समाचार

तनहुँमा सबैभन्दा बढी घरेलु हिंसाका उजुरी दर्ता

तनहुँमा एक वर्षमा चार सय ३७ अपराधका उजुरी दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार उक्त अवधिमा सबैभन्दा बढी घरेलु हिंसाका घटना छन् । घरेलु हिंसाका दुई सय १७ वटा घटनाको उजुरी दर्ता भएको प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए । त्यस्तै आत्महत्याका ९८, भवितव्य ज्यानका ७९ र अन्य सार्वजनिक अपराधका ४७ वटा घटनाको उजुरी दर्ता भएको प्रहरी निरीक्षक विष्टले बताए । उनका अनुसार अघिल्लो आर्थिक वर्ष २०७६ र ७७ मा तनहुँमा चार सय १७ र आव २०७८… पुरा पढौ

विपद्पीडितलाई रु ५० हजार राहत दिने विहादीको निर्णय

दक्षिण पर्वतको विहादी गाउँपालिकाले विपद्मा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने भएको छ । गाउँपालिकाले विपद्मा परी मृत्यु भएका व्यक्तिको परिवारलाई जनही नगद दिने निर्णय गरेको हो । गाउँ कार्यपालिकाको बैठकले विपद् राहत तथा आर्थिक सहायता व्यवस्थापन कार्यविधि, २०७५ लाई संशोधन गर्दै गाउँपालिकाभित्र बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपमा परी मृत्यु भएका व्यक्तिको परिवारलाई राहतस्वरुप रु ५० हजार दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष प्रवीण गुरुङले जानकारी दिए । गुरुङका अनुसार बैठकले बसोबास गर्दै आएको घरमा आगलागीबाट पूर्णरूपमा नष्ट भएमा आवश्यक… पुरा पढौ

प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भेट गरेका छन् । आज बिहान प्रधानमन्त्री निवास वालुवाटारमा भएको सो भेटमा उनीहरूबीच एकअर्काबीच बधाई आदान–प्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले मङ्गलबार प्रतिनिधिसभाको अत्यधिक बहुमतसहित विश्वासको मत प्राप्त गर्नुभएको थियो । अधिकारी सोमबार नेकपा (माओवादी केन्द्र) को समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । रासस पुरा पढौ

माघ ५ मा सभामुखको निर्वाचन

काठमाण्डौं । प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन आगामी माघ ५ गते हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले सो जानकारी दिए । उनले सभामुखको निर्वाचनका लागि सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमलाई निर्वाचन अधिकृत तोकेका छन् । नेपालको संविधानमा निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने प्रावधान छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठक यही पुस २५ गते बसेको थियो । प्रतिनिधिसभाको अर्को… पुरा पढौ

आफ्नै वडा सदस्यलाई जातिय विभेद गरेको आरोपमा वडाध्यक्ष पक्राउ

पुस २६ पोखरा । पोखराका एक जना वडाध्यक्ष जातिय विभेद गरेको आरोपमा पक्राउ परेका छन् । आफ्नै वडा सदस्यलाई जातिय विभेदजन्य गालीगलौज गरेको आरोपमा पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारी पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।  वडाध्यक्ष अधिकारीले आफूमाथि जातिय विभेदजन्य गालीगलौज गरेको भन्दै सोहि वडाका वडा सदस्य मैया नेपालीले आइतबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिईन् । उजुरीमा उनले वडाध्यक्ष अधिकारीले ‘तेरो परिवारको हैसियत के हो रु वडाको बजेटमा दमै, कामी,… पुरा पढौ

पोखरा महोत्सवको पूर्व सन्ध्यामा कार र्‍याली

पुस २६ पोखरा । एघारौं पोखरा महोत्सवको पूर्वसन्ध्यामा पोखरामा कार र्यालीको आयोजना गरिएको छ । पुष २७ देखी माघ ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौं संस्करणको पोखरा महोत्सवको पूर्वसन्ध्यामा आयोजक युनाइटेड क्लबले कार र्यालीको आयोजना गरेको हो । महोत्सव स्थल अमरसिंह चौरबाट सुरु भएको कार र्यालीको उद्घाटन गर्दै वडा प्रहरी कार्यालय राम बजारका प्रमुख प्रहरी निरीक्षक किरण रावतले एघारौं पोखरा महोत्सवको सफलताको कामना गर्दै महोत्सव अवधिभर महोत्सव स्थलको सुरक्षा ब्यवस्थालाई विशेष ध्यान दिने बताए । महोत्सव स्थल… पुरा पढौ

