समाचार

सौतिनी आमा नितान्त निजी विषय सञ्चारमाध्यममा चुहाएको ह्यारीको आरोप

बेलायतका पूर्वराजकुमार ह्यारीले आफ्नी सौतिनी आमा क्यामिलाले निजी कुरा सञ्चारमाध्यममा चुहाएको आरोप लगाएका छन् । आफ्ना बुबासँग लामो समयको सम्बन्धका कारण बेलायती जनतासँग बिग्रिएको आफ्नो छवि सुधार्न रानी क्यामिलाले आफ्नो प्रतिष्ठा गिराएको आरोप उनले लगाएका छन् । मङ्गलबारदेखि बजारमा आउन लागेको आफ्नो पुस्तक ‘स्पेयर’ को प्रचार एवम् प्रवद्र्धनका क्रममा आइटिभी र सिबीएसलाई आइतवार र सोमबार दिएको अन्तर्वार्तामा पूर्वराजकुमार ह्यारीले दरबारभित्रका आफ्ना नितान्त निजी कुराकानी सनसनीपूर्ण खबर छाप्ने पत्रपत्रिकालाई क्यामिलाले उपलव्ध गराएको आरोप लगाए । बेलायतका केही पुस्तक पसल मध्यरातदेखि खुला… पुरा पढौ

रोगका कारण बङ्गुर फार्म रित्तिए

म्याग्दी । महामारीजन्य ‘अफ्रिकन स्वाइन फिवर’ का कारण बेनी नगरपालिका–७ अग्निखेतका बङ्गुर फार्म रित्तिएका छन् । पुस दोस्रो हप्तादेखि भित्रिएको महामारीका कारण अग्निखेतमा रहेका सबै फार्मका बङ्गुर मरेका हुन् । अग्निखेतको प्रकृति एन्ड प्रशंसा बङ्गुर फार्मका सञ्चालक कृष्ण विकले १२ फार्म अफ्रिकन स्वाइन फिवरको महामारीले रित्तिएको बताए । “दस वर्षदेखि बङ्गुर पाल्दै आएको थिए, यस्तो महामारी कहिल्यै आएको थिएन्”, उनले भने, “यसपालि मेरो फार्ममा मात्र रु ३० लाख मूल्यका ६० बङ्गुर मरे, एउटा पनि बाँकी रहेन ।” सबै फार्ममा रु… पुरा पढौ

गलकोटमा बसपार्क नहुँदा समस्या

बागलुङ । बागलुङको पुरानो सदरमुकाम हो, गलकोट । गलकोट बजारमा पछिल्लो समय तीव्र गतिमा बस्ती विस्तार भइरहेको छ । बस्ती विस्तारसँगै सवारी साधनको चाप पनि उत्तिकै छ । दैनिक हजारौँ मानिस आवतजावत हुन थालेपछि गलकोटमा बसपार्कको अभाव खड्केको हो । बजार सानो छ तर व्यापार व्यवसाय र मानिसको चाप बढ्दै जाँदा बसपार्कका आवश्यकता महसुस भएको छ । भौगोलिक हिसाबले पछाडि परे पनि गलकोटमा राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग परेपछि विकासका ढोका खुलेका छन् । राजमार्गका कारण छोटो समयमै अनपेक्षित रुपमा… पुरा पढौ

एकता रचना वाचन सम्पन्न

पेखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालको संयोजनमा गीताञ्जली साहित्य परिवार र विश्व हिन्दू महासंघ कास्कीको आयोजनामा एकता रचनावाचन कार्यक्रम सम्पन्न भएको छ । ३०१ औं राष्ट्रिय एकता दिवसको पूर्व सन्ध्यामा विगतका वर्ष जस्तै मंगलवार बिहान उक्त कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा बोल्दै एकता दिवस मूल समारोह समितिका संयोजक शंकर खरालले विगतका वर्षमा जस्तै जनस्तरबाट मूल समारोह आयोजना गरिएको बताए । जनस्तरको आवाजकै कारण सरकारले कटौती गरेको एकता दिवसको विदालाई पुनः शुरु गर्नुलाई प्राप्तिका रुपमा लिन आग्रह गरे । साथै… पुरा पढौ

गण्डकीका मुख्यमन्त्री अधिकारीले २९ पुसमा विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले २९ पुसमा विश्वासको मत लिने भएका छन् । मंगलबार भएको छलफलबाट शुक्रबार मुख्यमन्त्रीले विश्वासको मत लिने निर्णय भएको बिना विभागीय मन्त्री पञ्चराम गुरुङले जानकारी दिए । ‘आज बिहान गरेको छलफलबाट विश्वासको मत लिने भन्ने भएको छ । नेकपा एमालेका खगराज अधिकारीले नेकपा एमाले, माओवादी, राप्रपा र राजीव गुरुङ ‘दीपक मनाङे’सहित ३३ जनाको समर्थनमा सोमबार मुख्यमन्त्री नियुक्त भएका थिए । ६० सिट संख्या रहेको गण्डकी प्रदेशमा बहुमत पुर्‍याउन ३१ सिट चाहिन्छ । अधिकारीले… पुरा पढौ

