समाचार

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओली भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको सो भेटमा समसामयिक राजनीतिक विषय, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आगामी फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ । आजै प्रधानमन्त्री दाहालसँग प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले भेटवार्ता गरेका हुन्। भेटमा उनीहरुबीच बधाई आदानप्रदानका साथै प्रदेश सरकारलाई प्रभावकारी बनाउने विषयमा कुराकानी भएको बताइएको छ । रासस पुरा पढौ

बन्दीपुरमा सुन्तला उत्पादन वृद्धि

तनहुँको बन्दीपुर गाउँपालिकामा सुन्तला उत्पादनमा वृद्धि भएको छ । गाउँपालिकाले सुन्तला खेतीलाई प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गरेपछि उत्पादन वृद्धि भएको हो । अघिल्ला वर्ष सुन्तलामा लाग्ने भाइरसका कारण बिरुवा मर्दै जान थालेपछि सुन्तला उत्पादनमा ह्रास आएको थियो । केही वर्षयता पुनः बन्दीपुरमा सुन्तला उत्पादनमा वृद्धि हुन थालेको गाउँपालिकाका कृषि शाखाप्रमुख सुलभ अधिकारीले जानकारी दिए । “सुन्तला उत्पादनमा वृद्धि गराउन गाउँपालिकाले योजनाबद्ध कार्यक्रम सञ्चालन गरेपछि त्यसको प्रतिफल देखिन थालेको छ,” उनले भने । केही वर्षयता गाउँपालिका लगायतका विभिन्न निकायबाट सुन्तला पकेट… पुरा पढौ

बढ्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रू पाँच सयले बढेको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख पाँच हजार आठ सयमा कारोबार भएकामा आज रू पाँच सयले बढेर रू एक लाख छ हजार तीन सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा रू पाँचले बढेर प्रतितोला रू एक हजार तीन सय ७० पुगेको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा दैनिक… पुरा पढौ

खुदोबाट आर्थिक समृद्धिको प्रयासमा मालेपाटन ढोडबेँसीवासी

पुसे पन्ध्र होस् वा माघे सङ्क्रान्ति । पोखरा र यस आसपासका गाउँमा ‘लौ है मालेपाटन ढोडबेँसीको खुदो आयो’ भन्दै टिनका टिन खुदो बोकेर बेच्दै हिँड्ने चलन हराइसकेको छ । यातायातको सुविधासँगै बढ्दो बजारीकरणले बोकेर घर–घरमा पुगी खुदो बेच्ने चलन हराए पनि खुदोका लागि आफ्नो विशिष्ट पहिचान बनाएको पोखरा महानगरपालिका–३२ स्थित मालेपाटन र ढोडबेँसीमा अहिले पनि उत्तिकै उखुखेती गरी खुदो उत्पादन गरिन्छ । मालेपाटन ढोडबेँसी क्षेत्रमा उखुखेती कहिलेबाट गर्न थालियो भन्ने यकिन तिथिमिति नभए पनि करिब दुई सय वर्षअघिदेखि नै यहाँ… पुरा पढौ

सृजना कप भलिवल प्रतियोगिता फागुन तेश्रो साता

माघ १७ पोखरा । पोखरामा पाँचौं संस्करणको सृजना कप भलिवल प्रतियोगिता २०७९ फागुन तेश्रो सातादेखि हुने भएको छ ।सृजना विकास केन्द्र र कास्की जिल्ला भलिवल संघको आयोजनामा सृजना कप कास्की जिल्ला सामुदायिक विद्यालय स्तरीय छात्र/छात्रा भलिबल प्रतियोगिता आउँदो फागुन १६ गतेदेखि १९ गतेसम्म हुने भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । राष्ट्रिय खेल भलिवलको लोकप्रियता बढाउदै बिद्यालयमा खेलको जग (बेस) बलियो बनाई जिल्ला प्रदेश, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको केन्द्रका अध्यक्ष… पुरा पढौ

पोखरा–१६ र २३ अन्तर वडा भलिबलको फाइनलमा

माघ १७ पोखरा ।पोखरा महाननगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको भलिबल प्रतियोगिताको फाइनलमा पुरुषतर्फ वडा नम्बर १६ र २३ खेल्ने भएका छन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार भएको सेमिफाइनल खेल जित्दै यी दुई टिम फाइनल पुगेका हुन् । वडा नम्बर १६ ले वडा नम्बर २० को टिमलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल पुगेको हो । वडा नम्बर २३ ले वडा नम्बर १८ लाई ३–१ को सेटमा पराजित ग¥यो । महिलातर्फ वडा नम्बर २३ र १८ ले फाइनलमा… पुरा पढौ

