समाचार

मुख्यमन्त्रीद्वारा कास्की कारागार निरीक्षण

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कास्की कारागारको निरीक्षण गरेका छन् । कारागारमा भएका कैदीबन्दीका समस्या र कारागारको भौतिक अवस्था बुझ्न उनले निरीक्षण गरेका हुन् । उनीसँगै आन्तरिक मामिलामन्त्री दोबाटे विश्वकर्मा र कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी पनि त्यहाँ पुगेका थिए । उनले विसं २०३५ मा एक महिना र २०३६ सालमा साढे आठ महिना सोही कारागारमा जेल जीवन बिताएको स्मरण गरे । “त्यो बेला जेल जीवन बिताएको व्यक्ति प्रमुख प्रतिपक्ष दलको नेता पनि हुनुभयो र मुख्यमन्त्री पनि बने”, उनले… पुरा पढौ

कहिल्यै अवकाश हुँदैनन् यी कर्मचारी

कर्मचारी भएपछि निश्चित उमेरपछि अवश्य अवकाश पाइन्छ, भलै सेवा क्षेत्रअनुसार उमेरको हदबन्दी फरक फरक हुनसक्ला । तर केही कर्मचारीले कहिल्यै अवकाश पाउँदैनन् भन्दा तपाइँलाई विश्वास नलाग्न सक्छ । विश्वास नलागेर पनि के गर्नु १ नेपालमा यस्ता कर्मचारी पनि छन् जो कहिल्यै अवकाश हुँदैनन् । जीवनकालमा कहिल्यै अवकाश नपाउने कर्मचारी हुन् हुलाक सेवा विभागअन्तर्गतको अतिरिक्त हुलाकका कर्मचारीहरु । अतिरिक्त हुलाक नियमावली २०३४ को व्यवस्थानुसार नियुक्ति पाउने यस्ता कर्मचारी एकपटक नियुक्त भइसकेपछि कहिल्यै अवकाश हुँदैनन् । अवकाशका उपाय त छन्, स्वेच्छिक राजीनामा… पुरा पढौ

बढ्यो सुनचाँदीको मूल्य

साताको चौथो दिन आज बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ७ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ४ सय रूपैयाँले बढेर एक लाख एक हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला एक लाख ६ सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य बुधबार १० रूपैयाँले बढेर १ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । पुरा पढौ

मध्यमोदी परीक्षण उत्पादन सफल

पर्वतमा निर्माण भएको मध्यमोदी जलविद्युत् आयोजनाको परीक्षण सफल भएको छ । निजी क्षेत्रको मिडिल मोदी हाइड्रोपावर लिमिटेडले निर्माण गरेको १८ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाले आठ वर्षपछि परीक्षण उत्पादन गरेको हो । परीक्षण उत्पादन सफल भएपछि यसै सातादेखि व्यावसायिक उत्पादनको तयारी छ । विसं २०७१ मङ्सिरदेखि उक्त आयोजनाको निर्माण थालिएको हो । निर्माण पूरा गरी परीक्षण उत्पादन सफल भएका कारण केही दिनभित्रै व्यावसायिक उत्पादन सुरु गरिने आयोजना प्रमुख प्रविन देसारले जानकारी दिए। “तीन वर्षमा नै आयोजना निर्माणको काम सक्ने गरी… पुरा पढौ

चलचित्रमा पुनरागमन गर्दै नायिका विपना थापा

भारतको मथुरामा घरजम गरेर उतै व्यस्त रहेकी अभिनेत्री विपना थापाले नेपाली चलचित्रमा पुनरागमन गर्ने भएकी छिन् । अभिनेत्री नीता ढुङ्गानाले निर्माण गर्ने चलचित्र ‘ह्स्व दीर्घ’मा उनले अभिनय गर्ने तय भएको छ । चलचित्र निर्माण टोलीले अभिनेत्री थापालाई चलचित्रसँग पुनः जोड्न पाउँदा खुसी लागेको जनाएको छ । “हामीले प्रस्ताव गर्दा नायिका थापा चलचित्रमा अभिनय गर्न तयार भएकी छिन् । कथाको काम सकिएसँगै छिट्टै छायाङ्कन थाल्छौँ”, निर्मात्री ढुङ्गानाले भनिन् । चलचित्र ‘अपहरण’बाट अभिनय थालेकी नायिका थापा ‘जन्मभूमि’ मार्फत स्थापित भएकी थिइन् ।… पुरा पढौ

