माघ १४ पोखरा । जन्मदिनको अवसरमा पत्रकार शिवराज बस्ताकोटी ‘शिबदाई’ले कास्कीकोट कल्याणकारी कोषमा सहयोग रकम जम्मा गरेका छन् । हाम्रो कास्कीकोट यूवा सञ्जालले सञ्चालन गरेको ‘दिनको एक रुपैयाँ’ अभियानमा पत्रकार बस्ताकोटीले शनिबार ६० औं जन्मदिनको अवसर पारेर दश वर्ष बराबरको तीन हजार ६५० रुपैयाँ जम्मा गरेका हुन् ।
पोखरा–२४ कास्कीकोटमा जन्मिएका बस्ताकोटीले सञ्जालको खातामा उक्त रकम जम्मा गरेको सञ्जालले जनाएको छ ।
‘शिवदाई’ बाट परिचित बस्ताकोटी सराङकोट साप्ताहिकका सम्वाददाता हुन् । उनी नेपाल पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य, सुचना सञ्जाल कास्कीका उपाध्यक्ष, प्रेस सेन्टर पोखरा महानगर कमिटीका अध्यक्ष, ट्राफिक सचेतना तथा भ्रष्टचार विरोधी अभियन्ता लगायतका क्षेत्रमा पनि उत्तिकै क्रियाशिल छन् ।
सञ्जालले आयोजना गर्ने विभिन्न सामाजिक कार्यक्रमको सञ्चालनका लागि सहयोगार्थ ‘दिनको एक रुपैयाँ’ अभियान सञ्चालन गरेको हो । साथै सञ्जालले यो अभियानमा सहभागि हुन सबैलाई आब्हानपनि गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







