचना प्रकाशन गरी पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थालाई आवश्यक कागजातसहित निवदेन दिन आग्रह गरेको हो । निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ को अनुसूची २ बमोजिमको तोकिएको ढाँचामा सात दिनभित्र निवेदन दिन आग्रह गरिएको हो । उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ताको कार्यक्रम सञ्चालन भइरहेको छ । आयोगको निर्णयबमोजिम चितवन निर्वाचन क्षेत्र नं। २,… पुरा पढौ

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

पोखरा । नेपाल आयल निगमले पेट्रोलिय पदार्थको मूल्य घटाएको छ । निगमले सोमबार मध्यरातीदेखि लागु हुने गरि पेट्रोल डिजेल, मट्टीतेल, हवाई इन्धन आन्तरिकतर्फको मूल्य घटाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजल, मट्टीतेल र हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटर १० रुपैयाँका दरले घटाएको हो । नयाँ मूल्य अनुसार अव पेट्रोल प्रतिलिटर १७५, डिजेल र मट्टीतेलको प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ । केही समयअघि भारतबाट इन्धनको मूल्य घटेर आएको थियो । पुरा पढौ

बिक्न छाडे काम्लो, बख्खु र घुम

बागलुङको उच्च पहाडी क्षेत्रमा अहिले पनि थुप्रै भेडापालक कृषक छन् । हिउँद–बर्खामा लेकबेँसी गर्दै उनीहरुले भेडाबाख्रा पाल्दै आएका छन् । निसीखोला, तमानखोला र ढोरपाटनका उच्च पहाडी क्षेत्र पशुपालनका लागि उर्वर छन् । अहिले युवापुस्ता सहर केन्द्रित हुँदा र रोजगारीका लागि विदेश रोज्न थालेपछि भेडापालन सङ्कटमा पर्ने चिन्ता छ । वर्षांै पहिलेदेखि पुस्ता हस्तान्तरण हुँदै आएको भेडापालन अहिले केही सुस्ताएको छ । माथिल्लो खर्कमा पुग्दा सेताम्य भेडाका बथान भेटिन्छन् । भेडापालन गर्ने अधिकांश बुढापाका छन् । कृषकले मासुका लागि भेडा मात्रै… पुरा पढौ

गैरकानुनी क्रियाकलाप रोक्न प्रहरी सक्षम हुनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरीलाई गौरव गर्न लायक सङ्गठनका रूपमा स्थापित गरिने बताएका छन् । उनले गैरकानुनी क्रियाकलाप रोक्न प्रहरी सक्षम हुनुपर्ने बताए। प्रहरी प्रधान कार्यालयको आज अनुगमन गर्दै उहाँले नेपाली जनताले नेपाल प्रहरीलाई नयाँ रूपमा देख्न पाउनुपर्ने उनको भनाइ छ । उनले नयाँ नीति, योजना, आचरण र संस्कृति निर्माण गर्नुपर्नेमा जोड दिए । “गरिब, असहाय र पीडित मान्छे प्रहरी कार्यालयमा जान्छन । उनीहरूका मुद्दा प्रहरीले सुनिदिनुपर्छ । वास्तविक जनताका मुद्दा प्रहरीले सुनिदिनुपर्छ र हेरिदिनुपर्छ”, अनुगमनका क्रममा उनले… पुरा पढौ

तनहुँ-१ मा कांग्रेसका भट्टराईको उम्मेदवारी दर्ता

तनहुँ । आगामी वैशाख १० मा हुन गइरहेको उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नं १ बाट नेपाली कांग्रेसका गोविन्द भट्टराईले उम्मेदवारी दर्ता गराएका छन् । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार भट्टराईले आज उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा कांग्रेस तनहुँका पूर्वसभापति रघुनाथ पौडेल र समर्थकमा नेपाली कांग्रेस महासमिति सदस्य एवं गण्डकी प्रदेश कार्य समिति सदस्य सरीता गुरुङ रहेका छन् । यसअघि नेकपा (एमाले)का सर्वेन्द्र खनाल, राप्रपाकी शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीका रामप्रसाद प्रजापति, मङ्गोल नेसनल अर्गनाइजेसनका प्रेमबहादुर थापा, राष्ट्रिय जनमुक्ति… पुरा पढौ

