समाचार

‘वित्तीय दायित्वले नयाँ योजना र कार्यक्रम बनाउन अप्ठ्यारो’: मन्त्री जुग्जाली

गण्डकी प्रदेश सरकारका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले पूर्ववर्ती सरकारले सिर्जना गरेको वित्तीय दायित्वका कारण तत्काल नयाँ योजना र कार्यक्रम बनाउन अप्ठ्यारो परेको बताएका छन् । मन्त्री नियुक्त भएपछि गृह जिल्ला म्याग्दी गएका उनले शनिबार विभिन्न ठाउँमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सिर्जना भइसकेको दायित्व पुरा नगरेसम्म प्रद्रेश सरकारलाई नयाँ कार्यक्रम र योजना बनाउन अप्ठ्यारो परेको बताए । “रु.तीस अर्बको हाराहारीमा पूँजीगत भएको गण्डकीमा यसअघिका सरकारले ठेक्का लगाएका र शुरु गरेका आयोजनामा सिर्जना भएको रु। १३… पुरा पढौ

प्रमोद खरेलको कन्सर्टको भिडमा च्यापिएर ९ जनाबढी घाइते, कार्यक्रम स्थगित

माघ १४ धनकुटा । धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएकाहरूको भीडमा परी नौ जनाभन्दा बढी घाइते भएका छन् । घाइतेको धनकुटा अस्पतालमा उपचार हुन नसकी धरानको बिपी कोइराला विज्ञान प्रतिष्ठानमा पठाइएकाको अस्पतालको इमर्जेन्सी शाखाले जानकारी दिएको छ । अत्यधिक भीडका कारण झण्डै नौ जनाभन्दा बढी दर्शक घाइते भएकाले उपचारका लागि अस्पताल लगिएको प्रहरी उपरीक्षक लक्ष्मीप्रसाद अधिकारीले जानकारी दिए । कन्सर्ट हेर्न आउनेहरूको भीडमा परी घाइते भएकाको विवरण र क्षति भने यकिन हुन नसकेको कलाकार संयोजन समितिका संयोजक रिदम… पुरा पढौ

तनहुँको पञ्चमुनिदेव माविमा आईकिडो खेल प्रर्दशन

माघ १४ तनहुँ । आईकिडो आइकिकाई संघ नेपलले जापानी मार्शल आर्ट आत्मरक्षा आईकिडोको खेल तनहुँमा प्रर्दशन गरेको छ । संघले पञ्चमुनिदेव माध्यमिक विद्यालय दुलेगौंडाको ५३ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा शनिबार खेल प्रर्दशन गरेको हो । कार्यक्रममा अर्जुन श्रेष्ठ, विनय श्रेष्ठ, विष्णु राई, उमेश लिंगुलेली, सयजु रञ्जित, सिन्हाल रञ्जित, मोनिक रञ्जित र निशा श्रेष्ठले उक्त खेल प्रर्दशन गरेका हुन् । आत्मरक्षाका तथा स्वस्थ जीवन, एकाग्र मन, सकरात्मक सोच र अनुशासित जीवनका लागि जापानी मार्शल आर्ट आत्मरक्षा आईकिडो खेल्ने गरिएको… पुरा पढौ

जन्मदिनमा पत्रकार ‘शिबदाई’ले गरे आर्थिक सहयोग

माघ १४ पोखरा । जन्मदिनको अवसरमा पत्रकार शिवराज बस्ताकोटी ‘शिबदाई’ले कास्कीकोट कल्याणकारी कोषमा सहयोग रकम जम्मा गरेका छन् । हाम्रो कास्कीकोट यूवा सञ्जालले सञ्चालन गरेको ‘दिनको एक रुपैयाँ’ अभियानमा पत्रकार बस्ताकोटीले शनिबार ६० औं जन्मदिनको अवसर पारेर दश वर्ष बराबरको तीन हजार ६५० रुपैयाँ जम्मा गरेका हुन् । पोखरा–२४ कास्कीकोटमा जन्मिएका बस्ताकोटीले सञ्जालको खातामा उक्त रकम जम्मा गरेको सञ्जालले जनाएको छ । ‘शिवदाई’ बाट परिचित बस्ताकोटी सराङकोट साप्ताहिकका सम्वाददाता हुन् । उनी नेपाल पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य, सुचना सञ्जाल… पुरा पढौ

कामबाट प्रमाणित गरेर देखाउनुपर्छ : उपसभापति गुरुङ

स्याङ्जा । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले निर्वाचित जनप्रतिनिधिहरूले गफभन्दा पनि काम गरेर देखाउनुपर्ने बताएका छन् । गत मङ्सिरमा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा स्याङ्जा क्षेत्र नं २ बाट विजयी भएसँगै मतदातालाई धन्यवाद दिनेक्रममा आज वालिङ ८ बिपी चोकमा आयोजित कार्यक्रममा उनले कामबाट प्रमाणित गर्नुपर्ने जिम्मेवारी आँफूमाझ रहेको बताए । “जनता धेरै सचेत हुनुहुन्छ, धेरै बुझ्नुभएको छ, नेताले गफ बढी गर्छन् काम गर्दैनन् भन्ने बुझाइ छ”, उनले भने, “यो पाँच वर्षमा देखिने गरी काम गर्नुपर्छ, काम देखेमात्र जनताले… पुरा पढौ