नाटक महोत्सवमा विद्यालयस्तरीय सहभागिता बढ्दो

अन्नपूर्ण । पोखरा थिएटरको आयोजनामा विगत चार वर्षदेखि विद्यालयस्तरीय नाटक महोत्सव आयोजना भइरहेको छ । पोखरास्थित गन्धर्व नाटकघरमा माघ १४ देखि तेस्रो संस्करणको नाटक महोत्सव चलिरहेको छ । विसं २०७६ मा पोखरा महानगरस्तरीय विद्यालय नाटक महोत्सव आयोजना गरेको थिएटरले त्यसपछि उक्त महोत्सवलाई प्रदेशस्तरीय बनाएको हो । सुरुमा कम सहभागिता भए पनि पछिल्ला दिनमा नाटकमा सहभागी विद्यालय बढेको नाटक महोत्सव संयोजक परिवर्तनले जानकारी दिए । पहिलो संस्करणमा विद्यालयमै गएर नाटक आफैले तयार गरिदिने अनि नाटकघरमा मञ्चन गर्ने शर्तमा अधिकांश नाटक आएको… पुरा पढौ

सातौं पोखरा स्पोर्ट्स अवार्ड बैशाख २२ गते हुने

‘त्रिभुवन पौडेल पत्रकारिता अक्षयकोष’मा सहयोग गर्ने पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ आगामी बैशाख २२ गते शुक्रबार हुने भएको छ । खेलकुद पत्रकार मञ्च गण्डकीको मंगलबार पोखरा रंगशालामा बसेको उन्नाइसौ बैठकबाट अवार्ड कार्यक्रम आगामी बैशाख २२ गते गर्ने निर्णय गरि तयारी सूरु गरिएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । सोही बैठकबाट नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व सल्लाहकार स्व. त्रिभुवन पौडेलको स्मृतिमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले स्थापना गर्न लागेको… पुरा पढौ

आगामी फागुन १६ देखि १९ गतेसम्म ‘स्कुल स्कुलमा भलिबल’

पोखरा । भलिबल खेलको विकास, विस्तार र खेलाडी उत्पादनको लक्ष्यसहित गण्डकी प्रदेशको राजधानी सहर पोखरामा सामुदायिक(सरकारी) विद्यालयस्तरीय छात्रछात्रा भलिबल प्रतियोगिता हुने भएको छ । सिर्जना विकास केन्द्र पोखरा र कास्की जिल्ला भलिबल सङ्घको संयुक्त आयोजनामा आगामी फागुन १६ देखि १९ गतेसम्म पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा प्रतियोगिता सञ्चालनको तयारी गरिएको हो । नेपालको राष्ट्रिय खेल भलिबललाई थप लोकप्रिय बनाउन र विद्यालयबाट खेलको जग बलियो बनाइ जिल्ला, प्रदेश तथा राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले पाँचौँ संस्करणको ‘सिर्जना कप सामुदायिक विद्यालय छात्रछात्रा… पुरा पढौ

सर्वोच्चको पूर्ण पाठपछि मात्रै गृह मन्त्रालयबारेमा निर्णय हुने

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्च अदालतबाट पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयका सम्बन्धमा कुनै निर्णय नगर्न आफूलाई सबैतिरबाट सुझाव आएको बताए । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले पूर्वगृहमन्त्री रवि लामिछानेका हकमा सर्वोच्च अदालतले शुक्रबार दिएको निर्णयको पूर्णपाठ नआउँदासम्म गृह मन्त्रालयका सम्बन्धमा कुनै निर्णय नगर्ने सङ्केत गरेका हुन् । सञ्चारकर्मीले सोधको एक प्रश्नको जिज्ञासामा प्रधानमन्त्रीले आफूहरु संवादमा नै रहेको बताए । लामिछानेको नागरिकताका विषयमा सर्वोच्च अदालतको फैसलापछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, उपप्रधानमन्त्री एवम् गृहमन्त्रीको… पुरा पढौ