समाचार

संस्कृति संरक्षण र आर्थिक उपार्जन गर्न विभिन्न स्थानमा परम्परागत मेला जात्रा गरिदै

म्याग्दी । छन्त्याल, थकाली, मगरलगायत विभिन्न जनजातिको बसोबास रहेको म्याग्दीमा स्थानीय लोककला र संस्कृतिको संरक्षण गर्न जिल्लाका विभिन्न स्थानमा परम्परागत मेला जात्रा लाग्ने गरेका छन् । जिल्लाका बेनी, गलेश्वर, वरङ्जा, नारच्याङ, दोवा, पाखापानी, कुँइनेमङ्गले लगायतका स्थानमा जातीय संस्कृति झल्कने र सामाजिक सद्भाव कायम हुने खालका मेला लाग्ने गरेका छन् । त्यसका साथै तीज, जनैपूर्णिमा, माघेसङ्क्रान्ति, तुलसीपूर्णिमा, आगो देउ, लिङ्गो ठड्याउने त्यहाँका प्रसिद्ध मेला तथा पर्व भएका म्याग्दीको लोक संस्कृतिका जानकार प्रकाशकुमार श्रेष्ठले बताए । जनैपूर्णिमामा जिल्लाको प्रसिद्ध धार्मिकस्थल रिखार क्षेत्रमा… पुरा पढौ

कांग्रेसले तोक्यो पुस २२ मा केन्द्रीय समिति बैठक

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही पुस २२ गते बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ को समिक्षा र समसामयिक राजनीतिका सन्दर्भमा छलफल हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रतिनिधि सभामा सबैभन्दा बढी ८९ सिटमा विजयी भएर कांग्रेस सङ्घीय संसदको ठूलो दल बनेको… पुरा पढौ

तनहुँमा तीन हजार घरधुरीमा खानेपानी विस्तार

तनहुँ । तनहुँ जिल्लामा एक वर्षको अवधिमा तीन हजारभन्दा बढी घरधुरीमा खानेपानी विस्तार भएको छ । गण्डकी प्रदेश सरकारमार्फत जिल्लाका तीन हजार तीन सय ५४ घरधुरीमा खानेपानी विस्तार भएको हो । ‘एक घरः एक धारा अभियान’ मार्फत निजी घरमा खानेपानी सुविधा पुगेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँका प्रमुख राजेन्द्रप्रसाद न्यौपानेले बताए । उनका अनुसार उक्त अवधिमा एघार खानेपानी आयोजना सम्पन्न भएका छन् । त्यस्तै १९ आयोजनाको विस्तृत सर्वेक्षण गरिएको छ । जिल्लामा हालसम्म ९२.४२ प्रतिशत घरधुरीमा खानेपानी सुविधा पुगेको… पुरा पढौ

छोम्रोङमा ‘सेञ्चुरी ल्होछार मेला’ सञ्चालन

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ छोम्रोङमा २१औँ सेञ्चुरी ल्होछार मेला सुरु भएको छ । सेञ्चुरी युवा क्लबको आयोजनामा यही १४ गतेसम्म मेला सञ्चालन हुनेछ । मेलाका संयोजक राजकुमार गुरुङका अनुसार मेलाअन्तर्गत खेलकुद प्रतियोगिता आजदेखि सञ्चालन भएका छन् । प्रतियोगितामा पुरुष भलिबल तथा बास्केटबल विजेता टिमलाई ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने दोस्रो र तेस्रो हुने टिमले क्रमशः ३० हजार र १८ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै ‘थ्री अन थ्री’ पुरुष बास्केटबलतर्फ… पुरा पढौ

किसानका सूचना अब ‘कृषि फर्म’ एपमा

बागलुङ । किसानमा आवश्यक सूचनाको सहज पहुँच उपलब्ध गराउन काठेखोला गाउँपालिकाले ‘कृषि फर्म’ मोबाइल एप सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले तयार गरेको ‘कृषि फर्म’ एप मोबाइलमा डाउनलोड गरेपछि अब काठेखोलाका किसान आफ्नै लागि आवश्यक सूचना र सन्देशबाट वञ्चित हुने छैनन् । मोबाइल एप निर्माण, व्यवस्थापन र सञ्चालनको विधि तथा आर्थिक सहयोग विवाइसी बागलुङको व्यवस्थापनमा सञ्चालित हेफर इन्टरनेसनल परियोजनाले गरेको हो । उक्त सेवा निःशुल्क हुने हेफरइन्टरनेसनलका कार्यक्रम संयोजक तारा पन्थीले बताए । परियोजनाले किसानमा कृषि सूचनाको पहुँच पु¥याउने उद्देश्यले मोबाइल… पुरा पढौ