विश्वासको मत दिने सांसदप्रति प्रधानमन्त्री प्रचण्डद्वारा आभार प्रकट

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा सदस्यलाई विशेष आभार प्रकट गरेका छन् । उनले भने, “प्रतिनिधिसभाबाट करिब सर्वसम्मतिले विश्वासको मत प्रदान गर्नुभएकोमा माननीय सदस्यहरू र सिङ्गो संसद्प्रति विशेष आभार व्यक्त गर्दछु ।” प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेपछि सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले भनेका छन्, “तपाईहरूको यो विश्वासप्रति इमान्दार रहँदै सहमतिका साथ सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रामा दृढतापूर्वक अघि बढ्ने सङ्कल्प गर्दछु ।”प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट दुई तिहाइ बढी विश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधिसभामा आज भएको विश्वासको प्रस्तावको मतदानमा… पुरा पढौ

प्रधानमन्त्री प्रचण्ड प्रतिनिधिसभाबाट विश्वासको मत लिन सफल

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट दुई तिहाइ बढी विश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधिसभामा आज भएको विश्वासको प्रस्तावको मतदानमा उनको पक्षमा दुई सय ६८ र विपक्षमा दुई मत परेको थियो । बैठकमा कूल दुई सय ७० सांसद उपस्थित थिए । बैठकमा पाँच जना सांसद अनुपस्थित रहे । सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले उक्त मत विभाजनको मतपरिणात सार्वजनिक गर्दै सो जानकारी दिए । सांसदहरू अम्बिका बस्नेत, किशोरसिंह राठौर र मनोरमा शेरचन सदनमा अनुपस्थित थिए । यस्तै सभाका… पुरा पढौ

नेमकिपा र राजमोले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

काठमाडौ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राष्ट्रिय जनमोर्चा पार्टी (राजमो) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावलाई समर्थन नगर्ने भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा नेमकिपाका प्रेम सुवालले प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसक्ने जानकारी दिए । नेता सुवालले नेपाल–भारत सीमालाई नियमन गर्न, ढिलासुस्ती र भ्रष्टाचार अन्त्य गर्न, काठमाडौँ उपत्यकामा भएको धुलोधुवाँ न्यूनीकरण गर्न र यहाँका सम्पदा र संस्कृतिको जोगाउने कार्यलाई सरकारले प्राथमिकता दिनुपर्ने बताए। त्यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारका प्राथमिकता र न्यूनतम साझा… पुरा पढौ

सौतिनी आमा नितान्त निजी विषय सञ्चारमाध्यममा चुहाएको ह्यारीको आरोप

बेलायतका पूर्वराजकुमार ह्यारीले आफ्नी सौतिनी आमा क्यामिलाले निजी कुरा सञ्चारमाध्यममा चुहाएको आरोप लगाएका छन् । आफ्ना बुबासँग लामो समयको सम्बन्धका कारण बेलायती जनतासँग बिग्रिएको आफ्नो छवि सुधार्न रानी क्यामिलाले आफ्नो प्रतिष्ठा गिराएको आरोप उनले लगाएका छन् । मङ्गलबारदेखि बजारमा आउन लागेको आफ्नो पुस्तक ‘स्पेयर’ को प्रचार एवम् प्रवद्र्धनका क्रममा आइटिभी र सिबीएसलाई आइतवार र सोमबार दिएको अन्तर्वार्तामा पूर्वराजकुमार ह्यारीले दरबारभित्रका आफ्ना नितान्त निजी कुराकानी सनसनीपूर्ण खबर छाप्ने पत्रपत्रिकालाई क्यामिलाले उपलव्ध गराएको आरोप लगाए । बेलायतका केही पुस्तक पसल मध्यरातदेखि खुला… पुरा पढौ