नेप्से परिसूचकमा गिरावट

काठमाडौ । यो साता कारोबारको लगातार दोस्रो दिन पनि पुँजीबजारमा गिरावट देखिएको छ । आइतबार २० अङ्कले घटेको नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक आज १६ दशमलव ६७ अङ्कले घटेको हो । नेप्सेकाअनुसार आज दुई सय ६० कम्पनीको २८ लाख २९ हजार चार सय २६ कित्ता शेयर २७ हजार चार सय ५४ पटक खरिदबिक्री हुँदा कारोबार रकम रू ९२ करोड दुई लाख ४९ हजारमा खुम्चिएको छ । आज व्यापार समूह २५ दशमलव २२ अङ्कले बढेको छ भने अरु सबै समूहको उपसूचक… पुरा पढौ

वसन्त ऋतुसँगै घोडेपानी र पुनहिलमा पर्यटकको लर्को

म्याग्दी । वसन्त ऋतुको मौसम । छर्लङ्गै खुलेको आकाश । उत्तरतर्फका सेताम्ये हिमाल । जङ्गलभरि राताम्ये भएर फुलेका लालीगुराँस । लालीगुराँसको छेडोबाट हिमाल हेर्दै रमाइरहेका पर्यटक । म्याग्दीको पर्यटकीयस्थल घोडेपानी र पुनहिलको यो दृश्यले यहाँ पुग्नेको मात्र होइन त्यो दृश्यको भिडियो तथा तस्वीर हेर्नेकोसमेत मन रोमाञ्चक बनाउँछ । चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने घोडेपानी र पुनहिलबाट आँखै अगाडि हिमशृङ्खला र सूर्योदयको मनोरम दृश्यावलोकनका लागि अहिले आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको छ । समुन्द्री सतहबाट तीन हजार दुई सय १० मिटर… पुरा पढौ

पैयुँ गाउँपालिकाले नमुना विद्यालय कार्यक्रम सञ्चालन गर्ने

पर्वत । पर्वतको पैयुँ गाउँपालिकाले आगामी शैक्षिक सत्रदेखि नमुना विद्यालय कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसका लागि गाउँपालिकाभित्रका कुनै एक विद्यालयमा कक्षा नौसम्म अङ्ग्रेजी माध्यममा अध्यापन गराइनेछ । अङ्ग्रेजी माध्यमको शिक्षाप्रति अभिभावक र विद्यार्थीको बढ्दो आकर्षणलाई ध्यानमा राखेर यो अभ्यास गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेले जानकारी दिए । अङ्ग्रेजी माध्यममा अध्यापन हुने विद्यालय खोजीमा निजी विद्यालयमा आकर्षित भइरहेको अवस्थामा गाउँपालिकाले सामुदायिक विद्यालयमा यो अभ्यास सुरु गर्न लागेको हो । “अंग्रेजी माध्यमको सिकाइका लागि भन्दै बजारमा बस्ने… पुरा पढौ

आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो

अमेरिकी दक्षिण र मध्यपश्चिम क्षेत्रमा आएको विनाशकारी आँधीबेहरीका कारण मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । दक्षिणी मैदानी क्षेत्रका केही भागमा व्यापक आँधी आउन सक्ने सम्भावना रहेको सीएनएनले जनाएको छ । गत शुक्रबार अमेरिकी भूमिमा अवतरण भएको यो आँधीले सयौँ घर र व्यवसायहरूलाई आंशिक तथा पूर्णरूपमा ध्वस्त पारेको थियो । अर्कान्सासका मेयर जेनिफर हब्सका अनुसार, अर्कान्सासको वेनमा चार जनाको मृत्यु भएको छ । आँधीले शहरको पश्चिमी सीमाबाट यसको पूर्वीसम्म विनाशको रेखा छोडेको थियो ।रासस पुरा पढौ