सहमति, सहकार्य र आपसी विश्वासको राजनीति अगाडि बढाउन चाहन्छु : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक न्याय, सुशासन र समृद्धिको सङ्कल्पका साथ आफूले प्रधानमन्त्रीको कार्यभार सम्हालेको बताएका छन् । प्रतिनिधिसभामा आज विश्वासको मत माग्ने क्रममा लिखित सम्बोधन गदै उनले प्रधानमन्त्रीका रूपमा आफूले निषेध, अपमान र प्रतिशोध होइन सहमति, सहकार्य र आपसी विश्वासको राजनीति अघि बढाउन चाहेको स्पष्ट पारे । उनले निषेध अपमान, प्रतिशोध नभई सहमति, सहकार्यको राजनीतिक संस्कार अगाडि बढाउन चाहेको स्पष्ट पारे। आत्मस्वीकारोक्ति र आत्मसमीक्षासहित उभिएको उल्लेख गर्दै उनले विगतका दुई पटकका अनुभवबाट यस पटक कुनै गल्ती गर्ने छुट… पुरा पढौ

पोखरा महोत्सव बुधबारदेखि

एघारौँ संस्करणको पोखरा महोत्सवको तयारी पूरा भएको छ । महोत्सवको बुधबार अमरसिँह चौरमा गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गर्रेछन् । आयोजक युनाइटेड क्लब, पोखराका अध्यक्ष राजु श्रेष्ठले महोत्सवको शुभारम्भ समारोहलाई भव्य बनाइने बताए । खेल, कला, संस्कृति र व्यापार प्रवद्र्धनको उद्देश्यले महोत्सव राखिएको उहाँको भनाइ छ । महोत्सव आगामी माघ ९ गतेसम्म चल्नेछ । महोत्सवको आम्दानीलाई सेती नदीको संरक्षण, पर्यटन प्रवद्र्धन र न्यून आय भएका परिवारका बालबालिकालाई लक्ष्य गरी आवासीय छात्रावास निर्माणमा लगाइने आयोजकले जनाएको छ । महोत्वमा… पुरा पढौ

सेवाग्राहीलाई ‘टाइम कार्ड’ सुरु

जिल्ला प्रशासन कार्यालय चितवनले सेवाग्राहीका लागि ‘टाइम कार्ड’ लागू गरेको छ । सेवा लिन आएका सेवाग्राहीले लामो समय कुर्नु नपरोस् भनेर टाइम कार्ड लागू गरिएको हो । ‘टाइम कार्ड’ लागू भएपछि सेवाग्राहीलाई तोकिएको समयसीमाभित्र सेवा नदिने जिम्मेवार कर्मचारीबाट सेवाग्राहीलाई क्षतिपूर्ति भरण गराइने छ । कर्मचारीहरुलाई सेवा प्रवाह प्रति जिम्मेवार बनाउन ‘टाइम कार्ड’ लागू गरिएको हो । प्रमुख जिल्ला अधिकारी अश्मान तामाङ्का अनुसार कार्यालयबाट दिइने सेवामा सेवाग्राहीलाई ‘टाईम कार्ड’ को व्यवस्था गरिएको हो । उनका अनुसार राष्ट्रिय परिचय पत्र, राहदानी, नागरिकता… पुरा पढौ

लोसपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ लोसपाका सांसद शरत्सिंह भण्डारीले पार्टीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको राससलाई जानकारी दिए । उनले भने, “हाम्रो पार्टी ९लोसपा० ले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ । यसअघि लोसपाको संसदीय दलको बैठकले अध्यक्ष ठाकुरलाई विश्वासको मतबारे निर्णय गर्ने अधिकार थियो । लोसपाको प्रतिनिधिसभामा चार सांसद छन् । प्रधानमन्त्री दाहालले केहीबेरपछि सुरु हुने प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिनुहुने कार्यसूची छ । रासस पुरा पढौ

गगनगौँडा फाँटमा उत्पादन बढ्दै, जमिन घट्दै

“यै माटो यही धर्तीमा लडिबुडी खेलेर हुक्र्यो तन जस्को अन्न र पानी खाई दिनुहँ जो पूर्ण भो जीवन त्यै धर्ती टुहुरो गराइ कसरी बस्छौँ युवा बाहिर यिन्लाई यसरी चटक्क भुलदा लाग्दैन कि क्यै पीर रु” ९कुन्तीदेवी भट्टराईको ‘धरतीको पुकार’ नामक कवितामा भनेजस्तै पछिल्लो समयमा रोजगारीको खोजीमा युवा बाहिरिने क्रमसँगै खेतीयोग्य जमिन बाँझो हुँदै गएका छन् । पछिल्लो समयमा सिँचाइसँगै कृषिमा भित्रिएका आधुनिक प्रविधिले उत्पादन बढ्दै गए पनि जनशक्तिको अभावमा जग्गा बाँझै बसेका छन् भने कतिपय उब्जाउयोग्य जमिन पनि प्लटिङ गर्दै… पुरा पढौ