सडकले बिर्सायो वर्षौंको दुःख

ढोरपाटन । बागलुङको निसीखोला गाउँपालिका–६ रोबाङ गाउँका ८० वर्षीय कुमार बुढामगरको मुहारमा आजभोलि छुट्टै खुसी देखिन्छ । आठ दशकको जीवन यात्रामा अनेकौँ दुःख सङ्घर्ष गर्नुभएका उहाँलाई अहिले एउटै कुराले ठूलो खुसी दिएको छ । यसरी खुसी हुनाका कारण हो, गाउँमै दैनिक मोटर गुड्नु । कुमारको घर छेउमा भने अझै मोटरबाटो पुग्न सकेको छैन, मोटरबाटो पुगेको ठाउँदेखि घरमा पुग्न झन्डै आधा घण्टा लागेपनि गाउँलाई सडकले छुँदा खुसी खुसी छन् । रोबाङ गाउँ जिल्लाकै दुर्गम गाउँ हो । एकदशक अगाडि मध्यपहाडी लोकमार्ग… पुरा पढौ

महिला र पुरुष खेलाडीको पुरस्कार राशिमै विभेद्

महिलाको हकअधिकारका लागि विभिन्न आवाज उठिरहेकै छन् र, नीतिगत रुपमा सुनिश्चित गर्ने प्रयास पनि भइरहेकै छ । तर कार्यान्वयनको पाटोमा हेर्दा उपलब्धि खासै देखिँदैन् । महिला पुरुष एक रथका दुई पाङ्ग्रा हुन भनी उदाहरण मात्र दिने गरिए पनि व्यवहारमा कार्यान्वयन भएको भने देखिन्न । रुकुम पुर्व जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिकाकी सोनिसा शाही क्षेत्रीय भलिबल गेमको प्लेयर हुन् । उनी जिल्लाका विभिन्न ठाउँमा हुने भलिबल प्रतियोगितामा भाग लिन टिम बनाएरै पुग्छन् । जसमध्ये अधिकांश प्रतियोगितामा उहाँको टिमले सफलता प्राप्त गरेको छ… पुरा पढौ

वृद्धाश्रममा आश्रित एक सय चार वर्षीय दाहाल सम्मानित

पोखरा । दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा पोखरा वृद्धाश्रममा आश्रित एक सय चार वर्षीय नन्दलाल दाहाललाई नगर पिता घोषणासहित सम्मान गरिएको छ । माछापुच्छ्रे गाउँपालिकाको लाहाचोकमा विसं १९७५ मा जन्मनु भई विगत १४ वर्षदेखि वृद्धाश्रममा बस्दै आएका उनलाई सम्मान गरिएको हो । पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको आयोजना एवम् पोखरा–२१ र वृद्धाश्रमको समन्वयमा भएको कार्यक्रममा दाहाललाई महाशाखा संयोजक एवम् वाडानं १७ का वडाध्यक्ष राधिका शाही योगीले रु ११ हजारसहित र सम्मानपत्र प्रदान गरे । उनले २०५१ सालमा तत्कालीन सरकारले… पुरा पढौ

कोरियाबाट फर्केर कोइला भट्टीमा लगानी, मासिक ६० हजार आम्दानी

पोखरा । पाँच वर्षको कोरिया बसाइलाई बिट मारेर आफ्नै देशमा फर्किएका कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ६ का धनबहादुर पुनले आफ्नै व्यवसाय चलाएका छन् । छयालिस वर्षीय उनले गाउँमै कोइला उद्योग चलाएका हुन् । लामो समयसम्म विदेशमा काम गरी कमाएको पैसा गाउँमा नै लगानी गरेर पुनले मनग्य आम्दानी गर्न सफल भएका छन् । कोरियामा सिकेको सीपलाई आधुनिक प्रविधि र साधन स्रोत प्रयोग गरी व्यावसायिक रुपमा उद्योग स्थापना गरिएको उनले बताए । “कोरियामा पनि कोइला उद्योगमै काम गरेको हुँ, विगत चार… पुरा पढौ

नयाँ काम नभए पनि कार्यकालमा उपलब्धि धेरै भएका छन्ः खापुङ

काठमाडौ । निर्वतमान स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले आफ्नो कार्यकालमा धेरै नयाँ काम नभए पनि उपलब्धी भने भएको बताएका छन्। आज स्वास्थ्य मन्त्रालयले आयोजना गरेको विदाई कार्यक्रममा बोल्दै उनले भने, “मेरो छ महिने कार्यकालमा नयाँ सुरुआत नभए पनि कैयन उपलब्ध भने भएका छन् ।” उनले कार्यकालमा आधारभूत अस्पताल निर्माणलाई तीव्रता दिएको तथा कोरोना महामारीविरुद्धको खोप लगाउने कार्यमा सफलता मिलेको भन्दै विश्व स्वास्थ्य सङ्गठनले समेत प्रशंसा गरेको बताए। “मेरो कार्यकालमा जे जति काम भएका छन् त्यसको श्रेय सबै स्वास्थ्यकर्मी र कर्मचारीलाई… पुरा पढौ