पर्वतका खड्काको योगमा विश्व रेकर्ड

माघ १४ पोखरा । योगको एक आसनमा नेपालका एक युवाले विश्व रेकर्ड कायम गरेका छन् । पर्वत स्थायी घर भइ पोखरा निवासी ३४ वर्षीय विक्रम खड्काले लामो समयसम्म वृक्षासनमा बसेर विश्व रेकर्ड कायम गरेका हुन् । गिनिज बुक अफ दि वल्र्ड रेकर्डस्मा उनले ३ घण्टा ५० मिनेटसम्म वृक्षासनमा बसेको रेकर्ड छ । सोको प्रमाणपत्र शनिबार पोखरामा आयोजित कार्यक्रममा हस्तान्तरण गर्नुका साथै उनलाई सम्मान गरियो । लायन्स क्लबले आयोजना गरेको एक कार्यक्रम अवसरमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र मनोक्रान्ति अभियन्ता… पुरा पढौ

जुनसुकै समस्यालाई संविधानबाट समाधान गर्न सकिन्छ : उपाध्यक्ष नेम्बाङ

ललितपुर । नेकपा (एमाले) का उपाध्यक्ष सुभाषचन्द्र नेम्बाङले मुलुकका भएका जुनसुकै समस्यालाई संविधानबाट समाधान गर्न सकिने बताएका छन् । एमालेले आज ललितपुरस्थित पार्टी मुख्यालयमा सहिद दिवसको अवसरमा आयोजित ‘सहिद स्मृति कार्यक्रम’ मा उनले संविधानमा जुनुसुकै कुराको जवाफ रहेकाले मुलुकका समस्या समाधान गरिने बताए । उनले देश अप्ठ्यारो, कमीकमजोरीमा परेको बेला राजनीतिक दलका नेताहरूले अहिलेको ठाउँसम्म ल्याइ पु¥याएको उल्लेख गर्दै दलका नेताहरूले देशलाई सकारात्मक दिशातिर पु¥याउने धारणा राखे । उनले छिमेकी मुलुक भारतमा संविधान स्वीकार्य गर्न १० वर्ष लागेको उल्लेख गर्दै… पुरा पढौ

चेम्बर अफ कमर्सले गण्डकीमा ‘आइडिया बैंक’ स्थापना गर्ने

माघ १४ पोखरा । गण्डकी चेम्बर अफ कमर्सले प्रदेशमा आइडिया बैंक स्थापना गर्ने निर्णय गरेको छ । गण्डकी चेम्बर अफ कमर्स आठौं कार्यसमिति बैठकले ‘सोचबाट उद्यमशिलता’ भन्ने प्रमुख लक्ष्यसहित गण्डकीमा आइडिया बैंक स्थापना गर्ने निर्णय गरेको चेम्बर गण्डकीका अध्यक्ष किसान सुनारले जानकारी दिए । ‘गण्डकी प्रदेश भित्र स्थापना भएका उद्योगी, व्यवसायीहरुलाई थप व्यवस्थित र वस्तु तथा सेवाको व्यवसायिक प्रवद्र्धन गर्ने प्रमुख लक्ष्य हो, सुनारले भने, ‘आइडिया बैंक’ स्थापना भएसँगै नया उद्यम गर्न चाहने र विदेशबाट ज्ञान सीप सिकेर पूँजी लिएर… पुरा पढौ

टाइगरकप भलिबल : पुरुषतर्फ गण्डकी र महिलातर्फ एपिएफले जित्यो उपाधी

पोखरा । ‘तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९’ को पुरुषतर्फको उपाधि घरेलु टोली गण्डकी प्रदेशले जितेको छ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रंगशालामा सम्पन्न रोमाञ्चपूर्ण फाइनलमा विभागिय टोली शसस्त्र प्रहरीको एपिएफ क्लवलाई ३–२ को सेटमा पराजित गर्दै गण्डकीले उपाधि जितेको हो । घरेलु दर्शकको साथ पाएको गण्डकीले पहिलो सेट २५–१६ ले एपिएफलाई सुम्पिए पनि पछिल्ला दोश्रो र तेश्रो सेट क्रमशः २५–१८ र २५–१९ ले जित्यो । तर चौथो… पुरा पढौ

राजनीतिक स्थायित्वका लागि बनेको समीकरण टुट्न दिन हुँदैन : वरिष्ठ उपाध्यक्ष पोखरेल

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक स्थायित्वका लागि बनेको समीकरण टुट्न दिन नहुने बताएका छन ।उनले अहिले बनेको समीकरण अनुसार नै अगाडि बढ्नुपर्ने उल्लेख गर्दै राजनीतिक दलहरुबीच भएको सहमतिलाई अक्षरसः पालना गर्नुपर्ने बताए । नेकपा एमाले सिन्धुपाल्चोक मोर्चा सङ्गठनद्वारा आज दोलालघाटमा आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले चारैतिरको घेराबन्दीका बीचमा पनि एमाले अहिले नेतृत्वदायी भूमिकामा रहेको बताए । एमाले राष्ट्रिय राजनीतिको मियो रहेको उनको भनाइ थियो । “एमाले प्रतिकूलतालाई चिर्दै अघि बढेको छ”, वरिष्ठ उपाध्यक्ष पोखरेलले भने– “यो समीकरणलाई… पुरा पढौ