समाचार

भलामखोरका घरघरमा खानेपानी धारा

लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका पोखरा(२० भलामखोरका बासिन्दाका घरघरमा धारा जडान गरिएको छ । कूल रू एक करोड १९ लाख ३२ हजार आठ सय लागतमा इक्राघारी विचारी खानेपानी आयोजना सम्पन्न भएसँगै स्थानीयको घर–घरमा मिटरसहितको खानेपानी धारा जडान गरिएको हो । गण्डकी प्रदेश सरकारको ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत रु एक करोड आठ लाख ४८ हजार र १० लाख ८४ हजार आठ सय बराबरको स्थानीय जनश्रमदान परिचालन गरिको इक्राघारी विचारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष तुलसीप्रसाद तिमिल्सिनाले जानकारी दिए… पुरा पढौ

सवारी दुर्घटनामा पाकिस्तानमा अठारको मृत्यु

पाकिस्तानको उत्तरपश्चिमी खैबर पाकथुन्क्वा प्रान्तमा भएको एक सवारी दुर्घटनामा परेर कम्तीमा पनि १८ जनाको ज्यान गएको छ । पाकिस्तानको सो प्रान्तमा बिहीबार राति जिप दुर्घटनामा परेको थियो । सो दुर्घटनामा परेर बिहीबार राति १८ जना यात्रुको ज्यान गएको यहाँको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार खैबर पाक्थुन्क्वा प्रान्तको कोहत जिल्लाअन्तर्गत इन्डस राजमार्गमा एक आपासमा दुई ओटा सवारी साधन ठोक्किन पुगेका थिए ।सवारी ठोक्किँदा जिपमा रहेका यात्रुको ज्यान गएको बताइएको छ । विपरित तर्फबाट आएको एक सवारीले सो जिपलाई ठक्कर… पुरा पढौ

नवलपुरमा छ महिनामा थपिए २५७ उद्योग

बर्दघाट । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा चालु आर्थिक वर्षको छ महिनामा दुई सय ५७ वटा नयाँ उद्योग थपिएका छन् । पर्यटन तथा उद्योग कार्यालय नवलपरासीपूर्व नवलपुरको तथ्याङ्कअनुसार नयाँ थपिएका उद्योगमा कृषि तथा वन वातावरण, पर्यटन र सेवामूलक साना उद्योग धेरै छन् । नवलपुर कृषि र पर्यटनको सम्भावना भएको जिल्ला भएकाले यसतर्फ नयाँ उद्योग दर्ता हुने क्रम बढेको छ । राज्यले कृषिमा दिने अनुदान सहयोगका कारणसमेत यस्ता खालका उद्योग दर्ताको क्रम बढेको हुनसक्ने पर्यटन तथा उद्योग कार्यालय नवलपुरका प्रमुख सागर खनालले… पुरा पढौ

चार करोड लगानीमा पशुपालन: स्याङ्जा

स्याङ्जाको फेदीखोला गाउँपालिका १ मट्टिखानका विष्णुप्रसाद पोख्रेलले गाउँमै पशुपालन गर्दै आएका छन् । किराना पसल सञ्चालन गर्दै आएका उनले अहिले पुर्ख्यौली थलोमा पशुपालन सुरु गरेका हुन् । उनले दुई वर्षअघि ‘जनविश्वास कृषि तथा पशु बहुउद्देश्यीय फार्म’ दर्ता गरी १० वटा भैँसीबाट व्यवसाय थालेका हुन् । बजारमा किराना पसल सञ्चालनमा रहेको भए पनि गाउँमा भएको जग्गाको सदुपयोग गर्नका लागि पशुपालनमा हात हालेको उनी बताउछन् । “फेदीखोला बजारमा किराना पसल अहिले पनि छ”, उनले भने, “गाउँको जमिन सदुपयोगका साथै बजारमा दूधको माग… पुरा पढौ

खोरिया र लमसुङ सडक सञ्जालमा जोडिए, पाँच सय घरधुरी लाभान्वित

म्याग्दी । भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिका–२ को खोरिया र लमसुङगाउँ सडक सञ्जालमा जोडिएका छन् । वडा नं ३ मा पर्ने गाउँपालिकाको केन्द्र मुनाबाट महतला हुँदै खोरिया र २ नं वडा कार्यालय रहेको लमसुङ जोड्ने सडक निर्माण सकिएको हो । विसं २०७४ देखि सुरु भएको सडक निर्माणले पूर्णता पाएसँगै यातायातका साधन सञ्चालन हुन थालेका छन् । धवलागिरि गाउँपालिका–२ का वडाध्यक्ष अकप्रसाद विकले सडक निर्माण भएपछि स्थानीयवासीमा खुसीयाली छाएको बताए । “बस र जीप सञ्चालन भएपछि लुलाङ,… पुरा पढौ

