समाचार

मन्त्रिपरिषद निर्णय : आत्मदाहको प्रयास गरेका आचार्यले उठाएका विषयमा छानविन गर्ने

काठमाडौं । सरकारले आत्मदाहको प्रयास गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्न निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मंगलबार आत्मदाहको प्रयास गरी घाइते भएका र बुधबार उपचारको क्रममा मृत्यु भएका आचार्यको विषयमा छानबिन गर्न र यथाशीघ्र प्रतिवेदन तयार पार्न मन्त्रिपरिषद्ले गृह मन्त्रालयलाई जिम्मेवारी दिएको हो । मन्त्रिपरिषद्ले आचार्यले सामाजिक सञ्जाल फेसबुकमा उठाएका विषय तथा आत्मदाह प्रयासको कारणबारे पत्ता लगाउन गृह मन्त्रालयलाई जिम्मेवारी दिएको हो । एक मन्त्रीले भने, ‘आत्मदाहको प्रयास गरेका आचार्यले सामाजिक सञ्जालमा उठाएका सबै विषयमा… पुरा पढौ

आत्मदाह गरेका आचार्यले उठाएका विषयबारे सरकारले छानबिन गर्ने

काठमाण्डौं । शरीरमा आगो लगाइ आत्मदाह गरेका इलामका व्यवसायी प्रेमप्रसाद आचार्यले उठाएका विषयबारे छानबिन गर्ने सरकारले निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले आचार्यले उठाएका विषयमा छानबिन गर्ने र छानबिनको निष्कर्षपछि आवश्यक कदम चाल्ने निर्णय गरेको उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिए । “आत्मदाह गर्नुभएका प्रेमजीले गम्भीर विषय उठाउनुभएको थियो, उहाँले आफू अन्यायमा परेको विषय पनि उठाउनुभएको थियो”, गृहमन्त्री लामिछानेले भने, “ती विषयमा गृह मन्त्रालयले नै तदारुकताका साथ छानबिन गर्ने र सत्यतथ्य बाहिर आइसकेपछि आवश्यक कदम चाल्ने निर्णय… पुरा पढौ

जहाज दुर्घटनास्थलमा १३ औँ दिनको पुण्य तिथि पारेर श्रद्धाञ्जली अर्पण तथा विशेष पूजा गरिने

माघ ११ पोखरा । विमान दुर्घटनामा मृत्यु भएकाको १३ औँ दिनको पुण्य तिथि पारेर दुर्घटना स्थलमा श्रद्धाञ्जली अर्पण तथा विशेष पूजा गरिने भएको छ । गत माघ १ गते यति एअरको विमान दुर्घटनामा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै विशेष पूजा गरिने भएको हो । मृतक आत्माहरूको चीर शान्तिको कामना गर्दै आगामी १३ गते शुक्रवार बिहान ८ बजेदेखि ११ बजेसम्म ३ घण्टा श्रद्धाञ्जली सभा पश्चात विशेष पूजा गरिने श्री शुक्लेश्वर महादर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष घनश्याम भण्डारीले जानकारी दिए ।… पुरा पढौ

कुलपति रनिङ सिल्डः सेमिफाइनल समिकरण पूरा

माघ ११ पोखरा । प्रथम कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । गण्डकी विश्वविद्यालय आयोजनामा जारी प्रतियोगिताको सेमिफाइनलमा सहिद स्मृति आवसिय माध्यमिक विद्यालय, भद्रकाली माध्यमिक विद्यालय, कालिका माध्यमिक विद्यालय र इन्द्र राज्यलक्ष्मी माध्यमिक विद्यालय पुगेका छन् । पोखरा रंगशालामा बुधबार सम्पन्न भएका खेलमा सहिद स्मृति, भद्रकाली र कालिका विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका हुन् । यसअघि मंगलबार छोरेपाटन माध्यमिक विद्यालयलाई ३–० ले पराजित गर्दै इन्द्र राज्यलक्ष्मी माध्यमिक विद्यालय सेमिफाइनलमा प्रवेश गरिसकेको छ । सहिद स्मृतिले न्यु… पुरा पढौ

टाइगर कप भलिबल : महिलातर्फ सेमीफाइनलको समिकरण पुरा

पोखरा । ‘तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९’ मा सेमीफाइनलको समिकरण पुरा भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा खेलको चौथो दिन बुधबार महिलातर्फ सेमीफाइनलको समिकरण पुरा भएको हो । सेमीफाइनलमा लिग चरणका सबै खेल जितेर ९ अंक बटुल्दै शिर्ष स्थानमा रहेको शसस्त्र प्रहरीबलको एपिएफ क्लव संग लिग तालिकाको पुछारमा रहेको घरेलु टोल गण्डकी प्रदेश संग भेट पक्का गरेको छ । गण्डकीले लिग चरणमा कुनै खेल जित्न सकेन… पुरा पढौ

गाउँमा पर्याप्त खेलकुदका पुर्वाधार छैन, खेलाडी कहिले खेतमा त कहिले खुल्ला चौरमा खेल्छन्