बागलुङ केन्द्रविन्दु भएर तीनपटक भूकम्प

बागलुङ जिल्लाका विभिन्न स्थान भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गए राति जिल्लाका विभिन्न स्थान केन्द्रविन्दु भइ तीनपटक भूकम्प गएको हो । केन्द्रका अनुसार १ बजेर २३ मिनेट जाँदा बागलुङको अधिकारी चौर आसपास केन्द्रविन्दु भएर ४।७ रेक्टरस्केल, २ बजेर सात मिनेट जाँदा खुङ्गा आसपास केन्द्रविन्दु भएर ५।३ रेक्टरस्केल तथा बिहान ३ बजेर २८ मिनेट जाँदा अधिकारी चौर आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभएर नयाँ भएको… पुरा पढौ

कांग्रेस नेता विष्णु बास्तोलाको निधन

पोखरा, पुस १३ गते नेपाली कांग्रेस कास्कीका पूर्व उपसभापति विष्णु बास्तोलाको निधन भएको छ । बास्तोलाको आज विहान ४ः१५ बजे निधन भएको नेपाली कांग्रेस पोखरा–९ का सभापति शिवराज बास्तोलाले जानकारी दिए । उनका अनुसार स्वर्गिय बास्तोलाको आजै पूर्वाह्न ९ बजे तुलसीघाटमा अन्त्येष्टी गरिनेछ । बास्तोला विगत ९ वर्षदेखि विभिन्न रोगबाट ग्रसित थिए । केहि समय अघिदेखि दुबै मिर्गौला खराब भएर डायलोसिस गराउँदै आएका बास्तोलाको आज विहान स्वास्थ्य अवस्था बिग्रिएर निवासमै निधन भएको पोखरा महानगरपालिका वडा नम्बर–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले… पुरा पढौ

सकियो २४ औं भदौरे पञ्चासे महोत्सव

पोखरा । कास्कीको अन्नपूर्ण गाँउपालिकामा अवस्थित सुन्दर पर्यटकिय गाँउ भदौरेमा पुष ९ गते देखि आयोजना भएको ‘२४ औं भदौरे पञ्चासे महोत्सव’ सम्पन्न भएको छ । तमु ल्होसार, अन्नपूर्ण गाउँपालिका वडा स्तरिय फुटबल प्रतियोगिता, भेट्रान्स फुटबल प्रतियोगिता, मौलिक साँस्कृतिक प्रस्तुतीलगाएतका कार्यक्रमसहित महोत्सव सम्पन्न भएको हो । महोत्सव समापनको उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद प्रकाश बरालले आफुलाई सेवकको रुपमा निर्वाचित गराएको हुँदा विकास निर्माणका कार्यमा सेवककैरुपमा सक्रिय भएरै लागिरहने बताए । विगत देखिनै भदौरे फुटबल खेलमैदानमा प्यारापिटको आवश्यकता रहेको बताउँदै सांसद बरालले… पुरा पढौ

विभिन्न प्रकृतिका प्रकोप नियन्त्रणमा ध्यान दिन गृहमन्त्रीको निर्देशन

काठमाण्डौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विभिन्न प्रकृतिका प्रकोप नियन्त्रणमा ध्यान दिन मातहतका निकायलाई निर्देशन दिएका छन् । मन्त्री भएपछि गृह मन्त्रालयमा आज बसेको पहिलो केन्द्रीय सुरक्षा समितिको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले शितलहर, प्राकृतिक प्रकोप र बढ्नसक्ने कोभिड–१९ सङ्क्रमणतर्फ ध्यान दिँदै आवश्यक तयारीमा लाग्न निर्देशन दिनुभएको गृहसचिव विनोदप्रकाश सिंहले जानकारी दिए । सचिव सिंहका अनुसार गृहमन्त्री लामिछानेले आन्तिरिक शान्ति सुरक्षा र आपराधिक गतिविधि नियन्त्रण गर्ने विषयमा गम्भीर हुन निर्देशन दिएका छन् । गृहमन्त्री लामिछाने कै अध्यक्षतामा उक्त बैठक… पुरा पढौ

जेष्ठ नागरिक दिवसमा १०४ बर्षीय दाहाल सम्मानित

पोखरा । दोश्रो राष्ट्रिय जेष्ठनागरिक दिवसको अवसरमा पोखरा वृद्धाश्रममा आश्रित १०४ बर्षीय नन्दलाल दाहाललाई नगर पिता घोषणा सहित सम्मान गरिएको छ । माछापुच्छ्रे गाउँपालिकाको लाहाचोकमा विक्रम सम्वत १९७५ मा जन्मनु भई पोखरा २१ मा मजदुरी गर्दै १४ बर्ष अघि पोखरा बृद्धाश्रममा बस्दै आएका दाहाललाई आश्रममा आयोजित एक समारोहका बीच सम्मान गरिएको हो । पोखरा महानगर सामाजिक विकास महाशाखाको आयोजना एवम पोखरा २१ र वृद्धाश्रमको समन्वयमा भएको कार्यक्रममा उनलाई सामाजिक समिति संयोजक एवम् पोखरा १७ का वडाध्यक्ष राधिका शाही योगीले ११… पुरा पढौ