च्याउखेतीबाट मनग्य आम्दानी

नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा च्याउखेती गर्ने कृषक मेहनत गरे आफ्नै ठाउँमा नै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् । गैँडाकोट नगरपालिका–५ मा रहेको छत्राक एग्रो फार्मका सञ्चालक ६१ वर्षीय कर्णलाल श्रेष्ठ विगत दुई वर्षदेखि च्याउखेतीमा नै रमाइरहेका छन् । “केही गर्छु भन्ने इच्छाशक्ति भयो भने न त पैसाले रोक्दो रहेनछ, न त उमेरले नै छेक्दो रहेछ, मात्र काम गर्ने जोश, जाँगर चाहिँदो रहेछ”, श्रेष्ठले भने । छ कट्ठा क्षेत्रफलमा तीन टहरा बनाएर रु ६५ लाख लगानीका साथ सुरु गरेको… पुरा पढौ

पर्यटकीयस्थल वसन्तापखोर जोड्न पदमार्ग निर्माण

बागलुङ । बागलुङको काठेखोला गाउँपालिकाले पर्यटकीयस्थल वसन्तापखोरलाई जोड्न पदमार्ग निर्माण थालेको छ । गाउँपालिकाले वडा नं ४ चापोट जनजाति सङ्ग्रहालयदेखि वसन्तापखोरसम्म पदमार्ग निर्माण सुरु गरेको हो । धेरै सम्भावना भएको ठाउँ भए पनि वर्षौंदेखि प्रचारप्रसार नहुँदा ओझेलमा परेको वसन्तापखोरलाई पर्यटकीयस्थलका रुपमा विकास गर्न पालिकाले यस वर्ष बजेट व्यवस्थापन गरेर पदमार्ग निर्माण थालेको काठेखोला गाउँपालिकाका उपाध्यक्ष तिलक थापाले बताए । उपाध्यक्ष थापा भन्छन्, “पदमार्गले दुई वटा गन्तव्यलाई जोड्ने छ । तल जनजाति सङ्ग्रहालय छ, शिरमा वसन्तापखोर छ, यसले संस्कृति र पर्यटकीय… पुरा पढौ

रगतसम्बन्धी सबै सेवा निःशुल्क

बुटवलमा रगतसम्बन्धी सबै सेवा निःशुल्क हुने भएको छ । बुटवल उपमहानगरपालिकाले रक्तसञ्चार सेवा केन्द्रसँग सम्झौता गरी बुटवलका बासिन्दाले रुपन्देहीका अस्पतालहरूमा उपचाररत रहँदा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ लिँदा शुल्क नलाग्ने व्यवस्था गरेको हो । रक्तसञ्चार केन्द्रबाट उपलब्ध हुने रगत निःशुल्क उपलब्ध गराउनेबारे बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका सभापति प्रेमलाल उदासबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बुटवल उपमहानगर र रेडक्रस सोसाइटीबीच आवश्यक रगत पर्याप्त उपलब्ध गराउन सहकार्य गर्ने, शिविर सञ्चालन गर्ने र रक्तदानका लागि उत्प्रेरित… पुरा पढौ

सांसद चौधरी जेल चलान

काठमाडौ । प्रतिनिधिसभा सदस्य एवं नागरिक उन्मुक्ति पार्टीका सचेतक अरुणकुमार चौधरी जेल चलान भएका छन् । बिहीबार साँझ कैलाली जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका चौधरीलाई आज १० बजे कैलाली जिल्ला अदालतमा उपस्थित गराई कैद पुर्जी लिएर धनगढी कारागारमा चलान गरिएको हो । फरार सूचीमा रहेका चौधरीलाई बिहीबार बाँकेबाट पक्राउ गरेको थियो । चौधरीलाई प्रहरीले पक्राउ गरेर नेपालगञ्जबाट जहाजमा काठमाडौँ लगेको थियो । काठमाडौँबाट उनलाई बिहीबारनै जहाजमा धनगढी ल्याएको थियो । सांसद चौधरी नौ वर्षदेखि फरार थिए । गत मङ्सिर ४… पुरा पढौ

पार्किङ निषेध अव्यवहारिक भएको ठहर: पोखरेली उद्योगी

पोखराका उद्योगी–व्यवसायीले बैंक तथा वित्तीय संस्थाको धरपकडविरुद्ध सङ्घर्षको घोषणा गरेका छन् । पोखरा उद्योग वाणिज्य सङ्घको अगुवाइमा बिहीबार सम्पन्न भेलाबाट पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष संयोजक तथा लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष सहसंयोजक रहेको सङ्घर्ष समितिसमेत गठन गरेको छ । बैंक तथा वित्तीय संस्थाले कर्जाका साँवा र ब्याजका लागि भइरहेका धरपकडविरुद्ध संयुक्त सङ्घर्षका कार्यक्रमको घोषणा गरिएको हो । सङ्घर्ष समितिमा पोखरा र लेखनाथस्थित विभिन्न वस्तुगत सङ्घका अध्यक्षहरू सदस्य रहेका छन् । बैंक तथा वित्तीय संस्थाका कर्मचारीबाट साँझ–बिहान र रातमा पनि… पुरा पढौ