कविता घर्तीमगर , पोखरा । पुष माघ महिनाको जाडो । त्यसो त पुरै कपाडा लगाउदा पनि त्यहाँको चिसोले मुटु नै छुन्छ । आईटिएफ तेक्वान्दोको सेतो पोसाक । कम्मरमा कसैले पहेँलो,कसैका निलो,रातो र कालो वेल्ट बाँधिएका । स-साना ढुंगाका कण र खस्रो माटोको केहि फराकिलो जमिनमा खेलाडी बनेर सपना पुरा गर्न गरिएका यी कठोर संघर्षपुर्ण खाली पैतलाहरु । “खेलबाट गाउँको ईज्जत राख्ने । आफुले नाम कमाउने । पैसापनि कमाएर अभिभावकलाई दिने हो,” ११ वर्षिय मन्दिप बुढा मगर भन्छन्, ।” त्यस्तै अर्का… पुरा पढौ

धौलागिरि अस्पतालमा डायलासिस सेवाको क्षमता विस्तार

बागलुङ । धौलागिरि अस्पताल बागलुङले डायलासिस सेवाको क्षमता थप गरेको छ । मिर्गौला पीडितलाई निःशुल्क रुपमा डायलासिस सेवा प्रदान गर्दै आएको र अस्पतालले क्षमता थप गरेको हो । डायलसिस प्रक्रियामा प्रयोग हुुने ‘आरो’ पानी उत्पादन गर्ने मेसिन थपिएपछि सेवा विस्तार गरिएको हो । आरोपानी पर्याप्त मात्रमा उत्पादन हुँदा डायलासिस सेवालाई तीन चरणमा विभाजन गरेर उपचार सेवा थप गरिएको धौलागिरि अस्पतालका नर्सिङ अधिकृत तथा सूचना अधिकारी अञ्जना पौडेलले जानकारी दिए। आरोपानीको अभाव हुँदा विगतमा दैनिक दुई चरणमा मात्रै डायलासिस हुँदै आएको… पुरा पढौ

पोखरामा ट्रयाक्टर पल्टिदा एकको मृत्यू

पोखरा । पोखरामा ट्रयाक्टर पल्टिदा एक जनाको मृत्यू भएको छ । पोखरा महानगरपालिका वडा नम्बर–३३ चवादीमा ट्रयाक्टर पल्टिदा ट्रयाक्टरमा सवार स्थानिय ६३ वर्षिय नलप्रसाद लामिछानेको मृत्यू भएको हो । पोखरा–३३ चवादीको भित्री कच्ची सडकहुँदै सुरौदीतर्फ जाँदै गरेको ग.१त.६६६४ मन्बरको ट्रयाक्टर अनियन्त्रित भई सडकमा पल्टिदा ट्रयाक्टरको पछिल्लो भागले लामिछानेलाई च्यापेको थियो । उनलाई तत्काल उद्दार गरेर उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले दुर्घटनामा परेको… पुरा पढौ

बिक्री नभएपछि कृषकले सुन्तलाका बिरुवा उखेलेर फाल्न थाले

म्याग्दी । म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ फगामका कृषकले बिक्री नभएपछि सुन्तलाका बिरुवा उखेलेर फाल्न थालेका छन् । फगाम जिल्लाको सुन्तलाको बिरुवाका लागि स्रोत केन्द्र भए पनि बिक्री नभएपछि नर्सरीका बिरुवा उखेलेर तरकारी लगाउन थालिएको कृषक जोखबहादुर विक बताउछन् । “गत वर्ष पाँच हजार बिरुवा उखेलेर फालेको थिएँ,” उनी भन्छन्, “यसपालि हुर्किएका १० हजार बिरुवाले पनि बजार नपाएपछि उखेलेर टनेल हालेर गोलभेँडा लगाउने तयारी गरेको छु ।” सोही स्थानकी डिलकुमारीले पुन पनि बिक्री हुन छाडेपछि सुन्तलाका बिरुवा उत्पादन गर्न छाडेका छन्… पुरा पढौ

घरेलु सीप बजारमा नबिक्दा चिन्तित

बागलुङ । बागलुङको अमलाचौरका टीका सुदारा काठको काम गर्ने सीपका धनी छन् । साठी वसन्त पार गरिसक्दा पनि उनले दार ९राम्रो काठ० का ठेका–ठेकीलगायत अन्य घरायसी सामान बताउछन् । आफूले बनाएका कलात्मक ठेका–ठेकी बिक्री गर्न उनी माघेसङ्क्रान्ति मेला एवं सातौँं म्याग्दी महोत्सव बेनीमा पुगेका थिए । केहीदिनसम्म मेलामा बस्दा दुई जोडी ठेकाठेकी मात्र बिक्री भएपछि उनी गाउँ फर्किए । त्यस्तै, म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका सम्मरबहादुर विक बाँस र निगालाको चोयाँबाट कृषि घरेलु सामग्री बनाउछन् । ६५ वर्षसम्म डोका, डाला, थुन्से,… पुरा पढौ